ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
19 : 55

مَرَجَ الْبَحْرَیْنِ یَلْتَقِیٰنِ ۟ۙ

१९) उसैले दुई समुन्द्र प्रवाहित गरिदियो जुन एकआपसमा मिल्छन् । info
التفاسير:

external-link copy
20 : 55

بَیْنَهُمَا بَرْزَخٌ لَّا یَبْغِیٰنِ ۟ۚ

२०) ती दुवैको बीचमा एउटा पर्दा छ । जसको तिनीहरू अतिक्रमण गर्दैनन् । info
التفاسير:

external-link copy
21 : 55

فَبِاَیِّ اٰلَآءِ رَبِّكُمَا تُكَذِّبٰنِ ۟

२१) त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ? info
التفاسير:

external-link copy
22 : 55

یَخْرُجُ مِنْهُمَا اللُّؤْلُؤُ وَالْمَرْجَانُ ۟ۚ

२२) ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ । info
التفاسير:

external-link copy
23 : 55

فَبِاَیِّ اٰلَآءِ رَبِّكُمَا تُكَذِّبٰنِ ۟

२३) अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं ? info
التفاسير:

external-link copy
24 : 55

وَلَهُ الْجَوَارِ الْمُنْشَاٰتُ فِی الْبَحْرِ كَالْاَعْلَامِ ۟ۚ

२४) र ती जहाजहरू पनि उसैका हुन् जो समुन्द्रमा पर्वतहरू झै अग्लो भई चलीराखेका छन् । info
التفاسير:

external-link copy
25 : 55

فَبِاَیِّ اٰلَآءِ رَبِّكُمَا تُكَذِّبٰنِ ۟۠

२५) तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ? info
التفاسير:

external-link copy
26 : 55

كُلُّ مَنْ عَلَیْهَا فَانٍ ۟ۚۖ

२६) प्रत्येक प्राणी जो यस धरतीमा छ, नाशवान छ । info
التفاسير:

external-link copy
27 : 55

وَّیَبْقٰی وَجْهُ رَبِّكَ ذُو الْجَلٰلِ وَالْاِكْرَامِ ۟ۚ

२७) तर तिम्रो पालनकर्ताको अनुहार (व्यक्तित्व) जो प्रतिष्ठित र सम्मानित छ शेष रहनेवाला छ । info
التفاسير:

external-link copy
28 : 55

فَبِاَیِّ اٰلَآءِ رَبِّكُمَا تُكَذِّبٰنِ ۟

२८) त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउने छौ ? info
التفاسير:

external-link copy
29 : 55

یَسْـَٔلُهٗ مَنْ فِی السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— كُلَّ یَوْمٍ هُوَ فِیْ شَاْنٍ ۟ۚ

२९) आकाशहरू र धरतीमा जो कोही पनि छन् सबै उसैसित माँग्दछन्, प्रत्येक दिन ऊ नौलो शानमा छ । info
التفاسير:

external-link copy
30 : 55

فَبِاَیِّ اٰلَآءِ رَبِّكُمَا تُكَذِّبٰنِ ۟

३०) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ? info
التفاسير:

external-link copy
31 : 55

سَنَفْرُغُ لَكُمْ اَیُّهَ الثَّقَلٰنِ ۟ۚ

३१) हे दुवै समुदायहरू (जिन्न र मनुष्य) हामी शीघ्र तिम्रो निम्ति पूर्णरूपले ध्यान दिनेछौं । info
التفاسير:

external-link copy
32 : 55

فَبِاَیِّ اٰلَآءِ رَبِّكُمَا تُكَذِّبٰنِ ۟

३२) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ? info
التفاسير:

external-link copy
33 : 55

یٰمَعْشَرَ الْجِنِّ وَالْاِنْسِ اِنِ اسْتَطَعْتُمْ اَنْ تَنْفُذُوْا مِنْ اَقْطَارِ السَّمٰوٰتِ وَالْاَرْضِ فَانْفُذُوْا ؕ— لَا تَنْفُذُوْنَ اِلَّا بِسُلْطٰنٍ ۟ۚ

३३) हे जिन्न र मनुष्यका समुदायहरू यदि तिमीहरूमा आकाशहरू र धरतीका सीमाहरूलाई पार गर्ने शक्ति छ त निस्केर हेर तर बिना वर्चस्वता र शक्तिको तिमीले कहिल्यै पार गर्न सक्दैनौं । info
التفاسير:

external-link copy
34 : 55

فَبِاَیِّ اٰلَآءِ رَبِّكُمَا تُكَذِّبٰنِ ۟

३४) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ? info
التفاسير:

external-link copy
35 : 55

یُرْسَلُ عَلَیْكُمَا شُوَاظٌ مِّنْ نَّارٍ ۙ۬— وَّنُحَاسٌ فَلَا تَنْتَصِرٰنِ ۟ۚ

३५) तिमीमाथि आगोको ज्वाला र धुवाँ छोडिने छ, अनि तिमीले मुकाबिला गर्न सक्दैनौ । info
التفاسير:

external-link copy
36 : 55

فَبِاَیِّ اٰلَآءِ رَبِّكُمَا تُكَذِّبٰنِ ۟

३६) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ? info
التفاسير:

external-link copy
37 : 55

فَاِذَا انْشَقَّتِ السَّمَآءُ فَكَانَتْ وَرْدَةً كَالدِّهَانِ ۟ۚ

३७) अनि जब आकाश च्यातिएर रातो छाला जस्तो भइहाल्नेछ । info
التفاسير:

external-link copy
38 : 55

فَبِاَیِّ اٰلَآءِ رَبِّكُمَا تُكَذِّبٰنِ ۟

३८) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ? info
التفاسير:

external-link copy
39 : 55

فَیَوْمَىِٕذٍ لَّا یُسْـَٔلُ عَنْ ذَنْۢبِهٖۤ اِنْسٌ وَّلَا جَآنٌّ ۟ۚ

३९) अनि त्यसदिन न कुनै मानिससित उसको पापको बारेमा सोधिनेछ र न कुनै जिन्नसित । info
التفاسير:

external-link copy
40 : 55

فَبِاَیِّ اٰلَآءِ رَبِّكُمَا تُكَذِّبٰنِ ۟

४०) अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ ? info
التفاسير:

external-link copy
41 : 55

یُعْرَفُ الْمُجْرِمُوْنَ بِسِیْمٰهُمْ فَیُؤْخَذُ بِالنَّوَاصِیْ وَالْاَقْدَامِ ۟ۚ

४१) गुनहगारहरू आफ्नो अनुहारबाट नै चिनिनेछन्, र उनका टाउकोको कपालहरू र खुट्टाद्वारा उनीहरूलाई समातिने छ । info
التفاسير: