വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
102 : 4

وَاِذَا كُنْتَ فِیْهِمْ فَاَقَمْتَ لَهُمُ الصَّلٰوةَ فَلْتَقُمْ طَآىِٕفَةٌ مِّنْهُمْ مَّعَكَ وَلْیَاْخُذُوْۤا اَسْلِحَتَهُمْ ۫— فَاِذَا سَجَدُوْا فَلْیَكُوْنُوْا مِنْ وَّرَآىِٕكُمْ ۪— وَلْتَاْتِ طَآىِٕفَةٌ اُخْرٰی لَمْ یُصَلُّوْا فَلْیُصَلُّوْا مَعَكَ وَلْیَاْخُذُوْا حِذْرَهُمْ وَاَسْلِحَتَهُمْ ۚ— وَدَّ الَّذِیْنَ كَفَرُوْا لَوْ تَغْفُلُوْنَ عَنْ اَسْلِحَتِكُمْ وَاَمْتِعَتِكُمْ فَیَمِیْلُوْنَ عَلَیْكُمْ مَّیْلَةً وَّاحِدَةً ؕ— وَلَا جُنَاحَ عَلَیْكُمْ اِنْ كَانَ بِكُمْ اَذًی مِّنْ مَّطَرٍ اَوْ كُنْتُمْ مَّرْضٰۤی اَنْ تَضَعُوْۤا اَسْلِحَتَكُمْ ۚ— وَخُذُوْا حِذْرَكُمْ ؕ— اِنَّ اللّٰهَ اَعَدَّ لِلْكٰفِرِیْنَ عَذَابًا مُّهِیْنًا ۟

१०२) जब तिमी तिनीहरूमा हुन्छौ र तिनीहरूलाई नमाज पढाउँदछौ भने, यो आवश्यक छ कि एउटा समूह तिम्रो साथमा हतियार सहित उभिराखोस् जब यस समूहले ढोग गरिसकोस् तब त्यहाँबाट हटेर तिम्रो पछाडी आओस् र अर्को समूह जसले नमाज पढेको छैन, त्यस ठाउँमा आओस् र (सतर्क र सशस्त्र भई) तिम्रो साथमा नमाज पढोस् । काफिरहरू चाहन्छन् कि कुनै प्रकारले तिमी आफ्नो हतियार र सामानहरूप्रति अलिकति पनि असावधान होउ, अनि तिनीहरूले तिमीमाथि एक्कासि आक्रमण गरुन् । हो, यदि तिमी वर्षाको कारण कुनै कष्टमा वा विरामी छौ भने आफूसँग भएको हतियार नबोक्नुमा कुनै गुनाह छैन, तर आफ्नो सुरक्षाको सामान साथमा राख्नु । निश्चय नै अल्लाहले काफिरहरूको निम्ति तिरस्कारपूर्ण दण्ड तयार गरेको छ । info
التفاسير:

external-link copy
103 : 4

فَاِذَا قَضَیْتُمُ الصَّلٰوةَ فَاذْكُرُوا اللّٰهَ قِیٰمًا وَّقُعُوْدًا وَّعَلٰی جُنُوْبِكُمْ ۚ— فَاِذَا اطْمَاْنَنْتُمْ فَاَقِیْمُوا الصَّلٰوةَ ۚ— اِنَّ الصَّلٰوةَ كَانَتْ عَلَی الْمُؤْمِنِیْنَ كِتٰبًا مَّوْقُوْتًا ۟

१०३) तिमीले नमाज पढिसकेपछि उठ्दा, बस्दा र पल्टदा प्रत्येक अवस्थामा अल्लाहलाई याद गर्नेगर । फेरि जब संतुष्ट होऊ तब नमाज पढ्दै गर । निःसन्देह मोमिनहरूलाई निर्धारित समयमा नमाज पढ्नु अनिवार्य छ । info
التفاسير:

external-link copy
104 : 4

وَلَا تَهِنُوْا فِی ابْتِغَآءِ الْقَوْمِ ؕ— اِنْ تَكُوْنُوْا تَاْلَمُوْنَ فَاِنَّهُمْ یَاْلَمُوْنَ كَمَا تَاْلَمُوْنَ ۚ— وَتَرْجُوْنَ مِنَ اللّٰهِ مَا لَا یَرْجُوْنَ ؕ— وَكَانَ اللّٰهُ عَلِیْمًا حَكِیْمًا ۟۠

१०४) उनीहरूलाई पछ्याउनबाट हार मानेर नबस्नु । यदि तिमीलाई कुनै कष्ट हुन्छ भने त्यस्ता कष्टहरू तिनीहरूलाई पनि हुन्छ, तर तिमीलाई अल्लाहबाट यस्ता आशाहरू छन्, जुनकि तिनीहरूलाई छैन । र अल्लाह सबै कुराको ज्ञाता र कौशल सम्पन्न छ । info
التفاسير:

external-link copy
105 : 4

اِنَّاۤ اَنْزَلْنَاۤ اِلَیْكَ الْكِتٰبَ بِالْحَقِّ لِتَحْكُمَ بَیْنَ النَّاسِ بِمَاۤ اَرٰىكَ اللّٰهُ ؕ— وَلَا تَكُنْ لِّلْخَآىِٕنِیْنَ خَصِیْمًا ۟ۙ

१०५) निःसन्देह हामीले तिमीलाई सत्यताको साथ आफ्नो किताब पठाएका छौं, ताकि अल्लाहले तिमीलाई दिएको ज्ञान अनुसार तिमी मानिसहरूका मुद्दाको निसाफ गर्न सक र धोकेबाजहरूको समर्थन नगर्नु । info
التفاسير: