വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

പേജ് നമ്പർ:close

external-link copy
76 : 17

وَاِنْ كَادُوْا لَیَسْتَفِزُّوْنَكَ مِنَ الْاَرْضِ لِیُخْرِجُوْكَ مِنْهَا وَاِذًا لَّا یَلْبَثُوْنَ خِلٰفَكَ اِلَّا قَلِیْلًا ۟

७६) यिनीहरूले त तपाईको पाइला यस जमिन(मक्का) बाट झण्डै हटाइसकेका थिए, ताकि तपाईलाई देश निकाला गरुन् । त्यसो भए तपाईपछि यिनीहरू पनि त्यहाँ थोरै दिनसम्म रहन पाउनेछन् । info
التفاسير:

external-link copy
77 : 17

سُنَّةَ مَنْ قَدْ اَرْسَلْنَا قَبْلَكَ مِنْ رُّسُلِنَا وَلَا تَجِدُ لِسُنَّتِنَا تَحْوِیْلًا ۟۠

७७) जुन पैगम्बरहरूलाई हामीले तपाईभन्दा अघि पठाएका थियौं तिनीहरूको हालत पनि यस्तै थियो । र तपाईले हाम्रो तरिकाहरूमा कहिल्यै पनि परिवर्तन पाउनुहुन्न । info
التفاسير:

external-link copy
78 : 17

اَقِمِ الصَّلٰوةَ لِدُلُوْكِ الشَّمْسِ اِلٰی غَسَقِ الَّیْلِ وَقُرْاٰنَ الْفَجْرِ ؕ— اِنَّ قُرْاٰنَ الْفَجْرِ كَانَ مَشْهُوْدًا ۟

७८) अपरान्हदेखि रातीको अँध्यारोसम्म (जुहर, अस्र, मग्रिब, इशाका) नमाज पढनेगर । र विहान (फज्रको) कुरआन पढ्ने गर, किनभने विहान कुरआन पढ्न हाजिर गरिएको छ । (फरिश्ताहरू उपस्थितिको बेला हो यो) info
التفاسير:

external-link copy
79 : 17

وَمِنَ الَّیْلِ فَتَهَجَّدْ بِهٖ نَافِلَةً لَّكَ ۖۗ— عَسٰۤی اَنْ یَّبْعَثَكَ رَبُّكَ مَقَامًا مَّحْمُوْدًا ۟

७९) रातका केही भागहरूमा तहज्जुदको नमाजमा कुरआनको पाठ गर्नेगर, यस अतिरिक्त प्रार्थना (नफिल) तपाईको निम्ति हो । छिट्टै तपाईको पालनहारले तपाईलाई मर्यादित स्थानमा पुर्याउने छ । info
التفاسير:

external-link copy
80 : 17

وَقُلْ رَّبِّ اَدْخِلْنِیْ مُدْخَلَ صِدْقٍ وَّاَخْرِجْنِیْ مُخْرَجَ صِدْقٍ وَّاجْعَلْ لِّیْ مِنْ لَّدُنْكَ سُلْطٰنًا نَّصِیْرًا ۟

८०) र प्रार्थनागर्ने गर्नुस् कि हे पालनकर्ता मलाई जहाँ लिएर जाऊ राम्रोसँग लिएर जाऊ र जहाँबाट निकाल राम्रोसँग निकाल र मलाई आफ्नो तर्फबाट शक्ति र मद्दत प्रदान गर । info
التفاسير:

external-link copy
81 : 17

وَقُلْ جَآءَ الْحَقُّ وَزَهَقَ الْبَاطِلُ ؕ— اِنَّ الْبَاطِلَ كَانَ زَهُوْقًا ۟

८१) र घोषणा गर्नुस् कि सत्य आइपुगेको छ, र असत्यताको विनाश भइसकेको छ । निःसन्देह असत्यता विनाश हुने नै कुरा हो । info
التفاسير:

external-link copy
82 : 17

وَنُنَزِّلُ مِنَ الْقُرْاٰنِ مَا هُوَ شِفَآءٌ وَّرَحْمَةٌ لِّلْمُؤْمِنِیْنَ ۙ— وَلَا یَزِیْدُ الظّٰلِمِیْنَ اِلَّا خَسَارًا ۟

८२) यो कुरआन जुन हामी उतार्दैछौं मोमिनहरूको लागि स्वस्थकर र दया हो, र अत्याचारीहरूको लागि त यसबाट हानिमा नै वृद्धि हुनेछ । info
التفاسير:

external-link copy
83 : 17

وَاِذَاۤ اَنْعَمْنَا عَلَی الْاِنْسَانِ اَعْرَضَ وَنَاٰ بِجَانِبِهٖ ۚ— وَاِذَا مَسَّهُ الشَّرُّ كَانَ یَـُٔوْسًا ۟

८३) र जब हामीले मानिसमाथि सुखद कृपा प्रदान गर्दछौं त उसले मुख फर्काई टाढा हुन पुग्छ, र जब उसलाई कुनै कष्ट पुग्दछ त निराश भइहाल्छ । info
التفاسير:

external-link copy
84 : 17

قُلْ كُلٌّ یَّعْمَلُ عَلٰی شَاكِلَتِهٖ ؕ— فَرَبُّكُمْ اَعْلَمُ بِمَنْ هُوَ اَهْدٰی سَبِیْلًا ۟۠

८४) भनिदिनुस् कि हरेक व्यक्ति आफ्नो तरिका अनुसार काममा लागेको छ । जो पूरै सही बाटोमा लागेका छन् उनलाई तपाईको पालनकर्ताले राम्ररी जान्दछ । info
التفاسير:

external-link copy
85 : 17

وَیَسْـَٔلُوْنَكَ عَنِ الرُّوْحِ ؕ— قُلِ الرُّوْحُ مِنْ اَمْرِ رَبِّیْ وَمَاۤ اُوْتِیْتُمْ مِّنَ الْعِلْمِ اِلَّا قَلِیْلًا ۟

८५) र तिमीसँग आत्माको (रूहको) बारेमा यिनीहरू प्रश्न गर्दछन् । भनिदिनुस् कि त्यो मेरो पालनकर्ताको हुक्मबाट छ । तिमीहरूलाई निकै कम ज्ञान प्रदान गरिएको छ । info
التفاسير:

external-link copy
86 : 17

وَلَىِٕنْ شِئْنَا لَنَذْهَبَنَّ بِالَّذِیْۤ اَوْحَیْنَاۤ اِلَیْكَ ثُمَّ لَا تَجِدُ لَكَ بِهٖ عَلَیْنَا وَكِیْلًا ۟ۙ

८६) र यदि हामीले चाहन्छौं भने जुन वह्य हामीले तपाइतिर पठाउँदछौं, त्यसलाई समाप्त गरिहालौं, अनि तपाईको लागि उसको निम्ति हाम्रो विरोधमा कोही मद्दतगार आउन सक्नेछैन । info
التفاسير: