Check out the new design

ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - សន្ទស្សន៍នៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: ជូមូអះ   អាយ៉ាត់:

जुमुअः

یُسَبِّحُ لِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ الْمَلِكِ الْقُدُّوْسِ الْعَزِیْزِ الْحَكِیْمِ ۟
१) आकाशहरू र धरतीमा भएका सबै कुराले अल्लाहको पवित्रताको गुणगान गर्छन् जो पवित्र सम्राट अधिपत्यशाली र तत्वदर्शी छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
هُوَ الَّذِیْ بَعَثَ فِی الْاُمِّیّٖنَ رَسُوْلًا مِّنْهُمْ یَتْلُوْا عَلَیْهِمْ اٰیٰتِهٖ وَیُزَكِّیْهِمْ وَیُعَلِّمُهُمُ الْكِتٰبَ وَالْحِكْمَةَ ۗ— وَاِنْ كَانُوْا مِنْ قَبْلُ لَفِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟ۙ
२) उही हो जसले उम्मिहरूमा (अनपढहरूमा) तिनीहरूमध्येबाट एउटा रसूल पठायो । जसले उनको सामु उसका आयतहरू पढेर सुनाउँछ र उनीलाई पवित्र गर्दछ र उनीहरूलाई किताब र तत्वदर्शीता सिकाउँदछ, र निःसन्देह यसभन्दा पहिला यी मानिसहरू खुल्ला मार्गविचलनमा थिए ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَّاٰخَرِیْنَ مِنْهُمْ لَمَّا یَلْحَقُوْا بِهِمْ ؕ— وَهُوَ الْعَزِیْزُ الْحَكِیْمُ ۟
३) र ती अन्य मानिसहरूको लागि पनि जो अझै उनीसित भेटेका छैनन्, उनीहरूमध्यकै हुनेछन् । र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
ذٰلِكَ فَضْلُ اللّٰهِ یُؤْتِیْهِ مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ ذُو الْفَضْلِ الْعَظِیْمِ ۟
४) यो अल्लाहको उदार अनुग्रह हो, जसलाई चाहन्छ, त्यसलाई प्रदान गर्दछ । र अल्लाह अपार अनुग्रहको स्वामी छ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
مَثَلُ الَّذِیْنَ حُمِّلُوا التَّوْرٰىةَ ثُمَّ لَمْ یَحْمِلُوْهَا كَمَثَلِ الْحِمَارِ یَحْمِلُ اَسْفَارًا ؕ— بِئْسَ مَثَلُ الْقَوْمِ الَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِ اللّٰهِ ؕ— وَاللّٰهُ لَا یَهْدِی الْقَوْمَ الظّٰلِمِیْنَ ۟
५) जुन मानिसहरूलाई तौरेत अनुरूप आचरण कार्यान्वयन गर्न आदेश दिइयो अनि उनीहरूले त्यसको पालना गरेनन् । त उनको दृष्टान्त त्यस गदहाको जस्तो छ । जसले धेरै किताब बोकेको छ । साह्रै नै नराम्रो उदाहरण छ ती मानिसहरूको जसले अल्लाहका आयतहरूलाई झुठलाए । अल्लाहले यस्ता अत्याचारीहरूलाई सोझो मार्ग देखाउँदैनन् ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
قُلْ یٰۤاَیُّهَا الَّذِیْنَ هَادُوْۤا اِنْ زَعَمْتُمْ اَنَّكُمْ اَوْلِیَآءُ لِلّٰهِ مِنْ دُوْنِ النَّاسِ فَتَمَنَّوُا الْمَوْتَ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
६) भनीदिनुस् कि हे यहूदीहरू ! यदि तिमीले यो दाबी गर्छौ कि अरु मानिसहरूभन्दा तिमी नै अल्लाहको प्रेमपात्र हौ भने मृत्युको कामना गर, यदि तिमी साँचो हौ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
وَلَا یَتَمَنَّوْنَهٗۤ اَبَدًا بِمَا قَدَّمَتْ اَیْدِیْهِمْ ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِالظّٰلِمِیْنَ ۟
७) यिनीहरूले आफ्ना कर्महरूको कारणले, जुन गरिसकेछन्, कहिल्यै यसको कामना गर्ने छैनन् र अल्लाह अत्याचारीहरूलाई राम्ररी जान्दछ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
قُلْ اِنَّ الْمَوْتَ الَّذِیْ تَفِرُّوْنَ مِنْهُ فَاِنَّهٗ مُلٰقِیْكُمْ ثُمَّ تُرَدُّوْنَ اِلٰی عٰلِمِ الْغَیْبِ وَالشَّهَادَةِ فَیُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟۠
८) भनिदिनुस् ! कि जुन मृत्युसित तिमी भाग्दछौ, त्यो त तिम्रो सामु आएर नै छाड्छ, अनि तिमी अदृश्य र प्रकटको जान्नेवाला (अल्लाह) तिर फर्काइनेछौ, अनि जे–जति तिमीले गरिराखेका छौ उसले तिमीलाई सबै बताउनेछ ।
តាហ្វសៀរជាភាសា​អារ៉ាប់ជាច្រេីន:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: ជូមូអះ
សន្ទស្សន៍នៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - សន្ទស្សន៍នៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាឌីសនៅនេប៉ាល់។

បិទ