د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه

د مخ نمبر:close

external-link copy
26 : 8

وَاذْكُرُوْۤا اِذْ اَنْتُمْ قَلِیْلٌ مُّسْتَضْعَفُوْنَ فِی الْاَرْضِ تَخَافُوْنَ اَنْ یَّتَخَطَّفَكُمُ النَّاسُ فَاٰوٰىكُمْ وَاَیَّدَكُمْ بِنَصْرِهٖ وَرَزَقَكُمْ مِّنَ الطَّیِّبٰتِ لَعَلَّكُمْ تَشْكُرُوْنَ ۟

२६) र त्यस अवस्थाको स्मरण गर जब तिमी थोरै थियौ, धर्तीमा निर्बल थियौ, भयभीत अवस्थामा रहन्थ्यौ कि अरुले तिमीहरूलाई कहीं नष्ट नगरिहालुन् अनि अल्लाहले तिमीलाई शरण दियो र आफ्नो सहायताले तिमीलाई शक्ति प्रदान गर्यो र राम्रा राम्रा कुराहरू दियो ताकि तिमीले उसको आभार प्रकट गर । info
التفاسير:

external-link copy
27 : 8

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَخُوْنُوا اللّٰهَ وَالرَّسُوْلَ وَتَخُوْنُوْۤا اَمٰنٰتِكُمْ وَاَنْتُمْ تَعْلَمُوْنَ ۟

२७) हे ईमानवालाहरू ! तिमीले जानीबुझी अल्लाह र उसको रसूलको हकको साथमा विश्वासघात नगर्नु र आफूले संरक्षण गरेको कुराहरूमा विश्वासघात नगर । info
التفاسير:

external-link copy
28 : 8

وَاعْلَمُوْۤا اَنَّمَاۤ اَمْوَالُكُمْ وَاَوْلَادُكُمْ فِتْنَةٌ ۙ— وَّاَنَّ اللّٰهَ عِنْدَهٗۤ اَجْرٌ عَظِیْمٌ ۟۠

२८) र तिमी यस कुरोलाई राम्ररी जानिराख कि तिम्रा धनसम्पत्ति र तिम्रा सन्तानहरू एउटा परीक्षा सामग्री हुन् र यो कुरो पनि जानिराख कि अल्लाहसंग ठुलो प्रतिफल छ । info
التفاسير:

external-link copy
29 : 8

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِنْ تَتَّقُوا اللّٰهَ یَجْعَلْ لَّكُمْ فُرْقَانًا وَّیُكَفِّرْ عَنْكُمْ سَیِّاٰتِكُمْ وَیَغْفِرْ لَكُمْ ؕ— وَاللّٰهُ ذُو الْفَضْلِ الْعَظِیْمِ ۟

२९) हे ईमानवालाहरू ! यदि तिमी अल्लाहसित डर मान्ने गर्छौ भने उसले तिमीलाई एउटा निर्णायक कुरा प्रदान गर्नेछ । र तिम्रा पापहरू समाप्त गर्नेछ र तिमीलाई क्षमा गर्नेछ । अल्लाह बडो अनुग्रहवाला छ । info
التفاسير:

external-link copy
30 : 8

وَاِذْ یَمْكُرُ بِكَ الَّذِیْنَ كَفَرُوْا لِیُثْبِتُوْكَ اَوْ یَقْتُلُوْكَ اَوْ یُخْرِجُوْكَ ؕ— وَیَمْكُرُوْنَ وَیَمْكُرُ اللّٰهُ ؕ— وَاللّٰهُ خَیْرُ الْمٰكِرِیْنَ ۟

३०) र त्यस कुराको पनि चर्चा गर्नुस् जबकि काफिरहरूले तपाई विरुद्ध षडयन्त्र गरिराखेका थिए, ताकि तपाईलाई बन्दी बनाइहालुन्, वा तपाईलाई मारिदिउन् वा तपाईलाई वतनबाट निकाली निर्वासित गराइदिउन् र उनीहरू आफ्ना षडयन्त्र गरिराखेका थिए र अल्लाह आफ्नो योजना कार्यान्वयन गरिराखेको थियो र अल्लाह सबभन्दा बलियो योजनाकार छ । info
التفاسير:

external-link copy
31 : 8

وَاِذَا تُتْلٰی عَلَیْهِمْ اٰیٰتُنَا قَالُوْا قَدْ سَمِعْنَا لَوْ نَشَآءُ لَقُلْنَا مِثْلَ هٰذَاۤ ۙ— اِنْ هٰذَاۤ اِلَّاۤ اَسَاطِیْرُ الْاَوَّلِیْنَ ۟

३१) र जब उनीहरू सामु हाम्रा आयतहरू पढिन्छन् तब उनीहरू भन्छन्ः कि हामीले सुनिहाल्यौं । यदि हामीले चाह्यौं भने यस्ता कुरा हामीले पनि भन्न सक्छौं, यी त पहिलाका मानिसहरूको तर्फबाट चल्दै आएका अप्रमाणिक कुराहरू हुन् । info
التفاسير:

external-link copy
32 : 8

وَاِذْ قَالُوا اللّٰهُمَّ اِنْ كَانَ هٰذَا هُوَ الْحَقَّ مِنْ عِنْدِكَ فَاَمْطِرْ عَلَیْنَا حِجَارَةً مِّنَ السَّمَآءِ اَوِ ائْتِنَا بِعَذَابٍ اَلِیْمٍ ۟

३२) र जब उनीहरूले भने कि हे अल्लाह ! यदि तपाईंको तर्फबाट आएको यो कुरआन सत्य छ भने हामीमाथि आकाशबाट ढुङ्गा बर्साइदेऊ, वा हामीमाथि कुनै कष्टदायक यातना पठाइदेऊ । info
التفاسير:

external-link copy
33 : 8

وَمَا كَانَ اللّٰهُ لِیُعَذِّبَهُمْ وَاَنْتَ فِیْهِمْ ؕ— وَمَا كَانَ اللّٰهُ مُعَذِّبَهُمْ وَهُمْ یَسْتَغْفِرُوْنَ ۟

३३) र अल्लाह यस्तो गर्नेछैन कि तपाई उनीहरूको माझमा उपस्थित हुँदा उनीहरूलाई यातना देओस्, र उनीहरूले क्षमायाचना गरिराखेको अवस्थामा अल्लाहले उनीहरूलाई यातनामा ग्रस्त गर्नेछैन । info
التفاسير: