Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: യൂസുഫ്   ആയത്ത്:
قَالَ یٰبُنَیَّ لَا تَقْصُصْ رُءْیَاكَ عَلٰۤی اِخْوَتِكَ فَیَكِیْدُوْا لَكَ كَیْدًا ؕ— اِنَّ الشَّیْطٰنَ لِلْاِنْسَانِ عَدُوٌّ مُّبِیْنٌ ۟
५) यअ्कूबले भने प्यारो छोरा ! आफ्नो यस सपनाको चर्चा आफ्ना दाजुभाइहरूसँग नगर्नु, नत्र तिनीहरू तिम्रो लागि षड्यन्त्रपूर्ण चाल चल्नेछन् । कुनै सन्देह छैन कि शैतान मानिसको स्पष्टरूपमा शत्रु हो ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَكَذٰلِكَ یَجْتَبِیْكَ رَبُّكَ وَیُعَلِّمُكَ مِنْ تَاْوِیْلِ الْاَحَادِیْثِ وَیُتِمُّ نِعْمَتَهٗ عَلَیْكَ وَعَلٰۤی اٰلِ یَعْقُوْبَ كَمَاۤ اَتَمَّهَا عَلٰۤی اَبَوَیْكَ مِنْ قَبْلُ اِبْرٰهِیْمَ وَاِسْحٰقَ ؕ— اِنَّ رَبَّكَ عَلِیْمٌ حَكِیْمٌ ۟۠
६) र यसै प्रकार अल्लाहले तिमीलाई विशेष रूपमा रोज्नेछ, र सपनाको अर्थको ज्ञान गराउनेछ, र जुन किसिमले उसले आफ्नो वरदान अघि तिम्रो बाजे–बराजु, इब्राहीम तथा ‘‘इस्हाक’’ लाई प्रदान गरेको थियो, त्यसै प्रकारले तिमीमाथि र यअ्कूबको सन्ततिलाई पनि प्रदान गर्नेछ । निःसन्देह तिम्रो पालनकर्ता (सर्व) ज्ञाता र तत्वदर्शी छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
لَقَدْ كَانَ فِیْ یُوْسُفَ وَاِخْوَتِهٖۤ اٰیٰتٌ لِّلسَّآىِٕلِیْنَ ۟
७) हो, यूसुफ र तिनका दाजुभाइहरूमा सोध गर्ने मानिसहरूका निम्ति धेरै निशानीहरू छन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِذْ قَالُوْا لَیُوْسُفُ وَاَخُوْهُ اَحَبُّ اِلٰۤی اَبِیْنَا مِنَّا وَنَحْنُ عُصْبَةٌ ؕ— اِنَّ اَبَانَا لَفِیْ ضَلٰلٍ مُّبِیْنِ ۟ۙۖ
८) जब तिनीहरूले (आपसमा) चर्चा गरेः कि यूसुफ र उनको भाइ पितालाई हामीभन्दा धेरै प्रिय छन् । हुन त हामीहरू शक्तिशाली जत्तथा छौं, निश्चय नै हाम्रो पिता ठूलो भ्रममा हुनुहुन्छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
١قْتُلُوْا یُوْسُفَ اَوِ اطْرَحُوْهُ اَرْضًا یَّخْلُ لَكُمْ وَجْهُ اَبِیْكُمْ وَتَكُوْنُوْا مِنْ بَعْدِهٖ قَوْمًا صٰلِحِیْنَ ۟
९) तसर्थ यूसुफलाई त मारिहाल वा कुनै अज्ञात ठाउँमा फालिहाल, जसबाट तिम्रो पिताज्यूको ध्यान मात्र तिमीहरूतिर हुनेछ, र यस पश्चात तिमीहरू राम्रो अवस्थामा भइहाल ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالَ قَآىِٕلٌ مِّنْهُمْ لَا تَقْتُلُوْا یُوْسُفَ وَاَلْقُوْهُ فِیْ غَیٰبَتِ الْجُبِّ یَلْتَقِطْهُ بَعْضُ السَّیَّارَةِ اِنْ كُنْتُمْ فٰعِلِیْنَ ۟
१०) तिनीहरूमध्ये एउटाले भन्योः ‘‘कि यूसुफको ज्यान नमार, बरु गहिरो इनारमा फालिदेऊ यसरी कि कुनै बटुवाले निकालेर लैजाओस् । यदि तिमीले गर्नुछ भने यसरी नै गर ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالُوْا یٰۤاَبَانَا مَا لَكَ لَا تَاْمَنَّا عَلٰی یُوْسُفَ وَاِنَّا لَهٗ لَنٰصِحُوْنَ ۟
११) भन्न थालेकिः ‘‘पिताज्यू ! के कारण छ कि हजुरले यूसुफको बारेमा हामीलाई विश्वास गर्नुहुन्न, जबकि हामी उसका शुभचिन्तक हौं ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اَرْسِلْهُ مَعَنَا غَدًا یَّرْتَعْ وَیَلْعَبْ وَاِنَّا لَهٗ لَحٰفِظُوْنَ ۟
१२) भोलि उसलाई खूबै आनन्द गर्न, खेल्न र खानपीन गर्न हाम्रो साथमा पठाइदिनुस् । हामी उसको सुरक्षाको जिम्मेवार छौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالَ اِنِّیْ لَیَحْزُنُنِیْۤ اَنْ تَذْهَبُوْا بِهٖ وَاَخَافُ اَنْ یَّاْكُلَهُ الذِّئْبُ وَاَنْتُمْ عَنْهُ غٰفِلُوْنَ ۟
१३) यअ्कूब (अलैहिस्सलाम)ले भनेः ‘‘कि यो कुरा मलाई दुःखी तुल्याइदिन्छ कि तिमीहरूले उसलाई लग, र मलाई यो पनि डर छ, कि तिम्रो असावधानीबाट उसलाई ब्वाँसोले खाइदिनेछ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالُوْا لَىِٕنْ اَكَلَهُ الذِّئْبُ وَنَحْنُ عُصْبَةٌ اِنَّاۤ اِذًا لَّخٰسِرُوْنَ ۟
१४) तिनीहरूले भने कि हाम्रो शक्तिशाली समूहको उपस्थितिमा पनि यदि उसलाई ब्वाँसोले खायो भने त हामी पूर्णरूपले बेकम्मा हुनेछौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: യൂസുഫ്
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക