ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
16 : 50

وَلَقَدْ خَلَقْنَا الْاِنْسَانَ وَنَعْلَمُ مَا تُوَسْوِسُ بِهٖ نَفْسُهٗ ۖۚ— وَنَحْنُ اَقْرَبُ اِلَیْهِ مِنْ حَبْلِ الْوَرِیْدِ ۟

१६) र हामीले नै मानिसलाई सृष्टि गरेका हौं र जुन विचारहरू उसको मनमा आउँछन्, हामीले तिनलाई जान्दछौं । र हामी उसको रक्तबाहिनी नलीभन्दा पनि नजिक छौं । info
التفاسير:

external-link copy
17 : 50

اِذْ یَتَلَقَّی الْمُتَلَقِّیٰنِ عَنِ الْیَمِیْنِ وَعَنِ الشِّمَالِ قَعِیْدٌ ۟

१७) जब दुई लिनेवाला (फरिश्ता) लिइरहेका हुन्छन्, एउटा दाँया र अर्को देब्रेतर्फ बसेको हुन्छ । info
التفاسير:

external-link copy
18 : 50

مَا یَلْفِظُ مِنْ قَوْلٍ اِلَّا لَدَیْهِ رَقِیْبٌ عَتِیْدٌ ۟

१८) मानिसले कुनै कुरा भन्दैन तर त्यसको पासमा एउटा निरीक्षक तयार रहन्छ । info
التفاسير:

external-link copy
19 : 50

وَجَآءَتْ سَكْرَةُ الْمَوْتِ بِالْحَقِّ ؕ— ذٰلِكَ مَا كُنْتَ مِنْهُ تَحِیْدُ ۟

१९) र मृत्युको बेहोशीले सत्य कुरा लिएर आयो । यही कुरा हो जसबाट तिमी पन्छिराखेका थियौ । info
التفاسير:

external-link copy
20 : 50

وَنُفِخَ فِی الصُّوْرِ ؕ— ذٰلِكَ یَوْمُ الْوَعِیْدِ ۟

२०) र सूर (नरसिन्घा) फूँकिनेछ । सजायको वाचाको दिन यही हो । info
التفاسير:

external-link copy
21 : 50

وَجَآءَتْ كُلُّ نَفْسٍ مَّعَهَا سَآىِٕقٌ وَّشَهِیْدٌ ۟

२१) र हरेक व्यक्ति यस दिशामा यसरी आउनेछ, कि उसको साथमा एउटा ल्याउनेवाला हुनेछ र एउटा गवाही दिनेवाला पनि । info
التفاسير:

external-link copy
22 : 50

لَقَدْ كُنْتَ فِیْ غَفْلَةٍ مِّنْ هٰذَا فَكَشَفْنَا عَنْكَ غِطَآءَكَ فَبَصَرُكَ الْیَوْمَ حَدِیْدٌ ۟

२२) निःसन्देह तिमी यस कुराबाट उदासीन (अचेत) थियौ । तर हामीले तिम्रो अगाडिबाट परदा हटाइदियौं त आज तिम्रो दृष्टि बडो तीब्र भइहालेको छ । info
التفاسير:

external-link copy
23 : 50

وَقَالَ قَرِیْنُهٗ هٰذَا مَا لَدَیَّ عَتِیْدٌ ۟ؕ

२३) र उसको साथी (फरिश्ता) ले भन्नेछ यो हो (कर्मपत्र) जुन मसँग थियो । info
التفاسير:

external-link copy
24 : 50

اَلْقِیَا فِیْ جَهَنَّمَ كُلَّ كَفَّارٍ عَنِیْدٍ ۟ۙ

२४) प्रत्येक अटेरी काफिरलाई नर्कमा हालिदेऊ । info
التفاسير:

external-link copy
25 : 50

مَّنَّاعٍ لِّلْخَیْرِ مُعْتَدٍ مُّرِیْبِ ۟ۙ

२५) जो धर्मकार्यबाट रोक्नेवाला, सीमा उल्लंघन गर्नेवाला र शंकाको कुरा गर्नेवाला थियो । info
التفاسير:

external-link copy
26 : 50

١لَّذِیْ جَعَلَ مَعَ اللّٰهِ اِلٰهًا اٰخَرَ فَاَلْقِیٰهُ فِی الْعَذَابِ الشَّدِیْدِ ۟

२६) जसले अल्लाहको साथमा अरुलाई पूज्य बनाएको थियो । तसर्थ उसलाई कठोर यातनामा हालिदेऊ । info
التفاسير:

external-link copy
27 : 50

قَالَ قَرِیْنُهٗ رَبَّنَا مَاۤ اَطْغَیْتُهٗ وَلٰكِنْ كَانَ فِیْ ضَلٰلٍۢ بَعِیْدٍ ۟

२७) उसको साथी (शैतान) ले भन्नेछ कि, हाम्रो पालनकर्ता । मैले उसलाई मार्गविचलित गरेको थिएन, बरु यो आफै मार्गबाट टाढा भई भौतारिदै थियो । info
التفاسير:

external-link copy
28 : 50

قَالَ لَا تَخْتَصِمُوْا لَدَیَّ وَقَدْ قَدَّمْتُ اِلَیْكُمْ بِالْوَعِیْدِ ۟

२८) अल्लाहको आदेश हुनेछ कि मेरो सामु, झगडाको कुरा नगर । हामीले तिम्रो पासमा पहिले नै यातनाको वाचा पठाइसकेका थियौं । info
التفاسير:

external-link copy
29 : 50

مَا یُبَدَّلُ الْقَوْلُ لَدَیَّ وَمَاۤ اَنَا بِظَلَّامٍ لِّلْعَبِیْدِ ۟۠

२९) हामीकहाँ कुरा परिवर्तित हुदैन र हामीले आफ्ना भक्तहरूमाथि अलिकति पनि अत्याचार गर्दैनौं । info
التفاسير:

external-link copy
30 : 50

یَوْمَ نَقُوْلُ لِجَهَنَّمَ هَلِ امْتَلَاْتِ وَتَقُوْلُ هَلْ مِنْ مَّزِیْدٍ ۟

३०) जुन दिन हामीले नर्कसित सोध्नेछौं कि के तिमी भरिहाल्यौ ? र त्यसले भन्नेछ कि केही अरु पनि छन् ? info
التفاسير:

external-link copy
31 : 50

وَاُزْلِفَتِ الْجَنَّةُ لِلْمُتَّقِیْنَ غَیْرَ بَعِیْدٍ ۟

३१) र जन्नत (स्वर्ग) संयमीहरूको निकट गरिनेछ, त्यो टाढा रहनेछैन । info
التفاسير:

external-link copy
32 : 50

هٰذَا مَا تُوْعَدُوْنَ لِكُلِّ اَوَّابٍ حَفِیْظٍ ۟ۚ

३२) यो हो जसको तिमीलाई वचन दिइन्थ्यो हरेक प्रवृत्त हुनेवाला, र नियमबद्ध रहनेवालाहरूसित । info
التفاسير:

external-link copy
33 : 50

مَنْ خَشِیَ الرَّحْمٰنَ بِالْغَیْبِ وَجَآءَ بِقَلْبٍ مُّنِیْبِ ۟ۙ

३३) जसले अल्लाहसित अदृश्यमा डर मान्थे र जो प्रवृत्त हुनेवाला हृदय लिएर आयो । info
التفاسير:

external-link copy
34 : 50

١دْخُلُوْهَا بِسَلٰمٍ ؕ— ذٰلِكَ یَوْمُ الْخُلُوْدِ ۟

३४) तिमी यस स्वर्गमा कुशलताको साथ प्रवेश गर, यो सधैं रहने दिन हो । info
التفاسير:

external-link copy
35 : 50

لَهُمْ مَّا یَشَآءُوْنَ فِیْهَا وَلَدَیْنَا مَزِیْدٌ ۟

३५) त्यहाँ उनीहरूले जे चाहन्छन्, उनीहरूलाई प्राप्त हुनेछ । बरु हामीकहाँ अरु पनि धेरै कुराहरू छन् । info
التفاسير: