Check out the new design

د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه * - د ژباړو فهرست (لړلیک)


د معناګانو ژباړه سورت: مائده   آیت:
قَالُوْا یٰمُوْسٰۤی اِنَّا لَنْ نَّدْخُلَهَاۤ اَبَدًا مَّا دَامُوْا فِیْهَا فَاذْهَبْ اَنْتَ وَرَبُّكَ فَقَاتِلَاۤ اِنَّا هٰهُنَا قٰعِدُوْنَ ۟
२४) तिनीहरूले (समुदायका व्यक्तिहरूले) भने, हे मूसा ! जबसम्म तिनीहरू त्यहाँ छन्, हामी कहिल्यै त्यहाँ जान सक्तैनौं, त्यसकारण तिमी र तिम्रो अल्लाह दुवै गएर लडाई गर, हामी यहाँ बसिरहने छौं ।
عربي تفسیرونه:
قَالَ رَبِّ اِنِّیْ لَاۤ اَمْلِكُ اِلَّا نَفْسِیْ وَاَخِیْ فَافْرُقْ بَیْنَنَا وَبَیْنَ الْقَوْمِ الْفٰسِقِیْنَ ۟
२५) मूसाले अल्लाहसँग विन्ति गरे कि हे परवरदिगार ! मलाई आफूमाथि र मेरा साक्खै भाइ बाहेक अन्य कसैमाथि कुनै अधिकार छैन, तसर्थ तिमीले हामीलाई यी अवज्ञाकारीहरूबाट अलग गरिदेऊ ।
عربي تفسیرونه:
قَالَ فَاِنَّهَا مُحَرَّمَةٌ عَلَیْهِمْ اَرْبَعِیْنَ سَنَةً ۚ— یَتِیْهُوْنَ فِی الْاَرْضِ ؕ— فَلَا تَاْسَ عَلَی الْقَوْمِ الْفٰسِقِیْنَ ۟۠
२६) आदेश भयो कि अब तिनीहरूको निम्ति चालीस वर्षसम्मको लागि पृथ्वी हराम गरिएको छ, यिनीहरू जंगल क्षेत्रमा यता–उता हिंडिराख्ने छन्, तसर्थ ती अवज्ञाकारीहरूको लागि तिमी चिन्तित नहोऊ ।
عربي تفسیرونه:
وَاتْلُ عَلَیْهِمْ نَبَاَ ابْنَیْ اٰدَمَ بِالْحَقِّ ۘ— اِذْ قَرَّبَا قُرْبَانًا فَتُقُبِّلَ مِنْ اَحَدِهِمَا وَلَمْ یُتَقَبَّلْ مِنَ الْاٰخَرِ ؕ— قَالَ لَاَقْتُلَنَّكَ ؕ— قَالَ اِنَّمَا یَتَقَبَّلُ اللّٰهُ مِنَ الْمُتَّقِیْنَ ۟
२७) (हे मुहम्मद !) तिनीहरूलाई आदमका दुईटा छोरा (हाबील र काबील) का कुराहरूलार्इ पनि सत्यताको साथ सुनाइदिनु कि जब ती दुवैले (अल्लाहलाई) केही भेंट अर्पित गरे, तब एउटाको भेंटी स्वीकार भयो र अर्कोको स्वीकार भएन । उसले (काबीलले) भन्न थाल्यो कि मैले तिमीलाई हत्या गर्नेछु । (हाबीलले) भन्यो कि अल्लाहले आत्मसंयमीहरूको कर्म स्वीकार गर्नेगर्दछ ।
عربي تفسیرونه:
لَىِٕنْۢ بَسَطْتَّ اِلَیَّ یَدَكَ لِتَقْتُلَنِیْ مَاۤ اَنَا بِبَاسِطٍ یَّدِیَ اِلَیْكَ لِاَقْتُلَكَ ۚ— اِنِّیْۤ اَخَافُ اللّٰهَ رَبَّ الْعٰلَمِیْنَ ۟
२८) यदि तिमीले मलाई मार्न हात उठाउँछौ भने म तिमीलाई मार्न हात उठाउन्न, मलाई त अल्लाह, सम्पर्ण ब्रह्माण्डको स्वामीबाट डर लाग्छ ।
عربي تفسیرونه:
اِنِّیْۤ اُرِیْدُ اَنْ تَبُوَْاَ بِاِثْمِیْ وَاِثْمِكَ فَتَكُوْنَ مِنْ اَصْحٰبِ النَّارِ ۚ— وَذٰلِكَ جَزٰٓؤُا الظّٰلِمِیْنَ ۟ۚ
२९) म त चाहन्छु कि तिमीले मेरो पाप र आफ्नो पाप आफ्नै टाउकोमा राख जसलेगर्दा तिमी नारकीयहरूमध्ये होऊ र अत्याचारीहरूको लागि यही नै दण्ड हो ।
عربي تفسیرونه:
فَطَوَّعَتْ لَهٗ نَفْسُهٗ قَتْلَ اَخِیْهِ فَقَتَلَهٗ فَاَصْبَحَ مِنَ الْخٰسِرِیْنَ ۟
३०) यसरी उसको मनले उसलाई आफ्नो भाइको हत्या गर्न उत्तेजित गर्यो अनि उसले त्यसको हत्या गरिहाल्यो र जसबाट आफू हानि भोग्नेहरूमा परिहाल्यो ।
عربي تفسیرونه:
فَبَعَثَ اللّٰهُ غُرَابًا یَّبْحَثُ فِی الْاَرْضِ لِیُرِیَهٗ كَیْفَ یُوَارِیْ سَوْءَةَ اَخِیْهِ ؕ— قَالَ یٰوَیْلَتٰۤی اَعَجَزْتُ اَنْ اَكُوْنَ مِثْلَ هٰذَا الْغُرَابِ فَاُوَارِیَ سَوْءَةَ اَخِیْ ۚ— فَاَصْبَحَ مِنَ النّٰدِمِیْنَ ۟
३१) त्यसपछि अल्लाहले एउटा काग पठायो, जसले कि माटो यसकारण खनिरहेको थियो कि त्यसलाई देखाओस् कि उसले आफ्नो भाइको मृतक शरीर कसरी लुकाओस् । उसले भन्न थाल्यो कि ज्यादै दुःखको कुरो छ कि मबाट यति पनि हुन सकेन कि म यस काग जस्तो आफ्नो भाइको शव लुकाउन सकूँ । अनि उसलाई पछुतो भयो र ऊ लज्जितहरूमध्येको भयो ।
عربي تفسیرونه:
 
د معناګانو ژباړه سورت: مائده
د سورتونو فهرست (لړلیک) د مخ نمبر
 
د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه - د ژباړو فهرست (لړلیک)

د اهل الحدیث مرکزي ټولنې لخوا په نیپال کې خپور شوی.

بندول