Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: ആലുഇംറാൻ   ആയത്ത്:
وَمَاۤ اَصَابَكُمْ یَوْمَ الْتَقَی الْجَمْعٰنِ فَبِاِذْنِ اللّٰهِ وَلِیَعْلَمَ الْمُؤْمِنِیْنَ ۟ۙ
१६६) तिमीलाई जे जति त्यो दिन पुगे, जुनदिन दुई समूहमा भिडन्त भयो, त्यो जम्मै अल्लाहकै आदेशले भएको थियो र यसकारण कि अल्लाहले मोमिनहरूलाई राम्ररी जान्न सकोस् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَلِیَعْلَمَ الَّذِیْنَ نَافَقُوْا ۖۚ— وَقِیْلَ لَهُمْ تَعَالَوْا قَاتِلُوْا فِیْ سَبِیْلِ اللّٰهِ اَوِ ادْفَعُوْا ؕ— قَالُوْا لَوْ نَعْلَمُ قِتَالًا لَّاتَّبَعْنٰكُمْ ؕ— هُمْ لِلْكُفْرِ یَوْمَىِٕذٍ اَقْرَبُ مِنْهُمْ لِلْاِیْمَانِ ۚ— یَقُوْلُوْنَ بِاَفْوَاهِهِمْ مَّا لَیْسَ فِیْ قُلُوْبِهِمْ ؕ— وَاللّٰهُ اَعْلَمُ بِمَا یَكْتُمُوْنَ ۟ۚ
१६७) साथै मुनाफिकहरूलाई छुट्याउनको निम्ति पनि जोसंग भनियो कि आऊ अल्लाहको मार्गमा युद्ध गर अथवा काफिरहरूको आक्रमणलाई रोक । त भन्नथाले कि यदि हामीलाई युद्धबारे थाहा भएको भए, हामी अवश्य नै तिम्रो साथ दिने थिएँ । त्यसदिन यिनीहरू ईमानको दाँजोमा कुफ्रको नजिक थिए । आफ्नो मुखले तिनीहरूले ती कुराहरू भन्दछन् जुन तिनका हृदयमा छैनन् । र यिनले जे–जति कुरा लुकाउँछन्, अल्लाहलाई त्यसबारे सबै राम्ररी थाहा छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اَلَّذِیْنَ قَالُوْا لِاِخْوَانِهِمْ وَقَعَدُوْا لَوْ اَطَاعُوْنَا مَا قُتِلُوْا ؕ— قُلْ فَادْرَءُوْا عَنْ اَنْفُسِكُمُ الْمَوْتَ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
१६८) यी ती मानिस हुन जो आफू पनि बसिराखेका थिए, र आफ्ना दाजुभाइहरूको बारेमा भने कि यदि हाम्रो आग्रह तिनीहरूले मानेको भए मारिने थिएनन् । भनिदिनुस् ! कि यदि तिमी साँचो हौ भने आफूलाई मृत्युबाट बचाऊ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَلَا تَحْسَبَنَّ الَّذِیْنَ قُتِلُوْا فِیْ سَبِیْلِ اللّٰهِ اَمْوَاتًا ؕ— بَلْ اَحْیَآءٌ عِنْدَ رَبِّهِمْ یُرْزَقُوْنَ ۟ۙ
१६९) जुन मानिसहरूले अल्लाहको बाटोमा शहादत पाए, तिनलाई कदापि मुर्दा नठान्नु । बरु जीवितै छन् र तिनले आफ्ना रबबाट जीविका प्राप्त गरिराखेका छन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَرِحِیْنَ بِمَاۤ اٰتٰىهُمُ اللّٰهُ مِنْ فَضْلِهٖ ۙ— وَیَسْتَبْشِرُوْنَ بِالَّذِیْنَ لَمْ یَلْحَقُوْا بِهِمْ مِّنْ خَلْفِهِمْ ۙ— اَلَّا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟ۘ
१७०) अल्लाहले तिनलाई आफ्नो कृपाले जे जति प्रदान गरेको छ, त्यसमा तिनीहरू अति खुशी छन् र खुशीयाली मनाइरहेका छन् उनीहरूका लागि जो अहिलेसम्म तिनीहरूमा शम्मिलित हुन सकेनन् र पछाडि छन्, यस कारण हर्षित छन् कि तिनलाई पनि न त कुनै भय–त्रास हुन्छ र न त तिनी दुःखी हुनेछन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
یَسْتَبْشِرُوْنَ بِنِعْمَةٍ مِّنَ اللّٰهِ وَفَضْلٍ ۙ— وَّاَنَّ اللّٰهَ لَا یُضِیْعُ اَجْرَ الْمُؤْمِنِیْنَ ۟
१७१) र अल्लाहबाट प्रदान गरिएको पुरस्कारबाट तिनीहरू खुशी भइराखेका छन् र यस कुराबाट पनि कि अल्लाह मोमिनहरूको परिश्रम कहिल्यै खेर फाल्दैन ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اَلَّذِیْنَ اسْتَجَابُوْا لِلّٰهِ وَالرَّسُوْلِ مِنْ بَعْدِ مَاۤ اَصَابَهُمُ الْقَرْحُ ۛؕ— لِلَّذِیْنَ اَحْسَنُوْا مِنْهُمْ وَاتَّقَوْا اَجْرٌ عَظِیْمٌ ۟ۚ
१७२) जसले घाइते भएको बावजूद पनि अल्लाह र रसूलको आदेश स्वीकार गरे, यिनिहरूमध्ये जसले पुण्यको काम गरे र सदाचार गरे उनीहरूको लागि निकै ठूलो पुरस्कार छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اَلَّذِیْنَ قَالَ لَهُمُ النَّاسُ اِنَّ النَّاسَ قَدْ جَمَعُوْا لَكُمْ فَاخْشَوْهُمْ فَزَادَهُمْ اِیْمَانًا ۖۗ— وَّقَالُوْا حَسْبُنَا اللّٰهُ وَنِعْمَ الْوَكِیْلُ ۟
१७३) (जब) तिनीहरूसित मानिसहरू आएर भने कि काफिरहरूले तिमीहरूभन्दा ठूलो सेना एकत्रित गरिसकेका छन्, तसर्थ उनीहरूसित डर मान त यस कुराले तिनको ईमानमा झन् बृद्धि गरिहाल्यो र भन्न थाले कि हामीलाई अल्लाह नै प्रयाप्त छ र ऊ सर्वोत्तम योजनाकार छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: ആലുഇംറാൻ
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക