Check out the new design

ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ * - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ


ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߛߎߘߐߛߣߍߡߊ   ߟߝߊߙߌ ߘߏ߫:
وَاِنْ كَادُوْا لَیَسْتَفِزُّوْنَكَ مِنَ الْاَرْضِ لِیُخْرِجُوْكَ مِنْهَا وَاِذًا لَّا یَلْبَثُوْنَ خِلٰفَكَ اِلَّا قَلِیْلًا ۟
७६) यिनीहरूले त तपाईको पाइला यस जमिन(मक्का) बाट झण्डै हटाइसकेका थिए, ताकि तपाईलाई देश निकाला गरुन् । त्यसो भए तपाईपछि यिनीहरू पनि त्यहाँ थोरै दिनसम्म रहन पाउनेछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
سُنَّةَ مَنْ قَدْ اَرْسَلْنَا قَبْلَكَ مِنْ رُّسُلِنَا وَلَا تَجِدُ لِسُنَّتِنَا تَحْوِیْلًا ۟۠
७७) जुन पैगम्बरहरूलाई हामीले तपाईभन्दा अघि पठाएका थियौं तिनीहरूको हालत पनि यस्तै थियो । र तपाईले हाम्रो तरिकाहरूमा कहिल्यै पनि परिवर्तन पाउनुहुन्न ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَقِمِ الصَّلٰوةَ لِدُلُوْكِ الشَّمْسِ اِلٰی غَسَقِ الَّیْلِ وَقُرْاٰنَ الْفَجْرِ ؕ— اِنَّ قُرْاٰنَ الْفَجْرِ كَانَ مَشْهُوْدًا ۟
७८) अपरान्हदेखि रातीको अँध्यारोसम्म (जुहर, अस्र, मग्रिब, इशाका) नमाज पढनेगर । र विहान (फज्रको) कुरआन पढ्ने गर, किनभने विहान कुरआन पढ्न हाजिर गरिएको छ । (फरिश्ताहरू उपस्थितिको बेला हो यो)
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمِنَ الَّیْلِ فَتَهَجَّدْ بِهٖ نَافِلَةً لَّكَ ۖۗ— عَسٰۤی اَنْ یَّبْعَثَكَ رَبُّكَ مَقَامًا مَّحْمُوْدًا ۟
७९) रातका केही भागहरूमा तहज्जुदको नमाजमा कुरआनको पाठ गर्नेगर, यस अतिरिक्त प्रार्थना (नफिल) तपाईको निम्ति हो । छिट्टै तपाईको पालनहारले तपाईलाई मर्यादित स्थानमा पुर्याउने छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَقُلْ رَّبِّ اَدْخِلْنِیْ مُدْخَلَ صِدْقٍ وَّاَخْرِجْنِیْ مُخْرَجَ صِدْقٍ وَّاجْعَلْ لِّیْ مِنْ لَّدُنْكَ سُلْطٰنًا نَّصِیْرًا ۟
८०) र प्रार्थनागर्ने गर्नुस् कि हे पालनकर्ता मलाई जहाँ लिएर जाऊ राम्रोसँग लिएर जाऊ र जहाँबाट निकाल राम्रोसँग निकाल र मलाई आफ्नो तर्फबाट शक्ति र मद्दत प्रदान गर ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَقُلْ جَآءَ الْحَقُّ وَزَهَقَ الْبَاطِلُ ؕ— اِنَّ الْبَاطِلَ كَانَ زَهُوْقًا ۟
८१) र घोषणा गर्नुस् कि सत्य आइपुगेको छ, र असत्यताको विनाश भइसकेको छ । निःसन्देह असत्यता विनाश हुने नै कुरा हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَنُنَزِّلُ مِنَ الْقُرْاٰنِ مَا هُوَ شِفَآءٌ وَّرَحْمَةٌ لِّلْمُؤْمِنِیْنَ ۙ— وَلَا یَزِیْدُ الظّٰلِمِیْنَ اِلَّا خَسَارًا ۟
८२) यो कुरआन जुन हामी उतार्दैछौं मोमिनहरूको लागि स्वस्थकर र दया हो, र अत्याचारीहरूको लागि त यसबाट हानिमा नै वृद्धि हुनेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاِذَاۤ اَنْعَمْنَا عَلَی الْاِنْسَانِ اَعْرَضَ وَنَاٰ بِجَانِبِهٖ ۚ— وَاِذَا مَسَّهُ الشَّرُّ كَانَ یَـُٔوْسًا ۟
८३) र जब हामीले मानिसमाथि सुखद कृपा प्रदान गर्दछौं त उसले मुख फर्काई टाढा हुन पुग्छ, र जब उसलाई कुनै कष्ट पुग्दछ त निराश भइहाल्छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ كُلٌّ یَّعْمَلُ عَلٰی شَاكِلَتِهٖ ؕ— فَرَبُّكُمْ اَعْلَمُ بِمَنْ هُوَ اَهْدٰی سَبِیْلًا ۟۠
८४) भनिदिनुस् कि हरेक व्यक्ति आफ्नो तरिका अनुसार काममा लागेको छ । जो पूरै सही बाटोमा लागेका छन् उनलाई तपाईको पालनकर्ताले राम्ररी जान्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَیَسْـَٔلُوْنَكَ عَنِ الرُّوْحِ ؕ— قُلِ الرُّوْحُ مِنْ اَمْرِ رَبِّیْ وَمَاۤ اُوْتِیْتُمْ مِّنَ الْعِلْمِ اِلَّا قَلِیْلًا ۟
८५) र तिमीसँग आत्माको (रूहको) बारेमा यिनीहरू प्रश्न गर्दछन् । भनिदिनुस् कि त्यो मेरो पालनकर्ताको हुक्मबाट छ । तिमीहरूलाई निकै कम ज्ञान प्रदान गरिएको छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَىِٕنْ شِئْنَا لَنَذْهَبَنَّ بِالَّذِیْۤ اَوْحَیْنَاۤ اِلَیْكَ ثُمَّ لَا تَجِدُ لَكَ بِهٖ عَلَیْنَا وَكِیْلًا ۟ۙ
८६) र यदि हामीले चाहन्छौं भने जुन वह्य हामीले तपाइतिर पठाउँदछौं, त्यसलाई समाप्त गरिहालौं, अनि तपाईको लागि उसको निम्ति हाम्रो विरोधमा कोही मद्दतगार आउन सक्नेछैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
 
ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߛߎߘߐߛߣߍߡߊ
ߝߐߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ ߞߐߜߍ ߝߙߍߕߍ
 
ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ

ߡߍ߲ ߝߘߊߣߍ߲߫ ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ ߟߋ߬ - ߣߌߔߊ߯ߟߌ߬.

ߘߊߕߎ߲߯ߠߌ߲