Check out the new design

Vertaling van de betekenissen Edele Qur'an - Nepalese vertaling - Vereniging van de Mensen van Hadith * - Index van vertaling


Vertaling van de betekenissen Surah: el-Anaam   Vers:
اَلَّذِیْنَ اٰمَنُوْا وَلَمْ یَلْبِسُوْۤا اِیْمَانَهُمْ بِظُلْمٍ اُولٰٓىِٕكَ لَهُمُ الْاَمْنُ وَهُمْ مُّهْتَدُوْنَ ۟۠
८२) जसले र्इमान राख्दछन् र आफ्नो ईमानसँग शिर्कका कुराहरू मिसाउँदैनन्, त्यस्ताहरूकोे निम्ति सुरक्षा छ र तिनैले मार्गदर्शन प्राप्त गर्दछन् ।
Arabische uitleg van de Qur'an:
وَتِلْكَ حُجَّتُنَاۤ اٰتَیْنٰهَاۤ اِبْرٰهِیْمَ عَلٰی قَوْمِهٖ ؕ— نَرْفَعُ دَرَجٰتٍ مَّنْ نَّشَآءُ ؕ— اِنَّ رَبَّكَ حَكِیْمٌ عَلِیْمٌ ۟
८३) र यो हाम्रो तर्क थियो जुन हामीले इब्राहीमलाई उनको समुदायको विरुद्ध प्रयोग गर्न प्रदान गरेका थियौं । हामीले जसलाई चाहन्छौ उच्च दर्जा प्रदान गर्दछौं । निःसन्देह तिम्रो पालनकर्ता बुद्धि सम्पन्न र सर्वज्ञ छ ।
Arabische uitleg van de Qur'an:
وَوَهَبْنَا لَهٗۤ اِسْحٰقَ وَیَعْقُوْبَ ؕ— كُلًّا هَدَیْنَا ۚ— وَنُوْحًا هَدَیْنَا مِنْ قَبْلُ وَمِنْ ذُرِّیَّتِهٖ دَاوٗدَ وَسُلَیْمٰنَ وَاَیُّوْبَ وَیُوْسُفَ وَمُوْسٰی وَهٰرُوْنَ ؕ— وَكَذٰلِكَ نَجْزِی الْمُحْسِنِیْنَ ۟ۙ
८४) र हामीले तिनलाई इस्हाक र यअ्कूब दियौं र सबैलाई हामीले मार्गदर्शन प्रदान गर्यौं र अघि नूहलाई पनि शिक्षा प्रदान गरेका थियौं र उनको संततिमध्ये दाऊद र सुलैमान र अय्यूब र यूसुफ र मूसा र हारूनलाई पनि, र हामीले सदाचारीहरूलाई यस्तै किसिमले पुरस्कार दिने गर्दछौ ।
Arabische uitleg van de Qur'an:
وَزَكَرِیَّا وَیَحْیٰی وَعِیْسٰی وَاِلْیَاسَ ؕ— كُلٌّ مِّنَ الصّٰلِحِیْنَ ۟ۙ
८५) र जकरीया र यह्या र ईसा र इलियासलाई पनि, यी सबै सदाचारी थिए ।
Arabische uitleg van de Qur'an:
وَاِسْمٰعِیْلَ وَالْیَسَعَ وَیُوْنُسَ وَلُوْطًا ؕ— وَكُلًّا فَضَّلْنَا عَلَی الْعٰلَمِیْنَ ۟ۙ
८६) र इस्माईल र यस्आ र यूनुस र लूतलाई पनि र ती सबैलाई संसारका मानिसहरूमाथि श्रेष्ठता प्रदान गरेका थियौं ।
Arabische uitleg van de Qur'an:
وَمِنْ اٰبَآىِٕهِمْ وَذُرِّیّٰتِهِمْ وَاِخْوَانِهِمْ ۚ— وَاجْتَبَیْنٰهُمْ وَهَدَیْنٰهُمْ اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟
८७) र तिनीहरूका बाबु–बाजेलाई र सन्तति र दाजु भाइहरूलार्इ पनि, र हामीले तिनलाई रोजेका थियौं र सही बाटो देखाएका थियौं ।
Arabische uitleg van de Qur'an:
ذٰلِكَ هُدَی اللّٰهِ یَهْدِیْ بِهٖ مَنْ یَّشَآءُ مِنْ عِبَادِهٖ ؕ— وَلَوْ اَشْرَكُوْا لَحَبِطَ عَنْهُمْ مَّا كَانُوْا یَعْمَلُوْنَ ۟
८८) यो अल्लाहको मार्गदर्शन नै हो जसको माध्यमबाट आफ्ना दासहरूमध्ये जसलाई चाहन्छ मार्गदर्शित गर्दछ । र यदि तिनीहरूले अल्लाहसँग अरुको साझेदारी ठहराउने भए, तिनीहरूको सबै कर्महरू बर्बाद भइहाल्ने थियो ।
Arabische uitleg van de Qur'an:
اُولٰٓىِٕكَ الَّذِیْنَ اٰتَیْنٰهُمُ الْكِتٰبَ وَالْحُكْمَ وَالنُّبُوَّةَ ۚ— فَاِنْ یَّكْفُرْ بِهَا هٰۤؤُلَآءِ فَقَدْ وَكَّلْنَا بِهَا قَوْمًا لَّیْسُوْا بِهَا بِكٰفِرِیْنَ ۟
८९) यी त्यस्ता मानिसहरू थिए जसलाई हामीले किताब, बुद्धिमत्ता र नबूवत (दूतत्व) दिएका थियौं । यदि यिनीहरूले नबुवत मान्न इन्कार गर्दछन् भने, हामीले त्यसको लागि यस्ता मानिसहरूलाई नियुक्त गरिसकेका छौं कि तिनीहरूले ती कुराहरूबाट कहिल्यै इन्कार गर्ने छैनन् ।
Arabische uitleg van de Qur'an:
اُولٰٓىِٕكَ الَّذِیْنَ هَدَی اللّٰهُ فَبِهُدٰىهُمُ اقْتَدِهْ ؕ— قُلْ لَّاۤ اَسْـَٔلُكُمْ عَلَیْهِ اَجْرًا ؕ— اِنْ هُوَ اِلَّا ذِكْرٰی لِلْعٰلَمِیْنَ ۟۠
९०) यी त्यस्ता मानिसहरू थिए जसलाई अल्लाहले सही बाटो देखाएको थियो, यसर्थ तिनैको उपदेशको अनुयायी बन । तपाई भनिदिनुस् कि म तिमीसित यसबारे केही बदला (पारितोषिक) माँग्दिन । यो त संसारका मानिसहरूको लागि मात्र उपदेश हो ।
Arabische uitleg van de Qur'an:
 
Vertaling van de betekenissen Surah: el-Anaam
Surah's Index Pagina nummer
 
Vertaling van de betekenissen Edele Qur'an - Nepalese vertaling - Vereniging van de Mensen van Hadith - Index van vertaling

Uitgegeven door de Centrale Vereniging van Ahl al-Hadith in Nepal.

Sluit