Check out the new design

Traduzione dei Significati del Sacro Corano - Traduzione nepalese - ِAhl al-Hadith Society * - Indice Traduzioni


Traduzione dei significati Sura: Yûnus   Versetto:
وَاتْلُ عَلَیْهِمْ نَبَاَ نُوْحٍ ۘ— اِذْ قَالَ لِقَوْمِهٖ یٰقَوْمِ اِنْ كَانَ كَبُرَ عَلَیْكُمْ مَّقَامِیْ وَتَذْكِیْرِیْ بِاٰیٰتِ اللّٰهِ فَعَلَی اللّٰهِ تَوَكَّلْتُ فَاَجْمِعُوْۤا اَمْرَكُمْ وَشُرَكَآءَكُمْ ثُمَّ لَا یَكُنْ اَمْرُكُمْ عَلَیْكُمْ غُمَّةً ثُمَّ اقْضُوْۤا اِلَیَّ وَلَا تُنْظِرُوْنِ ۟
७१) र तपाईले उनीलाई नूहको कथा पढेर सुनाइदिनुस्, जब उनले आफ्नो समुदायसित भनेः हे मेरो कौमका मानिसहरू ! यदि तिमीलाई तिमीहरूको माझमा मेरो बसाई र अल्लाहका आयतहरूबारे स्मरण गराउन नराम्रो लाग्दछ भने, म त अल्लाहमाथि नै भरोसा राख्दछु, तिमीले आफ्ना साझेदारहरूसँग मिलेर आफ्नो उपाय गरिहाल । फेरि तिम्रो उपाय तिम्रो कष्टको कारण नबनोस्, अनि त्यो काम मेरो सम्बन्धमा गरिहाल र मलाई समय नदेऊ ।
Esegesi in lingua araba:
فَاِنْ تَوَلَّیْتُمْ فَمَا سَاَلْتُكُمْ مِّنْ اَجْرٍ ؕ— اِنْ اَجْرِیَ اِلَّا عَلَی اللّٰهِ ۙ— وَاُمِرْتُ اَنْ اَكُوْنَ مِنَ الْمُسْلِمِیْنَ ۟
७२) फेरि पनि यदि तिमीले विमुख नै हुन्छौ भने मैले तिमीबाट कुनै पारितोषिक त माँगेको छैन । मेरो मजदूरी त मात्र अल्लाहसंग छ, र मलाई आदेश दिइएको छ कि म मुसलमानहरूमध्येबाट रहूँ ।
Esegesi in lingua araba:
فَكَذَّبُوْهُ فَنَجَّیْنٰهُ وَمَنْ مَّعَهٗ فِی الْفُلْكِ وَجَعَلْنٰهُمْ خَلٰٓىِٕفَ وَاَغْرَقْنَا الَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا ۚ— فَانْظُرْ كَیْفَ كَانَ عَاقِبَةُ الْمُنْذَرِیْنَ ۟
७३) तर उनीहरूले उनलाई झूठो मानिराखे, त हामीले उनलाई र जो मानिसहरू उनका साथ डुंगामा सवार थिए, सबैलाई बचाइहाल्यौं, र उनलाई (धर्तीको) उत्तराधिकारी बनायौं, र उनीहरूलाई डुबाई दियौं जसले हाम्रो निशानीलाई झूठो मानेका थिए, यो हेर्नु पर्नेछ कि जुन मानिसहरूलाई सावधान गरिएको थियो, तिनीहरूको कस्तो परिणाम भयो ।
Esegesi in lingua araba:
ثُمَّ بَعَثْنَا مِنْ بَعْدِهٖ رُسُلًا اِلٰی قَوْمِهِمْ فَجَآءُوْهُمْ بِالْبَیِّنٰتِ فَمَا كَانُوْا لِیُؤْمِنُوْا بِمَا كَذَّبُوْا بِهٖ مِنْ قَبْلُ ؕ— كَذٰلِكَ نَطْبَعُ عَلٰی قُلُوْبِ الْمُعْتَدِیْنَ ۟
७४) अनि नूह(अलैहिस्सलाम) पछि हामीले अरु पैगम्बरहरूलाई तिनीहरूको कौमतर्फ पठायौं, त उनीहरूले तिनीहरूको पासमा स्पष्ट निशानीहरू लिएर आए तर तिनीहरूले अघि अस्वीकार गरिसकेको कुरामा फेरि विश्वास गर्ने थिएनन् । यसै प्रकार हामीले उल्लंघनकारीहरूको हृदयमाथि छाप लगाइदिन्छौं ।
Esegesi in lingua araba:
ثُمَّ بَعَثْنَا مِنْ بَعْدِهِمْ مُّوْسٰی وَهٰرُوْنَ اِلٰی فِرْعَوْنَ وَمَلَاۡىِٕهٖ بِاٰیٰتِنَا فَاسْتَكْبَرُوْا وَكَانُوْا قَوْمًا مُّجْرِمِیْنَ ۟
७५) अनि तिनीहरूपछि (सन्देष्टाहरूपछि) हामीले मूसा (अलैहिस्सलाम) र हारून (अलैहिस्सलाम)लाई आफ्ना निशानीहरू दिएर फिरऔन र त्यसका नायकहरूको पासमा पठायौं तब तिनीहरूले घमण्ड गरे, र तिनीहरू अपराधी सम्प्रदायका नै थिए ।
Esegesi in lingua araba:
فَلَمَّا جَآءَهُمُ الْحَقُّ مِنْ عِنْدِنَا قَالُوْۤا اِنَّ هٰذَا لَسِحْرٌ مُّبِیْنٌ ۟
७६) तसर्थ जब उनीहरूछेउ हाम्रो तर्फबाट सत्य (प्रमाण) आयो, तब उनीहरू भन्न थाले कि निःसन्देह यो खुल्लमखुल्ला जादू हो ।
Esegesi in lingua araba:
قَالَ مُوْسٰۤی اَتَقُوْلُوْنَ لِلْحَقِّ لَمَّا جَآءَكُمْ ؕ— اَسِحْرٌ هٰذَا ؕ— وَلَا یُفْلِحُ السّٰحِرُوْنَ ۟
७७) मूसाले भनेः के तिमीले सत्यको बारेमा जब त्यो तिम्रो पासमा आयो, यो भन्छौ कि यो जादू हो ? तर जादूगर सफल हुने छैनन् ।
Esegesi in lingua araba:
قَالُوْۤا اَجِئْتَنَا لِتَلْفِتَنَا عَمَّا وَجَدْنَا عَلَیْهِ اٰبَآءَنَا وَتَكُوْنَ لَكُمَا الْكِبْرِیَآءُ فِی الْاَرْضِ ؕ— وَمَا نَحْنُ لَكُمَا بِمُؤْمِنِیْنَ ۟
७८) तिनीहरूले भने कि के तिमी हाम्रो पासमा यसकारण आएका छौ कि जुन बाटोमा हामी आफ्ना पूर्वजहरूलाई हिंडेका पाएका छौं त्यसबाट हामीलाई विचलित पारीदेऊ, र यस देशमा तिमी दुवैको प्रशंसा स्थापित भइहालोस् । र हामी तिमी दुवैलाई कहिल्यै मान्नेवाला छैनौं ।
Esegesi in lingua araba:
 
Traduzione dei significati Sura: Yûnus
Indice delle Sure Numero di pagina
 
Traduzione dei Significati del Sacro Corano - Traduzione nepalese - ِAhl al-Hadith Society - Indice Traduzioni

Pubblicato dalla "Società Ahl al-Hadith Centrale" in Nepal.

Chiudi