Check out the new design

د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه * - د ژباړو فهرست (لړلیک)


د معناګانو ژباړه سورت: ص   آیت:
وَقَالُوْا مَا لَنَا لَا نَرٰی رِجَالًا كُنَّا نَعُدُّهُمْ مِّنَ الْاَشْرَارِ ۟ؕ
६२) र नर्कवालाहरू भन्नेछन्ः ‘‘के कारण छ कि हामीले ती व्यक्तिहरूलाई देख्दैनौं, जसलाई हामीले नराम्रामध्ये गन्थ्यौं ?’’
عربي تفسیرونه:
اَتَّخَذْنٰهُمْ سِخْرِیًّا اَمْ زَاغَتْ عَنْهُمُ الْاَبْصَارُ ۟
६३) के हामीले नै उनको उपहास गरेका थियौं, वा हाम्रा आँखाहरू उनीहरूतिरबाट हटेका छन् ?’’
عربي تفسیرونه:
اِنَّ ذٰلِكَ لَحَقٌّ تَخَاصُمُ اَهْلِ النَّارِ ۟۠
६४) निश्चित जान नर्कबासीहरूबीच यो झगडा त अवश्य हुनेछ ।
عربي تفسیرونه:
قُلْ اِنَّمَاۤ اَنَا مُنْذِرٌ ۖۗ— وَّمَا مِنْ اِلٰهٍ اِلَّا اللّٰهُ الْوَاحِدُ الْقَهَّارُ ۟ۚ
६५) भनिदिनुस्ः कि ‘‘म त मात्र सचेत गर्नेवाला हूँ । र एक अल्लाह सर्वशक्तिमान बाहेक अरु कोही सत्य पूज्य छैन् ।
عربي تفسیرونه:
رَبُّ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا بَیْنَهُمَا الْعَزِیْزُ الْغَفَّارُ ۟
६६) जो पालनकर्ता हो आकाशहरू र धरतीको, र जे ती दुईटैको बीचमा छन्, सबैको मालिक हो, सर्वशक्तिमान र ठूलो क्षमादाता ।’’
عربي تفسیرونه:
قُلْ هُوَ نَبَؤٌا عَظِیْمٌ ۟ۙ
६७) भनिदिनुस् कि ‘‘यो एउटा ठूलो खबर हो,
عربي تفسیرونه:
اَنْتُمْ عَنْهُ مُعْرِضُوْنَ ۟
६८) जसबाट तिमीहरू लापरवाह भइरहेका छौ ।
عربي تفسیرونه:
مَا كَانَ لِیَ مِنْ عِلْمٍ بِالْمَلَاِ الْاَعْلٰۤی اِذْ یَخْتَصِمُوْنَ ۟
६९) मलाई, ती अग्ला फरिश्ताहरूको कुनै ज्ञान थिएन जब उनीहरू विवाद गरिरहेका थिए ।
عربي تفسیرونه:
اِنْ یُّوْحٰۤی اِلَیَّ اِلَّاۤ اَنَّمَاۤ اَنَا نَذِیْرٌ مُّبِیْنٌ ۟
७०) मतिर त त्यो वह्य मात्र गरिन्छ कि म स्पष्ट सचेतक हूँ ।’’
عربي تفسیرونه:
اِذْ قَالَ رَبُّكَ لِلْمَلٰٓىِٕكَةِ اِنِّیْ خَالِقٌۢ بَشَرًا مِّنْ طِیْنٍ ۟
७१) जब कि तपाईंको पालनकर्ताले फरिश्ताहरूसित भन्यो कि ‘‘म माटोले मानिसको सृष्टि गर्नेवाला छु ।
عربي تفسیرونه:
فَاِذَا سَوَّیْتُهٗ وَنَفَخْتُ فِیْهِ مِنْ رُّوْحِیْ فَقَعُوْا لَهٗ سٰجِدِیْنَ ۟
७२) त जब मैले त्यसलाई ठिकठाक गरिहालूँ र त्यसमा आफ्नो रूह (आत्मा) फूँकिहालूँ तब तिमीहरू उसको अगाडि ढोग गरिहाल्नु ।’’
عربي تفسیرونه:
فَسَجَدَ الْمَلٰٓىِٕكَةُ كُلُّهُمْ اَجْمَعُوْنَ ۟ۙ
७३) तब सबै फरिश्ताहरूले ढोगे(सिज्दा गरे) ।
عربي تفسیرونه:
اِلَّاۤ اِبْلِیْسَ ؕ— اِسْتَكْبَرَ وَكَانَ مِنَ الْكٰفِرِیْنَ ۟
७४) तर शैतान (इबलीस)ले गरेन । उसले घमण्ड गर्यो र काफिरहरूमध्येको भइहाल्यो ।
عربي تفسیرونه:
قَالَ یٰۤاِبْلِیْسُ مَا مَنَعَكَ اَنْ تَسْجُدَ لِمَا خَلَقْتُ بِیَدَیَّ ؕ— اَسْتَكْبَرْتَ اَمْ كُنْتَ مِنَ الْعَالِیْنَ ۟
७५) अल्लाहले भन्योः कि ‘‘हे इब्लीस ! जुन व्यक्तिलाई मैले आफ्नो हातहरूले सृष्टि गरें, त्यसको अगाडि ढोग्नुबाट तिमीलाई कुन कुराले मनाही गर्यो, के तिमीले घमण्ड गर्यौ, वा तिमी उच्च पदवालाहरूमध्येका हौ ?’’
عربي تفسیرونه:
قَالَ اَنَا خَیْرٌ مِّنْهُ ؕ— خَلَقْتَنِیْ مِنْ نَّارٍ وَّخَلَقْتَهٗ مِنْ طِیْنٍ ۟
७६) उसले जवाफ दियो कि ‘‘म यसभन्दा उत्तम छु (किनकि) तिमीले मलाई आगोबाट बनायौ र यसलाई माटोबाट सृष्टि गर्यौ ।’’
عربي تفسیرونه:
قَالَ فَاخْرُجْ مِنْهَا فَاِنَّكَ رَجِیْمٌ ۟ۙۖ
७७) आदेश भयो तँ ‘‘यहाँबाट निस्किहाल, तँ तिरस्कृत छस् ।
عربي تفسیرونه:
وَّاِنَّ عَلَیْكَ لَعْنَتِیْۤ اِلٰی یَوْمِ الدِّیْنِ ۟
७८) र तँमाथि कियामत (प्रलय)को दिनसम्म मेरो धिक्कार र तिरस्कार रहनेछ ।’’
عربي تفسیرونه:
قَالَ رَبِّ فَاَنْظِرْنِیْۤ اِلٰی یَوْمِ یُبْعَثُوْنَ ۟
७९) उसले भन्यो, ‘‘हे मेरो पालनकर्ता ! मलाई त्यस दिनसम्मको लागि समय प्रदान गर जब कि मानिसहरू उठाइनेछन् ।’’
عربي تفسیرونه:
قَالَ فَاِنَّكَ مِنَ الْمُنْظَرِیْنَ ۟ۙ
८०) अल्लाहबाट आदेश भयोः ‘‘तिमीलाई मोहलत (अवकाश) दिइयो ।
عربي تفسیرونه:
اِلٰی یَوْمِ الْوَقْتِ الْمَعْلُوْمِ ۟
८१) त्यसदिनसम्म जसको समय निर्धारित छ ।’’
عربي تفسیرونه:
قَالَ فَبِعِزَّتِكَ لَاُغْوِیَنَّهُمْ اَجْمَعِیْنَ ۟ۙ
८२) भन्न थाल्यो कि त्यसो भए ‘‘मलाई तिम्रो प्रतापको सौगन्ध म उनीहरू सबैलाई विचलित गरिदिनेछु ?’’
عربي تفسیرونه:
اِلَّا عِبَادَكَ مِنْهُمُ الْمُخْلَصِیْنَ ۟
८३) (तर) ती बाहेक जो कि तिम्रा मनपराइएका र विशिष्ट भक्त छन् ।’’
عربي تفسیرونه:
 
د معناګانو ژباړه سورت: ص
د سورتونو فهرست (لړلیک) د مخ نمبر
 
د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه - د ژباړو فهرست (لړلیک)

د اهل الحدیث مرکزي ټولنې لخوا په نیپال کې خپور شوی.

بندول