Check out the new design

ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - សន្ទស្សន៍នៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់ហ្ពាក៏រ៉ោះ   អាយ៉ាត់:
وَاذْكُرُوا اللّٰهَ فِیْۤ اَیَّامٍ مَّعْدُوْدٰتٍ ؕ— فَمَنْ تَعَجَّلَ فِیْ یَوْمَیْنِ فَلَاۤ اِثْمَ عَلَیْهِ ۚ— وَمَنْ تَاَخَّرَ فَلَاۤ اِثْمَ عَلَیْهِ ۙ— لِمَنِ اتَّقٰی ؕ— وَاتَّقُوا اللّٰهَ وَاعْلَمُوْۤا اَنَّكُمْ اِلَیْهِ تُحْشَرُوْنَ ۟
२०३) र अल्लाहको स्मरण गणनाका दिनहरूमा (तीन दिन) गर । यदि कसैले छिटो गर्दछ (र) दुई दिनमै हिंडिहाल्छ भने त्यसलाई कुनै गुनाह (पाप) छैन । र जो पछि (तेह्र तारिखसम्म) बसिरहन्छन्, तिनीमाथि पनि कुनै गुनाह छैन, यो परहेजगारहरूको लागि हो । र अल्लाहसित डर्दैगर, र जानिराख तिमीहरू उसैछेउ जम्मा गरिने छौ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَمِنَ النَّاسِ مَنْ یُّعْجِبُكَ قَوْلُهٗ فِی الْحَیٰوةِ الدُّنْیَا وَیُشْهِدُ اللّٰهَ عَلٰی مَا فِیْ قَلْبِهٖ ۙ— وَهُوَ اَلَدُّ الْخِصَامِ ۟
२०४) केही मानिस त यस्ता पनि छन् जसका कुरा सांसारिक जीवनको बारेमा तिमीलाई आकर्षक लाग्छ र उसले आफ्नो अन्तरात्माको कुरामाथि अल्लाहलाई साक्षी बनाउँछ, र त्यो अत्यन्त झगडालु छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَاِذَا تَوَلّٰی سَعٰی فِی الْاَرْضِ لِیُفْسِدَ فِیْهَا وَیُهْلِكَ الْحَرْثَ وَالنَّسْلَ ؕ— وَاللّٰهُ لَا یُحِبُّ الْفَسَادَ ۟
२०५) जब ऊ फर्केर जान्छ, तब धरतीमा उपद्रव गर्ने तथा खेतीलाई र नस्लको विनाशको प्रयासमा लागिरहन्छ । र अल्लाहलाई उपद्रव मन पर्दैन ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَاِذَا قِیْلَ لَهُ اتَّقِ اللّٰهَ اَخَذَتْهُ الْعِزَّةُ بِالْاِثْمِ فَحَسْبُهٗ جَهَنَّمُ ؕ— وَلَبِئْسَ الْمِهَادُ ۟
२०६) जब उसलाई भनिन्छ, कि अल्लाहसित डर, तब अहंकारले उसलाई गुनाह गर्न प्रेरित गरिदिन्छ । यस्ताका लागि नर्क नै छ र त्यो साह्रै नराम्रो ठाउँ हो ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَمِنَ النَّاسِ مَنْ یَّشْرِیْ نَفْسَهُ ابْتِغَآءَ مَرْضَاتِ اللّٰهِ ؕ— وَاللّٰهُ رَءُوْفٌۢ بِالْعِبَادِ ۟
२०७) केही मानिस यस्ता पनि छन् कि अल्लाहको प्रसन्नता प्राप्त गर्नका लागि आफ्नो ज्यान सम्म बेचिदिन्छन् । र अल्लाह आफ्ना भक्तहरूप्रति अत्यन्त दयावान् छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا ادْخُلُوْا فِی السِّلْمِ كَآفَّةً ۪— وَلَا تَتَّبِعُوْا خُطُوٰتِ الشَّیْطٰنِ ؕ— اِنَّهٗ لَكُمْ عَدُوٌّ مُّبِیْنٌ ۟
२०८) मोमिनहरू (र्इमानवालाहरू) ! इस्लाममा पूर्णरूपले प्रवेश गरिहाल र शैतानको पाइलाहरूको अनुशरण नगर, ऊ तिम्रो प्रत्यक्ष शत्रु हो ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
فَاِنْ زَلَلْتُمْ مِّنْ بَعْدِ مَا جَآءَتْكُمُ الْبَیِّنٰتُ فَاعْلَمُوْۤا اَنَّ اللّٰهَ عَزِیْزٌ حَكِیْمٌ ۟
२०९) (तसर्थ) यदि तिमी स्पष्ट तर्कहरू आइसकेपछि पनि विचलित हुन्छौं त यादराख कि अल्लाह सर्वशक्तिमान र सर्वज्ञानी छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
هَلْ یَنْظُرُوْنَ اِلَّاۤ اَنْ یَّاْتِیَهُمُ اللّٰهُ فِیْ ظُلَلٍ مِّنَ الْغَمَامِ وَالْمَلٰٓىِٕكَةُ وَقُضِیَ الْاَمْرُ ؕ— وَاِلَی اللّٰهِ تُرْجَعُ الْاُمُوْرُ ۟۠
२१०) के मानिसहरूलाई यस कुराको प्रतिक्षा छ कि तिनीहरू समक्ष अल्लाह आफैं बादलका छानाहरू चिरेर उतरी हालोस् र फरिश्ताहरू पनि र काम पूरा गरिहालियोस् ? र, सबै कामहरू अल्लाहतिर नै फर्कनेछन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់ហ្ពាក៏រ៉ោះ
សន្ទស្សន៍នៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - សន្ទស្សន៍នៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាឌីសនៅនេប៉ាល់។

បិទ