ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

त्तहरीम

external-link copy
1 : 66

یٰۤاَیُّهَا النَّبِیُّ لِمَ تُحَرِّمُ مَاۤ اَحَلَّ اللّٰهُ لَكَ ۚ— تَبْتَغِیْ مَرْضَاتَ اَزْوَاجِكَ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟

१) हे नबी ! जुन कुरोलाई तपाईको निम्ति अल्लाहले बैध ठहराएको छ, त्यसलाई तपाईले किन अवैध गर्नु हुन्छ ? के तपाईले आफ्नो पत्नीहरूको सहमति लिन चाहनुहुन्छ ? र अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ । info
التفاسير:

external-link copy
2 : 66

قَدْ فَرَضَ اللّٰهُ لَكُمْ تَحِلَّةَ اَیْمَانِكُمْ ۚ— وَاللّٰهُ مَوْلٰىكُمْ ۚ— وَهُوَ الْعَلِیْمُ الْحَكِیْمُ ۟

२) अल्लाहले तिमीहरूलाई तिम्रा शपथहरूको उम्कने उपाय निर्धारित गरिदिएको छ र अल्लाह नै संरक्षक छ र ऊ सर्वज्ञ र अत्यन्त तत्वदर्शी छ । info
التفاسير:

external-link copy
3 : 66

وَاِذْ اَسَرَّ النَّبِیُّ اِلٰی بَعْضِ اَزْوَاجِهٖ حَدِیْثًا ۚ— فَلَمَّا نَبَّاَتْ بِهٖ وَاَظْهَرَهُ اللّٰهُ عَلَیْهِ عَرَّفَ بَعْضَهٗ وَاَعْرَضَ عَنْ بَعْضٍ ۚ— فَلَمَّا نَبَّاَهَا بِهٖ قَالَتْ مَنْ اَنْۢبَاَكَ هٰذَا ؕ— قَالَ نَبَّاَنِیَ الْعَلِیْمُ الْخَبِیْرُ ۟

३) र स्मरण गर जब पैगम्बरले आफ्नो एउटी पत्नीसित एउटा रहस्यको कुरा गरे तर जब उसले उसलाई प्रचार गरिदियो, र अल्लाहले यसबाट नबीलाई सावधान गराइदियो तब नबीले यस पत्नीलाई त्यो कुरा आँशिक भने र केही भनेनन्, अनि जब उनले तिनलाई बताए त सोध्न थालिन् कि तपाईलाई यो कसले भन्यो । उनले भने कि ‘‘मलाई उसले खबर गरेको छ, जो सबै जान्नेवाला र खबर राख्नेवाला छ ।’’ info
التفاسير:

external-link copy
4 : 66

اِنْ تَتُوْبَاۤ اِلَی اللّٰهِ فَقَدْ صَغَتْ قُلُوْبُكُمَا ۚ— وَاِنْ تَظٰهَرَا عَلَیْهِ فَاِنَّ اللّٰهَ هُوَ مَوْلٰىهُ وَجِبْرِیْلُ وَصَالِحُ الْمُؤْمِنِیْنَ ۚ— وَالْمَلٰٓىِٕكَةُ بَعْدَ ذٰلِكَ ظَهِیْرٌ ۟

४) (हे नबीका दुवै पत्नीहरू) यदि तिमी दुवै अल्लाह सामु तौबा गर्दछौ, भने राम्रो छ किनकि निःसन्देह तिम्रा हृदयहरू झुकिसकेछन् र यदि पैगम्बर बिरुद्ध तिमीहरू एक आपसमा सहयोग गर्नेछौ भने अल्लाह उसको संरक्षक छ, र जिब्रील र नेक ईमानवालाहरू पनि, र फरिश्ताहरू पनि उसको सहायता गर्नेछन् । info
التفاسير:

external-link copy
5 : 66

عَسٰی رَبُّهٗۤ اِنْ طَلَّقَكُنَّ اَنْ یُّبْدِلَهٗۤ اَزْوَاجًا خَیْرًا مِّنْكُنَّ مُسْلِمٰتٍ مُّؤْمِنٰتٍ قٰنِتٰتٍ تٰٓىِٕبٰتٍ عٰبِدٰتٍ سٰٓىِٕحٰتٍ ثَیِّبٰتٍ وَّاَبْكَارًا ۟

५) र यदि पैगम्बरले तिमीलाई तलाक दिइहालुन् भने यस कुराको धेरै सम्भावना छ कि उनको पालनकर्ताले तिम्रो सट्टामा उनलाई तिमीभन्दा राम्री पत्नीहरू प्रदान गर्नेछ जो मुस्लिम ईमानवाली, आज्ञाकारीणी, तौबा गर्ने, इबादत (स्तुति) गर्नेवाली, व्रत बस्नेवाली, विधवा र कुमारीहरू पनि हुनेछिन् । info
التفاسير:

external-link copy
6 : 66

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا قُوْۤا اَنْفُسَكُمْ وَاَهْلِیْكُمْ نَارًا وَّقُوْدُهَا النَّاسُ وَالْحِجَارَةُ عَلَیْهَا مَلٰٓىِٕكَةٌ غِلَاظٌ شِدَادٌ لَّا یَعْصُوْنَ اللّٰهَ مَاۤ اَمَرَهُمْ وَیَفْعَلُوْنَ مَا یُؤْمَرُوْنَ ۟

६) हे मोमिनहरू ! स्वयं आफूलाई र आफ्ना घरवालाहरूलाई त्यस आगोबाट बचाऊ, जसको ईन्धन मुनष्य र पत्थर हुनेछन्, जसको लागि कठोर स्वभावका, यस्ता बलशाली फरिश्ताहरू नियुक्त हुनेछन् जसले त्यसमा अल्लाहको अवज्ञा गर्दैनन् बरु जे आदेश पनि दिइन्छ, त्यसलाई कार्यान्वित गर्दछन् । info
التفاسير:

external-link copy
7 : 66

یٰۤاَیُّهَا الَّذِیْنَ كَفَرُوْا لَا تَعْتَذِرُوا الْیَوْمَ ؕ— اِنَّمَا تُجْزَوْنَ مَا كُنْتُمْ تَعْمَلُوْنَ ۟۠

७) काफिरहरू हो ! आज तिमीहरू बहानाहरू नबनाऊ । मात्र तिमीले गर्दै आएका कार्यहरूको प्रतिफल तिमीहरूलाई दिइँदैछ । info
التفاسير: