Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: ഹശ്ർ   ആയത്ത്:
فَكَانَ عَاقِبَتَهُمَاۤ اَنَّهُمَا فِی النَّارِ خَالِدَیْنِ فِیْهَا ؕ— وَذٰلِكَ جَزٰٓؤُا الظّٰلِمِیْنَ ۟۠
१७) तसर्थ दुवैको परिणाम यो भयो कि दुवै नर्कमा गए । सधैं त्यसमा रहनेछन् र अन्यायीहरूको यही दण्ड हो ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اتَّقُوا اللّٰهَ وَلْتَنْظُرْ نَفْسٌ مَّا قَدَّمَتْ لِغَدٍ ۚ— وَاتَّقُوا اللّٰهَ ؕ— اِنَّ اللّٰهَ خَبِیْرٌ بِمَا تَعْمَلُوْنَ ۟
१८) हे ईमानवालाहरू ! अल्लाहसित डराऊ र प्रत्येक व्यक्तिले हेर्नुपर्छ कि उसले भोलि कियामतको दिनको निम्ति के कस्तो कर्म पठाएको छ, र सधैं अल्लाहसित डराउँदै रहनु, निःसन्देह अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापबाट अवगत छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَلَا تَكُوْنُوْا كَالَّذِیْنَ نَسُوا اللّٰهَ فَاَنْسٰىهُمْ اَنْفُسَهُمْ ؕ— اُولٰٓىِٕكَ هُمُ الْفٰسِقُوْنَ ۟
१९) र तिमी ती मानिसहरू जस्तो नहुनु, जसले अल्लाहलाई बिर्सिदिए, तब अल्लाहले उनीहरूलाई यस्तो गरिदियो कि स्वयं आफूलाई नै बिर्सिहाले । यिनीहरू अवज्ञाकारी हुन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
لَا یَسْتَوِیْۤ اَصْحٰبُ النَّارِ وَاَصْحٰبُ الْجَنَّةِ ؕ— اَصْحٰبُ الْجَنَّةِ هُمُ الْفَآىِٕزُوْنَ ۟
२०) नर्कवाला र स्वर्गवालाहरू समान छैनन् । स्वर्गवाला त सफलता प्राप्त गर्नेवाला हुन् (र नर्कवालाहरू असफल हुन) ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
لَوْ اَنْزَلْنَا هٰذَا الْقُرْاٰنَ عَلٰی جَبَلٍ لَّرَاَیْتَهٗ خَاشِعًا مُّتَصَدِّعًا مِّنْ خَشْیَةِ اللّٰهِ ؕ— وَتِلْكَ الْاَمْثَالُ نَضْرِبُهَا لِلنَّاسِ لَعَلَّهُمْ یَتَفَكَّرُوْنَ ۟
२१) यदि हामीले यस कुरआनलाई कुनै पहाडमाथि अवतरित गरेको भए, तिमीले त्यसलाई अल्लाहको भयले चूरा–चूरा (चूर्ण चूर्ण) भइराखेको देख्नेथियौ र यी उदाहरणहरू हामीले मानिसहरूको निम्ति वर्णन गर्दछौं ताकि उनीहरूले गम्भीरतापूर्वक विचार गरुन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
هُوَ اللّٰهُ الَّذِیْ لَاۤ اِلٰهَ اِلَّا هُوَ ۚ— عٰلِمُ الْغَیْبِ وَالشَّهَادَةِ ۚ— هُوَ الرَّحْمٰنُ الرَّحِیْمُ ۟
२२) उही अल्लाह हो, जस बाहेक अरु कोही सत्य पूज्य छैन, अदृश्य र प्रकटको ज्ञाता, बडो कृपाशील, अत्यन्त दयावान छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
هُوَ اللّٰهُ الَّذِیْ لَاۤ اِلٰهَ اِلَّا هُوَ ۚ— اَلْمَلِكُ الْقُدُّوْسُ السَّلٰمُ الْمُؤْمِنُ الْمُهَیْمِنُ الْعَزِیْزُ الْجَبَّارُ الْمُتَكَبِّرُ ؕ— سُبْحٰنَ اللّٰهِ عَمَّا یُشْرِكُوْنَ ۟
२३) त्यही अल्लाह हो, जस बाहेक कोही सत्य पूजाको योग्य छैन । त्यो सम्राट हो, अत्यन्त पवित्र सबै दुर्गुणबाट मुक्त, शान्तिदाता, संरक्षक, अधिपत्यवाला र शक्तिशाली र महानतायुक्त पवित्र छ अल्लाह त्यस शीर्कबाट जुन उनीहरूले गर्दछन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
هُوَ اللّٰهُ الْخَالِقُ الْبَارِئُ الْمُصَوِّرُ لَهُ الْاَسْمَآءُ الْحُسْنٰی ؕ— یُسَبِّحُ لَهٗ مَا فِی السَّمٰوٰتِ وَالْاَرْضِ ۚ— وَهُوَ الْعَزِیْزُ الْحَكِیْمُ ۟۠
२४) उही अल्लाह हो, जो सृष्टिकर्ता र अस्तित्व दाता हो, रूप दिनेवाला हो उसैका सबै राम्रा नामहरू हुन् । जुनसुकै कुरा चाहे त्यो आकाशहरू वा धरतीमा छ, उसैको गुणगान गरिराखेको छ । र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: ഹശ്ർ
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക