Check out the new design

ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - សន្ទស្សន៍នៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាលីអុិមរ៉ន   អាយ៉ាត់:
اِذْ هَمَّتْ طَّآىِٕفَتٰنِ مِنْكُمْ اَنْ تَفْشَلَا ۙ— وَاللّٰهُ وَلِیُّهُمَا ؕ— وَعَلَی اللّٰهِ فَلْیَتَوَكَّلِ الْمُؤْمِنُوْنَ ۟
१२२) जुनबेला तिमीमध्येबाट दुई समूहले (बनू हारसा र बनू सल्मा) हिम्मत छोड्ने इच्छा गरेका थिए, अल्लाह नै तिनको मद्दतकर्ता हो । मोमिनहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَلَقَدْ نَصَرَكُمُ اللّٰهُ بِبَدْرٍ وَّاَنْتُمْ اَذِلَّةٌ ۚ— فَاتَّقُوا اللّٰهَ لَعَلَّكُمْ تَشْكُرُوْنَ ۟
१२३) अल्लाहले बद्रको युद्धमा पनि ठीक त्यस बेला तिम्रो सहायता गरेको थियो, जब तिमी धेरै कमजोर अवस्थामा पुगिसकेका थियौ । तसर्थ अल्लाहसँग मात्र डर जसबाट तिमी आभार प्रकट गर्नसक ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اِذْ تَقُوْلُ لِلْمُؤْمِنِیْنَ اَلَنْ یَّكْفِیَكُمْ اَنْ یُّمِدَّكُمْ رَبُّكُمْ بِثَلٰثَةِ اٰلٰفٍ مِّنَ الْمَلٰٓىِٕكَةِ مُنْزَلِیْنَ ۟ؕ
१२४) जब तपाईले मोमिनहरूलाई भरोसा दिइरहनु भएको थियो, कि के यो पर्याप्त छैन कि पालनकर्ताले तीन हजार दूतहरू (फरिश्ता) पठाई तपाईलाई मद्दत गर्यो ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
بَلٰۤی ۙ— اِنْ تَصْبِرُوْا وَتَتَّقُوْا وَیَاْتُوْكُمْ مِّنْ فَوْرِهِمْ هٰذَا یُمْدِدْكُمْ رَبُّكُمْ بِخَمْسَةِ اٰلٰفٍ مِّنَ الْمَلٰٓىِٕكَةِ مُسَوِّمِیْنَ ۟
१२५) हो, यदि तिमी संतोष र धैर्य राख्दछौ र तिनीहरू यसैबेला तिमीमाथि आइलाग्छन् भने तिम्रो रबले (प्रतिपालकले) पाँच हजार दूतहरू (फरिश्ताहरू), जिनमाथि चिन्हहरू हुनेछन्, तिम्रो सहायताको लागि पठाउने छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَمَا جَعَلَهُ اللّٰهُ اِلَّا بُشْرٰی لَكُمْ وَلِتَطْمَىِٕنَّ قُلُوْبُكُمْ بِهٖ ؕ— وَمَا النَّصْرُ اِلَّا مِنْ عِنْدِ اللّٰهِ الْعَزِیْزِ الْحَكِیْمِ ۟ۙ
१२६) र त्यो मद्दतलाई त अल्लाहले तिम्रो खुशी र सन्तुष्टिको लागि गर्यो अन्यथा सहायता त अल्लाहकै तर्फबाट हुन्छ, जो सर्वशक्तिमान र कौशल सम्पन्न छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
لِیَقْطَعَ طَرَفًا مِّنَ الَّذِیْنَ كَفَرُوْۤا اَوْ یَكْبِتَهُمْ فَیَنْقَلِبُوْا خَآىِٕبِیْنَ ۟
१२७) (यस कारणले त्यो मद्दत गर्यो कि) काफिरहरूको एउटा समूहलाई निर्मूल वा अपमानित गरिहालोस् जसलेगर्दा ती सबै असफल भई फर्किहालुन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
لَیْسَ لَكَ مِنَ الْاَمْرِ شَیْءٌ اَوْ یَتُوْبَ عَلَیْهِمْ اَوْ یُعَذِّبَهُمْ فَاِنَّهُمْ ظٰلِمُوْنَ ۟
१२८) हे पैगम्बर ! यसमा तपाईको अख्तियारमा केही छैन । अल्लाहले चाहेमा तिनीहरूको प्रायश्चित स्वीकार गर्दछ अथवा तिनीलाई सजाय दिन्छ किनभने तिनीहरू अत्याचारी हुन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَلِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— یَغْفِرُ لِمَنْ یَّشَآءُ وَیُعَذِّبُ مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟۠
१२९) आकाशहरूमा र धरतीमा जे छ, सबै अल्लाहकै हो । उसले आफ्नो इच्छा अनुसार जसलाई चाहन्छ क्षमा गरिदिन्छ र जसलाई चाहन्छ दण्ड दिन्छ, र अल्लाह क्षमादाता र दयावान छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَاْكُلُوا الرِّبٰۤوا اَضْعَافًا مُّضٰعَفَةً ۪— وَّاتَّقُوا اللّٰهَ لَعَلَّكُمْ تُفْلِحُوْنَ ۟ۚ
१३०) हे ईमानवालाहरू ! बढाई–चढाई व्याज नखाऊ, अल्लाहसँग डर ताकि तिमी मुक्ति प्राप्त गर्नसकौ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَاتَّقُوا النَّارَ الَّتِیْۤ اُعِدَّتْ لِلْكٰفِرِیْنَ ۟ۚ
१३१) र त्यस आगोबाट डर, जुन काफिरहरूको लागि तयार गरिएको छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَاَطِیْعُوا اللّٰهَ وَالرَّسُوْلَ لَعَلَّكُمْ تُرْحَمُوْنَ ۟ۚ
१३२) अल्लाह र उसको रसूलको आज्ञापालन गर ताकि तिमीमाथि कृपा गरियोस् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាលីអុិមរ៉ន
សន្ទស្សន៍នៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - សន្ទស្សន៍នៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាឌីសនៅនេប៉ាល់។

បិទ