ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫

ߞߐߜߍ ߝߙߍߕߍ:close

external-link copy
105 : 17

وَبِالْحَقِّ اَنْزَلْنٰهُ وَبِالْحَقِّ نَزَلَ ؕ— وَمَاۤ اَرْسَلْنٰكَ اِلَّا مُبَشِّرًا وَّنَذِیْرًا ۟ۘ

१०५) र हामीले यस कुरआनलाई सत्यताको साथ उतारेका छौं र यो सत्यताको साथ अवतारित भयो । (हे मुहम्मद) हामीले तपाईलाई मात्र शुभसन्देश दिनेवाला र डर सुनाउनेवाला बनाएर पठाएका छौं । info
التفاسير:

external-link copy
106 : 17

وَقُرْاٰنًا فَرَقْنٰهُ لِتَقْرَاَهٗ عَلَی النَّاسِ عَلٰی مُكْثٍ وَّنَزَّلْنٰهُ تَنْزِیْلًا ۟

१०६) हामीले कुरआनलाई टुक्राटुक्रामा गरी यसकारण पठाएका छौं, ताकि तपाईले मानिसहरूलाई फुर्सदको साथ पढेर सुनाउनुस् र हामीले यसलाई चरणबद्ध रूपमा उतारेका छौं । info
التفاسير:

external-link copy
107 : 17

قُلْ اٰمِنُوْا بِهٖۤ اَوْ لَا تُؤْمِنُوْا ؕ— اِنَّ الَّذِیْنَ اُوْتُوا الْعِلْمَ مِنْ قَبْلِهٖۤ اِذَا یُتْلٰی عَلَیْهِمْ یَخِرُّوْنَ لِلْاَذْقَانِ سُجَّدًا ۟ۙ

१०७) भनिदिनुस् कि तिमीहरूले यसमाथि ईमान ल्याऊ वा नल्याऊ जुन मानिसहरूलाई यसभन्दा अगाडि जानकारी प्रदान गरिएको छ, उनी समक्ष जब यो पढेर सुनाइन्छ, तब तिनीहरू चिउडोको बलले घोप्टो परी सिज्दामा झुकिहाल्छन् । info
التفاسير:

external-link copy
108 : 17

وَّیَقُوْلُوْنَ سُبْحٰنَ رَبِّنَاۤ اِنْ كَانَ وَعْدُ رَبِّنَا لَمَفْعُوْلًا ۟

१०८) र भन्दछन्ः कि हाम्रो पालनकर्ता पवित्र छ । निःसन्देह हाम्रो पालनकर्ताको वाचा पूरा भएरै छाड्नेछ । info
التفاسير:

external-link copy
109 : 17

وَیَخِرُّوْنَ لِلْاَذْقَانِ یَبْكُوْنَ وَیَزِیْدُهُمْ خُشُوْعًا ۟

१०९) तिनीहरू चिउडोको बलले घोप्टो परेर रुँदै सिज्दामा जान्छन् र यस कुरआनले उनीहरूको व्याकुलता नम्रता र शीलता बढाइदिन्छ । info
التفاسير:

external-link copy
110 : 17

قُلِ ادْعُوا اللّٰهَ اَوِ ادْعُوا الرَّحْمٰنَ ؕ— اَیًّا مَّا تَدْعُوْا فَلَهُ الْاَسْمَآءُ الْحُسْنٰی ۚ— وَلَا تَجْهَرْ بِصَلَاتِكَ وَلَا تُخَافِتْ بِهَا وَابْتَغِ بَیْنَ ذٰلِكَ سَبِیْلًا ۟

११०) भनिदिनुस् कि तिमीले उसलाई अल्लाहको नामले पुकार वा रहमान भनेर । जुन नामले पुकारे पनि सबै राम्रा नामहरू उसैका लागि छन्, र नमाज न चर्को स्वरले पढ् र न धेरै मधुरो आवाजमा पढ बरु त्यसको बीचको तरीका अपनाऊ । info
التفاسير:

external-link copy
111 : 17

وَقُلِ الْحَمْدُ لِلّٰهِ الَّذِیْ لَمْ یَتَّخِذْ وَلَدًا وَّلَمْ یَكُنْ لَّهٗ شَرِیْكٌ فِی الْمُلْكِ وَلَمْ یَكُنْ لَّهٗ وَلِیٌّ مِّنَ الذُّلِّ وَكَبِّرْهُ تَكْبِیْرًا ۟۠

१११) र यो भनिदिनुस् कि सबै प्रशंसा अल्लाहकै लागि हुन्, जसको नकुनै सन्तान छ र नत उसको सत्तामा कोही साझेदार छ, र न ऊ कमजोर छ, कि कसैले उसलाई सहयोग गरोस्, र तिमीहरूले उसको पूरापूर महानताको वर्णन गर्नेगर । info
التفاسير: