Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: മാഇദ   ആയത്ത്:
یَوْمَ یَجْمَعُ اللّٰهُ الرُّسُلَ فَیَقُوْلُ مَاذَاۤ اُجِبْتُمْ ؕ— قَالُوْا لَا عِلْمَ لَنَا ؕ— اِنَّكَ اَنْتَ عَلَّامُ الْغُیُوْبِ ۟
१०९) जुन दिन अल्लाहले सबै पैगम्बरहरूलाई जम्मा गर्नेछ, फेरि तिनीहरूसित सोध्ने छ कि तिमीलाई के जवाफ प्राप्त भएको थियो, त तिनीहरूले भन्ने छन् कि हामीलाई केही पनि थाहा छैन । निःसन्देह तिमी नै परोक्षका कुरा जान्ने अन्तर्यामी छौ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِذْ قَالَ اللّٰهُ یٰعِیْسَی ابْنَ مَرْیَمَ اذْكُرْ نِعْمَتِیْ عَلَیْكَ وَعَلٰی وَالِدَتِكَ ۘ— اِذْ اَیَّدْتُّكَ بِرُوْحِ الْقُدُسِ ۫— تُكَلِّمُ النَّاسَ فِی الْمَهْدِ وَكَهْلًا ۚ— وَاِذْ عَلَّمْتُكَ الْكِتٰبَ وَالْحِكْمَةَ وَالتَّوْرٰىةَ وَالْاِنْجِیْلَ ۚ— وَاِذْ تَخْلُقُ مِنَ الطِّیْنِ كَهَیْـَٔةِ الطَّیْرِ بِاِذْنِیْ فَتَنْفُخُ فِیْهَا فَتَكُوْنُ طَیْرًا بِاِذْنِیْ وَتُبْرِئُ الْاَكْمَهَ وَالْاَبْرَصَ بِاِذْنِیْ ۚ— وَاِذْ تُخْرِجُ الْمَوْتٰی بِاِذْنِیْ ۚ— وَاِذْ كَفَفْتُ بَنِیْۤ اِسْرَآءِیْلَ عَنْكَ اِذْ جِئْتَهُمْ بِالْبَیِّنٰتِ فَقَالَ الَّذِیْنَ كَفَرُوْا مِنْهُمْ اِنْ هٰذَاۤ اِلَّا سِحْرٌ مُّبِیْنٌ ۟
११०) अल्लाहले भन्ने छ कि हे मरियम का पुत्र ईसा, मेरा ती कृपाहरू यादगर, जुन तिमी र तिम्री आमामाथि गरिएको छ । जब मैले पवित्र आत्मा (जिब्रील) द्वारा तिमीलाई मद्दत पुर्याएँ (जसबाट) तिमी (बाल्य अवस्थामा) आमाको गोदीबाटै र अधेड उमेरमा पनि मानिसहरूसँग कुराकानी गथ्र्यौ र जब मैले तिमीलाई किताब र बुद्धिमत्ता र तौरात र इंजीलको तालिम दिएँ र जब तिमीले मेरो आदेशबाट माटोको चराको रूप बनाई त्यसमा फुँकेपछि जीवित चरा बन्दथ्यो । र, जब जन्मजात अन्धाहरू र कुष्ठरोग सेता दाग भएका मानिसहरूलाई मेरो आदेशबाट निको पाथ्र्यौ र जब तिमी मुर्दाहरूलाई मेरो आज्ञाले (चिहानहरूबाट) निकालेर उभ्याई हाल्दथ्यौ र जब मैले बनी इस्राईललाई तिमीमाथि अत्याचार गर्नुबाट रोकिहालें, जब तिमी तिनीहरू छेउ तर्कहरूलिएर आएका थियौ फेरि तिनीहरूमध्ये जो काफिर थिए, तिनीहरूले भन्न थाले कि यो त खुल्ला जादू बाहेक अरु केही होइन ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَاِذْ اَوْحَیْتُ اِلَی الْحَوَارِیّٖنَ اَنْ اٰمِنُوْا بِیْ وَبِرَسُوْلِیْ ۚ— قَالُوْۤا اٰمَنَّا وَاشْهَدْ بِاَنَّنَا مُسْلِمُوْنَ ۟
१११) र जब मैले हवारीहरूलाई आदेश पठाएँ कि ममाथि र मेरा पैगम्बरमाथि आस्था राख । तिनीहरूले भन्न थाले कि हामीले ईमान ल्यायौं र तपाई साक्षी रहनुस् कि हामी आज्ञाकारी छौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِذْ قَالَ الْحَوَارِیُّوْنَ یٰعِیْسَی ابْنَ مَرْیَمَ هَلْ یَسْتَطِیْعُ رَبُّكَ اَنْ یُّنَزِّلَ عَلَیْنَا مَآىِٕدَةً مِّنَ السَّمَآءِ ؕ— قَالَ اتَّقُوا اللّٰهَ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟
११२) त्यो समय स्मरणयोग्य छ जब हवारीहरूले भनेः कि हे ईसा बिन मरियम ! के तपाईको रबले आकाशबाट हाम्रो लागि पकाएको विभिन्न प्रकारको भोजन पठाउन सक्छ ? उनले भने तिमीमा ईमान छ भने अल्लाहसित डराऊ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قَالُوْا نُرِیْدُ اَنْ نَّاْكُلَ مِنْهَا وَتَطْمَىِٕنَّ قُلُوْبُنَا وَنَعْلَمَ اَنْ قَدْ صَدَقْتَنَا وَنَكُوْنَ عَلَیْهَا مِنَ الشّٰهِدِیْنَ ۟
११३) तिनीहरूले भने कि हाम्रो यो इच्छा छ कि हामीले त्यसबाट खाऔं र हाम्रो मनको सन्तुष्टि प्राप्त गरौं र हाम्रो यो विश्वास बढोस् कि तपाई हामीसित साँचो भन्नु भएको छ र हामी साक्षी दिनेहरूमध्येका हुन सकौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: മാഇദ
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക