Check out the new design

ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - សន្ទស្សន៍នៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់អាន់អាម   អាយ៉ាត់:
ذٰلِكُمُ اللّٰهُ رَبُّكُمْ ۚ— لَاۤ اِلٰهَ اِلَّا هُوَ ۚ— خَالِقُ كُلِّ شَیْءٍ فَاعْبُدُوْهُ ۚ— وَهُوَ عَلٰی كُلِّ شَیْءٍ وَّكِیْلٌ ۟
१०२) यो हो अल्लाह जुन तिम्रो पालनकर्ता हो, उस बाहेक अरु कोही सत्य पूजनीय छैन, उही नै प्रत्येक कुराको सृष्टिकर्ता हो । तसर्थ तिमी उसैको उपसना गर र उही सम्पूर्ण कुराहरूको सु–सञ्चालन गर्ने संयोजक हो ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
لَا تُدْرِكُهُ الْاَبْصَارُ ؗ— وَهُوَ یُدْرِكُ الْاَبْصَارَ ۚ— وَهُوَ اللَّطِیْفُ الْخَبِیْرُ ۟
१०३) (त्यो यस्तो छ कि) उसलाई कसैको आँखाहरूले देख्न (हेर्न) सक्तैनन् र उसले सबै आँखाहरूलाई देख्न सक्तछ र ऊ रहस्य जान्नेवाला सर्वज्ञ छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
قَدْ جَآءَكُمْ بَصَآىِٕرُ مِنْ رَّبِّكُمْ ۚ— فَمَنْ اَبْصَرَ فَلِنَفْسِهٖ ۚ— وَمَنْ عَمِیَ فَعَلَیْهَا ؕ— وَمَاۤ اَنَا عَلَیْكُمْ بِحَفِیْظٍ ۟
१०४) अब निःसन्देह तिमीछेउ तिम्रो पालनकर्ताबाट सत्यताका प्रमाणहरू पुगिसकेका छन् तसर्थ जसले देख्यो, उसले आफ्नो भलो गरिहाल्यो र जो अन्धो बनिरह्यो त्यसले आफ्नो हकमा नराम्रो गरिहाल्यो र म तिमीहरूको लागि संरक्षक होइन ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَكَذٰلِكَ نُصَرِّفُ الْاٰیٰتِ وَلِیَقُوْلُوْا دَرَسْتَ وَلِنُبَیِّنَهٗ لِقَوْمٍ یَّعْلَمُوْنَ ۟
१०५) र हामी यस्तै किसिमबाट आफ्ना आयतहरूलाई विभिन्न तरिकाले वर्णन गर्दछौं ताकि यिनीहरू यो भनुन् कि तपाईले कसैबाट सिक्नु (पढनु) भएको छ, र ताकि बुझ्नेहरूको निम्ति हामीले त्यसको पूर्ण व्याख्या गरिहालौं ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
اِتَّبِعْ مَاۤ اُوْحِیَ اِلَیْكَ مِنْ رَّبِّكَ ۚ— لَاۤ اِلٰهَ اِلَّا هُوَ ۚ— وَاَعْرِضْ عَنِ الْمُشْرِكِیْنَ ۟
१०६) जुन आदेश (वह्य) तपाईको पालनकर्ताबाट तपाईलाई आउँछ, त्यसको पालना गर्नेगर र पालनकर्ता (अल्लाह) बाहेक अरु कोही सत्य पूजनीय छैन र मुश्रिकहरूबाट पन्छिने गर्नुस् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَلَوْ شَآءَ اللّٰهُ مَاۤ اَشْرَكُوْا ؕ— وَمَا جَعَلْنٰكَ عَلَیْهِمْ حَفِیْظًا ۚ— وَمَاۤ اَنْتَ عَلَیْهِمْ بِوَكِیْلٍ ۟
१०७) र यदि अल्लाहले चाहेको भए, यिनीहरूले शिर्क गर्ने थिएनन् र (हे पैगम्बर !) हामीले तपाइलाई तिनीहरूमाथि संरक्षक नियुक्त गरेको होइन र न त तपाईमाथि तिनीहरूको क्रियाकलापको सञ्चालनको जिम्मेवारी छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَلَا تَسُبُّوا الَّذِیْنَ یَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ فَیَسُبُّوا اللّٰهَ عَدْوًا بِغَیْرِ عِلْمٍ ؕ— كَذٰلِكَ زَیَّنَّا لِكُلِّ اُمَّةٍ عَمَلَهُمْ ۪— ثُمَّ اِلٰی رَبِّهِمْ مَّرْجِعُهُمْ فَیُنَبِّئُهُمْ بِمَا كَانُوْا یَعْمَلُوْنَ ۟
१०८) र जसलाई यी मुश्रिकहरू अल्लाह बाहेक गुहार्छन् तिनीहरूलाई गाली नगर्नु किन भने त्यसो गरेमा यिनीहरू अज्ञानतामा अल्लाहको शानमा नराम्रो कुरा भन्ने छन् । यस प्रकार हामीले हरेक समूहका क्रियाकलापहरूलाई आकर्षक बनाएर देखाएका छौं । पछि तिनीहरूले आफ्नो पालनकर्ताछेउ फर्केर जानु छ । अनि उसले तिनीहरूलाई बताउने छ जे सुकै तिनीहरूले गर्ने गर्दथे ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَاَقْسَمُوْا بِاللّٰهِ جَهْدَ اَیْمَانِهِمْ لَىِٕنْ جَآءَتْهُمْ اٰیَةٌ لَّیُؤْمِنُنَّ بِهَا ؕ— قُلْ اِنَّمَا الْاٰیٰتُ عِنْدَ اللّٰهِ وَمَا یُشْعِرُكُمْ ۙ— اَنَّهَاۤ اِذَا جَآءَتْ لَا یُؤْمِنُوْنَ ۟
१०९) र यिनीहरूले जोड दिएर अल्लाहको कसम खान्छन् कि यदि तिनीहरूको पासमा कुनै निशानी आएको भए, त त्यसलाई अवश्य नै विश्वास गर्ने थिए । तपाई भनिदिनुस् कि निशानीहरू त सबै अल्लाहकै नियन्त्रणमा छन् र तिमीलाई के थाहा छ ? कि निशानीहरू जब आउनेछन् तब पनि यिनीहरूले ईमान ल्याउने छैनन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَنُقَلِّبُ اَفْـِٕدَتَهُمْ وَاَبْصَارَهُمْ كَمَا لَمْ یُؤْمِنُوْا بِهٖۤ اَوَّلَ مَرَّةٍ وَّنَذَرُهُمْ فِیْ طُغْیَانِهِمْ یَعْمَهُوْنَ ۟۠
११०) र हामीले पनि तिनका हृदय र आँखाहरूलाई फेरिदिन्छौं जस्तो कि यिनीहरू यस (कुरआन) मा पहिलो पटक ईमान ल्याएनन् । र हामी तिनलाई तिनको अट्टेरिपनामा भौतरी रहन दिन्छौं ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់អាន់អាម
សន្ទស្សន៍នៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - សន្ទស្សន៍នៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាឌីសនៅនេប៉ាល់។

បិទ