Check out the new design

ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - សន្ទស្សន៍នៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អើររ៉ូម   អាយ៉ាត់:
وَاَمَّا الَّذِیْنَ كَفَرُوْا وَكَذَّبُوْا بِاٰیٰتِنَا وَلِقَآئِ الْاٰخِرَةِ فَاُولٰٓىِٕكَ فِی الْعَذَابِ مُحْضَرُوْنَ ۟
१६) तर जुन मानिसहरूले इन्कार गरेका थिए र हाम्रा आयतहरू र आखिरतको साक्षात्कारलाई झूठो भनेका थिए उनीहरू सबै यातनामा पर्नेछन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
فَسُبْحٰنَ اللّٰهِ حِیْنَ تُمْسُوْنَ وَحِیْنَ تُصْبِحُوْنَ ۟
१७) यसर्थ जब साँझ पर्छ र जुन बेला बिहान हुन्छ, तिमीहरू अल्लाहको सतुति (तस्बीह) पढ्नेगर ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَلَهُ الْحَمْدُ فِی السَّمٰوٰتِ وَالْاَرْضِ وَعَشِیًّا وَّحِیْنَ تُظْهِرُوْنَ ۟
१८) र आकाशहरू र धरतीमा सबै प्रशंसा योग्य उही मात्र छ । अप्रान्हमा पनि र मध्यान्हपछि पनि (उसको पवित्रताको वर्णन गर) ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
یُخْرِجُ الْحَیَّ مِنَ الْمَیِّتِ وَیُخْرِجُ الْمَیِّتَ مِنَ الْحَیِّ وَیُحْیِ الْاَرْضَ بَعْدَ مَوْتِهَا ؕ— وَكَذٰلِكَ تُخْرَجُوْنَ ۟۠
१९) उसैले जीवितलाई मृतबाट निकाल्दछ र मृतलाई जीवितबाट र धरतीलाई उसको मृत्युपश्चात उसैले जीवन प्रदान गर्दछ । यसै प्रकार तिमी पनि पुनः धरतीबाट निकालिने छौ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَمِنْ اٰیٰتِهٖۤ اَنْ خَلَقَكُمْ مِّنْ تُرَابٍ ثُمَّ اِذَاۤ اَنْتُمْ بَشَرٌ تَنْتَشِرُوْنَ ۟
२०) (र यो) उसको निशानीहरूमध्ये हो कि उसले तिमीलाई माटोबाट सृष्टि गर्यो । अनि अब तिमी मानिस भई ठाउँ ठाउँमा फैलिराखेका छौ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَمِنْ اٰیٰتِهٖۤ اَنْ خَلَقَ لَكُمْ مِّنْ اَنْفُسِكُمْ اَزْوَاجًا لِّتَسْكُنُوْۤا اِلَیْهَا وَجَعَلَ بَیْنَكُمْ مَّوَدَّةً وَّرَحْمَةً ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّقَوْمٍ یَّتَفَكَّرُوْنَ ۟
२१) र (यो पनि) उसको निशानीहरूमध्ये हो कि उसले तिम्रै सहजातिबाट तिम्रो लागि जोडी (स्वास्नीहरू) सृष्टि गर्यो, ताकि तिमी उनीबाट आराम (सन्तुष्टि) प्राप्त गर र उसले तिम्रोबीचमा प्रेम र सहानुभूति सृष्टि गर्यो, निश्चयनै यसमा धेरै निशानीहरू छन्, उनको लागि जो सोचविचार गर्दछन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَمِنْ اٰیٰتِهٖ خَلْقُ السَّمٰوٰتِ وَالْاَرْضِ وَاخْتِلَافُ اَلْسِنَتِكُمْ وَاَلْوَانِكُمْ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّلْعٰلِمِیْنَ ۟
२२) उसको क्षमताका निशानीहरूमध्ये आकाशहरू र धरतीको सृजना र तिम्रो भाषा र तिम्रा रंगहरूको विविधता पनि हो । निःसन्देह यसमा ज्ञानी र चिन्तनशीलहरूको निम्ति धेरै निशानीहरू छन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَمِنْ اٰیٰتِهٖ مَنَامُكُمْ بِالَّیْلِ وَالنَّهَارِ وَابْتِغَآؤُكُمْ مِّنْ فَضْلِهٖ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّقَوْمٍ یَّسْمَعُوْنَ ۟
२३) र उसको शक्तिको निशानीहरूमध्ये राती र दिनको निद्रा पनि हो र उसको अनुग्रह (जीविका) लाई तिमीले तलाश गर्नु (खोज्नु) पनि हो । निश्चय नै यसमा निशानीहरू छन्, ती मानिसहरूको निम्ति जो सुन्दछन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَمِنْ اٰیٰتِهٖ یُرِیْكُمُ الْبَرْقَ خَوْفًا وَّطَمَعًا وَّیُنَزِّلُ مِنَ السَّمَآءِ مَآءً فَیُحْیٖ بِهِ الْاَرْضَ بَعْدَ مَوْتِهَا ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّقَوْمٍ یَّعْقِلُوْنَ ۟
२४) र उसकै निशानीहरूमध्ये एक यो पनि हो कि उसले तिमीलाई बिजुलीको चमक, भय र आशा उत्पन्न गर्नको निम्ति देखाउँछ र आकाशबाट पानी वर्षाउछ । त्यसबाट निर्जीव धरतीलाई जीवन प्रदान गर्दछ । यसमा पनि बुद्धिमानहरूको निम्ति धेरै निशानीहरू छन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អើររ៉ូម
សន្ទស្សន៍នៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - សន្ទស្សន៍នៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាឌីសនៅនេប៉ាល់។

បិទ