Check out the new design

Traduzione dei Significati del Sacro Corano - Traduzione nepalese - ِAhl al-Hadith Society * - Indice Traduzioni


Traduzione dei significati Sura: Tâ-Hâ   Versetto:
وَلَقَدْ اَوْحَیْنَاۤ اِلٰی مُوْسٰۤی ۙ۬— اَنْ اَسْرِ بِعِبَادِیْ فَاضْرِبْ لَهُمْ طَرِیْقًا فِی الْبَحْرِ یَبَسًا ۙ— لَّا تَخٰفُ دَرَكًا وَّلَا تَخْشٰی ۟
७७) हामीले मूसातिर वह्य (सन्देश) पठायौं कि हाम्रा भक्तहरूलाई रातैरात लगिहाल, अनि तिनीहरूको निम्ति समुद्रमा लठ्ठी हानी बाटो बनाइहाल, त्यसपछि तिमीलाई न कसैले आइसमात्ने भय हुनेछ र नत (डुब्ने) डर ।
Esegesi in lingua araba:
فَاَتْبَعَهُمْ فِرْعَوْنُ بِجُنُوْدِهٖ فَغَشِیَهُمْ مِّنَ الْیَمِّ مَا غَشِیَهُمْ ۟ؕ
७८) फिरऔनले आफ्नो लाव लश्करको साथ तिनीहरूलाई पछ्यायो तब समुद्रका तरङ्गहरू तिनीहरूलाई छोपिहाले (डुबाइहाले) ।
Esegesi in lingua araba:
وَاَضَلَّ فِرْعَوْنُ قَوْمَهٗ وَمَا هَدٰی ۟
७९) र फिरऔनले आफ्नो समुदायलाई पथभ्रष्ट गर्यो र सही बाटो देखाएन ।
Esegesi in lingua araba:
یٰبَنِیْۤ اِسْرَآءِیْلَ قَدْ اَنْجَیْنٰكُمْ مِّنْ عَدُوِّكُمْ وَوٰعَدْنٰكُمْ جَانِبَ الطُّوْرِ الْاَیْمَنَ وَنَزَّلْنَا عَلَیْكُمُ الْمَنَّ وَالسَّلْوٰی ۟
८०) हे बनी इस्राईल हेर, हामीले तिमीलाई तिम्रो शत्रुबाट छुटकारा दिलायौं र तिमीसित तूर पर्वतको दाहिनेतिरको वचन दियौं र तिमीमाथि ‘‘मन्न र सलवा’’ उतार्यौं ।
Esegesi in lingua araba:
كُلُوْا مِنْ طَیِّبٰتِ مَا رَزَقْنٰكُمْ وَلَا تَطْغَوْا فِیْهِ فَیَحِلَّ عَلَیْكُمْ غَضَبِیْ ۚ— وَمَنْ یَّحْلِلْ عَلَیْهِ غَضَبِیْ فَقَدْ هَوٰی ۟
८१) तिमीले हामीबाट प्रदान गरिएको पवित्र कुराहरू खाऊ, र यसमा सीमा न नाघ, अन्यथा तिमीमाथि मेरो प्रकोप पर्नेछ, र जसमाथि मेरो प्रकोप पर्यो त्यो निःसन्देह बर्बाद भयो ।
Esegesi in lingua araba:
وَاِنِّیْ لَغَفَّارٌ لِّمَنْ تَابَ وَاٰمَنَ وَعَمِلَ صَالِحًا ثُمَّ اهْتَدٰی ۟
८२) र त्यो जसले प्रायश्चित गर्यो र ईमान ल्यायो र असल कर्म गर्यो अनि असल मार्गमा हिड्दै गर्यो, त्यसको लागि निश्चय नै म अत्यन्त क्षमाशील छु ।
Esegesi in lingua araba:
وَمَاۤ اَعْجَلَكَ عَنْ قَوْمِكَ یٰمُوْسٰی ۟
८३) हे मूसा तिमीलाई आफ्नो कौम छाडी शीघ्र आउनुमा कुन कुरोले उक्सायो ।
Esegesi in lingua araba:
قَالَ هُمْ اُولَآءِ عَلٰۤی اَثَرِیْ وَعَجِلْتُ اِلَیْكَ رَبِّ لِتَرْضٰی ۟
८४) भने कि उनीहरू पनि मेरो पछि पछि आइराखेका छन् र हे मेरो पालनकर्ता मैले तिमीतिर आउनुमा शीघ्रता यसकारणले गरें ताकि तिमी प्रसन्न भइहाल ।
Esegesi in lingua araba:
قَالَ فَاِنَّا قَدْ فَتَنَّا قَوْمَكَ مِنْ بَعْدِكَ وَاَضَلَّهُمُ السَّامِرِیُّ ۟
८५) आदेश भयोः ‘‘हामीले तिमीपछि तिम्रो समुदायलाई परीक्षामा पार्यौं । र सामेरीले तिनीहरूलाई पथभ्रष्ट गरिहाल्यो ।’’
Esegesi in lingua araba:
فَرَجَعَ مُوْسٰۤی اِلٰی قَوْمِهٖ غَضْبَانَ اَسِفًا ۚ۬— قَالَ یٰقَوْمِ اَلَمْ یَعِدْكُمْ رَبُّكُمْ وَعْدًا حَسَنًا ؕ۬— اَفَطَالَ عَلَیْكُمُ الْعَهْدُ اَمْ اَرَدْتُّمْ اَنْ یَّحِلَّ عَلَیْكُمْ غَضَبٌ مِّنْ رَّبِّكُمْ فَاَخْلَفْتُمْ مَّوْعِدِیْ ۟
८६) अनि मूसा क्रोध र दुःखको अवस्थामा आफ्नो समुदायतिर फर्केर आए र भन्न थाले कि हे मेरो समुदायका मानिसहरू के तिम्रो पालनकर्ताले तिमीलाई राम्रो वचन दिएको थिएन ? के उसको तर्फबाट आउने मद्दत तिमीलाई लामो प्रतीत भयो वा तिमीले चाह्यौ कि तिमीमाथि तिम्रो पालनकर्ताको तर्फबाट प्रकोप परोस् ? र (यसैकारणले) तिमीले मसित जुन वाचा गरेका थियौ त्यसको उल्लंघन गर्यौ ।
Esegesi in lingua araba:
قَالُوْا مَاۤ اَخْلَفْنَا مَوْعِدَكَ بِمَلْكِنَا وَلٰكِنَّا حُمِّلْنَاۤ اَوْزَارًا مِّنْ زِیْنَةِ الْقَوْمِ فَقَذَفْنٰهَا فَكَذٰلِكَ اَلْقَی السَّامِرِیُّ ۟ۙ
८७) तिनीहरूले जवाफ दिए कि ‘‘हामीले आफ्नो खुशीले तपाईंसित गरेको वाचाको उल्लंघन गरेका होइनौं, बरु समुदायको आभूषणहरूको जुन् बोझ उठाएका थियौं, हामीले त्यसलाई आगोमा फ्याँकिदियौं र यस्तै सामरीले पनि गर्यो ।’’
Esegesi in lingua araba:
 
Traduzione dei significati Sura: Tâ-Hâ
Indice delle Sure Numero di pagina
 
Traduzione dei Significati del Sacro Corano - Traduzione nepalese - ِAhl al-Hadith Society - Indice Traduzioni

Pubblicato dalla "Società Ahl al-Hadith Centrale" in Nepal.

Chiudi