Check out the new design

د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه * - د ژباړو فهرست (لړلیک)


د معناګانو ژباړه سورت: صافات   آیت:

स्साफ्फात

وَالصّٰٓفّٰتِ صَفًّا ۟ۙ
१) कसम छ पंक्ति बाँध्नेवालाहरूको ।
عربي تفسیرونه:
فَالزّٰجِرٰتِ زَجْرًا ۟ۙ
२) फेरि बलियोरूपले हप्काउनेवालाहरूको ।
عربي تفسیرونه:
فَالتّٰلِیٰتِ ذِكْرًا ۟ۙ
३) अनि कुरआन पढ्नेवालाहरूको ।
عربي تفسیرونه:
اِنَّ اِلٰهَكُمْ لَوَاحِدٌ ۟ؕ
४) निःसन्देह तिमीहरू सबैको पूज्य एउटै छ ।
عربي تفسیرونه:
رَبُّ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا بَیْنَهُمَا وَرَبُّ الْمَشَارِقِ ۟ؕ
५) आकाशहरू र धरती र जे–जति कुराहरू यिनमा छन्, सबैको र सम्पूर्ण पूर्वी दिशाहरूको मालिक पनि उही हो ।
عربي تفسیرونه:
اِنَّا زَیَّنَّا السَّمَآءَ الدُّنْیَا بِزِیْنَةِ ١لْكَوَاكِبِ ۟ۙ
६) हामीले संसारीय आकाशलाई ताराहरूबाट सुसज्जित गर्यौं ।
عربي تفسیرونه:
وَحِفْظًا مِّنْ كُلِّ شَیْطٰنٍ مَّارِدٍ ۟ۚ
७) अट्टेरी शैतानबाट सुरक्षित राख्नको निम्ति ।
عربي تفسیرونه:
لَا یَسَّمَّعُوْنَ اِلَی الْمَلَاِ الْاَعْلٰی وَیُقْذَفُوْنَ مِنْ كُلِّ جَانِبٍ ۟
८) माथिका फरिश्ताहरूको कुरा सुन्नको लागि तिनीहरूले कान लगाउन सक्तैनन् । अपितु सबैतिरबाट तिनीहरू मारिन्छन् ।
عربي تفسیرونه:
دُحُوْرًا وَّلَهُمْ عَذَابٌ وَّاصِبٌ ۟ۙ
९) र (त्यहाँबाट) धपाइनुलाई । उनीहरूको निम्ति स्थाई यातना छ ।
عربي تفسیرونه:
اِلَّا مَنْ خَطِفَ الْخَطْفَةَ فَاَتْبَعَهٗ شِهَابٌ ثَاقِبٌ ۟
१०) हो, कसैले (स्वर्गदूतको कुरालाई) यदि केही सुनिहाल्छ भने तुरुन्तै प्रज्वलित आगोको डल्लोले उसलाई पछ्याउँछ ।
عربي تفسیرونه:
فَاسْتَفْتِهِمْ اَهُمْ اَشَدُّ خَلْقًا اَمْ مَّنْ خَلَقْنَا ؕ— اِنَّا خَلَقْنٰهُمْ مِّنْ طِیْنٍ لَّازِبٍ ۟
११) यी काफिरहरूसँग सोध कि के उनीहरूको सृष्टि गर्ने काम अधिक कठिन छ, वा ती अन्य कुराहरूको, जसलाई हामीले सृष्टि गरेका छौं । हामीले उनीहरूको सृष्टि (मानिसको) लेसिलो माटोले गर्यौं ।
عربي تفسیرونه:
بَلْ عَجِبْتَ وَیَسْخَرُوْنَ ۪۟
१२) बरु तिमी त आश्चर्यमा छौ र उनीहरू उपहास गरिराखेका छन् ।
عربي تفسیرونه:
وَاِذَا ذُكِّرُوْا لَا یَذْكُرُوْنَ ۪۟
१३) र जब उनीहरूलाई उपदेश गरिन्छ त उनीहरूले मान्दैनन् ।
عربي تفسیرونه:
وَاِذَا رَاَوْا اٰیَةً یَّسْتَسْخِرُوْنَ ۪۟
१४) र जब कुनै निशानी (चमत्कार) देख्दछन् त खिल्ली उडाउँछन् ।
عربي تفسیرونه:
وَقَالُوْۤا اِنْ هٰذَاۤ اِلَّا سِحْرٌ مُّبِیْنٌ ۟ۚۖ
१५) र भन्दछन् : ‘‘यो त मात्र एउटा प्रत्यक्ष जादू हो ।’’
عربي تفسیرونه:
ءَاِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَّعِظَامًا ءَاِنَّا لَمَبْعُوْثُوْنَ ۟ۙ
१६) के जब हामीहरू मरिसकेका हुनेछौं अनि माटो र हड्डीको रूपमा परिणत हुनेछौं त के फेरि साँच्चै हामी उठाइनेछौं ?
عربي تفسیرونه:
اَوَاٰبَآؤُنَا الْاَوَّلُوْنَ ۟ؕ
१७) ‘‘के हामीभन्दा पहिलेका हाम्रा बाबु बाजे पनि ?’’
عربي تفسیرونه:
قُلْ نَعَمْ وَاَنْتُمْ دَاخِرُوْنَ ۟ۚ
१८) तपाईं भनिदिनुस् कि ‘‘हो ! र तिमी अपमानित पनि हुनेछौ ।’’
عربي تفسیرونه:
فَاِنَّمَا هِیَ زَجْرَةٌ وَّاحِدَةٌ فَاِذَا هُمْ یَنْظُرُوْنَ ۟
१९) त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला एक्कासी देख्न थाल्नेछन् ।
عربي تفسیرونه:
وَقَالُوْا یٰوَیْلَنَا هٰذَا یَوْمُ الدِّیْنِ ۟
२०) र भन्नेछन्ः ‘‘अफसोच छ हामीलाई । यही नै प्रतिफलको दिन हो ।’’
عربي تفسیرونه:
هٰذَا یَوْمُ الْفَصْلِ الَّذِیْ كُنْتُمْ بِهٖ تُكَذِّبُوْنَ ۟۠
२१) यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ ।
عربي تفسیرونه:
اُحْشُرُوا الَّذِیْنَ ظَلَمُوْا وَاَزْوَاجَهُمْ وَمَا كَانُوْا یَعْبُدُوْنَ ۟ۙ
२२) अत्याचार गर्नेहरूलाई र उनका साथीहरूलाई र अल्लाह बाहेक जसका उनीहरूले पूजा गर्दथे ।
عربي تفسیرونه:
مِنْ دُوْنِ اللّٰهِ فَاهْدُوْهُمْ اِلٰی صِرَاطِ الْجَحِیْمِ ۟
२३) उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ ।
عربي تفسیرونه:
وَقِفُوْهُمْ اِنَّهُمْ مَّسْـُٔوْلُوْنَ ۟ۙ
२४) र उनीहरूलाई रोकिराख, किनभने उनीहरूसित केही जरूरी प्रश्नहरू सोध्नुछ ।
عربي تفسیرونه:
 
د معناګانو ژباړه سورت: صافات
د سورتونو فهرست (لړلیک) د مخ نمبر
 
د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه - د ژباړو فهرست (لړلیک)

د اهل الحدیث مرکزي ټولنې لخوا په نیپال کې خپور شوی.

بندول