Check out the new design

ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - សន្ទស្សន៍នៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: ហ៊ូទ   អាយ៉ាត់:
قَالَ یٰنُوْحُ اِنَّهٗ لَیْسَ مِنْ اَهْلِكَ ۚ— اِنَّهٗ عَمَلٌ غَیْرُ صَالِحٍ ۗ— فَلَا تَسْـَٔلْنِ مَا لَیْسَ لَكَ بِهٖ عِلْمٌ ؕ— اِنِّیْۤ اَعِظُكَ اَنْ تَكُوْنَ مِنَ الْجٰهِلِیْنَ ۟
४६) अल्लाहले आदेश दियोः ‘‘कि हे नूह ! निःसन्देह ऊ तिम्रो परिवारबाट होइन, उसको काम पूर्णरूपले गलत छ, तिमीले कदापि त्यो वस्तु माँग्नु हुँदैन, जसको तिमीलाई पूर्ण ज्ञान छैन । म तिमीलाई उपदेश गर्दछु कि तिमी मूर्खहरूमध्येबाट नहोऊ ।’’
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
قَالَ رَبِّ اِنِّیْۤ اَعُوْذُ بِكَ اَنْ اَسْـَٔلَكَ مَا لَیْسَ لِیْ بِهٖ عِلْمٌ ؕ— وَاِلَّا تَغْفِرْ لِیْ وَتَرْحَمْنِیْۤ اَكُنْ مِّنَ الْخٰسِرِیْنَ ۟
४७) नूहले भनेः मेरो पालनकर्ता ! म तिमीसँग शरण माँग्दछु ती कुराहरूको सम्बन्धमा प्रश्न गर्नेबारेमा जसको कि मलाई ज्ञान छैन । यदि तिमीले मलाई क्षमा गर्दैनौ र ममाथि दया गर्दैनौ भने, म ठूलो हानिमा पर्नेछु ।’’
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
قِیْلَ یٰنُوْحُ اهْبِطْ بِسَلٰمٍ مِّنَّا وَبَرَكٰتٍ عَلَیْكَ وَعَلٰۤی اُمَمٍ مِّمَّنْ مَّعَكَ ؕ— وَاُمَمٌ سَنُمَتِّعُهُمْ ثُمَّ یَمَسُّهُمْ مِّنَّا عَذَابٌ اَلِیْمٌ ۟
४८) आदेश भयोः ‘‘कि नूह (डुङ्गाबाट) तल झरिहाल, हाम्रो तरफबाट शान्ति र तिमी र तिम्रो साथका अन्य साथीहरूमाथि अनुग्रह हुनेछ ! र अनेक यस्ता समुदाय हुनेछन् जसलाई हामीले (संसारका) आनन्दहरू प्रदान गर्नेछौं, तर तिनीहरूलाई हाम्रो तर्फबाट कष्टदायक सजाय पुग्नेछ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
تِلْكَ مِنْ اَنْۢبَآءِ الْغَیْبِ نُوْحِیْهَاۤ اِلَیْكَ ۚ— مَا كُنْتَ تَعْلَمُهَاۤ اَنْتَ وَلَا قَوْمُكَ مِنْ قَبْلِ هٰذَا ۛؕ— فَاصْبِرْ ۛؕ— اِنَّ الْعَاقِبَةَ لِلْمُتَّقِیْنَ ۟۠
४९) यी (समाचारहरू) अदृश्यका खबरहरू हुन् जुन कि हामीले तपाईतिर वह्यमार्फत पठाउँदछौ र तिनको जानकारी यसभन्दा अगाडि न तपाईलाई थियो नत तपाईको समुदायलाई । तसर्थ धैर्य गर्नु, किन भने अन्तिममा राम्रो परिणाम अल्लाहसित डर्नेहरूको हकमा नै हुन्छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَاِلٰی عَادٍ اَخَاهُمْ هُوْدًا ؕ— قَالَ یٰقَوْمِ اعْبُدُوا اللّٰهَ مَا لَكُمْ مِّنْ اِلٰهٍ غَیْرُهٗ ؕ— اِنْ اَنْتُمْ اِلَّا مُفْتَرُوْنَ ۟
५०) र हामीले आद समुदायतिर तिनीहरूकै भाइ हूदलाई पठायौं । उनले भनेः कि हे मेरो समुदायका मानिसहरू ! अल्लाहकै उपासना गर, उसबाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन । तिमीहरू (ऊ सित अरुलाई दाँजेर) मात्र जालझेल गर्दैछौ ।’’
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
یٰقَوْمِ لَاۤ اَسْـَٔلُكُمْ عَلَیْهِ اَجْرًا ؕ— اِنْ اَجْرِیَ اِلَّا عَلَی الَّذِیْ فَطَرَنِیْ ؕ— اَفَلَا تَعْقِلُوْنَ ۟
५१) हे मेरा कौमका मानिसहरू ! म यस (सन्देश) बापत तिमीसित कुनै पारिश्रमिक माँग्दिनँ । मेरो पुरस्कार त उसको जिम्मामा छ, जसले मलाई सृष्टि गरेको छ । अनि के तैपनि तिमीले यो कुरा बुझ्दैनौ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَیٰقَوْمِ اسْتَغْفِرُوْا رَبَّكُمْ ثُمَّ تُوْبُوْۤا اِلَیْهِ یُرْسِلِ السَّمَآءَ عَلَیْكُمْ مِّدْرَارًا وَّیَزِدْكُمْ قُوَّةً اِلٰی قُوَّتِكُمْ وَلَا تَتَوَلَّوْا مُجْرِمِیْنَ ۟
५२) हे मेरो समुदायका मानिसहरू तिमी आफ्नो पालनकर्तासित आफ्नो पापको लागि क्षमायाचना गर, अनि उसको अगाडि प्रायश्चित गर । जसबाट उसले तिमीमाथि आकाशबाट मुसलधारे पानी वर्षाउँने बादल पठाई तिम्रो शक्तिमा अझै शक्तिको बृद्धि गर्नेछ । र तिमी पाप गर्दै विमुख नहोऊ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
قَالُوْا یٰهُوْدُ مَا جِئْتَنَا بِبَیِّنَةٍ وَّمَا نَحْنُ بِتَارِكِیْۤ اٰلِهَتِنَا عَنْ قَوْلِكَ وَمَا نَحْنُ لَكَ بِمُؤْمِنِیْنَ ۟
५३) तिनीहरूले भनेः, ‘‘हे हूद ! तिमीले हाम्रो सामु कुनै स्पष्ट प्रमाण ल्याएनौ र हामीले (मात्र) तिम्रो भनाईको भरमा नत आफ्ना देवताहरूलाई छाड्ने छौं नत तिमीमाथि र्इमान ल्याउनेछौं ।’’
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: ហ៊ូទ
សន្ទស្សន៍នៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - សន្ទស្សន៍នៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាឌីសនៅនេប៉ាល់។

បិទ