Check out the new design

કુરઆન મજીદના શબ્દોનું ભાષાંતર - નેપાલી ભાષામાં અનુવાદ - જમઇય્યતે અહલે હદીષ * - ભાષાંતરોની અનુક્રમણિકા


શબ્દોનું ભાષાંતર સૂરહ: સબા   આયત:
وَلَا تَنْفَعُ الشَّفَاعَةُ عِنْدَهٗۤ اِلَّا لِمَنْ اَذِنَ لَهٗ ؕ— حَتّٰۤی اِذَا فُزِّعَ عَنْ قُلُوْبِهِمْ قَالُوْا مَاذَا ۙ— قَالَ رَبُّكُمْ ؕ— قَالُوا الْحَقَّ ۚ— وَهُوَ الْعَلِیُّ الْكَبِیْرُ ۟
२३) उसकहाँ कसैको सिफारिश लाग्दैन, किन्तु उसको मात्र जसलाई उसले अनुमति दिएको छ । यहाँसम्म कि जब उनका हृदयहरूबाट घबराहट समाप्त गरिन्छ, त तिनीहरूले सोध्छन्ः कि ‘‘तिम्रो पालनकर्ताले के भन्यो’’ ? (फरिश्ताहरूले) जवाफ दिन्छन् कि ‘‘सत्य भनेको छ ! र त्यो अत्यन्त उच्च र महान् छ’’ ।
અરબી તફસીરો:
قُلْ مَنْ یَّرْزُقُكُمْ مِّنَ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— قُلِ اللّٰهُ ۙ— وَاِنَّاۤ اَوْ اِیَّاكُمْ لَعَلٰی هُدًی اَوْ فِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟
२४) सोध्नुस् कि ‘‘तिमीलाई आकाशहरूबाट र धरतीबाट कसले जीविका प्रदान गर्दछ’’ ? स्वयम् जवाफ दिनुस् ‘‘कि अल्लाह’’ । हेर हामी वा तिमी या त सोझो बाटोमा छौं, वा खुल्लमखुल्ला मार्गविचलनमा ।
અરબી તફસીરો:
قُلْ لَّا تُسْـَٔلُوْنَ عَمَّاۤ اَجْرَمْنَا وَلَا نُسْـَٔلُ عَمَّا تَعْمَلُوْنَ ۟
२५) भन्नुस् कि ‘‘जुन अपराध हामीले गरेका छौं, त्यसबापत सोधपूछ तिमीसित हुनेछैन र न त त्यस कुराको सोधपूछ हामीसित हुनेछ जुन तिमीले गरिराखेका छौ ।’’
અરબી તફસીરો:
قُلْ یَجْمَعُ بَیْنَنَا رَبُّنَا ثُمَّ یَفْتَحُ بَیْنَنَا بِالْحَقِّ ؕ— وَهُوَ الْفَتَّاحُ الْعَلِیْمُ ۟
२६) तिनीलाई खबर गरिदिनुस् कि ‘‘हाम्रो पालनकर्ताले हामी सबैलाई एकत्रित गर्नेछ अनि ‘‘हामीबीच ठीक–ठीक फैसला गरिदिनेछ । उही नै राम्रो फैसला गर्नेवाला र अत्यन्त ज्ञानवान् छ’’ ।
અરબી તફસીરો:
قُلْ اَرُوْنِیَ الَّذِیْنَ اَلْحَقْتُمْ بِهٖ شُرَكَآءَ كَلَّا ؕ— بَلْ هُوَ اللّٰهُ الْعَزِیْزُ الْحَكِیْمُ ۟
२७) भन्नुस् ‘‘मलाई पनि उनीहरूलाई देखाऊ, जसलाई तिमीले साझेदार बनाई अल्लाहसँग संलग्न गरेका छौ ।’’ कोही होइन, बरु उही (एक्लो) अल्लाह अत्यन्त अधिपत्यशाली, तत्वदर्शी छ ।
અરબી તફસીરો:
وَمَاۤ اَرْسَلْنٰكَ اِلَّا كَآفَّةً لِّلنَّاسِ بَشِیْرًا وَّنَذِیْرًا وَّلٰكِنَّ اَكْثَرَ النَّاسِ لَا یَعْلَمُوْنَ ۟
२८) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) हामीले तपाईंलाई सबै मानिसहरूको लागि शुभसूचना दिनेवाला र सावधान गर्नेवाला बनाएर पठाएका हौं, किन्तु यो सत्य हो कि धेरै मानिसहरूले बुझ्दैनन् ।
અરબી તફસીરો:
وَیَقُوْلُوْنَ مَتٰی هٰذَا الْوَعْدُ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
२९) सोध्छन् कि यदि तिमी साँचो हौ भने यो (कयामतको) वचन कहिले पूरा हुनेछ’’ ?
અરબી તફસીરો:
قُلْ لَّكُمْ مِّیْعَادُ یَوْمٍ لَّا تَسْتَاْخِرُوْنَ عَنْهُ سَاعَةً وَّلَا تَسْتَقْدِمُوْنَ ۟۠
३०) जवाफ दिनुस् कि त्यसको निम्ति एक विशेष दिनको अवधि निर्धारित छ, जसबाट न एकछिन तिमी पछि हट्ने छौ न अगाडि बढ्नेछौ’’ ।
અરબી તફસીરો:
وَقَالَ الَّذِیْنَ كَفَرُوْا لَنْ نُّؤْمِنَ بِهٰذَا الْقُرْاٰنِ وَلَا بِالَّذِیْ بَیْنَ یَدَیْهِ ؕ— وَلَوْ تَرٰۤی اِذِ الظّٰلِمُوْنَ مَوْقُوْفُوْنَ عِنْدَ رَبِّهِمْ ۖۚ— یَرْجِعُ بَعْضُهُمْ اِلٰی بَعْضِ ١لْقَوْلَ ۚ— یَقُوْلُ الَّذِیْنَ اسْتُضْعِفُوْا لِلَّذِیْنَ اسْتَكْبَرُوْا لَوْلَاۤ اَنْتُمْ لَكُنَّا مُؤْمِنِیْنَ ۟
३१) जुन मानिसहरूले इन्कार गरे उनीहरूले भन्छन्ः ‘‘हामीले यस कुरआनलाई कदापि मान्ने छैनौं र ती (किताबहरू) जुन यसभन्दा अगाडिका छन् । हे आँखावालाहरू क्या राम्रो हुने थियो तिमी त्यसबेला देख्ने भए जब अत्याचारीहरू आफ्नो पालनकर्ताको अगाडि उभ्याइनेछन् र आपसमा एक अर्कामाथि दोषारोपण गरिराख्नेछन् । कमजोर मानिसहरूले ठूला मानिसहरूसँग भन्नेछन्ः ‘‘यदि तिमीहरू नभएको भए हामी अवश्य नै ईमानवाला हुने थियौं ।’’
અરબી તફસીરો:
 
શબ્દોનું ભાષાંતર સૂરહ: સબા
સૂરહ માટે અનુક્રમણિકા પેજ નંબર
 
કુરઆન મજીદના શબ્દોનું ભાષાંતર - નેપાલી ભાષામાં અનુવાદ - જમઇય્યતે અહલે હદીષ - ભાષાંતરોની અનુક્રમણિકા

કેન્દ્રીય જમઇય્યતે અહલે હદીષ નેપાળ દ્વારા પ્રકાશિત.

બંધ કરો