Check out the new design

ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ * - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ


ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߖߘߍ߬ߟߊ߬ߛߊߦߌ   ߟߝߊߙߌ ߘߏ߫:

त्ताैबः

بَرَآءَةٌ مِّنَ اللّٰهِ وَرَسُوْلِهٖۤ اِلَی الَّذِیْنَ عٰهَدْتُّمْ مِّنَ الْمُشْرِكِیْنَ ۟ؕ
१) अल्लाह र उसको रसूलको तर्फबाट विरक्तिताको घोषणा छ ती मुश्रिकहरूको बारेमा जोसंग तिमीले सम्झौता र सन्धि गरेका थियौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَسِیْحُوْا فِی الْاَرْضِ اَرْبَعَةَ اَشْهُرٍ وَّاعْلَمُوْۤا اَنَّكُمْ غَیْرُ مُعْجِزِی اللّٰهِ ۙ— وَاَنَّ اللّٰهَ مُخْزِی الْكٰفِرِیْنَ ۟
२) (हे मुशरिकहरू !) तिमी धर्तीमा (मुलुकमा) चार महीनासम्म हिंडडुल गरिहाल र जानिराख कि तिमी अल्लाहको नियन्त्रणभन्दा बाहिर जान सक्दैनौ, र यो (पनि याद रहोस्) कि अल्लाहले काफिरहरूलाई अपमानित गर्नेवाला छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاَذَانٌ مِّنَ اللّٰهِ وَرَسُوْلِهٖۤ اِلَی النَّاسِ یَوْمَ الْحَجِّ الْاَكْبَرِ اَنَّ اللّٰهَ بَرِیْٓءٌ مِّنَ الْمُشْرِكِیْنَ ۙ۬— وَرَسُوْلُهٗ ؕ— فَاِنْ تُبْتُمْ فَهُوَ خَیْرٌ لَّكُمْ ۚ— وَاِنْ تَوَلَّیْتُمْ فَاعْلَمُوْۤا اَنَّكُمْ غَیْرُ مُعْجِزِی اللّٰهِ ؕ— وَبَشِّرِ الَّذِیْنَ كَفَرُوْا بِعَذَابٍ اَلِیْمٍ ۟ۙ
३) र अल्लाह र उसको रसूलको तर्फबाट मानिसहरूलाई ठूलो हजको दिन स्पष्ट जानकारी छ कि अल्लाह र उसको रसूल पनि मुश्रिकहरूबाट विरक्त छन्, र यदि अहिले पनि तिमीले प्रायश्चित गर्छौ भने तिम्रो निम्ति राम्रो हुनेछ र यदि तिमी मान्दैनौ भने जानिहाल कि तिमी अल्लाहलाई कदापि हराउन सक्दैनौ र काफिरहरूलाई कष्टदायक सजायको समाचार सुनाइदिनुस् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِلَّا الَّذِیْنَ عٰهَدْتُّمْ مِّنَ الْمُشْرِكِیْنَ ثُمَّ لَمْ یَنْقُصُوْكُمْ شَیْـًٔا وَّلَمْ یُظَاهِرُوْا عَلَیْكُمْ اَحَدًا فَاَتِمُّوْۤا اِلَیْهِمْ عَهْدَهُمْ اِلٰی مُدَّتِهِمْ ؕ— اِنَّ اللّٰهَ یُحِبُّ الْمُتَّقِیْنَ ۟
४) तर ती मुश्रिकहरू बाहेक जोसित तिम्रो सन्धि भइसकेको छ, र उनीहरूले तिमीलाई अलिकति पनि कुनै प्रकारको नोक्सानी पुर्याएका छैनन्, न त कसैलाई तिम्रो विरोधमा मद्दत गरेका छन्, त तिमी पनि उनीहरूको सन्धिको अवधि उनीहरूको साथमा पुरा गर, अल्लाह आत्मसंयमीहरूलाई मित्र ठान्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاِذَا انْسَلَخَ الْاَشْهُرُ الْحُرُمُ فَاقْتُلُوا الْمُشْرِكِیْنَ حَیْثُ وَجَدْتُّمُوْهُمْ وَخُذُوْهُمْ وَاحْصُرُوْهُمْ وَاقْعُدُوْا لَهُمْ كُلَّ مَرْصَدٍ ۚ— فَاِنْ تَابُوْا وَاَقَامُوا الصَّلٰوةَ وَاٰتَوُا الزَّكٰوةَ فَخَلُّوْا سَبِیْلَهُمْ ؕ— اِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
५) अनि पवित्र महीनाहरू बितिसकेपछि, मुश्रिकहरूलाई जहाँसुकै फेला परे मारिहाल, उनीहरूलाई समात र उनीहरूलाई घेरामा लिइहाल र उनको लागि प्रत्येक घाटीमा बसिराख । तर यदि तिनीहरू प्रायश्चित गर्छन् र नमाज कायम गर्छन् र जकात दिन्छन् भने उनीहरूको बाटो छाडिदेऊ । निश्चय नै अल्लाह बडो क्षमाशील, दयावान् छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاِنْ اَحَدٌ مِّنَ الْمُشْرِكِیْنَ اسْتَجَارَكَ فَاَجِرْهُ حَتّٰی یَسْمَعَ كَلٰمَ اللّٰهِ ثُمَّ اَبْلِغْهُ مَاْمَنَهٗ ؕ— ذٰلِكَ بِاَنَّهُمْ قَوْمٌ لَّا یَعْلَمُوْنَ ۟۠
६) र यदि मुश्रिकहरूमध्ये कसैले तिमीसँग शरण माँग्दछ भने तिमी उसलाई शरण दिइहाल, ताकि उसले अल्लाहको बाणी सुनिहालोस् । त्यस पश्चात उसलाई उसको सुरक्षित स्थानमा पुर्याइदेऊ, किनभने उनीहरू त्यस्ता मानिसहरू हुन् जो अज्ञानी छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
كَیْفَ یَكُوْنُ لِلْمُشْرِكِیْنَ عَهْدٌ عِنْدَ اللّٰهِ وَعِنْدَ رَسُوْلِهٖۤ اِلَّا الَّذِیْنَ عٰهَدْتُّمْ عِنْدَ الْمَسْجِدِ الْحَرَامِ ۚ— فَمَا اسْتَقَامُوْا لَكُمْ فَاسْتَقِیْمُوْا لَهُمْ ؕ— اِنَّ اللّٰهَ یُحِبُّ الْمُتَّقِیْنَ ۟
७) मुश्रिकहरूको कुनै सन्धिको जिम्मेवारी अल्लाह र त्यसको रसूलमाथि कसरी बाँकी रहनसक्छ ? तर उनीहरूको कुरा यसबाट अलग्गै छ, जसले तिमीसित मस्जिदे हरामको (कअ्बाको) नजीकमा गरेका थिए, जबसम्म उनीहरू तिमीसित सन्धिको निर्वाह गर्दछन्, तिमी पनि उनीहरूसित निर्वाह गर । निश्चय नै अल्लाह सत्यनिष्ठहरूलाई प्रेम गर्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
كَیْفَ وَاِنْ یَّظْهَرُوْا عَلَیْكُمْ لَا یَرْقُبُوْا فِیْكُمْ اِلًّا وَّلَا ذِمَّةً ؕ— یُرْضُوْنَكُمْ بِاَفْوَاهِهِمْ وَتَاْبٰی قُلُوْبُهُمْ ۚ— وَاَكْثَرُهُمْ فٰسِقُوْنَ ۟ۚ
८) उनीहरूको वाचाको के विश्वास गर्न सकिन्छ ? यदि यिनीहरू तिमीमाथि प्रभावी हुन्छन् भने न त निकटताको मर्यादा गर्दछन् न सम्झौता र वचनको । आफ्नो मुखले त तिमीलाई खुशी पार्दछन् तर उनको हृदयले मान्दैनन्, उनीहरूमध्ये धेरैजसो अवज्ञाकारी (दुराचारी) छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِشْتَرَوْا بِاٰیٰتِ اللّٰهِ ثَمَنًا قَلِیْلًا فَصَدُّوْا عَنْ سَبِیْلِهٖ ؕ— اِنَّهُمْ سَآءَ مَا كَانُوْا یَعْمَلُوْنَ ۟
९) उनीहरूले अल्लाहका आयतहरूलाई थोरै मूल्यमा बेचिदिएका छन् र उसको मार्गबाट रोकदैछन् । ती साह्रै नराम्रा छन् जसले यो गरिराखेका छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَا یَرْقُبُوْنَ فِیْ مُؤْمِنٍ اِلًّا وَّلَا ذِمَّةً ؕ— وَاُولٰٓىِٕكَ هُمُ الْمُعْتَدُوْنَ ۟
१०) यिनीहरू त कुनै मोमिनको हकमा न त नाता रिश्तालाई विचार गर्दछन् र न कुनै वचनलाई । र यी सीमा नाघ्नेहरू नै हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاِنْ تَابُوْا وَاَقَامُوا الصَّلٰوةَ وَاٰتَوُا الزَّكٰوةَ فَاِخْوَانُكُمْ فِی الدِّیْنِ ؕ— وَنُفَصِّلُ الْاٰیٰتِ لِقَوْمٍ یَّعْلَمُوْنَ ۟
११) अहिले पनि यिनीहरूले प्रायश्चित गर्छन् र नियमित नमाज कायम गर्दछन् र जकात दिन्छन्, त तिम्रा धार्मिक दाजुभाइ हुन् । र हामी त जान्ने, बुझ्नेहरूको लागि आफ्ना आयत प्रष्टरूपमा बर्णन गरिराखेका छौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاِنْ نَّكَثُوْۤا اَیْمَانَهُمْ مِّنْ بَعْدِ عَهْدِهِمْ وَطَعَنُوْا فِیْ دِیْنِكُمْ فَقَاتِلُوْۤا اَىِٕمَّةَ الْكُفْرِ ۙ— اِنَّهُمْ لَاۤ اَیْمَانَ لَهُمْ لَعَلَّهُمْ یَنْتَهُوْنَ ۟
१२) र यदि यिनीहरू सन्धि–सम्झौता पश्चात पनि आफ्ना शपथहरू तोड्दछन् र तिम्रो धर्मको खिल्ली उडाउँछन् भने तिमी पनि यी (अधर्मका) नायकहरूसित युद्ध गर । उनीहरूको शपथ केही होइन, सम्भव छ कि यसप्रकार उनीहरूले पनि आफ्नो क्रियाकलापको परित्याग गरुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلَا تُقَاتِلُوْنَ قَوْمًا نَّكَثُوْۤا اَیْمَانَهُمْ وَهَمُّوْا بِاِخْرَاجِ الرَّسُوْلِ وَهُمْ بَدَءُوْكُمْ اَوَّلَ مَرَّةٍ ؕ— اَتَخْشَوْنَهُمْ ۚ— فَاللّٰهُ اَحَقُّ اَنْ تَخْشَوْهُ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟
१३) तिमीहरू उनीहरूसित युद्ध गर्न किन तयार हुँदैनौ, जसले आफ्ना शपथलाई तोडे र पैगम्बरलाई घरबाट निकाल्ने प्रयासमा छन् । र स्वयं नै पहिलोपटक उनीहरूले तिमीहरू विरुद्ध (युद्धको) पहल गरे । के तिमी उनीसित डर मान्छौ ? यदि तिमी र्इमानवाला हौ भने यसको धेरै हकदार अल्लाह छ कि तिमी ऊसित डराऊ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قَاتِلُوْهُمْ یُعَذِّبْهُمُ اللّٰهُ بِاَیْدِیْكُمْ وَیُخْزِهِمْ وَیَنْصُرْكُمْ عَلَیْهِمْ وَیَشْفِ صُدُوْرَ قَوْمٍ مُّؤْمِنِیْنَ ۟ۙ
१४) उनीहरूसित तिमी युद्ध गर । अल्लाहले तिम्रो हातबाट उनीहरूलाई यातना दिनेछ, र उनीहरूलाई निराश र अपमानित गर्नेछ । र उनीहरूको मुकाबिलामा उसले तिम्रो सहायता गर्नेछ, र ईमानवालारुको हृदयलाई शीतल गर्नेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَیُذْهِبْ غَیْظَ قُلُوْبِهِمْ ؕ— وَیَتُوْبُ اللّٰهُ عَلٰی مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟
१५) र उनीहरूका हृदयको दुःख र क्रोध हटाउनेछ र अल्लाह जसलाई चाहन्छ त्यसमाथि दयादृष्टि राख्दछ । र अल्लाह सर्वज्ञाता, तत्वदर्शी छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَمْ حَسِبْتُمْ اَنْ تُتْرَكُوْا وَلَمَّا یَعْلَمِ اللّٰهُ الَّذِیْنَ جٰهَدُوْا مِنْكُمْ وَلَمْ یَتَّخِذُوْا مِنْ دُوْنِ اللّٰهِ وَلَا رَسُوْلِهٖ وَلَا الْمُؤْمِنِیْنَ وَلِیْجَةً ؕ— وَاللّٰهُ خَبِیْرٌ بِمَا تَعْمَلُوْنَ ۟۠
१६) के तिमीले यो भन्नठान्दछौ कि तिमी छाडिदिइनेछौ ?, हुन त अल्लाहले अहिलेसम्म तिमीमध्ये तिनीहरूलाई प्रतिष्ठित बनाएको छैन, जो मुजाहिद (धर्मयुद्ध गर्ने व्यक्ति) छन् र जसले अल्लाह, उसको रसूल र मोमिन्हरू बाहेक कसैलाई घनिष्ट मित्र बनाएन । र अल्लाह तिम्रा ती सम्पूर्ण क्रियाकलापबारे जान्दछ जुन तिमी गरिरहेका छौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
مَا كَانَ لِلْمُشْرِكِیْنَ اَنْ یَّعْمُرُوْا مَسٰجِدَ اللّٰهِ شٰهِدِیْنَ عَلٰۤی اَنْفُسِهِمْ بِالْكُفْرِ ؕ— اُولٰٓىِٕكَ حَبِطَتْ اَعْمَالُهُمْ ۖۚ— وَفِی النَّارِ هُمْ خٰلِدُوْنَ ۟
१७) यो उचित छैन कि मुश्रिकहरू अल्लाहका मस्जिदहरूलाई आबाद गरुन् किनभने उनीहरू स्वयं आफ्नै बिरुद्ध कुफ्रको साक्षी भइराखेका छन्, उनीहरूका सबै कर्म बर्बाद र निरर्थक छन् । र उनीहरू स्थाई रूपमा नर्कबासी हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّمَا یَعْمُرُ مَسٰجِدَ اللّٰهِ مَنْ اٰمَنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ وَاَقَامَ الصَّلٰوةَ وَاٰتَی الزَّكٰوةَ وَلَمْ یَخْشَ اِلَّا اللّٰهَ ۫— فَعَسٰۤی اُولٰٓىِٕكَ اَنْ یَّكُوْنُوْا مِنَ الْمُهْتَدِیْنَ ۟
१८) अल्लाहका मस्जिदहरूको शान र आबादी त उनीहरूको भागमा परेको छ जो अल्लाह र अन्तिम दिनमाथि ईमान राख्दछन् नमाज कायम गर्दछन् र जकात दिन्छन् र अल्लाह बाहेक कसैसित डराउँदैनन् । अतः आशा छ यिनै मानिसहरू निश्चय नै सोझो मार्ग पाउनेवाला छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَجَعَلْتُمْ سِقَایَةَ الْحَآجِّ وَعِمَارَةَ الْمَسْجِدِ الْحَرَامِ كَمَنْ اٰمَنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ وَجٰهَدَ فِیْ سَبِیْلِ اللّٰهِ ؕ— لَا یَسْتَوٗنَ عِنْدَ اللّٰهِ ؕ— وَاللّٰهُ لَا یَهْدِی الْقَوْمَ الظّٰلِمِیْنَ ۟ۘ
१९) के तिमीले हाजीहरूलाई पानी खुवाउनु र मस्जिदे हरामको सेवा गर्नुलाई अल्लाह र अन्तिम दिनमाथि ईमान र अल्लाहको मार्गमा युद्ध गर्नेहरूका समान ठानेका छौ यो अल्लाहको नजिक एक समान छैनन् र अल्लाह अत्याचारीहरूलाई मार्गदर्शन गर्दैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلَّذِیْنَ اٰمَنُوْا وَهَاجَرُوْا وَجٰهَدُوْا فِیْ سَبِیْلِ اللّٰهِ بِاَمْوَالِهِمْ وَاَنْفُسِهِمْ ۙ— اَعْظَمُ دَرَجَةً عِنْدَ اللّٰهِ ؕ— وَاُولٰٓىِٕكَ هُمُ الْفَآىِٕزُوْنَ ۟
२०) जुन मानिसहरूले ईमान ल्याए, प्रवास गरे, र अल्लाहको मार्गमा आफ्नो माल र ज्यानले जिहाद गरे, अल्लाहकहाँ तिनीहरूको ओहदा धेरै ठूलो छ, ती नै सफलता प्राप्त गर्नेवाला हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یُبَشِّرُهُمْ رَبُّهُمْ بِرَحْمَةٍ مِّنْهُ وَرِضْوَانٍ وَّجَنّٰتٍ لَّهُمْ فِیْهَا نَعِیْمٌ مُّقِیْمٌ ۟ۙ
२१) उनीहरूलाई उनीहरूको पालनकर्ताले आफ्नो दयालुता, प्रसन्नता र स्वर्गको शुभसमाचार दिन्छ, जसमा उनीहरूका निम्ति स्थायी सुख सामग्री छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
خٰلِدِیْنَ فِیْهَاۤ اَبَدًا ؕ— اِنَّ اللّٰهَ عِنْدَهٗۤ اَجْرٌ عَظِیْمٌ ۟
२२) त्यहाँ तिनीहरू सधैं रहनेछन् । निःसन्देह अल्लाहको पासमा ठूलो पारितोषिक छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَتَّخِذُوْۤا اٰبَآءَكُمْ وَاِخْوَانَكُمْ اَوْلِیَآءَ اِنِ اسْتَحَبُّوا الْكُفْرَ عَلَی الْاِیْمَانِ ؕ— وَمَنْ یَّتَوَلَّهُمْ مِّنْكُمْ فَاُولٰٓىِٕكَ هُمُ الظّٰلِمُوْنَ ۟
२३) हे ईमानवालाहरू ! आफ्नो पिता र दाजुभाइहरूलाई मित्र नबनाऊ यदि उनीहरूले ईमानभन्दा कुफ्रलाई धेरै प्रिय ठान्दछन् । तिमीमध्ये जसले पनि उनीहरूलाई आफ्नो मित्र बनाउँछ, त्यस्तो मानिस पूरा अत्याचारी हुन्छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ اِنْ كَانَ اٰبَآؤُكُمْ وَاَبْنَآؤُكُمْ وَاِخْوَانُكُمْ وَاَزْوَاجُكُمْ وَعَشِیْرَتُكُمْ وَاَمْوَالُ ١قْتَرَفْتُمُوْهَا وَتِجَارَةٌ تَخْشَوْنَ كَسَادَهَا وَمَسٰكِنُ تَرْضَوْنَهَاۤ اَحَبَّ اِلَیْكُمْ مِّنَ اللّٰهِ وَرَسُوْلِهٖ وَجِهَادٍ فِیْ سَبِیْلِهٖ فَتَرَبَّصُوْا حَتّٰی یَاْتِیَ اللّٰهُ بِاَمْرِهٖ ؕ— وَاللّٰهُ لَا یَهْدِی الْقَوْمَ الْفٰسِقِیْنَ ۟۠
२४) तपाईंले भनिदिनुस्ः यदि तिम्रा पिता, तिम्रा छोराहरू, तिम्रा दाजुभाइहरू, तिम्रा पत्नीहरू र तिम्रा नातेदारहरू र सम्पत्ति, जुन तिमीले कमाएका छौ र कारोबार जसमा कमीबाट तिमीलाई भय हुन्छ र ती महलहरू, जसलाई तिमीले मन पराउँछौ, तिमीलाई अल्लाह र उसको रसूल र उसको मार्गमा जेहाद गर्नुबाट अधिक प्रिय छन् भने अल्लाहले सजाय ल्याउन्जेल प्रतीक्षा गर । अल्लाह अवज्ञाकारीहरूलाई मार्गदर्शन् गर्दैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَقَدْ نَصَرَكُمُ اللّٰهُ فِیْ مَوَاطِنَ كَثِیْرَةٍ ۙ— وَّیَوْمَ حُنَیْنٍ ۙ— اِذْ اَعْجَبَتْكُمْ كَثْرَتُكُمْ فَلَمْ تُغْنِ عَنْكُمْ شَیْـًٔا وَّضَاقَتْ عَلَیْكُمُ الْاَرْضُ بِمَا رَحُبَتْ ثُمَّ وَلَّیْتُمْ مُّدْبِرِیْنَ ۟ۚ
२५) निःसन्देह अल्लाहले तिमीलाई धेरै युद्धक्षेत्रहरूमा विजय प्रदान गरेको छ र ‘‘हुनैनको’’ युद्धको दिन पनि जबकि तिमीलाई आफ्नो ठूलो संख्यामा गौरव थियो, तर त्यो तिम्रो कुनै काम आएन बरु पृथ्वी आफ्नो विशालताको बावजूद तिम्रो निम्ति संकुचित भइहाल्यो । अनि तिमी पिठ्युँ फर्काइ भाग्यौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
ثُمَّ اَنْزَلَ اللّٰهُ سَكِیْنَتَهٗ عَلٰی رَسُوْلِهٖ وَعَلَی الْمُؤْمِنِیْنَ وَاَنْزَلَ جُنُوْدًا لَّمْ تَرَوْهَا ۚ— وَعَذَّبَ الَّذِیْنَ كَفَرُوْا ؕ— وَذٰلِكَ جَزَآءُ الْكٰفِرِیْنَ ۟
२६) अनि अल्लाहले आफ्नो रसूल र मोमिनहरूमाथि आफ्नो प्रशान्ति उतार्यो र यस्तो सेनाहरू पठायो जसलाई तिमीले देखिरहेका थिएनौ । र इन्कार गर्नेहरूलाई पूरा यातना दियो, र इन्कार गर्नेहरूको लागि यही बदला थियो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
ثُمَّ یَتُوْبُ اللّٰهُ مِنْ بَعْدِ ذٰلِكَ عَلٰی مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟
२७) अनि त्यस पश्चात पनि जसमाथि अल्लाह चाहन्छ आफ्नो दया गर्छ । र अल्लाह अत्यन्त क्षमाशील र दयावान छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِنَّمَا الْمُشْرِكُوْنَ نَجَسٌ فَلَا یَقْرَبُوا الْمَسْجِدَ الْحَرَامَ بَعْدَ عَامِهِمْ هٰذَا ۚ— وَاِنْ خِفْتُمْ عَیْلَةً فَسَوْفَ یُغْنِیْكُمُ اللّٰهُ مِنْ فَضْلِهٖۤ اِنْ شَآءَ ؕ— اِنَّ اللّٰهَ عَلِیْمٌ حَكِیْمٌ ۟
२८) हे ईमानवालाहरू ! निःसन्देह मुश्रिकहरू बिल्कुलै अपवित्र छन् । अतः यस वर्ष पश्चात उनीहरू मस्जिदे हरामको समीप पनि आउन नपाउँन् । र यदि तिमीलाई निर्धनताको भय छ भने चाहेको खण्डमा अल्लाहले तिमीलाई आफ्नो अनुग्रहले समृद्ध गरिदिनेछ । निश्चय नै अल्लाह सबै कुरा जान्नेवाला, अत्यन्त तत्वदर्शी छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قَاتِلُوا الَّذِیْنَ لَا یُؤْمِنُوْنَ بِاللّٰهِ وَلَا بِالْیَوْمِ الْاٰخِرِ وَلَا یُحَرِّمُوْنَ مَا حَرَّمَ اللّٰهُ وَرَسُوْلُهٗ وَلَا یَدِیْنُوْنَ دِیْنَ الْحَقِّ مِنَ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ حَتّٰی یُعْطُوا الْجِزْیَةَ عَنْ یَّدٍ وَّهُمْ صٰغِرُوْنَ ۟۠
२९) अहले किताबका मानिसहरूमध्ये उनीहरूसित युद्ध गर, जो अल्लाहमाथि र अन्तिम दिनमाथि आस्था राख्दैनन् । अनि अल्लाह र उसको रसूलले अवैध ठहराएका कुरालाई अवैध ठहराउँदैनन् र नत सत्य धर्मको अनुपालन गर्दछन्, जबसम्मकि पराजित भई तिनीहरूले जिजया (सुरक्षाकर) तिर्दैनन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَقَالَتِ الْیَهُوْدُ عُزَیْرُ ١بْنُ اللّٰهِ وَقَالَتِ النَّصٰرَی الْمَسِیْحُ ابْنُ اللّٰهِ ؕ— ذٰلِكَ قَوْلُهُمْ بِاَفْوَاهِهِمْ ۚ— یُضَاهِـُٔوْنَ قَوْلَ الَّذِیْنَ كَفَرُوْا مِنْ قَبْلُ ؕ— قَاتَلَهُمُ اللّٰهُ ۚ— اَنّٰی یُؤْفَكُوْنَ ۟
३०) यहुदी भन्दछन्ः उजैर अल्लाहको छोरा हुन् । र ईसाई भन्दछन्ः मसीह अल्लाहको छोरा हुन् । यो वचन उनीहरूको आफ्नै मुखको कुरा हो । यिनीहरूले ती मानिसहरूको कुरा गरिरहेका छन् जसले यसभन्दा अघि इन्कार गरिसकेका छन् । अल्लाहले यिनीहरूलाई खतम पार्नेछ ! अतः यिनीहरू कता भौतारिदैछन् ?
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِتَّخَذُوْۤا اَحْبَارَهُمْ وَرُهْبَانَهُمْ اَرْبَابًا مِّنْ دُوْنِ اللّٰهِ وَالْمَسِیْحَ ابْنَ مَرْیَمَ ۚ— وَمَاۤ اُمِرُوْۤا اِلَّا لِیَعْبُدُوْۤا اِلٰهًا وَّاحِدًا ۚ— لَاۤ اِلٰهَ اِلَّا هُوَ ؕ— سُبْحٰنَهٗ عَمَّا یُشْرِكُوْنَ ۟
३१) यिनीहरूले अल्लाहलाई छाडेर आफ्ना पादरी र सन्तहरू र मरियमको छोरा मसीहलाई आफ्नो पालनहार बनाए, जबकि यिनीहरूलाई मात्र एक एकलै अल्लाहकै उपासनाको आदेश दिइएको थियो, जस बाहेक कोही सत्य पूजनीय छैन । ऊ उनीहरूको साझेदार ठहराउने कार्यबाट पवित्र छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یُرِیْدُوْنَ اَنْ یُّطْفِـُٔوْا نُوْرَ اللّٰهِ بِاَفْوَاهِهِمْ وَیَاْبَی اللّٰهُ اِلَّاۤ اَنْ یُّتِمَّ نُوْرَهٗ وَلَوْ كَرِهَ الْكٰفِرُوْنَ ۟
३२) उनीहरू चाहन्छन् कि अल्लाहको प्रकाशलाई आफ्नो मुखले निभाइदिउन्, तर अल्लाह आफ्नो प्रकाशलाई पूर्ण नगरि छाड्नेछैन, चाहे इन्कार गर्नेहरूलाई जतिसुकै अप्रिय लागोस् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
هُوَ الَّذِیْۤ اَرْسَلَ رَسُوْلَهٗ بِالْهُدٰی وَدِیْنِ الْحَقِّ لِیُظْهِرَهٗ عَلَی الدِّیْنِ كُلِّهٖ ۙ— وَلَوْ كَرِهَ الْمُشْرِكُوْنَ ۟
३३) उसैले आफ्नो रसूललाई मार्गदर्शन र सत्य धर्मसहित पठाएको छ ताकि यसलाई अरु अन्य धर्महरूमाथि अधिपत्य प्रदान गरोस् । यद्यपि मुश्रिकहरूलाई नराम्रो लागोस् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِنَّ كَثِیْرًا مِّنَ الْاَحْبَارِ وَالرُّهْبَانِ لَیَاْكُلُوْنَ اَمْوَالَ النَّاسِ بِالْبَاطِلِ وَیَصُدُّوْنَ عَنْ سَبِیْلِ اللّٰهِ ؕ— وَالَّذِیْنَ یَكْنِزُوْنَ الذَّهَبَ وَالْفِضَّةَ وَلَا یُنْفِقُوْنَهَا فِیْ سَبِیْلِ اللّٰهِ ۙ— فَبَشِّرْهُمْ بِعَذَابٍ اَلِیْمٍ ۟ۙ
३४) हे ईमानवालाहरू ! निःसन्देह धेरै जसो धर्मज्ञाता र उपासकहरू यस्ता छन्, जसले मानिसहरूको माल अनुचित तरिकाले खान्छन्, र अल्लाहको मार्गबाट रोक्दछन्, र जसले सुन चाँदीका खजाना (एकत्र) गरिराख्दछन् । र अल्लाहको मार्गमा खर्च गर्दैनन्, त उनीहरूलाई कष्टदायक यातनाको समाचार पुर्याइदिनुस् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یَّوْمَ یُحْمٰی عَلَیْهَا فِیْ نَارِ جَهَنَّمَ فَتُكْوٰی بِهَا جِبَاهُهُمْ وَجُنُوْبُهُمْ وَظُهُوْرُهُمْ ؕ— هٰذَا مَا كَنَزْتُمْ لِاَنْفُسِكُمْ فَذُوْقُوْا مَا كُنْتُمْ تَكْنِزُوْنَ ۟
३५) जुन दिन त्यस सम्पत्तिलाई नर्कको आगोमा तताईन्छ अनि त्यसले उनीहरूका निधार र कोखा र पिठ्युहरू दागिन्छन् (र भनिनेछ) ‘‘यहि हो जुन तिमीले आफ्नो निम्ति खजाना बनाएर राखेका थियौ त आफनो खजानाहरूको स्वाद (मज्जा) चाख ।’’
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ عِدَّةَ الشُّهُوْرِ عِنْدَ اللّٰهِ اثْنَا عَشَرَ شَهْرًا فِیْ كِتٰبِ اللّٰهِ یَوْمَ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ مِنْهَاۤ اَرْبَعَةٌ حُرُمٌ ؕ— ذٰلِكَ الدِّیْنُ الْقَیِّمُ ۙ۬— فَلَا تَظْلِمُوْا فِیْهِنَّ اَنْفُسَكُمْ ۫— وَقَاتِلُوا الْمُشْرِكِیْنَ كَآفَّةً كَمَا یُقَاتِلُوْنَكُمْ كَآفَّةً ؕ— وَاعْلَمُوْۤا اَنَّ اللّٰهَ مَعَ الْمُتَّقِیْنَ ۟
३६) अल्लाह नजिक महिनाहरूको संख्या त्यस दिनदेखि जब उसले आकाशहरू र धर्तीको सृष्टि गर्यो बाह्र छन् । उनीहरूमध्ये चार आदर र सम्मानका हुन्, यही सोझो सटीक धर्म हो । अतः तिमी यी महिनाहरूमा आफूमाथि अत्याचार नगर र मुश्रिकहरूसित सबैमिलेर जिहाद गर, जुन प्रकारले उनीहरू सबै मिलेर तिमीसित लड्दछन् । र जानिराख कि अल्लाह आत्मसंयमीहरूको साथमा छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّمَا النَّسِیْٓءُ زِیَادَةٌ فِی الْكُفْرِ یُضَلُّ بِهِ الَّذِیْنَ كَفَرُوْا یُحِلُّوْنَهٗ عَامًا وَّیُحَرِّمُوْنَهٗ عَامًا لِّیُوَاطِـُٔوْا عِدَّةَ مَا حَرَّمَ اللّٰهُ فَیُحِلُّوْا مَا حَرَّمَ اللّٰهُ ؕ— زُیِّنَ لَهُمْ سُوْٓءُ اَعْمَالِهِمْ ؕ— وَاللّٰهُ لَا یَهْدِی الْقَوْمَ الْكٰفِرِیْنَ ۟۠
३७) महिनाहरूलाई अगाडि–पछाडि पार्नु कुफ्रमा एउटा बृद्धि हो, जसबाट तिनीहरू मार्गविचलनमा पर्छन् जुन् काफिर हुन् । कुनै वर्ष उनीहरूले त्यसलाई वैध ठहराउँछन् र कुनै वर्ष त्यसलाई अवैध ठहराउँदछन् ताकि अल्लाहका महिनाहरूको संख्या पूरा गरिहालुन्, र यसप्रकार अल्लाहले अवैध गरिएकोलाई वैध ठहराइहालुन् । उनीहरूलाई आफ्ना नराम्रा कर्म राम्रा लाग्दछन् र अल्लाह इन्कार गर्नेहरूलाई सोझो मार्ग देखाउँदैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا مَا لَكُمْ اِذَا قِیْلَ لَكُمُ انْفِرُوْا فِیْ سَبِیْلِ اللّٰهِ اثَّاقَلْتُمْ اِلَی الْاَرْضِ ؕ— اَرَضِیْتُمْ بِالْحَیٰوةِ الدُّنْیَا مِنَ الْاٰخِرَةِ ۚ— فَمَا مَتَاعُ الْحَیٰوةِ الدُّنْیَا فِی الْاٰخِرَةِ اِلَّا قَلِیْلٌ ۟
३८) हे ईमानवालाहरू ! तिमीलाई के भएको छ ? कि जब तिमीसित भनिन्छ अल्लाहको मार्गमा निस्क तब तिमी धर्तीमै टाँसिन खोज्छौ ? के तिमीले आखिरतको अपेक्षा सांसारिक जीवनलाई नै बढी रुचायौ ? सुन सांसारिक जीवनको सुख सामग्री त आखिरतको दाँजोमा नगन्य नै छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِلَّا تَنْفِرُوْا یُعَذِّبْكُمْ عَذَابًا اَلِیْمًا ۙ۬— وَّیَسْتَبْدِلْ قَوْمًا غَیْرَكُمْ وَلَا تَضُرُّوْهُ شَیْـًٔا ؕ— وَاللّٰهُ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
३९) यदि तिमीले प्रस्थान गरेनौ भने अल्लाहले तिमीलाई दुःखद यातना (कष्टदायक सजाय) दिनेछ र तिम्रो ठाउँमा अर्को समूहलाई ल्याउनेछ र तिमीले अल्लाहलाई कुनै नोक्सानी पुर्याउन सक्दैनौ । र अल्लाह हरेक कुरामाथि सामथ्र्यवान छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِلَّا تَنْصُرُوْهُ فَقَدْ نَصَرَهُ اللّٰهُ اِذْ اَخْرَجَهُ الَّذِیْنَ كَفَرُوْا ثَانِیَ اثْنَیْنِ اِذْ هُمَا فِی الْغَارِ اِذْ یَقُوْلُ لِصَاحِبِهٖ لَا تَحْزَنْ اِنَّ اللّٰهَ مَعَنَا ۚ— فَاَنْزَلَ اللّٰهُ سَكِیْنَتَهٗ عَلَیْهِ وَاَیَّدَهٗ بِجُنُوْدٍ لَّمْ تَرَوْهَا وَجَعَلَ كَلِمَةَ الَّذِیْنَ كَفَرُوا السُّفْلٰی ؕ— وَكَلِمَةُ اللّٰهِ هِیَ الْعُلْیَا ؕ— وَاللّٰهُ عَزِیْزٌ حَكِیْمٌ ۟
४०) यदि तिमीले उनको (नबी मुहम्मदको) सहायता गरेनौ त पनि अल्लाहले नै त्यसबेला पनि उनको सहायता गर्यो जबकि अनास्थावानहरूले उनलाई यस अवस्थामा (देशबाट) निकाले जबकि उनीमात्र दुईमध्येका दोस्रो थिए, र जबकि दुवै गुफामा थिए । जब उनी आफ्नो साथीसित भनिराखेका थिएः शोकाकुल नहोऊ, निःसन्देह अल्लाह हाम्रो साथमा छ । अनि अल्लाहले उहाँमाथि आफ्नो तर्फबाट प्रशान्ति उतार्यो र यस्ता सेनाहरूद्धारा उनको मद्दत गर्यो, जसलाई तिमीले देख्न सकेनौ र उसले काफिरहरूको कुरा तल पारिदियो र बोली त अल्लाहकै उच्च र प्रिय रहन्छ । र अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنْفِرُوْا خِفَافًا وَّثِقَالًا وَّجَاهِدُوْا بِاَمْوَالِكُمْ وَاَنْفُسِكُمْ فِیْ سَبِیْلِ اللّٰهِ ؕ— ذٰلِكُمْ خَیْرٌ لَّكُمْ اِنْ كُنْتُمْ تَعْلَمُوْنَ ۟
४१) हलुका र भारी दुवै अवस्थामा तिमीहरू निस्किहाल, र अल्लाहको मार्गमा आफ्नो माल, ज्यानको साथ जिहाद गर । यही नै तिम्रो निम्ति राम्रो छ, यदि तिमीमा ज्ञान छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَوْ كَانَ عَرَضًا قَرِیْبًا وَّسَفَرًا قَاصِدًا لَّاتَّبَعُوْكَ وَلٰكِنْ بَعُدَتْ عَلَیْهِمُ الشُّقَّةُ ؕ— وَسَیَحْلِفُوْنَ بِاللّٰهِ لَوِ اسْتَطَعْنَا لَخَرَجْنَا مَعَكُمْ ۚ— یُهْلِكُوْنَ اَنْفُسَهُمْ ۚ— وَاللّٰهُ یَعْلَمُ اِنَّهُمْ لَكٰذِبُوْنَ ۟۠
४२) यदि छिटै नै केही धन–सम्पत्ति प्राप्त हुने भए र यात्रा पनि सजिलो भएको भए, उनीहरू अवश्य नै तपाइँको पछि हिंडिहाल्थे, किन्तु मार्गको दूरी उनीहरूलाई कठिन र लामो लाग्यो । अब उनीहरू अल्लाहको शपथ खानेछन् कि, ‘‘यदि हामीमा यसको सामथ्र्य भएको भए अवश्य नै तपाइँको साथमा निस्कन्थ्यौं’’ । उनीहरूले स्वयं आफूलाई विनाशमा पारिराखेका छन् र अल्लाह राम्ररी जान्दछ कि निश्चय नै उनीहरू झूठा हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
عَفَا اللّٰهُ عَنْكَ ۚ— لِمَ اَذِنْتَ لَهُمْ حَتّٰی یَتَبَیَّنَ لَكَ الَّذِیْنَ صَدَقُوْا وَتَعْلَمَ الْكٰذِبِیْنَ ۟
४३) अल्लाह तिमीलाई माफ गरोस्, तिमीले उनीहरूलाई किन अनुमति दिइहाल्यौ, जबकि जो सच्चा छन्, उनीहरू तिम्रो अगाडि प्रकट भइहाल्थे र झूठालाई पनि तिमी जानिहाल्थ्यौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَا یَسْتَاْذِنُكَ الَّذِیْنَ یُؤْمِنُوْنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ اَنْ یُّجَاهِدُوْا بِاَمْوَالِهِمْ وَاَنْفُسِهِمْ ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِالْمُتَّقِیْنَ ۟
४४) अल्लाह र कियामतको दिनमाथि ईमान र विश्वास राख्नेहरूले त माल र ज्यानले जिहाद गर्नुबाट रुक्नको लागि तिमीसित कहिल्यै पनि अनुमति माँग्दैनन्, र अल्लाह आत्मसंयमीहरूलाई राम्ररी जान्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّمَا یَسْتَاْذِنُكَ الَّذِیْنَ لَا یُؤْمِنُوْنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ وَارْتَابَتْ قُلُوْبُهُمْ فَهُمْ فِیْ رَیْبِهِمْ یَتَرَدَّدُوْنَ ۟
४५) तिमीसित यो अनुमति त उनीहरूले नै माँग्दछन्, जसको न अल्लाहमाथि ईमान छ र न आखिरतको दिनमा विश्वास छ, जसको हृदयमा शंकाहरू परिसकेका छन् र उनीहरू आफ्नै शंकामा परेशान छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَوْ اَرَادُوا الْخُرُوْجَ لَاَعَدُّوْا لَهٗ عُدَّةً وَّلٰكِنْ كَرِهَ اللّٰهُ انْۢبِعَاثَهُمْ فَثَبَّطَهُمْ وَقِیْلَ اقْعُدُوْا مَعَ الْقٰعِدِیْنَ ۟
४६) यदि उनीहरूको विचार जिहादको निम्ति निस्कने भएको भए, उनीहरू यस यात्राको निम्ति सामग्री तयार गरेर राख्थे, तर अल्लाहले उनीहरूको उठ्ने कामलाई रुचाएन । तसर्थ उसले उनीहरूलाई सक्रिय हुनाबट रोकिदियो । उनीहरूसित भनियो तिमीहरू बस्नेहरूको साथमा नै बसिराख ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَوْ خَرَجُوْا فِیْكُمْ مَّا زَادُوْكُمْ اِلَّا خَبَالًا وَّلَاۡاَوْضَعُوْا خِلٰلَكُمْ یَبْغُوْنَكُمُ الْفِتْنَةَ ۚ— وَفِیْكُمْ سَمّٰعُوْنَ لَهُمْ ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِالظّٰلِمِیْنَ ۟
४७) यदि तिनीहरू तिम्रो साथमा निस्केको भएपनि तिम्रो निम्ति उत्पात बाहेक अरु कुनै कुराको वृद्धि गर्ने थिएनन् । बरु उनीहरूले तिम्रो माझमा निकै उपद्रव मचाउनको लागि दौडधूप गर्दथे । तिमीहरूमा फूट पार्ने प्रयास गर्ने थिए। उनीहरूलाई मान्नेहरू स्वयं तिमीमा विद्यमान छन् । र अल्लाह अत्यचारीहरूलाई राम्रोसँग जान्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَقَدِ ابْتَغَوُا الْفِتْنَةَ مِنْ قَبْلُ وَقَلَّبُوْا لَكَ الْاُمُوْرَ حَتّٰی جَآءَ الْحَقُّ وَظَهَرَ اَمْرُ اللّٰهِ وَهُمْ كٰرِهُوْنَ ۟
४८) यिनीहरू त यसभन्दा पहिला पनि उपद्रव मचाउँदै गरेका हुन् र तिम्रो विरुद्ध कार्य एवं कुराहरूलाई तलमाथि गरिराखेका थिए । यहाँसम्मकि हक (सच्चाई) आइपुग्यो र अल्लाहको आदेश प्रभावी भयो, यद्यपि उनीहरूलाई अप्रिय नै लागिराख्यो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمِنْهُمْ مَّنْ یَّقُوْلُ ائْذَنْ لِّیْ وَلَا تَفْتِنِّیْ ؕ— اَلَا فِی الْفِتْنَةِ سَقَطُوْا ؕ— وَاِنَّ جَهَنَّمَ لَمُحِیْطَةٌ بِالْكٰفِرِیْنَ ۟
४९) उनीहरूमध्ये कोही त भन्दछन्ः मलाई अनुमति दिनुस् र मलाई उपद्रवमा नअल्झाउनुस् । सावधान रहनु कि उनीहरू त (कपटको) विवादमा परिसकेका छन्, र निश्चय नै नर्कले पनि इन्कार गर्नेहरूलाई घेरिहाल्नेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنْ تُصِبْكَ حَسَنَةٌ تَسُؤْهُمْ ۚ— وَاِنْ تُصِبْكَ مُصِیْبَةٌ یَّقُوْلُوْا قَدْ اَخَذْنَاۤ اَمْرَنَا مِنْ قَبْلُ وَیَتَوَلَّوْا وَّهُمْ فَرِحُوْنَ ۟
५०) तपाईंलाई यदि राम्रो अवस्था आउँछ भने उनीहरूलाई नराम्रो लाग्छ र कुनै नराम्रो कुरा आइपुग्छ भने उनीहरू भन्छन्ः ‘‘हामीले त आफ्नो काम पहिले नै राम्रो पारिसकेका थियौं ।’’ र उनीहरू खुशी भएर फर्कन्छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ لَّنْ یُّصِیْبَنَاۤ اِلَّا مَا كَتَبَ اللّٰهُ لَنَا ۚ— هُوَ مَوْلٰىنَا ۚ— وَعَلَی اللّٰهِ فَلْیَتَوَكَّلِ الْمُؤْمِنُوْنَ ۟
५१) तपाई भनिदिनुस् हामीलाई अल्लाहले हाम्रो निम्ति लेखिदिए बाहेक अरु कुनै कुरा पुग्न सक्दैन । उही हाम्रो स्वामी र योजनाकार हो । र ईमानवालाहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ هَلْ تَرَبَّصُوْنَ بِنَاۤ اِلَّاۤ اِحْدَی الْحُسْنَیَیْنِ ؕ— وَنَحْنُ نَتَرَبَّصُ بِكُمْ اَنْ یُّصِیْبَكُمُ اللّٰهُ بِعَذَابٍ مِّنْ عِنْدِهٖۤ اَوْ بِاَیْدِیْنَا ۖؗۗ— فَتَرَبَّصُوْۤا اِنَّا مَعَكُمْ مُّتَرَبِّصُوْنَ ۟
५२) भनिदिनुस् तिमीहरू हाम्रो बारेमा जुन कुराको प्रतीक्षा गरिराखेका छौ, त्यो दुईटा भलाईहरूमध्ये एउटा हो र हामी तिम्रो हकमा प्रतीक्षा गर्दछौं कि या त अल्लाहले आफ्नो तर्फबाट कुनै यातना तिमीलाई देओस् वा हाम्रो हातबाट, तसर्थ एकातिर तिमी प्रतीक्षारत रह अर्कोतिर तिम्रो साथमा हामी पनि प्रतीक्षारत छौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ اَنْفِقُوْا طَوْعًا اَوْ كَرْهًا لَّنْ یُّتَقَبَّلَ مِنْكُمْ ؕ— اِنَّكُمْ كُنْتُمْ قَوْمًا فٰسِقِیْنَ ۟
५३) भनिदिनुस् तिमी चाहे स्वेच्छापूर्वक खर्च गर वा अनिच्छापूर्वक, तिमीबाट केही पनि स्वीकार गरिने छैन । निःसन्देह तिमी अवज्ञाकारी (दुराचारी) हौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَا مَنَعَهُمْ اَنْ تُقْبَلَ مِنْهُمْ نَفَقٰتُهُمْ اِلَّاۤ اَنَّهُمْ كَفَرُوْا بِاللّٰهِ وَبِرَسُوْلِهٖ وَلَا یَاْتُوْنَ الصَّلٰوةَ اِلَّا وَهُمْ كُسَالٰی وَلَا یُنْفِقُوْنَ اِلَّا وَهُمْ كٰرِهُوْنَ ۟
५४) उनीहरूको खर्च स्वीकार्य हुनुमा यसबाहेक अरु कुनै कुरा बाधक छैन, कि उनीहरू अल्लाह र उसको रसूलको अवज्ञाकारी हुन् । र नमाजमा धेरै अल्छी भएर आउँछन् र खर्च गर्नुपर्दा पनि अनिच्छापूर्वक गर्दछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَلَا تُعْجِبْكَ اَمْوَالُهُمْ وَلَاۤ اَوْلَادُهُمْ ؕ— اِنَّمَا یُرِیْدُ اللّٰهُ لِیُعَذِّبَهُمْ بِهَا فِی الْحَیٰوةِ الدُّنْیَا وَتَزْهَقَ اَنْفُسُهُمْ وَهُمْ كٰفِرُوْنَ ۟
५५) अतः उनीहरूको माल र सन्तान तपाईंलाई आश्चर्यमा नपारुन् । अल्लाहको इच्छा यही छ कि उसले उनीहरूलाई सांसारिक जीवनमा नै यातना देओस् र उनीहरूका प्राण कुफ्रकै अवस्थामा निस्कुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَیَحْلِفُوْنَ بِاللّٰهِ اِنَّهُمْ لَمِنْكُمْ ؕ— وَمَا هُمْ مِّنْكُمْ وَلٰكِنَّهُمْ قَوْمٌ یَّفْرَقُوْنَ ۟
५६) यिनीहरू अल्लाहको शपथ खाई–खाई भन्दछन् कि यिनीहरू तिम्रो समूहका मानिस हुन् । जबकि यिनीहरू वास्तवमा तिम्रा होइनन्, कुरो मात्र यति छ कि यिनीहरू डरछेरुवाहरू हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَوْ یَجِدُوْنَ مَلْجَاً اَوْ مَغٰرٰتٍ اَوْ مُدَّخَلًا لَّوَلَّوْا اِلَیْهِ وَهُمْ یَجْمَحُوْنَ ۟
५७) यदि उनीहरूले कुनै शरण लिने ठाउँ वा कुनै गुफा वा कुनै टाउको लुकाउने ठाउँ, पाउँछन् भने त अवश्य नै त्यतातिर लगाम तोडी छिटोफर्कि भाग्नेछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمِنْهُمْ مَّنْ یَّلْمِزُكَ فِی الصَّدَقٰتِ ۚ— فَاِنْ اُعْطُوْا مِنْهَا رَضُوْا وَاِنْ لَّمْ یُعْطَوْا مِنْهَاۤ اِذَا هُمْ یَسْخَطُوْنَ ۟
५८) उनीहरूमा केही त्यस्ता पनि छन् जसले खैरातको मालको वितरण सम्बन्धमा तपाईंमाथि लान्छना लगाउँछन्, यदि उनीहरूलाई यसबाट दिइयो भने खुशी हुन्छन् र यदि त्यसबाट दिइएन भने तुरुन्त क्रोधित हुन थाल्छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَوْ اَنَّهُمْ رَضُوْا مَاۤ اٰتٰىهُمُ اللّٰهُ وَرَسُوْلُهٗ ۙ— وَقَالُوْا حَسْبُنَا اللّٰهُ سَیُؤْتِیْنَا اللّٰهُ مِنْ فَضْلِهٖ وَرَسُوْلُهٗۤ ۙ— اِنَّاۤ اِلَی اللّٰهِ رٰغِبُوْنَ ۟۠
५९) यदि यिनीहरू अल्लाह र रसूलले दिएको कुरामा खुशी रहन्थे र भन्थे कि अल्लाह हाम्रो निम्ति पर्याप्त छ, अल्लाहले हामीलाई आफ्नो अनुग्रहले दिनेछ र उसको रसूल पनि, हामी त अल्लाहबाटै आशा गर्नेवाला छौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّمَا الصَّدَقٰتُ لِلْفُقَرَآءِ وَالْمَسٰكِیْنِ وَالْعٰمِلِیْنَ عَلَیْهَا وَالْمُؤَلَّفَةِ قُلُوْبُهُمْ وَفِی الرِّقَابِ وَالْغٰرِمِیْنَ وَفِیْ سَبِیْلِ اللّٰهِ وَابْنِ السَّبِیْلِ ؕ— فَرِیْضَةً مِّنَ اللّٰهِ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟
६०) सद्का (विशेष किसिमको दान) मात्र गरिब, र निमुखाहरूको निम्ति हुन्, र जो यस कामका लागि नियुक्त गरिएका हुन् र उनीहरूको लागि जसका हृदयलाई आकृष्ट गर्नु र रिझाउन अभिष्ट हुन्छ र दासहरूलाई मुक्त गराउनुमा र ऋणिहरूको ऋण तिर्नलाई र अल्लाहको बाटोमा र यात्रीहरूको सहायताको निम्ति । यो अल्लाहको तर्फबाट पठाइएको अनिवार्य आदेश हो । अल्लाह सबैकुरा जान्नेवाला, अत्यन्त तत्वदर्शी छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمِنْهُمُ الَّذِیْنَ یُؤْذُوْنَ النَّبِیَّ وَیَقُوْلُوْنَ هُوَ اُذُنٌ ؕ— قُلْ اُذُنُ خَیْرٍ لَّكُمْ یُؤْمِنُ بِاللّٰهِ وَیُؤْمِنُ لِلْمُؤْمِنِیْنَ وَرَحْمَةٌ لِّلَّذِیْنَ اٰمَنُوْا مِنْكُمْ ؕ— وَالَّذِیْنَ یُؤْذُوْنَ رَسُوْلَ اللّٰهِ لَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
६१) र उनीहरूमध्ये यस्ता पनि छन्, जो नबीलाई दुःख दिन्छन्, र भन्दछन्ः (त्यो त) कानको कमजोर छ । तपार्इ भनिदिनुस्ः ‘‘त्यो कान तिम्रो भलोको निम्ति हो । उसले अल्लाहमाथि ईमान राख्दछ र मुसलमानहरूको कुरामा विश्वास गर्दछ । र तिमीमध्ये जो ईमानवाला छन्, यो उनीहरूको निम्ति रहमत (पुरस्कार) हो, रसूलुल्लाहलाई जसले यातना दिन्छन्, उनीहरूको निम्ति दुःखद यातना छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یَحْلِفُوْنَ بِاللّٰهِ لَكُمْ لِیُرْضُوْكُمْ ۚ— وَاللّٰهُ وَرَسُوْلُهٗۤ اَحَقُّ اَنْ یُّرْضُوْهُ اِنْ كَانُوْا مُؤْمِنِیْنَ ۟
६२) उनीहरूले तिमीलाई खुशी पार्नको निम्ति मात्र तिम्रो अगाडि अल्लाहको शपथ खान्छन् । जबकि यदि यिनी ईमानदार भएको भए अल्लाह र उसको रसूललाई खुशी पार्न धेरै हकदार हुन्थे ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلَمْ یَعْلَمُوْۤا اَنَّهٗ مَنْ یُّحَادِدِ اللّٰهَ وَرَسُوْلَهٗ فَاَنَّ لَهٗ نَارَ جَهَنَّمَ خَالِدًا فِیْهَا ؕ— ذٰلِكَ الْخِزْیُ الْعَظِیْمُ ۟
६३) के यिनीहरू जान्दैनन् कि जो पनि अल्लाह र उसको रसूलको विरोध गर्नेछ, उसको निम्ति निश्चय नै नर्कको आगो छ जसमा तिनी सँधैं रहनेवाला छन् । यो ठूलो अपमानजनक कुरा हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یَحْذَرُ الْمُنٰفِقُوْنَ اَنْ تُنَزَّلَ عَلَیْهِمْ سُوْرَةٌ تُنَبِّئُهُمْ بِمَا فِیْ قُلُوْبِهِمْ ؕ— قُلِ اسْتَهْزِءُوْا ۚ— اِنَّ اللّٰهَ مُخْرِجٌ مَّا تَحْذَرُوْنَ ۟
६४) मुनाफिकहरू (कपटी)लाई सधैं यस कुराको भय रहन्छ कि मुसलमानहरूमाथि यस्तो सूराः अवतरित नहोस् जसले उनीहरूको हृदयका कुरा यिनीहरूलाई बताइदेओस् । भनिदिनुस् तिमी खिल्ली उडाइराख, निःसन्देह महान अल्लाह त्यसलाई प्रकट गर्नेवाला छ, जुन कुराको तिमीलाई भय छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَىِٕنْ سَاَلْتَهُمْ لَیَقُوْلُنَّ اِنَّمَا كُنَّا نَخُوْضُ وَنَلْعَبُ ؕ— قُلْ اَبِاللّٰهِ وَاٰیٰتِهٖ وَرَسُوْلِهٖ كُنْتُمْ تَسْتَهْزِءُوْنَ ۟
६५) यदि तपाईंले उनीहरूसंग सोध्नुहुन्छ भने स्पष्ट भन्नेछन् कि हामी त यस्तै आपसमा हाँसोठट्टा(खेल) गरिराखेका थियौं । भन्नुस्ः ‘‘के अल्लाह, उसका आयतहरू र उसको रसूल नै तिम्रो लागि हाँसोखेलका पात्र हुन् ?
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَا تَعْتَذِرُوْا قَدْ كَفَرْتُمْ بَعْدَ اِیْمَانِكُمْ ؕ— اِنْ نَّعْفُ عَنْ طَآىِٕفَةٍ مِّنْكُمْ نُعَذِّبْ طَآىِٕفَةًۢ بِاَنَّهُمْ كَانُوْا مُجْرِمِیْنَ ۟۠
६६) तिमी बहाना नबनाऊ, निश्चय नै तिमीले ईमान ल्याएपछि काफिर भएका हौ । यदि हामीले तिमीमध्ये केहीलाई क्षमा पनि गरिहालें भने केहीलाई उनको कसूरको लागि यातना दिएर नै छाड्ने छौं किनभने उनीहरू अपराधी हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلْمُنٰفِقُوْنَ وَالْمُنٰفِقٰتُ بَعْضُهُمْ مِّنْ بَعْضٍ ۘ— یَاْمُرُوْنَ بِالْمُنْكَرِ وَیَنْهَوْنَ عَنِ الْمَعْرُوْفِ وَیَقْبِضُوْنَ اَیْدِیَهُمْ ؕ— نَسُوا اللّٰهَ فَنَسِیَهُمْ ؕ— اِنَّ الْمُنٰفِقِیْنَ هُمُ الْفٰسِقُوْنَ ۟
६७) सबै कप्टी पुरुष र स्त्री आपसमा एक समान छन् । यिनीहरूले नराम्रो कामगर्न लगाउँछन् र राम्रो कुराबाट रोक्छन् र कन्जूसी गर्दछन् । उनीहरूले अल्लाहलाई बिर्सिहालेछन् त अल्लाहले पनि उनीहरूलाई बिर्सिदियो । निश्चय नै मुनाफिक, अवज्ञाकारी र चरित्रहीन छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَعَدَ اللّٰهُ الْمُنٰفِقِیْنَ وَالْمُنٰفِقٰتِ وَالْكُفَّارَ نَارَ جَهَنَّمَ خٰلِدِیْنَ فِیْهَا ؕ— هِیَ حَسْبُهُمْ ۚ— وَلَعَنَهُمُ اللّٰهُ ۚ— وَلَهُمْ عَذَابٌ مُّقِیْمٌ ۟ۙ
६८) महान अल्लाहले यी मुनाफिक पुरुष, स्त्री र काफिरहरूसित नर्कको आगोको वाचा गरिसकेको छ । जहाँ यिनीहरू सधैं रहनेछन्, त्यही नै यिनीहरूको निम्ति पर्याप्त छ । उनीहरूमाथि अल्लाहको धिक्कार छ । र यिनीहरूकै निम्ति स्थायी यातना (सजाय) छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
كَالَّذِیْنَ مِنْ قَبْلِكُمْ كَانُوْۤا اَشَدَّ مِنْكُمْ قُوَّةً وَّاَكْثَرَ اَمْوَالًا وَّاَوْلَادًا ؕ— فَاسْتَمْتَعُوْا بِخَلَاقِهِمْ فَاسْتَمْتَعْتُمْ بِخَلَاقِكُمْ كَمَا اسْتَمْتَعَ الَّذِیْنَ مِنْ قَبْلِكُمْ بِخَلَاقِهِمْ وَخُضْتُمْ كَالَّذِیْ خَاضُوْا ؕ— اُولٰٓىِٕكَ حَبِطَتْ اَعْمَالُهُمْ فِی الدُّنْیَا وَالْاٰخِرَةِ ۚ— وَاُولٰٓىِٕكَ هُمُ الْخٰسِرُوْنَ ۟
६९) उनीहरू जस्तै, जो तिमीभन्दा पहिला थिए, उनीहरू शक्तिमा तिमीभन्दा निकै शक्तिशाली र धनसम्पति र सन्तानहरूमा धेरै सम्पन्न थिए । अनि उनीहरूले आफ्नो भागको आनन्द लिन चाहे र तिमी पनि आफ्नो भागको स्वाद लिन चाहेको जुन प्रकारले तिमीभन्दा पहिलाका मानिसहरूले आफ्नो भागबाट लाभान्वित भएका थिए र जुन प्रकारले उनीहरू वादविवादमा परेका थिए, तिमी पनि उस्तै हाँसख्यालको वादविवादमा परिहाल्यौ । यी तिनै हुन् जसका कर्महरू दुनियाँ र आखिरतमा व्यर्थ भए, र तिनै घाटामा पर्नेवाला हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلَمْ یَاْتِهِمْ نَبَاُ الَّذِیْنَ مِنْ قَبْلِهِمْ قَوْمِ نُوْحٍ وَّعَادٍ وَّثَمُوْدَ ۙ۬— وَقَوْمِ اِبْرٰهِیْمَ وَاَصْحٰبِ مَدْیَنَ وَالْمُؤْتَفِكٰتِ ؕ— اَتَتْهُمْ رُسُلُهُمْ بِالْبَیِّنٰتِ ۚ— فَمَا كَانَ اللّٰهُ لِیَظْلِمَهُمْ وَلٰكِنْ كَانُوْۤا اَنْفُسَهُمْ یَظْلِمُوْنَ ۟
७०) के उनीहरूलाई ती मानिसहरूको बृत्तान्त पुगेन, जो उनीभन्दा पहिला गुज्रिसकेका छन्— नूह, आद र समूदका कौमहरू, र इब्राहीमको कौमका र मदियनवालाको र ती उल्टो बस्तीहरूका बासिन्दाको उनका रसूलहरू उनीहरूको पासमा खुल्ला निशानीहरू लिएर आएका थिए, अनि अल्लाह यस्तो थिएन कि उनीहरूमाथि अत्याचार गरोस् परन्तु उनीहरू स्वयंले आफूमाथि अत्याचार गरिराखेका थिए ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَالْمُؤْمِنُوْنَ وَالْمُؤْمِنٰتُ بَعْضُهُمْ اَوْلِیَآءُ بَعْضٍ ۘ— یَاْمُرُوْنَ بِالْمَعْرُوْفِ وَیَنْهَوْنَ عَنِ الْمُنْكَرِ وَیُقِیْمُوْنَ الصَّلٰوةَ وَیُؤْتُوْنَ الزَّكٰوةَ وَیُطِیْعُوْنَ اللّٰهَ وَرَسُوْلَهٗ ؕ— اُولٰٓىِٕكَ سَیَرْحَمُهُمُ اللّٰهُ ؕ— اِنَّ اللّٰهَ عَزِیْزٌ حَكِیْمٌ ۟
७१) मोमिन पुरुष, स्त्रीहरू परस्पर एकअर्काका सहायक र मित्र हुन् उनीहरूले राम्रो कुरा गर्न भन्दछन् र नराम्रो कुराबाट रोक्दछन् । नियमित नमाज पढदछन्, जकात दिन्छन्, अल्लाह र उसको रसूलको आज्ञापालन गर्दछन् । यी तिनै मानिस हुन्, जसमाथि शीघ्र नै अल्लाहले दया गर्नेछ । निःसन्देह अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَعَدَ اللّٰهُ الْمُؤْمِنِیْنَ وَالْمُؤْمِنٰتِ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا وَمَسٰكِنَ طَیِّبَةً فِیْ جَنّٰتِ عَدْنٍ ؕ— وَرِضْوَانٌ مِّنَ اللّٰهِ اَكْبَرُ ؕ— ذٰلِكَ هُوَ الْفَوْزُ الْعَظِیْمُ ۟۠
७२) अल्लाहले यी मोमिन् (आस्थावान) पुरुषहरू र मोमिन् स्त्रीहरूसित स्वर्गको वचन दिएको छ जसमुनि नहरहरू बगिराखेका हुनेछन्, जसमा उनीहरू सधैं बास गर्नेछन् र पवित्र निवास गृहहरूको पनि (वादा) छ, जुन समाप्त नहुनेवाला (सधैं रही रहनेवाला) जन्नतमा छन् र अल्लाहको प्रसन्नता सबभन्दा ठूलो कुरा हो, यही नै सबभन्दा ठूलो सफलता हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَیُّهَا النَّبِیُّ جَاهِدِ الْكُفَّارَ وَالْمُنٰفِقِیْنَ وَاغْلُظْ عَلَیْهِمْ ؕ— وَمَاْوٰىهُمْ جَهَنَّمُ ؕ— وَبِئْسَ الْمَصِیْرُ ۟
७३) हे नबी ! इन्कार गर्ने (काफिर) र मुनाफिकहरू (कपटीहरू) सित धर्म युद्ध निरंतर (जारी) राख । र उनीहरूसित कडाईकासाथ व्यवहार गर । अन्ततः उनीहरूको ठेगाना नर्क हो र त्यो साह्रै नराम्रो ठाउँ हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یَحْلِفُوْنَ بِاللّٰهِ مَا قَالُوْا ؕ— وَلَقَدْ قَالُوْا كَلِمَةَ الْكُفْرِ وَكَفَرُوْا بَعْدَ اِسْلَامِهِمْ وَهَمُّوْا بِمَا لَمْ یَنَالُوْا ۚ— وَمَا نَقَمُوْۤا اِلَّاۤ اَنْ اَغْنٰىهُمُ اللّٰهُ وَرَسُوْلُهٗ مِنْ فَضْلِهٖ ۚ— فَاِنْ یَّتُوْبُوْا یَكُ خَیْرًا لَّهُمْ ۚ— وَاِنْ یَّتَوَلَّوْا یُعَذِّبْهُمُ اللّٰهُ عَذَابًا اَلِیْمًا فِی الدُّنْیَا وَالْاٰخِرَةِ ۚ— وَمَا لَهُمْ فِی الْاَرْضِ مِنْ وَّلِیٍّ وَّلَا نَصِیْرٍ ۟
७४) उनीहरू अल्लाहको शपथ खाएर भन्दछन् कि उनीहरूले भनेनन्, जबकि उनीहरूले अवश्य नै कुफ्रको कुरा गरेका छन् । र आफूले इस्लाम स्वीकार गरेपश्चात इन्कार (कुफ्र) गरे, र उनीहरूले त्यस कामको इच्छा पनि गरे, जुन पूरा गर्न सकेनन् । र उनीहरूको प्रतिशोधको कारण त यो हो कि अल्लाह आफ्नो कृपाले र उसको रसूलले उनीहरूलाई समृद्ध गरिहाले । यदि उनीहरू अहिले पनि प्रायश्चित गरे भने उनीहरूकै लागि राम्रो हुनेछ र यदि उनीहरू विमुख भए भने अल्लाहले उनीहरूलाई दुनियाँ र आखिरतमा दुःखद यातना दिनेछ र धर्तीमा उनीहरूको न कोही मित्र हुनेछ र न त सहायक ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمِنْهُمْ مَّنْ عٰهَدَ اللّٰهَ لَىِٕنْ اٰتٰىنَا مِنْ فَضْلِهٖ لَنَصَّدَّقَنَّ وَلَنَكُوْنَنَّ مِنَ الصّٰلِحِیْنَ ۟
७५) उनीहरूमध्ये केही यस्ता व्यक्तिहरू पनि छन् जसले अल्लाहसंग वचन दिएका थिए कि यदि उसले हामीलाई आफ्नो कृपाले (धन) दियो भने हामी अवश्य नै दान गर्नेछौं र पक्कापक्की सदाचारीमध्येका हुनेछौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَلَمَّاۤ اٰتٰىهُمْ مِّنْ فَضْلِهٖ بَخِلُوْا بِهٖ وَتَوَلَّوْا وَّهُمْ مُّعْرِضُوْنَ ۟
७६) तर जब अल्लाहले उनीहरूलाई आफ्नो अनुग्रहले दियो त उनीहरूले त्यसमा कन्जूस्याई गर्नथाले र आलटाल गरी विमुख भइहाले ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاَعْقَبَهُمْ نِفَاقًا فِیْ قُلُوْبِهِمْ اِلٰی یَوْمِ یَلْقَوْنَهٗ بِمَاۤ اَخْلَفُوا اللّٰهَ مَا وَعَدُوْهُ وَبِمَا كَانُوْا یَكْذِبُوْنَ ۟
७७) अनि त्यसको सजायमा अल्लाहले उनीहरूका हृदयमा त्यस दिनसम्मको लागि कप्टाचार हालिदियो, जबकि उनीहरू ऊसित भेट्नेछन् किनभने उनीहरूले अल्लाहसित जुन प्रतिज्ञा गरेका थिए, त्यसलाई भङ्ग गरिदिए र यसकारण पनि कि उनीहरू झूठ बोल्दै रहे ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلَمْ یَعْلَمُوْۤا اَنَّ اللّٰهَ یَعْلَمُ سِرَّهُمْ وَنَجْوٰىهُمْ وَاَنَّ اللّٰهَ عَلَّامُ الْغُیُوْبِ ۟ۚ
७८) के उनीहरूलाई थाहा छैन कि अल्लाह उनीहरूको मनको रहस्य र उनीहरूको कानेखुसीलाई राम्ररी जान्दछ र यो कि अल्लाह अदृश्यका सम्पूर्ण कुराहरू राम्ररी जान्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلَّذِیْنَ یَلْمِزُوْنَ الْمُطَّوِّعِیْنَ مِنَ الْمُؤْمِنِیْنَ فِی الصَّدَقٰتِ وَالَّذِیْنَ لَا یَجِدُوْنَ اِلَّا جُهْدَهُمْ فَیَسْخَرُوْنَ مِنْهُمْ ؕ— سَخِرَ اللّٰهُ مِنْهُمْ ؗ— وَلَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
७९) जुन मानिसहरूले उदारतापूर्वक दान गर्ने मोमिनहरूमाथि उनीहरूको दानको विषयमा कटाक्ष गर्दछन् र उनीहरूको उपहास गर्दछन् जसको पासमा उनीहरूको परिश्रम बाहेक अरु केही छैन, त तिनीहरूको उपहास अल्लाहले गर्दछ र उनीहरूको निम्ति दुःखद यातना छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِسْتَغْفِرْ لَهُمْ اَوْ لَا تَسْتَغْفِرْ لَهُمْ ؕ— اِنْ تَسْتَغْفِرْ لَهُمْ سَبْعِیْنَ مَرَّةً فَلَنْ یَّغْفِرَ اللّٰهُ لَهُمْ ؕ— ذٰلِكَ بِاَنَّهُمْ كَفَرُوْا بِاللّٰهِ وَرَسُوْلِهٖ ؕ— وَاللّٰهُ لَا یَهْدِی الْقَوْمَ الْفٰسِقِیْنَ ۟۠
८०) तिमी उनीहरूको निम्ति क्षमाको प्रार्थना गर वा नगर । यदि तिमी उनीहरूको निम्ति सत्तरी पटक पनि क्षमाको प्रार्थना गर्छौं भने, अल्लाहले उनीहरूलाई क्षमा गर्नेछैन, किनभने उनीहरू अल्लाह र उसको रसूलसँग कुफ्र गरे र अल्लाह दुराचारीहरूलाई सोझो मार्ग देखाउँदैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَرِحَ الْمُخَلَّفُوْنَ بِمَقْعَدِهِمْ خِلٰفَ رَسُوْلِ اللّٰهِ وَكَرِهُوْۤا اَنْ یُّجَاهِدُوْا بِاَمْوَالِهِمْ وَاَنْفُسِهِمْ فِیْ سَبِیْلِ اللّٰهِ وَقَالُوْا لَا تَنْفِرُوْا فِی الْحَرِّ ؕ— قُلْ نَارُ جَهَنَّمَ اَشَدُّ حَرًّا ؕ— لَوْ كَانُوْا یَفْقَهُوْنَ ۟
८१) पछि परेकाहरू रसूलुल्लाह (सल्लल्लाहो अलैहे वसल्लम) गइसकेपश्चात आफू बसिराख्नुमा खुशी छन् । उनीहरूले अल्लाहको मार्गमा आफ्ना माल र आफ्नो ज्यानहरूसित जिहाद गर्न रुचाएनन् र उनीहरूले भने कि यस गर्मीमा ननिस्क । भनिदिनुस् कि नर्कको आगो साह्रै नै गरम छ । यिनीहरूले यो कुरा बुझेको भए कति राम्रो हुने थियो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَلْیَضْحَكُوْا قَلِیْلًا وَّلْیَبْكُوْا كَثِیْرًا ۚ— جَزَآءً بِمَا كَانُوْا یَكْسِبُوْنَ ۟
८२) तसर्थ यिनीहरूलार्इ चाहिये कि आफ्ना क्रियाकलापहरूको प्रतिफलको सन्दर्भमा जो यिनीहरूले गर्दथे कम हाँसुन् र धेरै रोउन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاِنْ رَّجَعَكَ اللّٰهُ اِلٰی طَآىِٕفَةٍ مِّنْهُمْ فَاسْتَاْذَنُوْكَ لِلْخُرُوْجِ فَقُلْ لَّنْ تَخْرُجُوْا مَعِیَ اَبَدًا وَّلَنْ تُقَاتِلُوْا مَعِیَ عَدُوًّا ؕ— اِنَّكُمْ رَضِیْتُمْ بِالْقُعُوْدِ اَوَّلَ مَرَّةٍ فَاقْعُدُوْا مَعَ الْخٰلِفِیْنَ ۟
८३) अब यदि अल्लाहले तपाईलाई उनीहरूको कुनै समूहतिर फर्काएर ल्याएपछि यदि भविष्यमा तिनीहरूले तपाईंसित युद्ध मैदानमा निस्कन अनुमति चाहन्छन् भने त भनिदिनुस्ः ‘‘तिमीहरू मेरो साथमा कहिल्यै पनि निस्कन सक्दैनौ र न त मेरो साथमा कुनै शत्रुसँग लड्न सक्छौ । तिमीले पहिलोपटक नै बसिराख्न रुचायौ, तसर्थ अब पछि रहनेहरूकै साथमा बसिराख ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَا تُصَلِّ عَلٰۤی اَحَدٍ مِّنْهُمْ مَّاتَ اَبَدًا وَّلَا تَقُمْ عَلٰی قَبْرِهٖ ؕ— اِنَّهُمْ كَفَرُوْا بِاللّٰهِ وَرَسُوْلِهٖ وَمَاتُوْا وَهُمْ فٰسِقُوْنَ ۟
८४) यिनीहरूमध्ये कोही मर्छ भने तपाईंले उसको जनाजाको नमाज कहिल्यै नपढ्नु र न उसको चिहान छेउ उभिनु । यिनीहरू अल्लाह र उसका रसूलको अवज्ञा गर्दैरहे, र मर्ने बेलासम्म पनि उल्लङ्घनकारी र तिरस्कृत नै रहे ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَا تُعْجِبْكَ اَمْوَالُهُمْ وَاَوْلَادُهُمْ ؕ— اِنَّمَا یُرِیْدُ اللّٰهُ اَنْ یُّعَذِّبَهُمْ بِهَا فِی الدُّنْیَا وَتَزْهَقَ اَنْفُسُهُمْ وَهُمْ كٰفِرُوْنَ ۟
८५) तपाईंलाई तिनीहरूका धन–सम्पत्ति र सन्तान आकृष्ट नगरुन् । अल्लाह त यही नै चाहन्छ कि ती कुराहरूद्वारा उनीहरूलाई संसारमा सजाय देओस् र यिनीहरू आफ्नो प्राण ननिस्कुनजेलसम्म काफिर नै रहुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاِذَاۤ اُنْزِلَتْ سُوْرَةٌ اَنْ اٰمِنُوْا بِاللّٰهِ وَجَاهِدُوْا مَعَ رَسُوْلِهِ اسْتَاْذَنَكَ اُولُوا الطَّوْلِ مِنْهُمْ وَقَالُوْا ذَرْنَا نَكُنْ مَّعَ الْقٰعِدِیْنَ ۟
८६) जब कुनै सूरह उतारिन्छ कि, ‘‘अल्लाहमाथि आस्था राख र उसका रसूलको साथ मिलेर जिहाद (धर्मयुद्ध) गर’’। त यिनीमध्ये सम्पन्नहरूको एउटा समूह तपाईंको पासमा आएर विदा माँग्दछन् र भन्छन् कि ‘‘हामीलाई त बसिराख्नेहरूसित नै छोडिदिनुस्’’।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
رَضُوْا بِاَنْ یَّكُوْنُوْا مَعَ الْخَوَالِفِ وَطُبِعَ عَلٰی قُلُوْبِهِمْ فَهُمْ لَا یَفْقَهُوْنَ ۟
८७) उनीहरूले त पर्दाभित्र बस्ने स्त्रीहरूकै साथदिने कुरामा प्रसन्न भइहाले, र उनीहरूको हृदयमा छाप लगाइहालियो । अब उनीहरू केही बुझ्दैनन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لٰكِنِ الرَّسُوْلُ وَالَّذِیْنَ اٰمَنُوْا مَعَهٗ جٰهَدُوْا بِاَمْوَالِهِمْ وَاَنْفُسِهِمْ ؕ— وَاُولٰٓىِٕكَ لَهُمُ الْخَیْرٰتُ ؗ— وَاُولٰٓىِٕكَ هُمُ الْمُفْلِحُوْنَ ۟
८८) तर स्वयं रसूल (सन्देष्टा) र उनको साथमा ईमानवालाहरूले आफ्नो माल र ज्यानसित जिहाद गर्दछन् । यी व्यक्तिहरू नै भलाईवाला हुन् र यी मानिसहरू नै सफलता प्राप्त गर्नेवाला हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَعَدَّ اللّٰهُ لَهُمْ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا ؕ— ذٰلِكَ الْفَوْزُ الْعَظِیْمُ ۟۠
८९) यिनीहरूकै निम्ति अल्लाहले ती स्वर्गहरू तयार गरेको छ, जसमुनि नहरहरू बगिराखेका छन् जसमा यिनीहरू सधैं रहनेछन् । यही ठूलो सफलता हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَجَآءَ الْمُعَذِّرُوْنَ مِنَ الْاَعْرَابِ لِیُؤْذَنَ لَهُمْ وَقَعَدَ الَّذِیْنَ كَذَبُوا اللّٰهَ وَرَسُوْلَهٗ ؕ— سَیُصِیْبُ الَّذِیْنَ كَفَرُوْا مِنْهُمْ عَذَابٌ اَلِیْمٌ ۟
९०) बहाना बनाउने केही अज्ञान पनि आए ताकि उनीहरूलाई विदा दिइयोस् र जो अल्लाह र उसको रसूलसँग झूठा कुरा गरे, उनीहरू पनि बसिराखे । उनीहरूमध्ये जसले इन्कार गरे तिनीहरूलाई शिघ्र नै एउटा दुःखद यातना पुगेर नै छाड्नेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَیْسَ عَلَی الضُّعَفَآءِ وَلَا عَلَی الْمَرْضٰی وَلَا عَلَی الَّذِیْنَ لَا یَجِدُوْنَ مَا یُنْفِقُوْنَ حَرَجٌ اِذَا نَصَحُوْا لِلّٰهِ وَرَسُوْلِهٖ ؕ— مَا عَلَی الْمُحْسِنِیْنَ مِنْ سَبِیْلٍ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟ۙ
९१) कम्जोर र रोगीहरूमाथि र उनीहरूमाथि जसको पासमा खर्च गर्नको निम्ति केही पनि छैन, कुनै दोष छैन, यस शर्तका साथ कि उनीहरू अल्लाह र उसका रसूलप्रति निष्ठावान् छन् । यस्ता असल काम गर्नेहरूमाथि दोषको कुनै गुन्जाइस छैन । अल्लाह त बडो क्षमाशील, अत्यन्त दयावान छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَّلَا عَلَی الَّذِیْنَ اِذَا مَاۤ اَتَوْكَ لِتَحْمِلَهُمْ قُلْتَ لَاۤ اَجِدُ مَاۤ اَحْمِلُكُمْ عَلَیْهِ ۪— تَوَلَّوْا وَّاَعْیُنُهُمْ تَفِیْضُ مِنَ الدَّمْعِ حَزَنًا اَلَّا یَجِدُوْا مَا یُنْفِقُوْنَ ۟ؕ
९२) र न त उनीहरूमाथि कुनै दोष लाग्छ जो तपाईंको पासमा आउँछन् कि तपाईंले उनीहरूको निम्ति सवारीको प्रबन्ध गरिदिनुस् अनि तपाईंले जवाफ दिनुहुन्छ कि म तिमीहरूको सवारीको निम्ति केही पनि पाउन्न, त उनीहरू दुःखद अवस्थामा आँखाबाट आँसु बगाउँदै फर्कन्छन् कि उनीहरूसित खर्च गर्नको निम्ति केही पनि उपलब्ध छैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّمَا السَّبِیْلُ عَلَی الَّذِیْنَ یَسْتَاْذِنُوْنَكَ وَهُمْ اَغْنِیَآءُ ۚ— رَضُوْا بِاَنْ یَّكُوْنُوْا مَعَ الْخَوَالِفِ ۙ— وَطَبَعَ اللّٰهُ عَلٰی قُلُوْبِهِمْ فَهُمْ لَا یَعْلَمُوْنَ ۟
९३) निःसन्देह दोष त मात्रै उनीहरूमाथि छ जो सम्पन्न (धनवान) हुँदा–हुँदै पनि तपाईंसित विदा माँग्दछन् । यिनीहरू त पर्दाभित्र घरमा बसिराख्ने स्त्रीहरूको साथदिनुमा खुशी छन् र उनीहरूको हृदयमा अल्लाहले छाप (मुहर) लगाईसकेको छ, जसबाट तिनीहरू अज्ञान भइसकेका छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یَعْتَذِرُوْنَ اِلَیْكُمْ اِذَا رَجَعْتُمْ اِلَیْهِمْ ؕ— قُلْ لَّا تَعْتَذِرُوْا لَنْ نُّؤْمِنَ لَكُمْ قَدْ نَبَّاَنَا اللّٰهُ مِنْ اَخْبَارِكُمْ ؕ— وَسَیَرَی اللّٰهُ عَمَلَكُمْ وَرَسُوْلُهٗ ثُمَّ تُرَدُّوْنَ اِلٰی عٰلِمِ الْغَیْبِ وَالشَّهَادَةِ فَیُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟
९४) जब तिमी फर्केर उनीहरूको पासमा पुग्छौ त उनीहरूले तिमी समक्ष बहाना बनाउने छन् । तपाईं भनिदिनुस्ः यो बहाना नबनाऊः हामीले तिमीलाई कहिल्यै साँचो ठान्ने छैनौं । अल्लाहले हामीलाई तिम्रो बृतान्त भनिसकेको छ, । र पछि पनि अल्लाह र उसको रसूलले तिम्रा क्रियाकलाप देख्नेछन्, अनि यस्ताको पासमा फर्काइनेछौ जो दृश्य अदृश्य सबैको ज्ञाता छ । अनि ऊ तिमीलाई बताइदिनेछ जे–जति क्रियाकलाप तिमीले गर्दैआएका छौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
سَیَحْلِفُوْنَ بِاللّٰهِ لَكُمْ اِذَا انْقَلَبْتُمْ اِلَیْهِمْ لِتُعْرِضُوْا عَنْهُمْ ؕ— فَاَعْرِضُوْا عَنْهُمْ ؕ— اِنَّهُمْ رِجْسٌ ؗ— وَّمَاْوٰىهُمْ جَهَنَّمُ ۚ— جَزَآءً بِمَا كَانُوْا یَكْسِبُوْنَ ۟
९५) यिनीहरू अब तपाईं अगाडि किरिया (कसम) खानेछन् जब तपाईं उनको पासमा फर्केर जानुहुन्छ ताकि तपाईंले उनीहरूलाई उनको अवस्थामा छाडिदिनुस् । तसर्थ तपाईंले उनीहरूलाई उनको हालतमा छाडिदिनुस् किनभने उनीहरू पूर्णरूपले फोहरी छन्, उनको बासस्थान नर्क हो त्यस क्रियाकलापको साटो जुन तिनीहरूले गर्दथे ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یَحْلِفُوْنَ لَكُمْ لِتَرْضَوْا عَنْهُمْ ۚ— فَاِنْ تَرْضَوْا عَنْهُمْ فَاِنَّ اللّٰهَ لَا یَرْضٰی عَنِ الْقَوْمِ الْفٰسِقِیْنَ ۟
९६) यिनीहरू यस कारण शपथ खानेछन्, कि तपाईं उनिहरूसंग खुशी भइहाल्नुस् । यदि तपाईं उनीसँग खुशी भए पनि अल्लाह कदापि यस्ता ‘‘फासिक’’ अवज्ञाकारी मान्छेहरूसँग खुशी हुँदैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلْاَعْرَابُ اَشَدُّ كُفْرًا وَّنِفَاقًا وَّاَجْدَرُ اَلَّا یَعْلَمُوْا حُدُوْدَ مَاۤ اَنْزَلَ اللّٰهُ عَلٰی رَسُوْلِهٖ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟
९७) गाउँलेहरू (अरबका बद्दुहरू) साह्रै ठूला काफिर र पाखण्डी छन् र तिनीहरूको लागि यही नै मुनासिब छ कि जुन आदेशहरू अल्लाहले आफ्नो रसूललाई पठाउनु भएको छ, त्यसबाट तिनीहरू अनभिज्ञ रहुन् र अल्लाह सर्वज्ञाता र बुद्धिमत्ता सम्पन्न छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمِنَ الْاَعْرَابِ مَنْ یَّتَّخِذُ مَا یُنْفِقُ مَغْرَمًا وَّیَتَرَبَّصُ بِكُمُ الدَّوَآىِٕرَ ؕ— عَلَیْهِمْ دَآىِٕرَةُ السَّوْءِ ؕ— وَاللّٰهُ سَمِیْعٌ عَلِیْمٌ ۟
९८) र केही गाउँले (देहाती-ग्रामीण) यस्ता छन् कि जे जति खर्च गर्दछन् त्यसलाई जरिमाना ठान्दछन् र तिम्रो निम्ति विपत्तिको प्रतिक्षामा रहन्छन् । तिनीहरूमाथि नै ठूलो आपत्ति आओस् र अल्लाह सबै कुरा सुन्ने (र) जान्नेवाला छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمِنَ الْاَعْرَابِ مَنْ یُّؤْمِنُ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ وَیَتَّخِذُ مَا یُنْفِقُ قُرُبٰتٍ عِنْدَ اللّٰهِ وَصَلَوٰتِ الرَّسُوْلِ ؕ— اَلَاۤ اِنَّهَا قُرْبَةٌ لَّهُمْ ؕ— سَیُدْخِلُهُمُ اللّٰهُ فِیْ رَحْمَتِهٖ ؕ— اِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟۠
९९) र केही देहातीहरू यस्ता पनि छन् जो कि अल्लाह र आखिरतको दिनमाथि आस्था राख्दछन् र जे जति खर्च गर्दछन्, त्यसलाई अल्लाहको सामीप्य र पैगम्बरको आशिर्वाद प्राप्त गर्ने माध्यम बनाउँछन् । हेर, अवश्य नै त्यो, तिनीहरूको लागि त्यसको समीप्यता प्राप्तिको माध्यम हो । अल्लाहले तिनीहरूलाई शीघ्र नै आफ्नो दयाको पात्र बनाउने छ । अल्लाह बडो क्षमादाता र असीम कृपालु छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَالسّٰبِقُوْنَ الْاَوَّلُوْنَ مِنَ الْمُهٰجِرِیْنَ وَالْاَنْصَارِ وَالَّذِیْنَ اتَّبَعُوْهُمْ بِاِحْسَانٍ ۙ— رَّضِیَ اللّٰهُ عَنْهُمْ وَرَضُوْا عَنْهُ وَاَعَدَّ لَهُمْ جَنّٰتٍ تَجْرِیْ تَحْتَهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَاۤ اَبَدًا ؕ— ذٰلِكَ الْفَوْزُ الْعَظِیْمُ ۟
१००) र जो मुहाजिरहरू तथा अन्सारहरू (आप्रवासी तथा स्थानीय सहयोगी मानिस) सत्मार्गमा अग्रसरता देखाएका छन् र जसले साथमा रही तिनीहरूको अनुशरण गरे, अल्लाह तिनीहरूसित खुशी छ र तिनीहरू पनि अल्लाहसित प्रसन्न छन् तिनीहरूको निम्ति अल्लाहले यस्ता बगैंचाहरू तयार गरेको छ जसमुनि नहरहरू बगिरहने छन् (तिनीहरू) सधैं त्यसमा बास गर्नेछन् । यही ठूलो सफलता हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمِمَّنْ حَوْلَكُمْ مِّنَ الْاَعْرَابِ مُنٰفِقُوْنَ ۛؕ— وَمِنْ اَهْلِ الْمَدِیْنَةِ ؔۛ۫— مَرَدُوْا عَلَی النِّفَاقِ ۫— لَا تَعْلَمُهُمْ ؕ— نَحْنُ نَعْلَمُهُمْ ؕ— سَنُعَذِّبُهُمْ مَّرَّتَیْنِ ثُمَّ یُرَدُّوْنَ اِلٰی عَذَابٍ عَظِیْمٍ ۟ۚ
१०१) र केही तिम्रा छरछिमेकका र केही मदीनाका बासिन्दाहरूमा पनि पाखण्डी बहुमुखीहरू छन् । तपाईंले तिनीहरूलाई जान्नुहुँदैन, हामी तिनीहरूलाई जान्दछौं, हामी तिनीहरूलाई दोब्बर सजाय दिनेछौं, अनि तिनीहरू झन् ठूलो सजायतिर लगिने छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاٰخَرُوْنَ اعْتَرَفُوْا بِذُنُوْبِهِمْ خَلَطُوْا عَمَلًا صَالِحًا وَّاٰخَرَ سَیِّئًا ؕ— عَسَی اللّٰهُ اَنْ یَّتُوْبَ عَلَیْهِمْ ؕ— اِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
१०२) र केही अरु मानिसहरू छन् जसले कि आफ्ना त्रुटिहरू स्पष्टरूपले स्वीकार गर्दछन्, जसले असल र खराब दुवै किसिमका काम गरेका थिए । आशा छ कि अल्लाहले तिनीहरूको पश्चाताप स्वीकार गर्नेछ । निःसन्देह अल्लाह ठूलो क्षमादाता, बडो दयावान् छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
خُذْ مِنْ اَمْوَالِهِمْ صَدَقَةً تُطَهِّرُهُمْ وَتُزَكِّیْهِمْ بِهَا وَصَلِّ عَلَیْهِمْ ؕ— اِنَّ صَلٰوتَكَ سَكَنٌ لَّهُمْ ؕ— وَاللّٰهُ سَمِیْعٌ عَلِیْمٌ ۟
१०३) तपाईं तिनीहरूको सम्पत्तिबाट सदका (दान) लिनुस् जसबाट तिनीहरूलाई तपाईंले शुद्ध र पवित्र गरिदिनुस् र तिनीहरूको लागि प्रार्थना गर्नुस्, निःसन्देह तपाईंको प्रार्थना तिनीहरूको सन्तुष्टिको श्रोत हो र अल्लाह धेरै सुन्नेवाला र जान्नेवाला छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلَمْ یَعْلَمُوْۤا اَنَّ اللّٰهَ هُوَ یَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهٖ وَیَاْخُذُ الصَّدَقٰتِ وَاَنَّ اللّٰهَ هُوَ التَّوَّابُ الرَّحِیْمُ ۟
१०४) के यिनीहरूलाई यो थाहा छैन कि अल्लाहले नै आफ्ना भक्तहरूबाट प्रायश्चित स्वीकार गर्दछ र उसैले दानहरू स्वीकार गर्दछ, र निःसन्देह अल्लाह नै प्रायश्चित स्वीकार गर्नेवाला र परम दयालु छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَقُلِ اعْمَلُوْا فَسَیَرَی اللّٰهُ عَمَلَكُمْ وَرَسُوْلُهٗ وَالْمُؤْمِنُوْنَ ؕ— وَسَتُرَدُّوْنَ اِلٰی عٰلِمِ الْغَیْبِ وَالشَّهَادَةِ فَیُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟ۚ
१०५) भनिदिनुस् कि तिमी सत्कर्म गर्दै जाऊ, अल्लाह र उसका रसूल र मोमिनहरू सबैले तिम्रा क्रियाकलाप हेर्नेछन् । र तिमी दृश्य–अदृश्यको ज्ञातातर्फ अवश्य फर्काइनेछौ । अनि तिमी जे जति गर्दै आएका छौ, त्यो सबै तिमीलाई बताउने छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاٰخَرُوْنَ مُرْجَوْنَ لِاَمْرِ اللّٰهِ اِمَّا یُعَذِّبُهُمْ وَاِمَّا یَتُوْبُ عَلَیْهِمْ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟
१०६) र केही यस्ता छन् जसको मुद्दा अल्लाहको आदेश आउञ्जेलसम्म मुल्तवी छ, (उसले) चाहे तिनीहरूलाई सजाय देओस्, वा उनको प्रयाश्चित स्वीकार गरोस् र अल्लाह सर्वज्ञाता र तत्वदर्शी छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَالَّذِیْنَ اتَّخَذُوْا مَسْجِدًا ضِرَارًا وَّكُفْرًا وَّتَفْرِیْقًا بَیْنَ الْمُؤْمِنِیْنَ وَاِرْصَادًا لِّمَنْ حَارَبَ اللّٰهَ وَرَسُوْلَهٗ مِنْ قَبْلُ ؕ— وَلَیَحْلِفُنَّ اِنْ اَرَدْنَاۤ اِلَّا الْحُسْنٰی ؕ— وَاللّٰهُ یَشْهَدُ اِنَّهُمْ لَكٰذِبُوْنَ ۟
१०७) र तिनीहरूमध्ये केही यस्ता पनि छन् जसले कि यस उद्देश्यले मस्जिदको निर्माण गरे ताकि हानि पुर्याऊन् र कुफ्रको कुरा गरुन्, र मोमिनहरूमा कलह सृजना गरुन् र तिनीहरूको लागि साधन जुटाऊन् जसले अघि अल्लाह र उसका रसूलको विरोध गरिसकेछन् र कसम खान्छन् कि हाम्रो उद्देश्य त मात्र भलो गर्नु बाहेक केही होइन, तर अल्लाह साक्षी छ कि तिनीहरू झूठा छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَا تَقُمْ فِیْهِ اَبَدًا ؕ— لَمَسْجِدٌ اُسِّسَ عَلَی التَّقْوٰی مِنْ اَوَّلِ یَوْمٍ اَحَقُّ اَنْ تَقُوْمَ فِیْهِ ؕ— فِیْهِ رِجَالٌ یُّحِبُّوْنَ اَنْ یَّتَطَهَّرُوْا ؕ— وَاللّٰهُ یُحِبُّ الْمُطَّهِّرِیْنَ ۟
१०८) तपाईं त्यस (मस्जिद)मा कहिले पनि न उभिनु । त्यस बाहेक जुन मस्जिदको जग नै प्रारम्भदेखि अल्लाहको भक्तिमा आधारित छ, त्यो यस योग्य छ कि तपाईं त्यसमा गएर उभिनुस् । यसमा यस्ता मानिसहरू छन् जसले कि पवित्र रहन रुचाउँछन् ! र अल्लाहले पनि पवित्र रहनेहरूलाई रुचाउँछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَفَمَنْ اَسَّسَ بُنْیَانَهٗ عَلٰی تَقْوٰی مِنَ اللّٰهِ وَرِضْوَانٍ خَیْرٌ اَمْ مَّنْ اَسَّسَ بُنْیَانَهٗ عَلٰی شَفَا جُرُفٍ هَارٍ فَانْهَارَ بِهٖ فِیْ نَارِ جَهَنَّمَ ؕ— وَاللّٰهُ لَا یَهْدِی الْقَوْمَ الظّٰلِمِیْنَ ۟
१०९) के त्यो व्यक्ति जसले आफ्नो भवनको जग अल्लाहको भय र उसको प्रसन्नतामा राखेको छ, ऊ राम्रो छ वा त्यो व्यक्ति राम्रो छ, जसले आफ्नो भवनको जग भत्कन लागेको भीरको छेउमा हाल्यो, जुन उसलाई लिएर नर्कको आगोमा ढलिहाल्छ र अल्लाहले यस्ता अपराधीहरूलाई मार्गदर्शन गर्दैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَا یَزَالُ بُنْیَانُهُمُ الَّذِیْ بَنَوْا رِیْبَةً فِیْ قُلُوْبِهِمْ اِلَّاۤ اَنْ تَقَطَّعَ قُلُوْبُهُمْ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟۠
११०) उनीहरूको यो भवन जुन तिनीहरूले निर्माण गरेका छन्, सधैं तिनीहरूको हृदयमा (काँडा बनेर) शंका र छटपटि उब्जाइराख्ने छ, जबसम्म तिनीहरूका मुटु छिया–छिया हुँदैनन् र अल्लाह सर्वज्ञ, तत्वदर्शी छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ اللّٰهَ اشْتَرٰی مِنَ الْمُؤْمِنِیْنَ اَنْفُسَهُمْ وَاَمْوَالَهُمْ بِاَنَّ لَهُمُ الْجَنَّةَ ؕ— یُقَاتِلُوْنَ فِیْ سَبِیْلِ اللّٰهِ فَیَقْتُلُوْنَ وَیُقْتَلُوْنَ ۫— وَعْدًا عَلَیْهِ حَقًّا فِی التَّوْرٰىةِ وَالْاِنْجِیْلِ وَالْقُرْاٰنِ ؕ— وَمَنْ اَوْفٰی بِعَهْدِهٖ مِنَ اللّٰهِ فَاسْتَبْشِرُوْا بِبَیْعِكُمُ الَّذِیْ بَایَعْتُمْ بِهٖ ؕ— وَذٰلِكَ هُوَ الْفَوْزُ الْعَظِیْمُ ۟
१११) निःसन्देह अल्लाहले मोमिनहरूबाट तिनीहरूको प्राण र माल तिनीहरूका लागि स्वर्गको सट्टामा किनिसकेको छ । यिनीहरू अल्लाहको मार्गमा युद्ध गर्दछन्, जसमा मार्दछन् र मारिन्छन् पनि । यो तौरात, इंजील र कुरआनमा भएको सत्य वचन हो, र अल्लाहभन्दा बढी आफ्नो वचन पूरा गर्नेवाला को हो ? तसर्थ जुन सौदा तिमीले उससँग गरेका छौ त्यसबाट प्रसन्न रह, र यही नै ठूलो सफलता हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلتَّآىِٕبُوْنَ الْعٰبِدُوْنَ الْحٰمِدُوْنَ السَّآىِٕحُوْنَ الرّٰكِعُوْنَ السّٰجِدُوْنَ الْاٰمِرُوْنَ بِالْمَعْرُوْفِ وَالنَّاهُوْنَ عَنِ الْمُنْكَرِ وَالْحٰفِظُوْنَ لِحُدُوْدِ اللّٰهِ ؕ— وَبَشِّرِ الْمُؤْمِنِیْنَ ۟
११२) प्रायश्चित गर्नेहरू, उपासना गर्नेहरू, (अल्लाहको) प्रशंसा गर्नेहरू, उपवास बस्नेहरू, (अथवा सत्मार्गमा यात्रा गर्नेहरू) रुकूअ् गर्नेहरू, ढोगनेहरू सत्कर्मको उपदेश दिनेहरू र दुष्कर्मबाट रोक्नेहरू, अल्लाहका सीमाहरूको (अल्लाहले निर्धारित गरेको सीमाको) रक्षा गर्नेहरू (मोमिन हुन्), र हे मुहम्मद मोमिनहरूलाई स्वर्गको शुभसन्देश सुनाइदिनुस् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
مَا كَانَ لِلنَّبِیِّ وَالَّذِیْنَ اٰمَنُوْۤا اَنْ یَّسْتَغْفِرُوْا لِلْمُشْرِكِیْنَ وَلَوْ كَانُوْۤا اُولِیْ قُرْبٰی مِنْ بَعْدِ مَا تَبَیَّنَ لَهُمْ اَنَّهُمْ اَصْحٰبُ الْجَحِیْمِ ۟
११३) सन्देष्टा र अन्य मुसलमानलाई उचित छैन कि मुश्रिकहरूको लागि क्षमा याचना गरुन्, जबकि यो प्रकट भइसकेको छ कि तिनीहरू नारकिय हुन् चाहे तिनीहरू नजिकका नातेदार नै किन नहोऊन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَا كَانَ اسْتِغْفَارُ اِبْرٰهِیْمَ لِاَبِیْهِ اِلَّا عَنْ مَّوْعِدَةٍ وَّعَدَهَاۤ اِیَّاهُ ۚ— فَلَمَّا تَبَیَّنَ لَهٗۤ اَنَّهٗ عَدُوٌّ لِّلّٰهِ تَبَرَّاَ مِنْهُ ؕ— اِنَّ اِبْرٰهِیْمَ لَاَوَّاهٌ حَلِیْمٌ ۟
११४) र इब्राहीमले आफ्नो पिताको निम्ति क्षमायाचना गरेको कुरा त एउटा वाचाको कारणले थियो, जुन उनले ऊसँग गरिसकेका थिए, तर जब उनलाई थाहा भयो कि ऊ अल्लाहको शत्रु हो । त त्यसबाट अलग भइहाले । यसमा कुनै सन्देह छैन कि इब्राहीम(अलैहिस्सलाम) धेरै कोमल हृदयका र सहनशील थिए ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَا كَانَ اللّٰهُ لِیُضِلَّ قَوْمًا بَعْدَ اِذْ هَدٰىهُمْ حَتّٰی یُبَیِّنَ لَهُمْ مَّا یَتَّقُوْنَ ؕ— اِنَّ اللّٰهَ بِكُلِّ شَیْءٍ عَلِیْمٌ ۟
११५) र अल्लाह यस्तो गर्दैन कि कुनै कौमलाई मार्गदर्शन गरेपछि, मार्ग विचलित गरोस् जबसम्म तिनीहरूलाई त्यो कुरा न भनिहालोस् जसबाट कि उनीहरू पंछिनु पर्छ । निःसन्देह अल्लाह सबै कुराको ज्ञाता छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ اللّٰهَ لَهٗ مُلْكُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— یُحْیٖ وَیُمِیْتُ ؕ— وَمَا لَكُمْ مِّنْ دُوْنِ اللّٰهِ مِنْ وَّلِیٍّ وَّلَا نَصِیْرٍ ۟
११६) निःसंदेह अल्लाह नै हो जसलाई आकाशहरू र पृथ्वीमाथि अधिपत्य प्राप्त छ । उसैले जिन्दगी प्रदान गर्दछ र मृत्यु दिन्छ, अल्लाह बाहेक तिम्रो अरु कोही मित्र र सहायता दिनेवाला छैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَقَدْ تَّابَ اللّٰهُ عَلَی النَّبِیِّ وَالْمُهٰجِرِیْنَ وَالْاَنْصَارِ الَّذِیْنَ اتَّبَعُوْهُ فِیْ سَاعَةِ الْعُسْرَةِ مِنْ بَعْدِ مَا كَادَ یَزِیْغُ قُلُوْبُ فَرِیْقٍ مِّنْهُمْ ثُمَّ تَابَ عَلَیْهِمْ ؕ— اِنَّهٗ بِهِمْ رَءُوْفٌ رَّحِیْمٌ ۟ۙ
११७) अल्लाहले पैगम्बरमाथि कृपा गरेको छ, र मुहाजिर तथा अन्सारहरूमाथि पनि, जसले संकटको अवस्थामा उहाँको साथ दिए यसको बावजूद कि तिनीहरूमध्ये केहीका हृदयहरू झण्डै विमुख हुने अवस्थामा थिए, फेरि अल्लाहले तिनीहरूमाथि दया गर्यो । निःसन्देह ऊ तिनीहरूलाई धेरै माया गर्नेवाला र दयावान छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَّعَلَی الثَّلٰثَةِ الَّذِیْنَ خُلِّفُوْا ؕ— حَتّٰۤی اِذَا ضَاقَتْ عَلَیْهِمُ الْاَرْضُ بِمَا رَحُبَتْ وَضَاقَتْ عَلَیْهِمْ اَنْفُسُهُمْ وَظَنُّوْۤا اَنْ لَّا مَلْجَاَ مِنَ اللّٰهِ اِلَّاۤ اِلَیْهِ ؕ— ثُمَّ تَابَ عَلَیْهِمْ لِیَتُوْبُوْا ؕ— اِنَّ اللّٰهَ هُوَ التَّوَّابُ الرَّحِیْمُ ۟۠
११८) र ती तीन जनाको अवस्थामाथि पनि ध्यान दियो जसको कुरा (निर्णय) मुल्तवी (स्थगित) गरिएको थियो, यहाँसम्म कि पृथ्वी आफ्नो विस्तारको बावजूद तिनीहरूको निम्ति साँगुरो भइहाल्यो र तिनीहरूका आत्मा पनि व्याकुल भइहाले र तिनीहरूलाई थाहा भयो कि अल्लाहबाट बच्नको लागि कहीं शरण छैन, शरण छ भने त उसैको समीपमा छ । अनि (अल्लाहले) तिनीहरूमाथि दया गर्यो ताकि उनी प्रायश्चित गर्न सकुन् । निःसन्देह अल्लाह नै प्रयाश्चित स्वीकार गर्नेवाला र दयावान छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اتَّقُوا اللّٰهَ وَكُوْنُوْا مَعَ الصّٰدِقِیْنَ ۟
११९) हे ईमानवालाहरू ! अल्लाहसित डर्दै रहनु र सत्यवादीहरूको संगतमा नै रहनु ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
مَا كَانَ لِاَهْلِ الْمَدِیْنَةِ وَمَنْ حَوْلَهُمْ مِّنَ الْاَعْرَابِ اَنْ یَّتَخَلَّفُوْا عَنْ رَّسُوْلِ اللّٰهِ وَلَا یَرْغَبُوْا بِاَنْفُسِهِمْ عَنْ نَّفْسِهٖ ؕ— ذٰلِكَ بِاَنَّهُمْ لَا یُصِیْبُهُمْ ظَمَاٌ وَّلَا نَصَبٌ وَّلَا مَخْمَصَةٌ فِیْ سَبِیْلِ اللّٰهِ وَلَا یَطَـُٔوْنَ مَوْطِئًا یَّغِیْظُ الْكُفَّارَ وَلَا یَنَالُوْنَ مِنْ عَدُوٍّ نَّیْلًا اِلَّا كُتِبَ لَهُمْ بِهٖ عَمَلٌ صَالِحٌ ؕ— اِنَّ اللّٰهَ لَا یُضِیْعُ اَجْرَ الْمُحْسِنِیْنَ ۟ۙ
१२०) मदीनाका बासिन्दाहरू र उनीहरूको छरछिमेकमा बस्ने ग्रामिणहरूका निम्ति अल्लाहका पैगम्बरलाई छोडेर घरमा बसिरहनु उचित थिएन न त आफ्नो प्राणलाई उनको ज्यानभन्दा प्रिय ठान्नु, यो यस कारण कि अल्लाहको बाटोमा तिनलाई जुन तिर्खा लाग्यो, थकाई लाग्यो वा भोक लाग्यो वा यस्तो ठाउँमा हिंडे जहाँ काफिरहरूलाई रिस उठ्छ वा शत्रुहरूलाई ठीक पारे, यस्ता प्रत्येक कर्ममा तिनीहरूको नाममा एक–एक पुण्य लेखियो । निःसन्देह अल्लाहले सत्कर्म गर्नेहरूको प्रतिफल नष्ट पार्दैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَا یُنْفِقُوْنَ نَفَقَةً صَغِیْرَةً وَّلَا كَبِیْرَةً وَّلَا یَقْطَعُوْنَ وَادِیًا اِلَّا كُتِبَ لَهُمْ لِیَجْزِیَهُمُ اللّٰهُ اَحْسَنَ مَا كَانُوْا یَعْمَلُوْنَ ۟
१२१) र (यसै प्रकार) तिनीहरूले जे खर्च गरे थोरै अथवा धेरै अथवा (साहसपूर्ण तरिकाले) जति मैदान पार गरे, यी सबै तिनीहरूको नाममा (सत्कर्महरू अन्तर्गत) लेखिन्छन् ताकि अल्लाहले तिनीहरूका कर्महरूको राम्रो प्रतिफल प्रदान गर्न सकोस् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَا كَانَ الْمُؤْمِنُوْنَ لِیَنْفِرُوْا كَآفَّةً ؕ— فَلَوْلَا نَفَرَ مِنْ كُلِّ فِرْقَةٍ مِّنْهُمْ طَآىِٕفَةٌ لِّیَتَفَقَّهُوْا فِی الدِّیْنِ وَلِیُنْذِرُوْا قَوْمَهُمْ اِذَا رَجَعُوْۤا اِلَیْهِمْ لَعَلَّهُمْ یَحْذَرُوْنَ ۟۠
१२२) र यो त हुनैसक्तैन कि मोमिनहरू सबै निस्किहालुन्, त यस्तो किन नगरियोस् कि प्रत्येक ठूलो समूहमध्येबाट एउटा सानो समूह जाने गरोस् ताकि धर्मको शिक्षा ग्रहण गरुन् र आफ्नो समूहतिर फर्केर आएपछि भयको कुरा सुनाउन् ताकि तिनीहरू डरुन् (र आफूलाई दृष्कर्मबाट टाढा राखुन्) ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا قَاتِلُوا الَّذِیْنَ یَلُوْنَكُمْ مِّنَ الْكُفَّارِ وَلْیَجِدُوْا فِیْكُمْ غِلْظَةً ؕ— وَاعْلَمُوْۤا اَنَّ اللّٰهَ مَعَ الْمُتَّقِیْنَ ۟
१२३) हे मोमिनहरू ! आफ्नो आसपासका काफिरहरूसँग युद्ध गर र तिनीहरूले तिमीमा कठोरता पाउनुपर्छ र जानिराख कि अल्लाह परहेजगारहरूको साथमा छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاِذَا مَاۤ اُنْزِلَتْ سُوْرَةٌ فَمِنْهُمْ مَّنْ یَّقُوْلُ اَیُّكُمْ زَادَتْهُ هٰذِهٖۤ اِیْمَانًا ۚ— فَاَمَّا الَّذِیْنَ اٰمَنُوْا فَزَادَتْهُمْ اِیْمَانًا وَّهُمْ یَسْتَبْشِرُوْنَ ۟
१२४) र जब कुनै सूरः अवतरित हुन्छ त केही कपटीहरूले भन्दछन्ः कि यस सूरःले तिमीहरूमध्ये कसको ईमानमा अभिवृद्धि गरेको छ ? हो, जो ईमानवाला छन् तिनीहरूको ईमानमा वृद्धि गरेको छ, र तिनीहरू प्रसन्न हुने गर्दछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاَمَّا الَّذِیْنَ فِیْ قُلُوْبِهِمْ مَّرَضٌ فَزَادَتْهُمْ رِجْسًا اِلٰی رِجْسِهِمْ وَمَاتُوْا وَهُمْ كٰفِرُوْنَ ۟
१२५) र जुन मानिसहरूको हृदयमा रोग छ, यस सूरहले तिनीहरूको निम्ति फोहरमाथि फोहरको वृद्धि गर्यो र तिनीहरू काफिर भएकै अवस्थामा नै मरे ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَوَلَا یَرَوْنَ اَنَّهُمْ یُفْتَنُوْنَ فِیْ كُلِّ عَامٍ مَّرَّةً اَوْ مَرَّتَیْنِ ثُمَّ لَا یَتُوْبُوْنَ وَلَا هُمْ یَذَّكَّرُوْنَ ۟
१२६) र के यिनीहरूले देख्दैनन् कि यिनीहरू प्रत्येक वर्ष एक दुई पटक कुनै नकुनै संकटमा पर्ने गर्दछन्, तै पनि प्रायश्चित गर्दैनन् र न उपदेश नै ग्रहण गर्दछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاِذَا مَاۤ اُنْزِلَتْ سُوْرَةٌ نَّظَرَ بَعْضُهُمْ اِلٰی بَعْضٍ ؕ— هَلْ یَرٰىكُمْ مِّنْ اَحَدٍ ثُمَّ انْصَرَفُوْا ؕ— صَرَفَ اللّٰهُ قُلُوْبَهُمْ بِاَنَّهُمْ قَوْمٌ لَّا یَفْقَهُوْنَ ۟
१२७) र जब कुनै सूरः अवतरित हुन्छ त एकअर्कातिर हेर्न थाल्दछन् (र सोध्छन्) ‘‘के कसैले तिमीलाई देख्दछ? फेरि हिंडी हाल्छन् । अल्लाहले तिनीहरूको हृदयलाई मोडिदिएको छ, किनभने यिनीहरू यस्ता मानिस हुन् जसले बुद्धिले काम लिंदैनन् (बुझ्दैनन्)।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَقَدْ جَآءَكُمْ رَسُوْلٌ مِّنْ اَنْفُسِكُمْ عَزِیْزٌ عَلَیْهِ مَا عَنِتُّمْ حَرِیْصٌ عَلَیْكُمْ بِالْمُؤْمِنِیْنَ رَءُوْفٌ رَّحِیْمٌ ۟
१२८) (हे मानिसहरू हो !) तिमीहरूको माझमा तिमीहरूमध्येबाटै एउटा पैगम्बर आएका छन् । तिम्रो पीडाबाट उनी दुःखी हुन्छन् र तिम्रो भलोको निम्ति चिन्तित रहन्छन्, र ईमानवालाहरूलाई निकै मायाँ गर्ने र दयालु छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاِنْ تَوَلَّوْا فَقُلْ حَسْبِیَ اللّٰهُ ۖؗ— لَاۤ اِلٰهَ اِلَّا هُوَ ؕ— عَلَیْهِ تَوَكَّلْتُ وَهُوَ رَبُّ الْعَرْشِ الْعَظِیْمِ ۟۠
१२९) तर यदि तिनीहरू विमुख हुन्छन् भने, भनिदिनुस् कि अल्लाह मेरो निम्ति पर्याप्त छ । उस बाहेक अरु कोही पूजनीय छैन । उसैमाथि मेरो भरोसा छ, र ऊ ठूलो अर्श (सिंहासन) को मालिक हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
 
ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߖߘߍ߬ߟߊ߬ߛߊߦߌ
ߝߐߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ ߞߐߜߍ ߝߙߍߕߍ
 
ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ

ߡߍ߲ ߝߘߊߣߍ߲߫ ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ ߟߋ߬ - ߣߌߔߊ߯ߟߌ߬.

ߘߊߕߎ߲߯ߠߌ߲