Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: സ്സുഖ്റുഫ്   ആയത്ത്:
وَلِبُیُوْتِهِمْ اَبْوَابًا وَّسُرُرًا عَلَیْهَا یَتَّكِـُٔوْنَ ۟ۙ
३४) र उनीहरूको घरका ढोकाहरू र ती तख्ताहरू पनि जसमाथि उनीहरू अडेस लगाएर बस्दछन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَزُخْرُفًا ؕ— وَاِنْ كُلُّ ذٰلِكَ لَمَّا مَتَاعُ الْحَیٰوةِ الدُّنْیَا ؕ— وَالْاٰخِرَةُ عِنْدَ رَبِّكَ لِلْمُتَّقِیْنَ ۟۠
३५) र सुनद्वारा पनि, यो सब मात्र सांसारिक जीवनको अस्थायी सुख सामग्री हुन् र परलोक त तपाईको पालनकर्ताकहाँ संयमीहरूको निम्ति हो ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَمَنْ یَّعْشُ عَنْ ذِكْرِ الرَّحْمٰنِ نُقَیِّضْ لَهٗ شَیْطٰنًا فَهُوَ لَهٗ قَرِیْنٌ ۟
३६) र जुन मानिस अल्लाहको स्मरणबाट आँखा चिम्लन्छ, हामीले उसको निम्ति एउटा शैतान नियुक्त गरिदिन्छौं, अनि उही उसको साथी हुन्छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَاِنَّهُمْ لَیَصُدُّوْنَهُمْ عَنِ السَّبِیْلِ وَیَحْسَبُوْنَ اَنَّهُمْ مُّهْتَدُوْنَ ۟
३७) र यिनिहरूले उनलाई मार्गबाट रोक्छन् र उनीहरूले ठान्दछन् कि सही मार्गमा छन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
حَتّٰۤی اِذَا جَآءَنَا قَالَ یٰلَیْتَ بَیْنِیْ وَبَیْنَكَ بُعْدَ الْمَشْرِقَیْنِ فَبِئْسَ الْقَرِیْنُ ۟
३८) यहाँसम्म कि जब ऊ हाम्रो पासमा आउनेछ तब भन्नेछ कि ‘‘काश ! तिम्रो र मेरोबीच पूर्व र पश्चिमको दूरी भएको भए ! तिमी धेरै नराम्रो साथी हौ ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَلَنْ یَّنْفَعَكُمُ الْیَوْمَ اِذْ ظَّلَمْتُمْ اَنَّكُمْ فِی الْعَذَابِ مُشْتَرِكُوْنَ ۟
३९) र जब तिमी अत्याचारी ठह्रियौ त आज यस कुराले तिमीलाई कुनै लाभ पुर्याउन सक्नेछैन कि यातनामा तिमी एक–अर्काको साझेदार हौ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اَفَاَنْتَ تُسْمِعُ الصُّمَّ اَوْ تَهْدِی الْعُمْیَ وَمَنْ كَانَ فِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟
४०) के तिमीले बहिरालाई सुनाउन सक्दछौ वा अन्धालाई र जो स्पष्ट मार्गविचलनमा छ, उनलाई बाटो देखाउन सक्दछौ ?
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَاِمَّا نَذْهَبَنَّ بِكَ فَاِنَّا مِنْهُمْ مُّنْتَقِمُوْنَ ۟ۙ
४१) अनि यदि हामीले तिमीलाई यहाँबाट उठाई हाल्यौं तैपनि हामीले उनीसित बदला लिएर नै छाड्नेछौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اَوْ نُرِیَنَّكَ الَّذِیْ وَعَدْنٰهُمْ فَاِنَّا عَلَیْهِمْ مُّقْتَدِرُوْنَ ۟
४२) वा हामीले तिमीलाई त्यो चीज देखाउनेछौं । जसको हामीले उनीसित वाचा गरेका छौं । हामीलाई उनीहरूमाथि पूरा सामथ्र्य छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَاسْتَمْسِكْ بِالَّذِیْۤ اُوْحِیَ اِلَیْكَ ۚ— اِنَّكَ عَلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟
४३) जुन वह्य तपाईतिर पठाइएको छ त्यसलाई बलियो गरी समातिराख्नुस् । निश्चय नै तपाई सोझो मार्गमा हुनुहुन्छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَاِنَّهٗ لَذِكْرٌ لَّكَ وَلِقَوْمِكَ ۚ— وَسَوْفَ تُسْـَٔلُوْنَ ۟
४४) निश्चय नै त्यो आफैमा तपाईको निम्ति र तिम्रो कौमको लागि उपदेश हो । र शीघ्र नै तिमी सबैसित सोधिनेछ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَسْـَٔلْ مَنْ اَرْسَلْنَا مِنْ قَبْلِكَ مِنْ رُّسُلِنَاۤ اَجَعَلْنَا مِنْ دُوْنِ الرَّحْمٰنِ اٰلِهَةً یُّعْبَدُوْنَ ۟۠
४५) र (हे मुहम्मद !) जुन संदेष्टाहरू हामीले तपाईभन्दा पहिला पठाएका थियौं उनको बारेमा सोध्नुस् कि के हामीले अल्लाह बाहेक पनि कोही पूजनीय निर्धारित गरेका थियौं, जसको उपासना गरियोस् ?
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَلَقَدْ اَرْسَلْنَا مُوْسٰی بِاٰیٰتِنَاۤ اِلٰی فِرْعَوْنَ وَمَلَاۡىِٕهٖ فَقَالَ اِنِّیْ رَسُوْلُ رَبِّ الْعٰلَمِیْنَ ۟
४६) र हामीले ‘‘मूसा (अलैहिस्सलाम) लाई’’ आफ्ना निशानीहरू दिएर ‘‘फिरऔन’’ र उसका दरबारीयाहरूतिर पठायौं, ‘‘त (मूसा गएर) भने म समस्त दुनियाँको पालनकर्ताको रसूल हूँ ।’’
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
فَلَمَّا جَآءَهُمْ بِاٰیٰتِنَاۤ اِذَا هُمْ مِّنْهَا یَضْحَكُوْنَ ۟
४७) जब उनी तिनीहरूको पासमा हाम्रा निशानीहरू लिएर आए त उनीहरू निशानीहरूको उपहास गर्न थाले ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: സ്സുഖ്റുഫ്
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക