Check out the new design

Traduzione dei Significati del Sacro Corano - Traduzione nepalese - ِAhl al-Hadith Society * - Indice Traduzioni


Traduzione dei significati Sura: Az-Zumar   Versetto:
وَبَدَا لَهُمْ سَیِّاٰتُ مَا كَسَبُوْا وَحَاقَ بِهِمْ مَّا كَانُوْا بِهٖ یَسْتَهْزِءُوْنَ ۟
४८) र उनीहरूले जे गरेका थिए त्यसको नराम्रो प्रभाव प्रकट भइहाल्नेछ र जसको (यातनाको) उनीहरूले हाँसो गर्दथे, त्यसले उनीहरूलाई आई घेर्नेछ ।
Esegesi in lingua araba:
فَاِذَا مَسَّ الْاِنْسَانَ ضُرٌّ دَعَانَا ؗ— ثُمَّ اِذَا خَوَّلْنٰهُ نِعْمَةً مِّنَّا ۙ— قَالَ اِنَّمَاۤ اُوْتِیْتُهٗ عَلٰی عِلْمٍ ؕ— بَلْ هِیَ فِتْنَةٌ وَّلٰكِنَّ اَكْثَرَهُمْ لَا یَعْلَمُوْنَ ۟
४९) जब मानिसहरूलाई कुनै कष्ट पुग्छ तब उसले हामीलाई पुर्कादछ अनि जब हाम्रो तर्फबाट उसमाथि कुनै कृपा प्रदान गरिन्छ तब भन्दछः ‘‘कि यो त मलाई मेरो ज्ञानको कारणले प्राप्त भएको छ ।’’ (होइन) बरु यो त एउटा परीक्षा हो, तर उनीहरूमध्ये धेरै अज्ञानी छन् ।
Esegesi in lingua araba:
قَدْ قَالَهَا الَّذِیْنَ مِنْ قَبْلِهِمْ فَمَاۤ اَغْنٰی عَنْهُمْ مَّا كَانُوْا یَكْسِبُوْنَ ۟
५०) जुन मानिसहरू यिनीहरूभन्दा अगाडि थिए, उनीहरूले पनि यही भन्ने गर्दथे, तर उनीहरूको कार्यकुरा उनीहरूलाई केही काम लागेन ।
Esegesi in lingua araba:
فَاَصَابَهُمْ سَیِّاٰتُ مَا كَسَبُوْا ؕ— وَالَّذِیْنَ ظَلَمُوْا مِنْ هٰۤؤُلَآءِ سَیُصِیْبُهُمْ سَیِّاٰتُ مَا كَسَبُوْا ۙ— وَمَا هُمْ بِمُعْجِزِیْنَ ۟
५१) अनि जेजति उनीहरूले कमाए, त्यसका नराम्रा कुराहरूको प्रभाव उनीहरूमाथि आइपर्यो र यिनीहरूमध्ये पनि जुन मानिसहरूले अत्याचार गरे, यिनीहरूमाथि पनि जे–जति उनीहरूले कमाए त्यसको नराम्रो परिणाम छिट्टै आउनेछ । र, यिनीहरूले (हामीलाई) हराउन सक्ने छैनन् ।
Esegesi in lingua araba:
اَوَلَمْ یَعْلَمُوْۤا اَنَّ اللّٰهَ یَبْسُطُ الرِّزْقَ لِمَنْ یَّشَآءُ وَیَقْدِرُ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّقَوْمٍ یُّؤْمِنُوْنَ ۟۠
५२) के उनीहरूलाई यो थाहा छैन कि अल्लाहले नै जसको निम्ति चाहन्छ जीविका प्रशस्त गरिदिन्छ र जसको निम्ति चाहन्छ सीमित गरिदिन्छ ? यसमा ईमान ल्याउनेहरूको निम्ति ठूला निशानीहरू छन् ।
Esegesi in lingua araba:
قُلْ یٰعِبَادِیَ الَّذِیْنَ اَسْرَفُوْا عَلٰۤی اَنْفُسِهِمْ لَا تَقْنَطُوْا مِنْ رَّحْمَةِ اللّٰهِ ؕ— اِنَّ اللّٰهَ یَغْفِرُ الذُّنُوْبَ جَمِیْعًا ؕ— اِنَّهٗ هُوَ الْغَفُوْرُ الرَّحِیْمُ ۟
५३) मेरो तर्फबाट भन्नुस् कि ‘‘हे मेरा भक्तहरू ! जसले आफूमाथि नै अतिक्रमण गरेका छन्, तिमी अल्लाहको दयाबाट निराश नहोऊ । निःसन्देह अल्लाहले सारा पापहरूलाई क्षमा गरिदिन्छ । निश्चय नै ऊ बडो क्षमाशील र अत्यन्त दयावान् छ ।
Esegesi in lingua araba:
وَاَنِیْبُوْۤا اِلٰی رَبِّكُمْ وَاَسْلِمُوْا لَهٗ مِنْ قَبْلِ اَنْ یَّاْتِیَكُمُ الْعَذَابُ ثُمَّ لَا تُنْصَرُوْنَ ۟
५४) यसभन्दा पहिला कि तिमीलाई यातना आओस्, आफ्नो पालनकर्तातिर प्रवृत्त होऊ र उसको आज्ञाकारी भइहाल । त्यो यातना आएपछि तिम्रो सहायता गरिने छैन ।
Esegesi in lingua araba:
وَاتَّبِعُوْۤا اَحْسَنَ مَاۤ اُنْزِلَ اِلَیْكُمْ مِّنْ رَّبِّكُمْ مِّنْ قَبْلِ اَنْ یَّاْتِیَكُمُ الْعَذَابُ بَغْتَةً وَّاَنْتُمْ لَا تَشْعُرُوْنَ ۟ۙ
५५) र यसभन्दा पहिला कि तिमीमाथि एक्कासी यातना आओस् र तिमीलाई थाहा पनि नहोस्, त्यस सर्वोत्तम कुराको अनुशरण गर जुन कि तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो लागि अवतरित भएको छ ।
Esegesi in lingua araba:
اَنْ تَقُوْلَ نَفْسٌ یّٰحَسْرَتٰی عَلٰی مَا فَرَّطْتُ فِیْ جَنْۢبِ اللّٰهِ وَاِنْ كُنْتُ لَمِنَ السّٰخِرِیْنَ ۟ۙ
५६) कहीं यस्तो नहोस्, कि कुनै व्यक्तिले भन्न थालोस्ः ‘‘हाय अफसोच ! त्यसमाथि जुन बेवास्ता मैले अल्लाहप्रति गरें र म त उपहास गर्नेहरूमा नै शम्मिलित रहेँ ।
Esegesi in lingua araba:
 
Traduzione dei significati Sura: Az-Zumar
Indice delle Sure Numero di pagina
 
Traduzione dei Significati del Sacro Corano - Traduzione nepalese - ِAhl al-Hadith Society - Indice Traduzioni

Pubblicato dalla "Società Ahl al-Hadith Centrale" in Nepal.

Chiudi