Check out the new design

د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه * - د ژباړو فهرست (لړلیک)


د معناګانو ژباړه سورت: فاطر   آیت:

फातिर

اَلْحَمْدُ لِلّٰهِ فَاطِرِ السَّمٰوٰتِ وَالْاَرْضِ جَاعِلِ الْمَلٰٓىِٕكَةِ رُسُلًا اُولِیْۤ اَجْنِحَةٍ مَّثْنٰی وَثُلٰثَ وَرُبٰعَ ؕ— یَزِیْدُ فِی الْخَلْقِ مَا یَشَآءُ ؕ— اِنَّ اللّٰهَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
१) सम्पूर्ण प्रशंसाहरू अल्लाहकै लागि छन्, जो आकाशहरू र धरतीको स्रष्टा हो । (र) दुई–दुई, तीन–तीन, चार–चार पखेटा भएका फरिश्ताहरूलाई सन्देशवाहक बनाउनेवाला हो । उसले (आफ्नो) सृष्टिमा जस्तो चाहन्छ, अभिवृद्धि गर्दछ । निश्चय नै अल्लाहलाई हरेक कुराको सामथ्र्य छ ।
عربي تفسیرونه:
مَا یَفْتَحِ اللّٰهُ لِلنَّاسِ مِنْ رَّحْمَةٍ فَلَا مُمْسِكَ لَهَا ۚ— وَمَا یُمْسِكْ ۙ— فَلَا مُرْسِلَ لَهٗ مِنْ بَعْدِهٖ ؕ— وَهُوَ الْعَزِیْزُ الْحَكِیْمُ ۟
२) अल्लाहले आफ्नो दया मानिसहरूको लागि खोलिदिन्छ भने त्यसलाई बन्द गर्नेवाला कोही छैन् र यदि बन्द गरिदिन्छ भने ऊ पश्चात त्यसलाई कोही खोल्नेवाला छैन । ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
عربي تفسیرونه:
یٰۤاَیُّهَا النَّاسُ اذْكُرُوْا نِعْمَتَ اللّٰهِ عَلَیْكُمْ ؕ— هَلْ مِنْ خَالِقٍ غَیْرُ اللّٰهِ یَرْزُقُكُمْ مِّنَ السَّمَآءِ وَالْاَرْضِ ؕ— لَاۤ اِلٰهَ اِلَّا هُوَ ؗ— فَاَنّٰی تُؤْفَكُوْنَ ۟
३) हे मानिसहरू ! तिमीमाथि जुन अनुकम्पा अल्लाहले गरेको छ, त्यसलाई स्मरण गर । के अल्लाह बाहेक कोही अरु स्रष्टा छ, जसले तिमीलाई आकाश र धरतीबाट जीविका प्रदान गर्दछ ? उस बाहेक कोही पूज्य छैन । त्यसो भए तिमी कता मार्गविचलित भइराखेका छौ ?
عربي تفسیرونه:
وَاِنْ یُّكَذِّبُوْكَ فَقَدْ كُذِّبَتْ رُسُلٌ مِّنْ قَبْلِكَ ؕ— وَاِلَی اللّٰهِ تُرْجَعُ الْاُمُوْرُ ۟
४) र यदि उनीहरूले तपाईंलाई झूठो भन्छन् भने तपाईंभन्दा अगाडि पनि कतिपय रसूलहरूलाई झूठा भनिएको थियो । र (सबै) काम अल्लाहतर्फ नै फर्काइनेछ ।
عربي تفسیرونه:
یٰۤاَیُّهَا النَّاسُ اِنَّ وَعْدَ اللّٰهِ حَقٌّ فَلَا تَغُرَّنَّكُمُ الْحَیٰوةُ الدُّنْیَا ۥ— وَلَا یَغُرَّنَّكُمْ بِاللّٰهِ الْغَرُوْرُ ۟
५) हे मानिसहरू ! अल्लाहको वचन सत्य छ । अतः सांसारिक जीवनले तिमीलाई धोकामा नपारोस् र न त्यस धोकेबाज शैतानले अल्लाहको विषयमा तिमीलाई धोकामा पारोस् ।
عربي تفسیرونه:
اِنَّ الشَّیْطٰنَ لَكُمْ عَدُوٌّ فَاتَّخِذُوْهُ عَدُوًّا ؕ— اِنَّمَا یَدْعُوْا حِزْبَهٗ لِیَكُوْنُوْا مِنْ اَصْحٰبِ السَّعِیْرِ ۟ؕ
६) यादराख शैतान तिम्रो शत्रु हो । तिमीले उसलाई शत्रु नै ठान । त्यसले त आफ्नो गिरोहलाई केवल यसकारणले बोलाइराखेको छ कि उनीहरू नर्कको आगोमा शम्मिलित हुनेछन् ।
عربي تفسیرونه:
اَلَّذِیْنَ كَفَرُوْا لَهُمْ عَذَابٌ شَدِیْدٌ ؕ۬— وَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ لَهُمْ مَّغْفِرَةٌ وَّاَجْرٌ كَبِیْرٌ ۟۠
७) ती मानिसहरू जसले कि इन्कार गरे उनीहरूको निम्ति कठोर सजाय छ । किन्तु जसले ईमान ल्याए र असल कर्म गरे उनीहरूको निम्ति क्षमा र ठूलो प्रतिफल छ ।
عربي تفسیرونه:
اَفَمَنْ زُیِّنَ لَهٗ سُوْٓءُ عَمَلِهٖ فَرَاٰهُ حَسَنًا ؕ— فَاِنَّ اللّٰهَ یُضِلُّ مَنْ یَّشَآءُ وَیَهْدِیْ مَنْ یَّشَآءُ ۖؗ— فَلَا تَذْهَبْ نَفْسُكَ عَلَیْهِمْ حَسَرٰتٍ ؕ— اِنَّ اللّٰهَ عَلِیْمٌۢ بِمَا یَصْنَعُوْنَ ۟
८) अनि के त्यो व्यक्ति जसको लागि उसको नराम्रो कर्म आकर्षक बनाइएको छ र जसलाई उसले राम्रो देखदैछ ? निश्चय नै अल्लाह जसलाई चाहन्छ, मार्गबाट वञ्चित राख्दछ र जसलाई चाहन्छ सोझो बाटो देखाउँछ ! तसर्थ उनीहरूको निम्ति अफसोच गर्दा–गर्दै तपाईं प्राण जोखिममा नपार्नुस् । अल्लाह राम्रोसँग जान्दछ, जे उनीहरूले गरिराखेका छन् ।
عربي تفسیرونه:
وَاللّٰهُ الَّذِیْۤ اَرْسَلَ الرِّیٰحَ فَتُثِیْرُ سَحَابًا فَسُقْنٰهُ اِلٰی بَلَدٍ مَّیِّتٍ فَاَحْیَیْنَا بِهِ الْاَرْضَ بَعْدَ مَوْتِهَا ؕ— كَذٰلِكَ النُّشُوْرُ ۟
९) र अल्लाहले नै हावाहरू चलाउँछ र तिनले बादलहरूलाई उचाल्छन्, अनि हामीले त्यसलाई कुनै शुष्क भू–भागतिर लग्छौं, र त्यसबाट हामीले मृत धरतीलाई जीवित गरिदिन्छौं । यसै प्रकार मानिसहरूलाई पनि दोहर्याएर जीवित भई उठ्नु पर्नेछ ।
عربي تفسیرونه:
مَنْ كَانَ یُرِیْدُ الْعِزَّةَ فَلِلّٰهِ الْعِزَّةُ جَمِیْعًا ؕ— اِلَیْهِ یَصْعَدُ الْكَلِمُ الطَّیِّبُ وَالْعَمَلُ الصَّالِحُ یَرْفَعُهٗ ؕ— وَالَّذِیْنَ یَمْكُرُوْنَ السَّیِّاٰتِ لَهُمْ عَذَابٌ شَدِیْدٌ ؕ— وَمَكْرُ اُولٰٓىِٕكَ هُوَ یَبُوْرُ ۟
१०) यदि कसैले सम्मान चाहन्छ भने सम्पूर्ण सम्मान अल्लाहकै लागि हो । उसैतिर सबै राम्रा पवित्र वचनहरू पुग्दछन् र असल कर्मले उनलाई माथि उठाउँछ । र जुन मानिसहरूले नराम्रा षडयन्त्र रच्दछन्, उनीहरूको निम्ति कठोर यातना छ र उनीहरूको यो षडयन्त्र मेटिएर जानेछ ।
عربي تفسیرونه:
وَاللّٰهُ خَلَقَكُمْ مِّنْ تُرَابٍ ثُمَّ مِنْ نُّطْفَةٍ ثُمَّ جَعَلَكُمْ اَزْوَاجًا ؕ— وَمَا تَحْمِلُ مِنْ اُ وَلَا تَضَعُ اِلَّا بِعِلْمِهٖ ؕ— وَمَا یُعَمَّرُ مِنْ مُّعَمَّرٍ وَّلَا یُنْقَصُ مِنْ عُمُرِهٖۤ اِلَّا فِیْ كِتٰبٍ ؕ— اِنَّ ذٰلِكَ عَلَی اللّٰهِ یَسِیْرٌ ۟
११) मानिसहरू हो ! अल्लाहले तिमीलाई माटोबाट अनि वीर्यबाट सृष्टि गर्यो, अनि तिमीलाई जोडा–जोडा (लोग्ने–स्वास्नी) बनायो । स्त्री गर्भवती हुनु र बच्चा जन्मनु सबै उसको जानकारीमा हुन्छ । र जुन बढी आयु कसैले प्राप्त गर्दछ र जे–जति कसैको आयुमा कमी हुन्छ, यो सबै किताबमा लेखिएको हुन्छ । यो सबै अल्लाहको निम्ति सरल छ ।
عربي تفسیرونه:
وَمَا یَسْتَوِی الْبَحْرٰنِ ۖۗ— هٰذَا عَذْبٌ فُرَاتٌ سَآىِٕغٌ شَرَابُهٗ وَهٰذَا مِلْحٌ اُجَاجٌ ؕ— وَمِنْ كُلٍّ تَاْكُلُوْنَ لَحْمًا طَرِیًّا وَّتَسْتَخْرِجُوْنَ حِلْیَةً تَلْبَسُوْنَهَا ۚ— وَتَرَی الْفُلْكَ فِیْهِ مَوَاخِرَ لِتَبْتَغُوْا مِنْ فَضْلِهٖ وَلَعَلَّكُمْ تَشْكُرُوْنَ ۟
१२) र दुई सागर एकै जस्तो हुँदैनन्, एउटा (को पानी) मिठो स्वादिलो छ, तिर्खा मिटाउँछ पिउनमा रुचिकर छ र अर्काको (पानी) नुनिलो छ, बेस्वाद र तिमीले प्रत्येकबाट ताजा मासु खान्छौ र आभूषण निकाल्दछौ, जुन तिमीले पहिरन्छौ । र तिमीले हेर्दछौ कि ठुल–ठूला डुङ्गाहरूले पानीलाई चिर्दै गइराखेका छन्, ताकि (यसबाट) तिमीले उसको उदार अनुग्रह खोज, र तिमी उसप्रति आभरी बन ।
عربي تفسیرونه:
یُوْلِجُ الَّیْلَ فِی النَّهَارِ وَیُوْلِجُ النَّهَارَ فِی الَّیْلِ ۙ— وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ ۖؗ— كُلٌّ یَّجْرِیْ لِاَجَلٍ مُّسَمًّی ؕ— ذٰلِكُمُ اللّٰهُ رَبُّكُمْ لَهُ الْمُلْكُ ؕ— وَالَّذِیْنَ تَدْعُوْنَ مِنْ دُوْنِهٖ مَا یَمْلِكُوْنَ مِنْ قِطْمِیْرٍ ۟ؕ
१३) उसले रातलाई दिनमा प्रविष्ट गराउँदछ र दिनलाई रातमा प्रविष्ट गराउँदछ । र उसले सूर्य र चन्द्रलाई काममा लगाइराखेको छ । प्रत्येक कुरो एक निर्धारित समयमा चलिराखेको छ । यही अल्लाह तिमी सबैको पालनकर्ता हो । उसैको सत्ता छ, उसबाहेक तिमीले जसलाई पुकार्दछौ, उनीहरू त खजूरको गेडोको बोक्रा बराबर पनि (कुनै कुराको) मालिक छैनन् ।
عربي تفسیرونه:
اِنْ تَدْعُوْهُمْ لَا یَسْمَعُوْا دُعَآءَكُمْ ۚ— وَلَوْ سَمِعُوْا مَا اسْتَجَابُوْا لَكُمْ ؕ— وَیَوْمَ الْقِیٰمَةِ یَكْفُرُوْنَ بِشِرْكِكُمْ ؕ— وَلَا یُنَبِّئُكَ مِثْلُ خَبِیْرٍ ۟۠
१४) यदि तिमी उनीहरूलाई पुकार्दछौ भने उनीहरू तिम्रो पुकार सुन्ने छैनन् । र यदि (मानिलिउँ) सुनि पनि हालेछन् भने तिम्रो कुरालाई स्वीकार गर्न सक्ने छैनन् र कियामतको दिन उनीहरूले तिम्रो यस शिर्क ठहराउने कुरोबाट इन्कार गर्नेछन्, र तपाईंलाई कसैले अल्लाह झैं खबरहरू दिनेछैन ।
عربي تفسیرونه:
یٰۤاَیُّهَا النَّاسُ اَنْتُمُ الْفُقَرَآءُ اِلَی اللّٰهِ ۚ— وَاللّٰهُ هُوَ الْغَنِیُّ الْحَمِیْدُ ۟
१५) हे मानिसहरू! तिमी अल्लाहको मुखापेक्षी (भिखारी) हौ र अल्लाह त निष्पृह, र सर्वगुणवान छ ।
عربي تفسیرونه:
اِنْ یَّشَاْ یُذْهِبْكُمْ وَیَاْتِ بِخَلْقٍ جَدِیْدٍ ۟ۚ
१६) यदि उसले चाहने हो भने तिमीलाई मेटाउन सक्छ र एउटा नयाँ सृष्टि बनाउन सक्छ ।
عربي تفسیرونه:
وَمَا ذٰلِكَ عَلَی اللّٰهِ بِعَزِیْزٍ ۟
१७) र यो कुरा अल्लाहको निम्ति केही कठिन छैन ।
عربي تفسیرونه:
وَلَا تَزِرُ وَازِرَةٌ وِّزْرَ اُخْرٰی ؕ— وَاِنْ تَدْعُ مُثْقَلَةٌ اِلٰی حِمْلِهَا لَا یُحْمَلْ مِنْهُ شَیْءٌ وَّلَوْ كَانَ ذَا قُرْبٰی ؕ— اِنَّمَا تُنْذِرُ الَّذِیْنَ یَخْشَوْنَ رَبَّهُمْ بِالْغَیْبِ وَاَقَامُوا الصَّلٰوةَ ؕ— وَمَنْ تَزَكّٰی فَاِنَّمَا یَتَزَكّٰی لِنَفْسِهٖ ؕ— وَاِلَی اللّٰهِ الْمَصِیْرُ ۟
१८) कुनै भारी बोक्नेले अर्काको भारी बोक्ने छैन । र यदि कोही भारीले थिचिएको व्यक्तिले आफ्नो भारी बोक्न अरुलाई बोलाउने छ भने त्यसबाट उसले केही पनि उठाउने छैन, यद्यपि त्यो निकटतम सम्बन्धि नै किन नहोस् । तपाईंले त ती मानिसहरूलाई मात्र सावधान गर्न सक्नुहुन्छ, जो नदेखिकन् पनि आफ्नो पालनकर्तासित डराउँछन् र नियमित नमाज पढ्दै गर्छन् र जो व्यक्ति पवित्र बन्दछ त्यो आफ्नो निम्ति नै पवित्र हुनेछ । र अल्लाहतिर नै फर्केर जानुपर्ने छ ।
عربي تفسیرونه:
وَمَا یَسْتَوِی الْاَعْمٰی وَالْبَصِیْرُ ۟ۙ
१९) र अन्धो र आँखा देखने (मानिस) समान छैनन् ।
عربي تفسیرونه:
وَلَا الظُّلُمٰتُ وَلَا النُّوْرُ ۟ۙ
२०) र नत अँध्यारो र उज्यालो,
عربي تفسیرونه:
وَلَا الظِّلُّ وَلَا الْحَرُوْرُ ۟ۚ
२१) र न छायाँ र घाम,
عربي تفسیرونه:
وَمَا یَسْتَوِی الْاَحْیَآءُ وَلَا الْاَمْوَاتُ ؕ— اِنَّ اللّٰهَ یُسْمِعُ مَنْ یَّشَآءُ ۚ— وَمَاۤ اَنْتَ بِمُسْمِعٍ مَّنْ فِی الْقُبُوْرِ ۟
२२) र जीवित र मृतहरू बराबर हुनसक्दैनन् । अल्लाहले जसलाई चाहन्छ, सुनाइदिन्छ र तपाईंले उनीहरूलाई जो चिहानहरूमा छन् कदापि सुनाउन सक्नुहुन्न ।
عربي تفسیرونه:
اِنْ اَنْتَ اِلَّا نَذِیْرٌ ۟
२३) तपाईं त मात्र सचेतकर्ता हौ ।
عربي تفسیرونه:
اِنَّاۤ اَرْسَلْنٰكَ بِالْحَقِّ بَشِیْرًا وَّنَذِیْرًا ؕ— وَاِنْ مِّنْ اُمَّةٍ اِلَّا خَلَا فِیْهَا نَذِیْرٌ ۟
२४) हामीले नै तपाईंलाई सत्यको साथ शुभसूचना सुनाउनेवाला र डर देखाउनेवाला बनाएर पठाएका छौं, र कुनै समुदाय यस्तो भएन जसमा कुनै डराउनेवाला भएको नहोस् ।
عربي تفسیرونه:
وَاِنْ یُّكَذِّبُوْكَ فَقَدْ كَذَّبَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ ۚ— جَآءَتْهُمْ رُسُلُهُمْ بِالْبَیِّنٰتِ وَبِالزُّبُرِ وَبِالْكِتٰبِ الْمُنِیْرِ ۟
२५) र यदि उनीहरूले तपाईंलाई झूठा भन्छन् भने जो उनीभन्दा पहिला थिए उनीहरूले पनि झूठा भनिसकेका छन् । उनीहरूको रसूलले पनि उनको पासमा स्पष्ट प्रमाण, चमत्कार र अल्लाहको किताब लिएर आएका थिए ।
عربي تفسیرونه:
ثُمَّ اَخَذْتُ الَّذِیْنَ كَفَرُوْا فَكَیْفَ كَانَ نَكِیْرِ ۟۠
२६) अनि मैले इन्कारीहरूलाई समातिहालें, तसर्थ मेरो सजाय कस्तो रह्यो ।
عربي تفسیرونه:
اَلَمْ تَرَ اَنَّ اللّٰهَ اَنْزَلَ مِنَ السَّمَآءِ مَآءً ۚ— فَاَخْرَجْنَا بِهٖ ثَمَرٰتٍ مُّخْتَلِفًا اَلْوَانُهَا ؕ— وَمِنَ الْجِبَالِ جُدَدٌ بِیْضٌ وَّحُمْرٌ مُّخْتَلِفٌ اَلْوَانُهَا وَغَرَابِیْبُ سُوْدٌ ۟
२७) के तपाईंले यसलाई देख्नु भएन कि अल्लाहले आकाशबाट पानी बर्सायो अनि त्यसबाट हामीले अनेक रङ्गका फलहरू उत्पन्न गर्यौं र पहाडहरूको पनि अनेक भाग छन् सेता र राता विभिन्न रङ्गका धर्काहरू पाइन्छन् र (कोही) धेरै कालो पनि ।
عربي تفسیرونه:
وَمِنَ النَّاسِ وَالدَّوَآبِّ وَالْاَنْعَامِ مُخْتَلِفٌ اَلْوَانُهٗ كَذٰلِكَ ؕ— اِنَّمَا یَخْشَی اللّٰهَ مِنْ عِبَادِهِ الْعُلَمٰٓؤُا ؕ— اِنَّ اللّٰهَ عَزِیْزٌ غَفُوْرٌ ۟
२८) र यस्तै मानिसहरू, जनावरहरू र चौपायाहरूमा पनि कैयन् प्रकारका रङ्गहरू छन् । र अल्लाहसित उसका तिनै सेवकहरू डराउँन् जो ज्ञानी छन् । निश्चय नै अल्लाह अधिपत्यशाली, क्षमाशील छ ।
عربي تفسیرونه:
اِنَّ الَّذِیْنَ یَتْلُوْنَ كِتٰبَ اللّٰهِ وَاَقَامُوا الصَّلٰوةَ وَاَنْفَقُوْا مِمَّا رَزَقْنٰهُمْ سِرًّا وَّعَلَانِیَةً یَّرْجُوْنَ تِجَارَةً لَّنْ تَبُوْرَ ۟ۙ
२९) जुन मानिसहरूले अल्लाहको किताब पढ्दछन् र नमाज नटुटाइकन पढ्छन् र जेजति हामीले उनीहरूलाई प्रदान गरेका छौं, त्यसबाट प्रत्यक्ष र परोक्षरूपले खर्च गर्दछन्, तिनीहरू त्यस्तो व्यापारको उम्मेदवार छन् जुन कि कहिल्यै घाटामा हुनेछैन ।
عربي تفسیرونه:
لِیُوَفِّیَهُمْ اُجُوْرَهُمْ وَیَزِیْدَهُمْ مِّنْ فَضْلِهٖ ؕ— اِنَّهٗ غَفُوْرٌ شَكُوْرٌ ۟
३०) किनभने (अल्लाह) उनीहरूलाई पूरा–पूर प्रतिफल दिनेछ र आफ्नो उदार अनुग्रहले केही बढी पनि दिनेछ । निःसन्देह ऊ धेरै क्षमाशील र गुणग्राही छ ।
عربي تفسیرونه:
وَالَّذِیْۤ اَوْحَیْنَاۤ اِلَیْكَ مِنَ الْكِتٰبِ هُوَ الْحَقُّ مُصَدِّقًا لِّمَا بَیْنَ یَدَیْهِ ؕ— اِنَّ اللّٰهَ بِعِبَادِهٖ لَخَبِیْرٌ بَصِیْرٌ ۟
३१) र यो किताब जुन हामीले तपाईंतिर वह्यको रूपमा पठाएका छौं, यो बिल्कुल सत्य छ जसले यसभन्दा पहिलेका किताबहरूको पनि पुष्टि गर्दछ, अल्लाह आफ्ना सेवकहरूको सबै कुरासित अवगत र सबै देख्नेवाला छ ।
عربي تفسیرونه:
ثُمَّ اَوْرَثْنَا الْكِتٰبَ الَّذِیْنَ اصْطَفَیْنَا مِنْ عِبَادِنَا ۚ— فَمِنْهُمْ ظَالِمٌ لِّنَفْسِهٖ ۚ— وَمِنْهُمْ مُّقْتَصِدٌ ۚ— وَمِنْهُمْ سَابِقٌ بِالْخَیْرٰتِ بِاِذْنِ اللّٰهِ ؕ— ذٰلِكَ هُوَ الْفَضْلُ الْكَبِیْرُ ۟ؕ
३२) अनि हामीले ती मानिसहरूलाई यस किताबको उत्तराधिकारी बनायौं, जसलाई आफ्ना सेवकहरूमध्ये रोज्यौं । उनीहरूमध्ये केही त आफैंले आफूमाथि अत्याचार गर्दछन् र उनीहरूमध्ये केही मध्यम श्रेणीका छन् र अल्लाहको आदेशले तिनीहरूमध्ये केही असल कर्ममा वृद्धि गर्दै गइरहन्छन् । यही नै ठूलो उपकार हो ।
عربي تفسیرونه:
جَنّٰتُ عَدْنٍ یَّدْخُلُوْنَهَا یُحَلَّوْنَ فِیْهَا مِنْ اَسَاوِرَ مِنْ ذَهَبٍ وَّلُؤْلُؤًا ۚ— وَلِبَاسُهُمْ فِیْهَا حَرِیْرٌ ۟
३३) (ती मानिसहरूको निम्ति) सधैं रहने बगैंचाहरू (छन्), जसमा उनीहरू प्रवेश गर्नेछन् । त्यहाँ उनीहरूलाई सुनका कङ्गनहरू र मोतीको आभूषण पहिराइनेछ । र त्यहाँ उनीहरूको बस्त्र रेशमको हुनेछ ।
عربي تفسیرونه:
وَقَالُوا الْحَمْدُ لِلّٰهِ الَّذِیْۤ اَذْهَبَ عَنَّا الْحَزَنَ ؕ— اِنَّ رَبَّنَا لَغَفُوْرٌ شَكُوْرُ ۟ۙ
३४) र उनीहरूले भन्नेछन्ः ‘‘अल्लाहको धेरै–धेरै कृपा छ जसले हामीबाट दुःख (चिन्ता) हटाइदियो । निश्चय नै हाम्रो पालनकर्ता अत्यन्तै क्षमाशील, बडो गुणग्राही छ ।
عربي تفسیرونه:
١لَّذِیْۤ اَحَلَّنَا دَارَ الْمُقَامَةِ مِنْ فَضْلِهٖ ۚ— لَا یَمَسُّنَا فِیْهَا نَصَبٌ وَّلَا یَمَسُّنَا فِیْهَا لُغُوْبٌ ۟
३५) जसले हामीलाई आफ्नो कृपाले सधैं बस्ने घरमा उतारेको छ । यहाँ नत हामीलाई कुनै कष्ट हुनेछ र न हामीलाई थकाइ नै लाग्नेछ ।’’
عربي تفسیرونه:
وَالَّذِیْنَ كَفَرُوْا لَهُمْ نَارُ جَهَنَّمَ ۚ— لَا یُقْضٰی عَلَیْهِمْ فَیَمُوْتُوْا وَلَا یُخَفَّفُ عَنْهُمْ مِّنْ عَذَابِهَا ؕ— كَذٰلِكَ نَجْزِیْ كُلَّ كَفُوْرٍ ۟ۚ
३६) र जुन मानिसहरूले कुफ्र गरे, उनीहरूको लागि नर्कको आगो छ, नत उनीहरूलाई मृत्यु आउनेछ कि मरिहालुन् र न उनको सजाय नै उनीहरूबाट हल्का गरिनेछ । हामीले हरेक काफिरलाई यस्तै सजाय दिने गर्दछौं ।
عربي تفسیرونه:
وَهُمْ یَصْطَرِخُوْنَ فِیْهَا ۚ— رَبَّنَاۤ اَخْرِجْنَا نَعْمَلْ صَالِحًا غَیْرَ الَّذِیْ كُنَّا نَعْمَلُ ؕ— اَوَلَمْ نُعَمِّرْكُمْ مَّا یَتَذَكَّرُ فِیْهِ مَنْ تَذَكَّرَ وَجَآءَكُمُ النَّذِیْرُ ؕ— فَذُوْقُوْا فَمَا لِلظّٰلِمِیْنَ مِنْ نَّصِیْرٍ ۟۠
३७) र उनीहरू त्यसमा कराउनेछन् कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीहरूलाई (यहाँबाट) निकालिहाल ! (अब) हामीले असल कर्म गर्नेछौं, नकि त्यो जुन अघि गर्ने गर्दथ्यौं’’ । (अल्लाहले भन्नेछ) के ‘‘हामीले तिमीलाई यति उमेर दिएका थिएनौं कि त्यसमा जे सोच्न चाहन्थ्यौ सोचिहाल्थ्यौ, र तिम्रो पासमा सचेतकर्ता पनि आयो । तसर्थ अब स्वाद चाखिराख यस्ता अत्याचारीहरूको कोही मद्दतगार (सहायक) छैन ।’’
عربي تفسیرونه:
اِنَّ اللّٰهَ عٰلِمُ غَیْبِ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— اِنَّهٗ عَلِیْمٌۢ بِذَاتِ الصُّدُوْرِ ۟
३८) निःसन्देह अल्लाह आकाशहरू र धरतीमा लुकेका अदृश्य कुरा जान्नेवाला छ । उसले त हृदयभित्रको कुरासम्म पनि जान्दछ ।
عربي تفسیرونه:
هُوَ الَّذِیْ جَعَلَكُمْ خَلٰٓىِٕفَ فِی الْاَرْضِ ؕ— فَمَنْ كَفَرَ فَعَلَیْهِ كُفْرُهٗ ؕ— وَلَا یَزِیْدُ الْكٰفِرِیْنَ كُفْرُهُمْ عِنْدَ رَبِّهِمْ اِلَّا مَقْتًا ۚ— وَلَا یَزِیْدُ الْكٰفِرِیْنَ كُفْرُهُمْ اِلَّا خَسَارًا ۟
३९) उही हो जसले तिमीलाई धरतीमा आबाद गर्यो । अब जोसुकैले इन्कार गर्नेछ, उसको इन्कारको नोक्सानी उसैलाई नै हुनेछ । इन्कार गर्नेवालाहरूको इन्कार उनीहरूको पालनकर्ताको प्रकोप नै बढाउँदछ, र इन्कार गर्नेवालाहरूको लागि इन्कार घाटामा नै अझै वृद्धिको कारण बन्दछ ।
عربي تفسیرونه:
قُلْ اَرَءَیْتُمْ شُرَكَآءَكُمُ الَّذِیْنَ تَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ ؕ— اَرُوْنِیْ مَاذَا خَلَقُوْا مِنَ الْاَرْضِ اَمْ لَهُمْ شِرْكٌ فِی السَّمٰوٰتِ ۚ— اَمْ اٰتَیْنٰهُمْ كِتٰبًا فَهُمْ عَلٰی بَیِّنَتٍ مِّنْهُ ۚ— بَلْ اِنْ یَّعِدُ الظّٰلِمُوْنَ بَعْضُهُمْ بَعْضًا اِلَّا غُرُوْرًا ۟
४०) तपाईंले भन्नुस् कि तिमीले आफूले ठहराएका साझेदारहरूको अवस्था बताऊ, जसलाई तिमीले अल्लाहलाई छोडेर पूज्ने गर्दथ्यौ ?’’ मलाई देखाऊ कि उनीहरूले धरतीको कुनचाहिँ भाग सृष्टि गरेका छन् वा आकाशहरूमा उनीहरूको कुनै भागिदारी छ ?’’ वा हामीले उनीहरूलाई कुनै किताब प्रदान गर्यौं कि, उसको स्पष्ट प्रमाण उनीहरूको पक्षमा होस् ? (होइन) बरु ती अत्याचारीहरू आपसमा एक अर्कासित मात्र धोकाको कुराहरूका वाचा गरिराखेका छन् ।
عربي تفسیرونه:
اِنَّ اللّٰهَ یُمْسِكُ السَّمٰوٰتِ وَالْاَرْضَ اَنْ تَزُوْلَا ۚ۬— وَلَىِٕنْ زَالَتَاۤ اِنْ اَمْسَكَهُمَا مِنْ اَحَدٍ مِّنْ بَعْدِهٖ ؕ— اِنَّهٗ كَانَ حَلِیْمًا غَفُوْرًا ۟
४१) यो निश्चित छ कि अल्लाहले नै आकाशहरू र धरतीलाई थामिराखेको छ कि उनीहरू नहटुन्, यदि (आफ्नो ठाउँबाट) उनीहरू हटे भने अल्लाह बाहेक कोही पनि उनीहरूलाई थाम्न सक्दैन । ऊ बडो सहनशील क्षमा गर्नेवाला छ ।
عربي تفسیرونه:
وَاَقْسَمُوْا بِاللّٰهِ جَهْدَ اَیْمَانِهِمْ لَىِٕنْ جَآءَهُمْ نَذِیْرٌ لَّیَكُوْنُنَّ اَهْدٰی مِنْ اِحْدَی الْاُمَمِ ۚ— فَلَمَّا جَآءَهُمْ نَذِیْرٌ مَّا زَادَهُمْ اِلَّا نُفُوْرَا ۟ۙ
४२) र यिनीहरूले (काफिरहरूले) अल्लाहसमक्ष ठूलो–ठूलो शपथ खान्छन् कि यदि उनको पासमा कोही सचेतकर्ता आउँछ भने यिनीहरू हरेक समुदायभन्दा बढी सोझो मार्गमा हुनेछन्, तर जब उनको पासमा सचेतकर्ता आयो तब उससित उनीहरूको घृणा नै बढ्यो ।
عربي تفسیرونه:
١سْتِكْبَارًا فِی الْاَرْضِ وَمَكْرَ السَّیِّئ ؕ— وَلَا یَحِیْقُ الْمَكْرُ السَّیِّئُ اِلَّا بِاَهْلِهٖ ؕ— فَهَلْ یَنْظُرُوْنَ اِلَّا سُنَّتَ الْاَوَّلِیْنَ ۚ— فَلَنْ تَجِدَ لِسُنَّتِ اللّٰهِ تَبْدِیْلًا ۚ۬— وَلَنْ تَجِدَ لِسُنَّتِ اللّٰهِ تَحْوِیْلًا ۟
४३) संसारमा आफूलाई ठूलो ठान्नुको कारण र उनको खराब कार्यबाट ती नराम्रो कर्मको हानि ती काम गर्नेहरूमाथि नै पर्छ । त के यिनीहरू त्यसैको प्रतीक्षा गरिराखेका छन् ? जुन पहिलेका मानिसहरूसँग हुने गरेको थियो । तसर्थ तिमीले अल्लाहको कानूनमा कदापि कुनै परिवर्तन पाउने छैनौ र न तिमी अल्लाहको कानूनलाई कहिल्यै परिवर्तित भइराखेको पाउनेछौ ।
عربي تفسیرونه:
اَوَلَمْ یَسِیْرُوْا فِی الْاَرْضِ فَیَنْظُرُوْا كَیْفَ كَانَ عَاقِبَةُ الَّذِیْنَ مِنْ قَبْلِهِمْ وَكَانُوْۤا اَشَدَّ مِنْهُمْ قُوَّةً ؕ— وَمَا كَانَ اللّٰهُ لِیُعْجِزَهٗ مِنْ شَیْءٍ فِی السَّمٰوٰتِ وَلَا فِی الْاَرْضِ ؕ— اِنَّهٗ كَانَ عَلِیْمًا قَدِیْرًا ۟
४४) के उनीहरूले धरतीमा घुमफिर गर्दैनन् । जसबाट देखुन् कि उनीहरूको परिणाम के भयो ? जो यिनीभन्दा पहिला थिए र यिनीहरूभन्दा शक्तिमा धेरै बढी थिए । र अल्लाह यस्तो छैन कि आकाशहरूमा र धरतीमा कुनै कुराले उसलाई हराइदेओस् । ऊ ठूलो सर्वज्ञ, सामथ्र्यवान छ ।
عربي تفسیرونه:
وَلَوْ یُؤَاخِذُ اللّٰهُ النَّاسَ بِمَا كَسَبُوْا مَا تَرَكَ عَلٰی ظَهْرِهَا مِنْ دَآبَّةٍ وَّلٰكِنْ یُّؤَخِّرُهُمْ اِلٰۤی اَجَلٍ مُّسَمًّی ۚ— فَاِذَا جَآءَ اَجَلُهُمْ فَاِنَّ اللّٰهَ كَانَ بِعِبَادِهٖ بَصِیْرًا ۟۠
४५) र यदि अल्लाहले मानिसहरूलाई उनीहरूको आचरणको कारण समात्न थालेको भए धरतीको कुनै जीवधारीलाई पनि छोडने थिएन । तर अल्लाहले उनीहरूलाई एक निश्चित समयसम्म अवसर दिएको छ । अनि जब उनीहरूको निर्धारित समय आइपुग्नेछ त निश्चय नै अल्लाह आफ्ना सेवकहरूलाई हेरिसक्ने छ ।
عربي تفسیرونه:
 
د معناګانو ژباړه سورت: فاطر
د سورتونو فهرست (لړلیک) د مخ نمبر
 
د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه - د ژباړو فهرست (لړلیک)

د اهل الحدیث مرکزي ټولنې لخوا په نیپال کې خپور شوی.

بندول