Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: സ്സ്വാഫ്ഫാത്ത്   ആയത്ത്:
وَجَعَلْنَا ذُرِّیَّتَهٗ هُمُ الْبٰقِیْنَ ۟ؗۖ
७७) र हामीले उनको सन्ततिलाई बाँकी रहनेवाला बनायौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَتَرَكْنَا عَلَیْهِ فِی الْاٰخِرِیْنَ ۟ؗۖ
७८) र हामीले उनको सुचर्चा पछि आउनेवालाहरूमा बाँकी राख्यौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
سَلٰمٌ عَلٰی نُوْحٍ فِی الْعٰلَمِیْنَ ۟
७९) सम्पूर्ण संसारहरूमा नूहमाथि ‘‘सलाम’’ होस् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِنَّا كَذٰلِكَ نَجْزِی الْمُحْسِنِیْنَ ۟
८०) निःसन्देह हामीले भलाईको कार्य गर्नेहरूलाई यस्तै पुरस्कार दिन्छौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِنَّهٗ مِنْ عِبَادِنَا الْمُؤْمِنِیْنَ ۟
८१) उनी हाम्रा ईमानवाला सेवकहरूमध्येका थिए ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
ثُمَّ اَغْرَقْنَا الْاٰخَرِیْنَ ۟
८२) अनि हामीले अन्य मानिसहरूलाई डुबाइदियौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَاِنَّ مِنْ شِیْعَتِهٖ لَاِبْرٰهِیْمَ ۟ۘ
८३) र ‘‘इब्राहीम’’ पनि उनैका सहधर्मीहरूमध्येका थिए ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِذْ جَآءَ رَبَّهٗ بِقَلْبٍ سَلِیْمٍ ۟
८४) जब उनी आफ्नो पालनकर्ता समक्ष विकाररहित (सच्चा) हृदय लिएर आए ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِذْ قَالَ لِاَبِیْهِ وَقَوْمِهٖ مَاذَا تَعْبُدُوْنَ ۟ۚ
८५) जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः ‘‘तिमीले कुन कुराको पूजा गर्दछौ ?’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اَىِٕفْكًا اٰلِهَةً دُوْنَ اللّٰهِ تُرِیْدُوْنَ ۟ؕ
८६) के तिमी अल्लाह बाहेक मनगढन्ते उपास्यहरू चाहिरहेका छौ ?
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَمَا ظَنُّكُمْ بِرَبِّ الْعٰلَمِیْنَ ۟
८७) यो बताऊ कि तिमीले आखिर सम्पूर्ण संसारको पालनकर्तालाई के सम्झेका छौ ?
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَنَظَرَ نَظْرَةً فِی النُّجُوْمِ ۟ۙ
८८) अब उनले ताराहरूमाथि दृष्टिपात गरे ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَقَالَ اِنِّیْ سَقِیْمٌ ۟
८९) र भनेः म त बिरामी छु ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَتَوَلَّوْا عَنْهُ مُدْبِرِیْنَ ۟
९०) यसपछि उनीहरूले पिठ्युँ फर्काई उनलाई छाडेर फर्किहाले ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَرَاغَ اِلٰۤی اٰلِهَتِهِمْ فَقَالَ اَلَا تَاْكُلُوْنَ ۟ۚ
९१) अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले खाना किन खाँदैनौ ?
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
مَا لَكُمْ لَا تَنْطِقُوْنَ ۟
९२) तिमीहरूलाई के भएको छ ? कि तिमी बोल्दैनौ ?’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَرَاغَ عَلَیْهِمْ ضَرْبًا بِالْیَمِیْنِ ۟
९३) अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَاَقْبَلُوْۤا اِلَیْهِ یَزِفُّوْنَ ۟
९४) तब उनीहरू उनको पासमा दगुर्दै आए ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالَ اَتَعْبُدُوْنَ مَا تَنْحِتُوْنَ ۟ۙ
९५) उनले भनेः ‘‘तिमीहरूले यस्तो कुराको किन पूजा गर्छौ ? जसलाई तिमीले स्वयम् कुँदेर बनाउँछौ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَاللّٰهُ خَلَقَكُمْ وَمَا تَعْمَلُوْنَ ۟
९६) जब कि तिमीहरूलाई र तिमीले बनाएका कुराहरूलाई अल्लाहले नै सृष्टि गरेको छ ?’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالُوا ابْنُوْا لَهٗ بُنْیَانًا فَاَلْقُوْهُ فِی الْجَحِیْمِ ۟
९७) उनीहरूले भनेः ‘‘उसको निम्ति एउटा भवन (अग्निकुण्ड) तयार पारी त्यसलाई प्रज्वलित आगोमा हालिदेऊ’’ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَاَرَادُوْا بِهٖ كَیْدًا فَجَعَلْنٰهُمُ الْاَسْفَلِیْنَ ۟
९८) उनीहरूले त इब्राहीमसँग एउटा षडयन्त्र गर्न चाहे तर हामीले उनीहरूलाई नै अपमानित (पराजित) गर्यौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَقَالَ اِنِّیْ ذَاهِبٌ اِلٰی رَبِّیْ سَیَهْدِیْنِ ۟
९९) र इब्राहीमले भनेः म त प्रवास गरेर आफ्नो पालनकर्तातिर गइरहेको छु, उसले अवश्य मेरो मार्गदर्शन गर्नेछ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
رَبِّ هَبْ لِیْ مِنَ الصّٰلِحِیْنَ ۟
१००) हे मेरो पालनकर्ता ! मलाई असल सन्तान प्रदान गर ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَبَشَّرْنٰهُ بِغُلٰمٍ حَلِیْمٍ ۟
१०१) तब हामीले उनलाई एउटा सहनशील पुत्रको शुभसूचना दियौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَلَمَّا بَلَغَ مَعَهُ السَّعْیَ قَالَ یٰبُنَیَّ اِنِّیْۤ اَرٰی فِی الْمَنَامِ اَنِّیْۤ اَذْبَحُكَ فَانْظُرْ مَاذَا تَرٰی ؕ— قَالَ یٰۤاَبَتِ افْعَلْ مَا تُؤْمَرُ ؗ— سَتَجِدُنِیْۤ اِنْ شَآءَ اللّٰهُ مِنَ الصّٰبِرِیْنَ ۟
१०२) अनि जब त्यो बच्चा उनको साथमा दौडधूप गर्ने अवस्थामा पुग्यो तब उनले भनेः ‘‘हे मेरो प्रिय छोरा ! मैले सपनामा देखेको छु कि तिमीलाई कुर्बान (बलि) गरिराखेको छु । त अब हेर, तिम्रो के विचार छ ? ‘‘छोराले भन्यो किः हे बुबा ! जुन आदेश तपाईलाईं दिइएको छ त्यसको पालना गरिहाल्नुस् । अल्लाहले चाह्यो भने तपाईं मलाई धैर्यवान् पाउनुहुनेछ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: സ്സ്വാഫ്ഫാത്ത്
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക