Check out the new design

د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه * - د ژباړو فهرست (لړلیک)


د معناګانو ژباړه سورت: انعام   آیت:
وَمَا قَدَرُوا اللّٰهَ حَقَّ قَدْرِهٖۤ اِذْ قَالُوْا مَاۤ اَنْزَلَ اللّٰهُ عَلٰی بَشَرٍ مِّنْ شَیْءٍ ؕ— قُلْ مَنْ اَنْزَلَ الْكِتٰبَ الَّذِیْ جَآءَ بِهٖ مُوْسٰی نُوْرًا وَّهُدًی لِّلنَّاسِ تَجْعَلُوْنَهٗ قَرَاطِیْسَ تُبْدُوْنَهَا وَتُخْفُوْنَ كَثِیْرًا ۚ— وَعُلِّمْتُمْ مَّا لَمْ تَعْلَمُوْۤا اَنْتُمْ وَلَاۤ اٰبَآؤُكُمْ ؕ— قُلِ اللّٰهُ ۙ— ثُمَّ ذَرْهُمْ فِیْ خَوْضِهِمْ یَلْعَبُوْنَ ۟
९१) र तिनीहरूले अल्लाहको जुन रूपमा आदर गर्न जान्नु पर्दथ्यो, त्यो जानेनन् । जब तिनीहरूले भने कि अल्लाहले मानिसमाथि केही पनि उतारेको छैन । भन्नुस् कि जुन किताब मूसाले लिएर आएका थिए, त्यसलाई कसले प्रदान गरेको छ, यसको विशेषता हो कि यो मानिसहरूको निम्ति प्रकाश र मार्गदर्शन हो र जसलाई तिमीहरूले अलग–अलग पानामा राखिराखेका छौ, त्यसका केही भागलाई त प्रकट गर्दछौ र धेरैलाई लुकाउँछौ । तिमीहरूलाई ती धेरै कुराहरू सिकाइयो जसलाई कि न तिमी जान्दथ्यौ र न त तिम्रा ठूलाबडाले । भनिदिनुस् कि (यस किताबलाई) अल्लाहले नै उतारेको छ यसर्थ तिनीहरूलाई उनको तुच्छ कुराहरूको बक्वासमा खेलिरहन दिनुस् ।
عربي تفسیرونه:
وَهٰذَا كِتٰبٌ اَنْزَلْنٰهُ مُبٰرَكٌ مُّصَدِّقُ الَّذِیْ بَیْنَ یَدَیْهِ وَلِتُنْذِرَ اُمَّ الْقُرٰی وَمَنْ حَوْلَهَا ؕ— وَالَّذِیْنَ یُؤْمِنُوْنَ بِالْاٰخِرَةِ یُؤْمِنُوْنَ بِهٖ وَهُمْ عَلٰی صَلَاتِهِمْ یُحَافِظُوْنَ ۟
९२) यो पनि यस्तै किताब हो जसलाई हामीले उतारेका छौं जो धेरै कल्याणकारी छ, पहिलाका किताबहरूलाई प्रमाणित गर्दछ र यस कारणले कि तपाईले मक्का र त्यसको छेउछाउमा बस्ने मानिसहरूलाई डराउन सक्नुहोस्, र जुन मानिसहरूले आखिरतको दिनमा विश्वास गर्दछन्, यस्तै व्यक्तिहरू यस किताबमा पनि आस्था राख्दछन् र आफ्ना नमाजहरूबारे नित्यता गर्दैछन् ।
عربي تفسیرونه:
وَمَنْ اَظْلَمُ مِمَّنِ افْتَرٰی عَلَی اللّٰهِ كَذِبًا اَوْ قَالَ اُوْحِیَ اِلَیَّ وَلَمْ یُوْحَ اِلَیْهِ شَیْءٌ وَّمَنْ قَالَ سَاُنْزِلُ مِثْلَ مَاۤ اَنْزَلَ اللّٰهُ ؕ— وَلَوْ تَرٰۤی اِذِ الظّٰلِمُوْنَ فِیْ غَمَرٰتِ الْمَوْتِ وَالْمَلٰٓىِٕكَةُ بَاسِطُوْۤا اَیْدِیْهِمْ ۚ— اَخْرِجُوْۤا اَنْفُسَكُمْ ؕ— اَلْیَوْمَ تُجْزَوْنَ عَذَابَ الْهُوْنِ بِمَا كُنْتُمْ تَقُوْلُوْنَ عَلَی اللّٰهِ غَیْرَ الْحَقِّ وَكُنْتُمْ عَنْ اٰیٰتِهٖ تَسْتَكْبِرُوْنَ ۟
९३) र त्योभन्दा ठूलो अत्याचारी को होला, जस्ले अल्लाहमाथि झूठो दोषारोपण गर्दछ अथवा यो भन्दछ कि ममाथि अल्लाहको बाणी आएको छ, जबकि त्यसमाथि कुनै पनि अल्लाहको बाणी आएको छैन, र जसले यो भन्दछ कि जुन प्रकारको किताब अल्लाहले प्रदान गरेको छ, त्यस्तो किताब म पनि ल्याउँछु । र यदि तपाईले ती अन्यायीहरूलाई त्यतिखेर देख्नु भयो जब यी अन्यायीहरू मृत्युका कष्टपूर्ण व्यथामा हुन्छन् र फरिश्ताहरू आफ्ना हातहरू बढाइराखेका हुन्छन् यो भन्दै कि आफ्ना प्राणहरू समर्पित गर, आज तिमीहरूलाई अपमानजनक सजाय दिइनेछ, किनभने तिमीहरूले अल्लाहको विरोधमा झूठा कुरा गर्ने गर्दथ्यौ र त्यसका आयतहरूलाई तिरस्कारपूर्ण अस्वीकार गर्ने गर्दथ्यौ ।
عربي تفسیرونه:
وَلَقَدْ جِئْتُمُوْنَا فُرَادٰی كَمَا خَلَقْنٰكُمْ اَوَّلَ مَرَّةٍ وَّتَرَكْتُمْ مَّا خَوَّلْنٰكُمْ وَرَآءَ ظُهُوْرِكُمْ ۚ— وَمَا نَرٰی مَعَكُمْ شُفَعَآءَكُمُ الَّذِیْنَ زَعَمْتُمْ اَنَّهُمْ فِیْكُمْ شُرَكٰٓؤُا ؕ— لَقَدْ تَّقَطَّعَ بَیْنَكُمْ وَضَلَّ عَنْكُمْ مَّا كُنْتُمْ تَزْعُمُوْنَ ۟۠
९४) र हेर जस्तो हामीले तिमीलाई प्रथम पटक सृष्टि गरेका थियौं त्यस्तै तिमी आज हाम्रो समीपमा एक्ला–एक्लै आएका छौ र जुन हामीले तिमीलाई प्रदान गरेका थियौं ती सबै कुरा आफ्नो पछाडि छोडेर आयौ, र हामीले तिम्रा साथमा भएका सिफारिश गर्नेहरूलाई पनि देख्दैनौं, जसको बारेमा तिम्रो दावी थियो कि तिनीहरू तिम्रा सहभागी हुन् । निश्चय नै तिम्रा आपसी सम्बन्धहरू त समाप्त भइहाले र जुन दावी तिमीले गर्ने गर्दथ्यौ ती सबै समाप्त भए ।
عربي تفسیرونه:
 
د معناګانو ژباړه سورت: انعام
د سورتونو فهرست (لړلیک) د مخ نمبر
 
د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه - د ژباړو فهرست (لړلیک)

د اهل الحدیث مرکزي ټولنې لخوا په نیپال کې خپور شوی.

بندول