ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

external-link copy
120 : 9

مَا كَانَ لِاَهْلِ الْمَدِیْنَةِ وَمَنْ حَوْلَهُمْ مِّنَ الْاَعْرَابِ اَنْ یَّتَخَلَّفُوْا عَنْ رَّسُوْلِ اللّٰهِ وَلَا یَرْغَبُوْا بِاَنْفُسِهِمْ عَنْ نَّفْسِهٖ ؕ— ذٰلِكَ بِاَنَّهُمْ لَا یُصِیْبُهُمْ ظَمَاٌ وَّلَا نَصَبٌ وَّلَا مَخْمَصَةٌ فِیْ سَبِیْلِ اللّٰهِ وَلَا یَطَـُٔوْنَ مَوْطِئًا یَّغِیْظُ الْكُفَّارَ وَلَا یَنَالُوْنَ مِنْ عَدُوٍّ نَّیْلًا اِلَّا كُتِبَ لَهُمْ بِهٖ عَمَلٌ صَالِحٌ ؕ— اِنَّ اللّٰهَ لَا یُضِیْعُ اَجْرَ الْمُحْسِنِیْنَ ۟ۙ

१२०) मदीनाका बासिन्दाहरू र उनीहरूको छरछिमेकमा बस्ने ग्रामिणहरूका निम्ति अल्लाहका पैगम्बरलाई छोडेर घरमा बसिरहनु उचित थिएन न त आफ्नो प्राणलाई उनको ज्यानभन्दा प्रिय ठान्नु, यो यस कारण कि अल्लाहको बाटोमा तिनलाई जुन तिर्खा लाग्यो, थकाई लाग्यो वा भोक लाग्यो वा यस्तो ठाउँमा हिंडे जहाँ काफिरहरूलाई रिस उठ्छ वा शत्रुहरूलाई ठीक पारे, यस्ता प्रत्येक कर्ममा तिनीहरूको नाममा एक–एक पुण्य लेखियो । निःसन्देह अल्लाहले सत्कर्म गर्नेहरूको प्रतिफल नष्ट पार्दैन । info
التفاسير: