Check out the new design

Traduzione dei Significati del Sacro Corano - Traduzione nepalese - ِAhl al-Hadith Society * - Indice Traduzioni


Traduzione dei significati Sura: Al-Wâqi‘ah   Versetto:
یَطُوْفُ عَلَیْهِمْ وِلْدَانٌ مُّخَلَّدُوْنَ ۟ۙ
१७) उनी समक्ष किशोरहरू जो सधैं (बालक नै रहनेछन्) आउँदैजाँदै गर्नेछन् ।
Esegesi in lingua araba:
بِاَكْوَابٍ وَّاَبَارِیْقَ ۙ۬— وَكَاْسٍ مِّنْ مَّعِیْنٍ ۟ۙ
१८) अर्थात् प्याला र जगमा स्वादिलो पेयले भरिएको पात्र लिएर हिंडिरहने छन् ।
Esegesi in lingua araba:
لَّا یُصَدَّعُوْنَ عَنْهَا وَلَا یُنْزِفُوْنَ ۟ۙ
१९) जसलार्इ पिएर न त टाउकोमा दर्द हुनेछ र न उनको बुद्धिमा विकार आउनेछ ।
Esegesi in lingua araba:
وَفَاكِهَةٍ مِّمَّا یَتَخَیَّرُوْنَ ۟ۙ
२०) र त्यस्ता फलहरूको साथ जुन कि उनले रुचाउँछन् ।
Esegesi in lingua araba:
وَلَحْمِ طَیْرٍ مِّمَّا یَشْتَهُوْنَ ۟ؕ
२१) र पंक्षीका मासु जुन तिनीहरूले रुचाउँछन् ।
Esegesi in lingua araba:
وَحُوْرٌ عِیْنٌ ۟ۙ
२२) र ठूला–ठूला आँखा भएकी अप्सराहरू,
Esegesi in lingua araba:
كَاَمْثَالِ اللُّؤْلُو الْمَكْنُوْنِ ۟ۚ
२३) जो लुकेको मोती जस्ती हुनेछिन् ।
Esegesi in lingua araba:
جَزَآءً بِمَا كَانُوْا یَعْمَلُوْنَ ۟
२४) यो उनीहरूको कर्मको प्रतिफल हो ।
Esegesi in lingua araba:
لَا یَسْمَعُوْنَ فِیْهَا لَغْوًا وَّلَا تَاْثِیْمًا ۟ۙ
२५) त्यहाँ न व्यर्थका कुरा सुन्नेछन् र न पापका ।
Esegesi in lingua araba:
اِلَّا قِیْلًا سَلٰمًا سَلٰمًا ۟
२६) उनीहरूको आपसमा सलामको आदान–प्रदान मात्र हुनेछ ।
Esegesi in lingua araba:
وَاَصْحٰبُ الْیَمِیْنِ ۙ۬— مَاۤ اَصْحٰبُ الْیَمِیْنِ ۟ؕ
२७) र दाहिना हातवालाहरू निकै (भाग्यशाली) हुनेछन् ।
Esegesi in lingua araba:
فِیْ سِدْرٍ مَّخْضُوْدٍ ۟ۙ
२८) उनी काँडा नभएका बयरहरू,
Esegesi in lingua araba:
وَّطَلْحٍ مَّنْضُوْدٍ ۟ۙ
२९) र गुच्छेदार केराहरू,
Esegesi in lingua araba:
وَّظِلٍّ مَّمْدُوْدٍ ۟ۙ
३०) र परसम्म फैलिएका छाँयाहरू,
Esegesi in lingua araba:
وَّمَآءٍ مَّسْكُوْبٍ ۟ۙ
३१) र पानीका झरनाहरू,
Esegesi in lingua araba:
وَّفَاكِهَةٍ كَثِیْرَةٍ ۟ۙ
३२) र प्रशस्त फलहरूमा (हुनेछन्),
Esegesi in lingua araba:
لَّا مَقْطُوْعَةٍ وَّلَا مَمْنُوْعَةٍ ۟ۙ
३३) जुन कहिल्यै समाप्त हुने छैनन् र उनीबाट कसैले रोक्नेछैन ।
Esegesi in lingua araba:
وَّفُرُشٍ مَّرْفُوْعَةٍ ۟ؕ
३४) र अग्ला, अग्ला ओछ्यानमा हुनेछन् ।
Esegesi in lingua araba:
اِنَّاۤ اَنْشَاْنٰهُنَّ اِنْشَآءً ۟ۙ
३५) हामीले उनीहरूका स्वास्नीहरूलाई विशेष प्रकारले सृष्टि गरेका छौं ।
Esegesi in lingua araba:
فَجَعَلْنٰهُنَّ اَبْكَارًا ۟ۙ
३६) अनि उनीहरूलाई हामीले कुमारी (पवित्र) बनायौं ।
Esegesi in lingua araba:
عُرُبًا اَتْرَابًا ۟ۙ
३७) समान उमेरकी र मायालु ।
Esegesi in lingua araba:
لِّاَصْحٰبِ الْیَمِیْنِ ۟ؕ۠
३८) दाहिने हातवालाहरूको निम्ति हुन् ।
Esegesi in lingua araba:
ثُلَّةٌ مِّنَ الْاَوَّلِیْنَ ۟ۙ
३९) यिनीहरूमा अघिल्लामध्येका पनि धेरै हुनेछन् ।
Esegesi in lingua araba:
وَثُلَّةٌ مِّنَ الْاٰخِرِیْنَ ۟ؕ
४०) र पछिल्लामध्येका पनि धेरै हुनेछन्,
Esegesi in lingua araba:
وَاَصْحٰبُ الشِّمَالِ ۙ۬— مَاۤ اَصْحٰبُ الشِّمَالِ ۟ؕ
४१) र बाँया हातवालाहरू, (अफशोच) बाँया हातवाला कस्ता छन् ।
Esegesi in lingua araba:
فِیْ سَمُوْمٍ وَّحَمِیْمٍ ۟ۙ
४२) गर्म (तातो) हवा र उम्लिराखेको पानीमा हुनेछन् ।
Esegesi in lingua araba:
وَّظِلٍّ مِّنْ یَّحْمُوْمٍ ۟ۙ
४३) र कालो धुवाँको छाँयामा,
Esegesi in lingua araba:
لَّا بَارِدٍ وَّلَا كَرِیْمٍ ۟
४४) जुन न चिसो छ न रुचाउने योग्य ।
Esegesi in lingua araba:
اِنَّهُمْ كَانُوْا قَبْلَ ذٰلِكَ مُتْرَفِیْنَ ۟ۚۖ
४५) निःसंदेह उनीहरू यसभन्दा पहिला धेरै सुख सुविधामा थिए ।
Esegesi in lingua araba:
وَكَانُوْا یُصِرُّوْنَ عَلَی الْحِنْثِ الْعَظِیْمِ ۟ۚ
४६) र ठूला–ठूला पापहरू गर्दै बसेका थिए,
Esegesi in lingua araba:
وَكَانُوْا یَقُوْلُوْنَ ۙ۬— اَىِٕذَا مِتْنَا وَكُنَّا تُرَابًا وَّعِظَامًا ءَاِنَّا لَمَبْعُوْثُوْنَ ۟ۙ
४७) र भन्ने गर्दथे कि के जब हामी मृत भइहाल्ने छौं र माटो र हाड भइहाल्ने छौं, हामी फेरि उठाइने छौं ?
Esegesi in lingua araba:
اَوَاٰبَآؤُنَا الْاَوَّلُوْنَ ۟
४८) र के हाम्रा बाबु बाजे पनि ?
Esegesi in lingua araba:
قُلْ اِنَّ الْاَوَّلِیْنَ وَالْاٰخِرِیْنَ ۟ۙ
४९) तपाई भनिदिनुस् कि निःसन्देह पहिला र पछिका,
Esegesi in lingua araba:
لَمَجْمُوْعُوْنَ ۙ۬— اِلٰی مِیْقَاتِ یَوْمٍ مَّعْلُوْمٍ ۟
५०) सबै एउटा निर्धारित दिनको समयमा अवश्य एकत्रित गरिनेछन् ।
Esegesi in lingua araba:
 
Traduzione dei significati Sura: Al-Wâqi‘ah
Indice delle Sure Numero di pagina
 
Traduzione dei Significati del Sacro Corano - Traduzione nepalese - ِAhl al-Hadith Society - Indice Traduzioni

Pubblicato dalla "Società Ahl al-Hadith Centrale" in Nepal.

Chiudi