Check out the new design

د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه * - د ژباړو فهرست (لړلیک)


د معناګانو ژباړه سورت: محمد   آیت:

मुहम्मद

اَلَّذِیْنَ كَفَرُوْا وَصَدُّوْا عَنْ سَبِیْلِ اللّٰهِ اَضَلَّ اَعْمَالَهُمْ ۟
१) जसले इन्कार गरे र (अरु व्यक्तिलाई) अल्लाहको मार्गबाट रोके, अल्लाहले उनीहरूका कर्महरूलाई नष्ट पारिदियो ।
عربي تفسیرونه:
وَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ وَاٰمَنُوْا بِمَا نُزِّلَ عَلٰی مُحَمَّدٍ وَّهُوَ الْحَقُّ مِنْ رَّبِّهِمْ ۙ— كَفَّرَ عَنْهُمْ سَیِّاٰتِهِمْ وَاَصْلَحَ بَالَهُمْ ۟
२) र जसले विश्वास गरे र असल कर्म गरिरहे र जुन (किताब) मुहम्मदमाथि अवतरित भएको छ, त्यसलाई मानिराखे, र त्यो नै उनको पालनकर्ताबाट सत्य धर्म हो । त अल्लाहले उनीहरूका गुनाहलाई (पापलाई) हटाइदियो र उनीहरूको अवस्था सुधारिदियो ।
عربي تفسیرونه:
ذٰلِكَ بِاَنَّ الَّذِیْنَ كَفَرُوا اتَّبَعُوا الْبَاطِلَ وَاَنَّ الَّذِیْنَ اٰمَنُوا اتَّبَعُوا الْحَقَّ مِنْ رَّبِّهِمْ ؕ— كَذٰلِكَ یَضْرِبُ اللّٰهُ لِلنَّاسِ اَمْثَالَهُمْ ۟
३) यो यस कारण हो कि जुन मानिसहरूले इन्कार गरे उनीहरूले असत्यको अनुशरण गरे, र ईमान ल्याउनेहरूले सत्यमा हिंडे, जो उनको पालकर्ताको तर्फबाट छ । यसै प्रकार अल्लाहले मानिसहरूको निम्ति उनीहरूको उदाहरण वर्णन गर्दछ ।
عربي تفسیرونه:
فَاِذَا لَقِیْتُمُ الَّذِیْنَ كَفَرُوْا فَضَرْبَ الرِّقَابِ ؕ— حَتّٰۤی اِذَاۤ اَثْخَنْتُمُوْهُمْ فَشُدُّوا الْوَثَاقَ ۙ— فَاِمَّا مَنًّا بَعْدُ وَاِمَّا فِدَآءً حَتّٰی تَضَعَ الْحَرْبُ اَوْزَارَهَا— ذٰلِكَ ۛؕ— وَلَوْ یَشَآءُ اللّٰهُ لَانْتَصَرَ مِنْهُمْ ۙ— وَلٰكِنْ لِّیَبْلُوَاۡ بَعْضَكُمْ بِبَعْضٍ ؕ— وَالَّذِیْنَ قُتِلُوْا فِیْ سَبِیْلِ اللّٰهِ فَلَنْ یُّضِلَّ اَعْمَالَهُمْ ۟
४) अतः जब इन्कार गर्नेहरूसित तिम्रो भिडन्त हुन्छ त (उनीहरूको) गर्दन छिनालिदेऊ यहाँसम्म कि जब उनीहरूलाई राम्ररी थिचिसकेपछि (बाँच्नेहरूलाई) मजबूतसँग बाँधेर पक्राउ गर, अनि पछि या त उपकार गरी छाडिदेऊ अथवा दण्ड दिएर, यहाँसम्म कि शत्रुले लडाईको हतियार आफ्नो हातबाट राखिदिओस् । यो (हुकुम यादराख) यदि अल्लाहले चाहेको भए (अन्य प्रकारले) उनीहरूसित स्वयम् प्रतिशोध लिइहाल्थ्यो । तर उसले चाह्यो कि तिम्रो एउटाको अर्कोसित परीक्षा लेओस् । जुन मानिसहरू अल्लाहको बाटोमा मारिए उनका कर्महरूलाई कहिल्यै खेर फालिनेछैन ।
عربي تفسیرونه:
سَیَهْدِیْهِمْ وَیُصْلِحُ بَالَهُمْ ۟ۚ
५) उनीहरूलाई (सोझो) बाटो देखाउने छ र उनको अवस्था ठीक पार्नेछ ।
عربي تفسیرونه:
وَیُدْخِلُهُمُ الْجَنَّةَ عَرَّفَهَا لَهُمْ ۟
६) र उनीहरूलाई त्यस स्वर्गमा जससित उनीहरूलाई परिचित गराइसकेको छ, प्रवेश गर्नेछ ।
عربي تفسیرونه:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِنْ تَنْصُرُوا اللّٰهَ یَنْصُرْكُمْ وَیُثَبِّتْ اَقْدَامَكُمْ ۟
७) हे ईमानवालाहरू ! यदि तिमिले अल्लाहको धर्मको मद्दत गर्नेछौ भने उसले पनि तिम्रो मद्दत गर्नेछ र तिम्रो पाइलालाई सुदृढ बनाउने छ ।
عربي تفسیرونه:
وَالَّذِیْنَ كَفَرُوْا فَتَعْسًا لَّهُمْ وَاَضَلَّ اَعْمَالَهُمْ ۟
८) र जो काफिर भए । उनीहरूकै निम्ति विनाश छ र अल्लाह उनीहरूका कर्महरूलाई नष्ट पारिदिनेछ ।
عربي تفسیرونه:
ذٰلِكَ بِاَنَّهُمْ كَرِهُوْا مَاۤ اَنْزَلَ اللّٰهُ فَاَحْبَطَ اَعْمَالَهُمْ ۟
९) यो यसकारण कि अल्लाहले जुन कुरो अवतरित गर्यो, उनीहरूले त्यसलाई अप्रिय ठाने, तब अल्लाहले उनीहरूको कर्महरूलाई व्यर्थ पारिदियो ।
عربي تفسیرونه:
اَفَلَمْ یَسِیْرُوْا فِی الْاَرْضِ فَیَنْظُرُوْا كَیْفَ كَانَ عَاقِبَةُ الَّذِیْنَ مِنْ قَبْلِهِمْ ؕ— دَمَّرَ اللّٰهُ عَلَیْهِمْ ؗ— وَلِلْكٰفِرِیْنَ اَمْثَالُهَا ۟
१०) के उनीहरूले धरतीमा हिंड्डुल गर्दै यो देखेनन् कि जुन मानिसहरू उनीहरूभन्दा पहिला थिए उनीहरूको परिणाम कस्तो भयो ? अल्लाहले उनीहरूलाई नष्ट पारिदियो इन्कार गर्नेहरूलाई यस्तै सजाय हुनेछ ।
عربي تفسیرونه:
ذٰلِكَ بِاَنَّ اللّٰهَ مَوْلَی الَّذِیْنَ اٰمَنُوْا وَاَنَّ الْكٰفِرِیْنَ لَا مَوْلٰی لَهُمْ ۟۠
११) यो यसकारण कि जो मोमिन छन् उनीहरूको संरक्षक स्वयम् अल्लाह हो र काफिरहरूको कोही संरक्षक छैन ।
عربي تفسیرونه:
 
د معناګانو ژباړه سورت: محمد
د سورتونو فهرست (لړلیک) د مخ نمبر
 
د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه - د ژباړو فهرست (لړلیک)

د اهل الحدیث مرکزي ټولنې لخوا په نیپال کې خپور شوی.

بندول