Check out the new design

د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه * - د ژباړو فهرست (لړلیک)


د معناګانو ژباړه سورت: بقره   آیت:
كُتِبَ عَلَیْكُمُ الْقِتَالُ وَهُوَ كُرْهٌ لَّكُمْ ۚ— وَعَسٰۤی اَنْ تَكْرَهُوْا شَیْـًٔا وَّهُوَ خَیْرٌ لَّكُمْ ۚ— وَعَسٰۤی اَنْ تُحِبُّوْا شَیْـًٔا وَّهُوَ شَرٌّ لَّكُمْ ؕ— وَاللّٰهُ یَعْلَمُ وَاَنْتُمْ لَا تَعْلَمُوْنَ ۟۠
२१६) तिमीहरूमाथि धर्मयुद्ध गर्नु अनिवार्य गरिएको छ, त्यो तिमीलाई कठिन लाग्न सक्छ । सम्भव छ तिमीलाई कुनै कुरा नराम्रो लागोस् तर वास्तवमा तिम्रो लागि त्यो हितकर हुनेछ, र यो पनि सम्भव छ कि तिमीले कुनै कुरालाई राम्रो सम्झ तर तिम्रो निम्ति त्यो हानिकारक हुनेछ । (यी कुराहरूको) वास्तविकताको जानकारी अल्लाहलाई नै छ, र तिमीहरू बुझ्दैनौ ।
عربي تفسیرونه:
یَسْـَٔلُوْنَكَ عَنِ الشَّهْرِ الْحَرَامِ قِتَالٍ فِیْهِ ؕ— قُلْ قِتَالٌ فِیْهِ كَبِیْرٌ ؕ— وَصَدٌّ عَنْ سَبِیْلِ اللّٰهِ وَكُفْرٌ بِهٖ وَالْمَسْجِدِ الْحَرَامِ ۗ— وَاِخْرَاجُ اَهْلِهٖ مِنْهُ اَكْبَرُ عِنْدَ اللّٰهِ ۚ— وَالْفِتْنَةُ اَكْبَرُ مِنَ الْقَتْلِ ؕ— وَلَا یَزَالُوْنَ یُقَاتِلُوْنَكُمْ حَتّٰی یَرُدُّوْكُمْ عَنْ دِیْنِكُمْ اِنِ اسْتَطَاعُوْا ؕ— وَمَنْ یَّرْتَدِدْ مِنْكُمْ عَنْ دِیْنِهٖ فَیَمُتْ وَهُوَ كَافِرٌ فَاُولٰٓىِٕكَ حَبِطَتْ اَعْمَالُهُمْ فِی الدُّنْیَا وَالْاٰخِرَةِ ۚ— وَاُولٰٓىِٕكَ اَصْحٰبُ النَّارِ ۚ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟
२१७) मानिसहरू तपाईसित युद्ध निषेधित महीनाहरूमा युद्धको सम्बन्धमा सोध्छन् । तपाई भनिदिनुस् कि यिनमा युद्ध गर्नु ठूलो पाप हो । तर अल्लाहको मार्गबाट रोक्नु, त्योसित कुफ्र गर्नु र मस्जिदे हराम (खान–ए–कअ्वा) मा जानुबाट मनाही गर्नु र त्यहाँ बस्नेहरूलाई त्यहाँबाट निस्कासित गर्नु अल्लाहको सामु त्यो भन्दा ठूलो पाप हो । तथा फित्ना (उपद्रव) रक्तपात भन्दा पनि ठूलो अपराध हो । यी मानिसहरू सधैं तिमीसित लडाई झगडा गर्दैरहने छन्, यहाँसम्मकि यदि क्षमता भएको खण्डमा तिमीलाई तिम्रो धर्मबाट विचलित पनि गराइदिन्छन् । र तिमीहरूमध्येबाट जुन मानिस आफ्नो धर्मबाट विचलित भई अनास्थावान हुन पुग्दछन् र सोही अवस्थामा मर्दछन, त यस्ता मानिसहरूका साँसारिक र परलौकिक सबै कर्महरू नष्ट भएर जानेछन् र यी मानिसहरू नर्कका बासी हुनेछन्, जसमा सधैं रहने छन् ।
عربي تفسیرونه:
اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَالَّذِیْنَ هَاجَرُوْا وَجٰهَدُوْا فِیْ سَبِیْلِ اللّٰهِ ۙ— اُولٰٓىِٕكَ یَرْجُوْنَ رَحْمَتَ اللّٰهِ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟
२१८) निःसंदेह आस्था ल्याउनेहरू, र अल्लाहको मार्गमा आफ्नो घर–देश छोडी जानेहरू र अल्लाहको मार्गमा जेहाद (धर्म–युद्ध) गर्नेहरू अल्लाहको कृपाको हकदार हुन् । अल्लाह अत्यन्त क्षमा गर्नेवाला दयावान छ ।
عربي تفسیرونه:
یَسْـَٔلُوْنَكَ عَنِ الْخَمْرِ وَالْمَیْسِرِ ؕ— قُلْ فِیْهِمَاۤ اِثْمٌ كَبِیْرٌ وَّمَنَافِعُ لِلنَّاسِ ؗ— وَاِثْمُهُمَاۤ اَكْبَرُ مِنْ نَّفْعِهِمَا ؕ— وَیَسْـَٔلُوْنَكَ مَاذَا یُنْفِقُوْنَ ؕ۬— قُلِ الْعَفْوَؕ— كَذٰلِكَ یُبَیِّنُ اللّٰهُ لَكُمُ الْاٰیٰتِ لَعَلَّكُمْ تَتَفَكَّرُوْنَ ۟ۙ
२१९) (हे पैगम्बर) मानिसहरूले मदिरा र जुवाको कानूनको सम्बन्धमा सोध्छन् । भनिदिनुस् यी ठूला पापकर्महरू हुन् र मानिसहरूका लागि यिनबाट केही सांसारिक फाइदा पनि छन्, तर तिनका हानिहरू(पाप) फाइदाभन्दा धेरै ठूला छन् । यो पनि तपाईसित सोध्छन् कि अल्लाहको मार्गमा कुन सम्पति खर्च गरुन् ? तपाई भनिदिनुस् कि (जुन माल) आवश्यकताभन्दा बढी छ । यसप्रकार, अल्लाह आफ्ना आदेशहरू स्पष्टरूपमा तिम्रो लागि वर्णन गर्दछ ताकि तिमीहरू सम्झने बुझ्ने गर ।
عربي تفسیرونه:
 
د معناګانو ژباړه سورت: بقره
د سورتونو فهرست (لړلیک) د مخ نمبر
 
د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه - د ژباړو فهرست (لړلیک)

د اهل الحدیث مرکزي ټولنې لخوا په نیپال کې خپور شوی.

بندول