Check out the new design

ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - សន្ទស្សន៍នៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់អាំពីយ៉ាក   អាយ៉ាត់:
وَمَاۤ اَرْسَلْنَا مِنْ قَبْلِكَ مِنْ رَّسُوْلٍ اِلَّا نُوْحِیْۤ اِلَیْهِ اَنَّهٗ لَاۤ اِلٰهَ اِلَّاۤ اَنَا فَاعْبُدُوْنِ ۟
२५) र जुन पैगम्बरलाई पनि हामीले तिमीभन्दा अगाडि पठायौं, तिनीहरूतिर यही (वह्य) सन्देश पठायौं कि म बाहेक कोही सत्य पूज्य छैन, तसर्थ तिमी सबै मेरो उपासना गर ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَقَالُوا اتَّخَذَ الرَّحْمٰنُ وَلَدًا سُبْحٰنَهٗ ؕ— بَلْ عِبَادٌ مُّكْرَمُوْنَ ۟ۙ
२६) (मुश्रिकहरू) भन्छन् कि अल्लाहको सन्तान छ ऊ पवित्र छ । बरु तिनीहरू उसको प्रतिष्ठित भक्तहरू हुन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
لَا یَسْبِقُوْنَهٗ بِالْقَوْلِ وَهُمْ بِاَمْرِهٖ یَعْمَلُوْنَ ۟
२७) उसभन्दा अगाडि बढेर कुनै कुरा गर्दैनन् र उसको आदेशको पालना गर्दछन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
یَعْلَمُ مَا بَیْنَ اَیْدِیْهِمْ وَمَا خَلْفَهُمْ وَلَا یَشْفَعُوْنَ ۙ— اِلَّا لِمَنِ ارْتَضٰی وَهُمْ مِّنْ خَشْیَتِهٖ مُشْفِقُوْنَ ۟
२८) उनीहरूको अगाडि–पछाडि जे कुराहरू भइसकेका छन् र जे पछि हुनेछन्, उसलाई सबै थाहा छ । र उनीहरूले उसको समीपमा कसैको सिफारिश गर्न सक्दैनन्, तर उस व्यक्ति बाहेक, जोसित अल्लाह प्रसन्न छ र उनीहरू स्वयम् उसको भयले भयभीत छन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَمَنْ یَّقُلْ مِنْهُمْ اِنِّیْۤ اِلٰهٌ مِّنْ دُوْنِهٖ فَذٰلِكَ نَجْزِیْهِ جَهَنَّمَ ؕ— كَذٰلِكَ نَجْزِی الظّٰلِمِیْنَ ۟۠
२९) उनीहरूमध्ये यदि कुनै व्यक्तिले यो भन्दछ कि अल्लाह बाहेक म पूजाको योग्य छु भने त्यसलाई हामीले नर्कको दण्ड दिनेछौं र अत्याचारीहरूलाई हामीले यस्तै किसिमको सजाय दिने गर्दछौं ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اَوَلَمْ یَرَ الَّذِیْنَ كَفَرُوْۤا اَنَّ السَّمٰوٰتِ وَالْاَرْضَ كَانَتَا رَتْقًا فَفَتَقْنٰهُمَا ؕ— وَجَعَلْنَا مِنَ الْمَآءِ كُلَّ شَیْءٍ حَیٍّ ؕ— اَفَلَا یُؤْمِنُوْنَ ۟
३०) के ती मानिसहरूले जसले इन्कार गरे, यो देखेनन् कि यी आकाश र धरती एक आपसमा जोडिएका थिए । अनि हामीले तिनलाई अलग–अलग गर्यौं । र सम्पूर्ण जानदारहरूलाई हामीले पानीबाट सृष्टि गर्यौं । तैपनि यी मानिसहरूले ईमान किन ल्याउँदैनन् ?
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَجَعَلْنَا فِی الْاَرْضِ رَوَاسِیَ اَنْ تَمِیْدَ بِهِمْ وَجَعَلْنَا فِیْهَا فِجَاجًا سُبُلًا لَّعَلَّهُمْ یَهْتَدُوْنَ ۟
३१) र हामीले धरतीमा पहाडहरू उभ्याइदिऔं ताकि त्यसले प्राणीहरूलाई हल्लाउन नसकोस् र हामीले त्यसमा फराकिला बाटोहरू बनायौं ताकि तिनीहरूले मार्ग प्राप्त गर्न सकुन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَجَعَلْنَا السَّمَآءَ سَقْفًا مَّحْفُوْظًا ۖۚ— وَّهُمْ عَنْ اٰیٰتِهَا مُعْرِضُوْنَ ۟
३२) र हामीले आकाशलाई एउटा सुरक्षित छत बनायौं, तैपनि तिनीहरूले हाम्रा निशानीहरूबाट विमुख भइराखेका छन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَهُوَ الَّذِیْ خَلَقَ الَّیْلَ وَالنَّهَارَ وَالشَّمْسَ وَالْقَمَرَ ؕ— كُلٌّ فِیْ فَلَكٍ یَّسْبَحُوْنَ ۟
३३) उही अल्लाह नै हो जसले दिन र राती बनायो र सूर्य र चन्द्र पनि, प्रत्येक आ–आफ्ना कक्षमा परिक्रमा गरिराखेका छन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَمَا جَعَلْنَا لِبَشَرٍ مِّنْ قَبْلِكَ الْخُلْدَ ؕ— اَفَاۡىِٕنْ مِّتَّ فَهُمُ الْخٰلِدُوْنَ ۟
३४) हामीले तपाईभन्दा पहिला पनि कसैलाई अमरता प्रदान गरेका छैनौं । अनि के तपाईको मृत्यु भयो भने तिनीहरू सधैं बाँची रहनेछन् ?
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
كُلُّ نَفْسٍ ذَآىِٕقَةُ الْمَوْتِ ؕ— وَنَبْلُوْكُمْ بِالشَّرِّ وَالْخَیْرِ فِتْنَةً ؕ— وَاِلَیْنَا تُرْجَعُوْنَ ۟
३५) प्रत्येक जीवले मृत्युको स्वाद चाख्नुपर्नेछ र हामीले राम्रो नराम्रो परिस्थितिहरूमा पारेर तिमी सबैको परीक्षा लिन्छौ । अन्ततः तिमी सबैले हामीतिरै फर्केर आउनु छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់អាំពីយ៉ាក
សន្ទស្សន៍នៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - សន្ទស្សន៍នៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាឌីសនៅនេប៉ាល់។

បិទ