Tradução dos significados do Nobre Qur’an. - Tradução para Nepali - Sociedade Ahl Al-Hadith * - Índice de tradução


Tradução dos significados Surah: Suratu Hud   Versículo:

सूरतु हूद

الٓرٰ ۫— كِتٰبٌ اُحْكِمَتْ اٰیٰتُهٗ ثُمَّ فُصِّلَتْ مِنْ لَّدُنْ حَكِیْمٍ خَبِیْرٍ ۟ۙ
१) अलिफ. लाम. रा. । यो यस्तो किताब हो जसका आयतहरू ठोस छन्, र बुद्धिमत्ता सम्पन्न सबै कुराको ज्ञाताको तर्फबाट स्पष्टरूपले व्याख्या गरिएको छ ।
Os Tafssir em língua árabe:
اَلَّا تَعْبُدُوْۤا اِلَّا اللّٰهَ ؕ— اِنَّنِیْ لَكُمْ مِّنْهُ نَذِیْرٌ وَّبَشِیْرٌ ۟ۙ
२) यो कि अल्लाह बाहेक कसैको पूजा नगर । र म उसको तर्फबाट तिमीलाई सावधान गर्ने र शुभ सन्देश दिनेवाला हूँ ।
Os Tafssir em língua árabe:
وَّاَنِ اسْتَغْفِرُوْا رَبَّكُمْ ثُمَّ تُوْبُوْۤا اِلَیْهِ یُمَتِّعْكُمْ مَّتَاعًا حَسَنًا اِلٰۤی اَجَلٍ مُّسَمًّی وَّیُؤْتِ كُلَّ ذِیْ فَضْلٍ فَضْلَهٗ ؕ— وَاِنْ تَوَلَّوْا فَاِنِّیْۤ اَخَافُ عَلَیْكُمْ عَذَابَ یَوْمٍ كَبِیْرٍ ۟
३) र यो कि आफ्नो पालनकर्तासित क्षमायाचना गर र उसैको सामु प्रायश्चित गर, उसले तिमीलाई एक निश्चित समयसम्म राम्रो जिन्दगी दिनेछ, र धेरै पुण्य गर्नेहरूलाई बढी प्रतिफल दिनेछ । र यदि तिमी विमुख हुन्छौ भने मलाई तिम्रो बारेमा कियामतको सजायको भय छ ।
Os Tafssir em língua árabe:
اِلَی اللّٰهِ مَرْجِعُكُمْ ۚ— وَهُوَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
४) तिमी (सबै) लाई अल्लाहतिरै (फर्केर) जानु छ र ऊ प्रत्येक कुरोमा सामथ्र्यवान छ ।
Os Tafssir em língua árabe:
اَلَاۤ اِنَّهُمْ یَثْنُوْنَ صُدُوْرَهُمْ لِیَسْتَخْفُوْا مِنْهُ ؕ— اَلَا حِیْنَ یَسْتَغْشُوْنَ ثِیَابَهُمْ ۙ— یَعْلَمُ مَا یُسِرُّوْنَ وَمَا یُعْلِنُوْنَ ۚ— اِنَّهٗ عَلِیْمٌۢ بِذَاتِ الصُّدُوْرِ ۟
५) यादराख यिनीहरूले आफ्ना हृदयलाई आवरणले छोप्छन्, ताकि अल्लाहबाट त्यसभित्रको कुरा लुकाउन सकुन् । सुनिराख, जुन बेला यिनीहरू लुगामा बेरिएका हुन्छन् त्यतिबेला पनि तिनीहरूको लुकेको र प्रकट कुराहरू सबैको उसलाई ज्ञान हुन्छ, निःसन्देह ऊ हृदयभित्र भएका सबै कुराहरू जान्दछ ।
Os Tafssir em língua árabe:
وَمَا مِنْ دَآبَّةٍ فِی الْاَرْضِ اِلَّا عَلَی اللّٰهِ رِزْقُهَا وَیَعْلَمُ مُسْتَقَرَّهَا وَمُسْتَوْدَعَهَا ؕ— كُلٌّ فِیْ كِتٰبٍ مُّبِیْنٍ ۟
६) पृथ्वीमा हिलडुल गर्ने जे जति पनि प्राणीहरू छन् अल्लाहमाथि सबैको जीविका निर्भर छ । उही उनको बसोबास गर्ने ठाउँ जान्दछ । र तिनलाई सुम्पिने ठाउँ पनि । सबै थोक किताबमा स्पष्टरूपमा छन् ।
Os Tafssir em língua árabe:
وَهُوَ الَّذِیْ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ فِیْ سِتَّةِ اَیَّامٍ وَّكَانَ عَرْشُهٗ عَلَی الْمَآءِ لِیَبْلُوَكُمْ اَیُّكُمْ اَحْسَنُ عَمَلًا ؕ— وَلَىِٕنْ قُلْتَ اِنَّكُمْ مَّبْعُوْثُوْنَ مِنْ بَعْدِ الْمَوْتِ لَیَقُوْلَنَّ الَّذِیْنَ كَفَرُوْۤا اِنْ هٰذَاۤ اِلَّا سِحْرٌ مُّبِیْنٌ ۟
७) र उहि नै (अल्लाह) हो जसले आकाशहरू र पृथ्वीलाई ‘‘छ’’ ६ दिनमा बनायो र (त्यसबेला) उसको सिंहासन पानीमाथि थियो । (सृष्टिको उद्देश्य यो छ कि) उसले तिम्रो परीक्षा गरोस्, कि कर्मको दृष्टिले तिमीमध्ये को राम्रो छ । र यदि तपाई भन्नुहुन्छ कि मृत्यु पश्चात जीवित गरेपछि उठाइने छौ, भने काफिरहरूले जवाफ दिनेछन् कि यो त स्पष्टरूपले जादू हो ।
Os Tafssir em língua árabe:
وَلَىِٕنْ اَخَّرْنَا عَنْهُمُ الْعَذَابَ اِلٰۤی اُمَّةٍ مَّعْدُوْدَةٍ لَّیَقُوْلُنَّ مَا یَحْبِسُهٗ ؕ— اَلَا یَوْمَ یَاْتِیْهِمْ لَیْسَ مَصْرُوْفًا عَنْهُمْ وَحَاقَ بِهِمْ مَّا كَانُوْا بِهٖ یَسْتَهْزِءُوْنَ ۟۠
८) र यदि एक निश्चित अवधिसम्म हामीले तिनीहरूमाथिको सजाय रोक्थ्यौ त भन्ने छन्ः कि कुन कुराले सजायलाई रोकिराखेको छ । हेर, जुन दिन सजाय तिनीहरूमाथि आउनेछ त्यो सर्दैन र फेरि जुन कुराको उपहास गर्दै गरेका थिए त्यसले तिनलाई घेरिहाल्ने छ ।
Os Tafssir em língua árabe:
وَلَىِٕنْ اَذَقْنَا الْاِنْسَانَ مِنَّا رَحْمَةً ثُمَّ نَزَعْنٰهَا مِنْهُ ۚ— اِنَّهٗ لَیَـُٔوْسٌ كَفُوْرٌ ۟
९) र यदि हामीले मानिसलाई आफ्नो कुनै पुरस्कारको स्वाद चखाएर त्यसलाई वहाँबाट खोस्छौं भने त्यो (मानिस) धेरै निराश र कृतघ्न भइहाल्छ ।
Os Tafssir em língua árabe:
وَلَىِٕنْ اَذَقْنٰهُ نَعْمَآءَ بَعْدَ ضَرَّآءَ مَسَّتْهُ لَیَقُوْلَنَّ ذَهَبَ السَّیِّاٰتُ عَنِّیْ ؕ— اِنَّهٗ لَفَرِحٌ فَخُوْرٌ ۟ۙ
१०) तर यदि त्यसलाई दुःख पुगेपछि हामी आराम प्रदान गर्छौं भने प्रसन्न भई, भन्दछः कि सबै नराम्रा कुराहरू हामीबाट हटिसके । निःसन्देह त्यो खुशी हुने र धेरै आत्माप्रशंसक छ ।
Os Tafssir em língua árabe:
اِلَّا الَّذِیْنَ صَبَرُوْا وَعَمِلُوا الصّٰلِحٰتِ ؕ— اُولٰٓىِٕكَ لَهُمْ مَّغْفِرَةٌ وَّاَجْرٌ كَبِیْرٌ ۟
११) हो, जसले धैर्य गरे र असल कर्म गरे । तिनै हुन् जसका लागि क्षमा र ठूलो प्रतिफल छ ।
Os Tafssir em língua árabe:
فَلَعَلَّكَ تَارِكٌ بَعْضَ مَا یُوْحٰۤی اِلَیْكَ وَضَآىِٕقٌ بِهٖ صَدْرُكَ اَنْ یَّقُوْلُوْا لَوْلَاۤ اُنْزِلَ عَلَیْهِ كَنْزٌ اَوْ جَآءَ مَعَهٗ مَلَكٌ ؕ— اِنَّمَاۤ اَنْتَ نَذِیْرٌ ؕ— وَاللّٰهُ عَلٰی كُلِّ شَیْءٍ وَّكِیْلٌ ۟ؕ
१२) संभवतः तिम्रो लागि उतारिएको अल्लाहका केही आदेश तिमीले छाडिदिन्छौ र यस कारणले तपाईको हृदय संकुचित हुन्छ कि काफिरहरूले भन्छन् कि उनीमाथि कुनै खजाना किन उतारिएन अथवा त्यसको साथमा कुनै फरिश्ता (स्वर्गदूत) किन आएन । (सुन्नुस्) तपाई त मात्र सावधान गर्नेवाला हौ र हरेक कुराको जिम्मेदारी अल्लाहमाथि छ ।
Os Tafssir em língua árabe:
اَمْ یَقُوْلُوْنَ افْتَرٰىهُ ؕ— قُلْ فَاْتُوْا بِعَشْرِ سُوَرٍ مِّثْلِهٖ مُفْتَرَیٰتٍ وَّادْعُوْا مَنِ اسْتَطَعْتُمْ مِّنْ دُوْنِ اللّٰهِ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
१३) के यिनीहरूले भन्दछन् कि उसले ‘‘कुरआन’’ आफैले रचेको हो र भनिदिनुस्ः कि तिमीले पनि यस्तै दशवटा सूरहहरू रचेर ल्याऊ र अल्लाह बाहेक जसलाई चाहन्छौ आफ्नो साथमा बोलाएर ल्याऊ यदि तिमीहरू आफ्नो कुरामा साँचो छौ भने ।
Os Tafssir em língua árabe:
فَاِلَّمْ یَسْتَجِیْبُوْا لَكُمْ فَاعْلَمُوْۤا اَنَّمَاۤ اُنْزِلَ بِعِلْمِ اللّٰهِ وَاَنْ لَّاۤ اِلٰهَ اِلَّا هُوَ ۚ— فَهَلْ اَنْتُمْ مُّسْلِمُوْنَ ۟
१४) फेरि यदि तिनीहरूले तपाईको कुरा स्वीकार गर्दैनन्, भने त जानिराख कि त्यो कुरआन अल्लाहको ज्ञानले प्रकट गरिएको हो, र यो कि त्यसबाहेक अरु कोही पूजनीय छैन, तसर्थ (हे मुश्रिकहरू) के तिमीले पनि इस्लाम स्वीकार गर्दछौ ?
Os Tafssir em língua árabe:
مَنْ كَانَ یُرِیْدُ الْحَیٰوةَ الدُّنْیَا وَزِیْنَتَهَا نُوَفِّ اِلَیْهِمْ اَعْمَالَهُمْ فِیْهَا وَهُمْ فِیْهَا لَا یُبْخَسُوْنَ ۟
१५) जुन मानिसहरूले सांसारिक जीवन र यसका आकर्षक कुराहरूको लागि मरिमेटछन हामीले उनीहरूको सबै कर्महरूको प्रतिफल तिनीहरूलाई संसारमा नै दिन्छौ र यसमा हामीले कुनै कमी गर्दैनौं ।
Os Tafssir em língua árabe:
اُولٰٓىِٕكَ الَّذِیْنَ لَیْسَ لَهُمْ فِی الْاٰخِرَةِ اِلَّا النَّارُ ۖؗ— وَحَبِطَ مَا صَنَعُوْا فِیْهَا وَبٰطِلٌ مَّا كَانُوْا یَعْمَلُوْنَ ۟
१६) यीनै ती मानिसहरू हुन् जसका निम्ति परलोकमा नर्कको आगो बाहेक अरु केही छैन, र जुन कर्म तिनीहरूले संसारमा गरे सबै बर्बाद भए, र जेजति तिनीहरूले गर्दैगरे सबै निरर्थक हुनेवाला छन् ।
Os Tafssir em língua árabe:
اَفَمَنْ كَانَ عَلٰی بَیِّنَةٍ مِّنْ رَّبِّهٖ وَیَتْلُوْهُ شَاهِدٌ مِّنْهُ وَمِنْ قَبْلِهٖ كِتٰبُ مُوْسٰۤی اِمَامًا وَّرَحْمَةً ؕ— اُولٰٓىِٕكَ یُؤْمِنُوْنَ بِهٖ ؕ— وَمَنْ یَّكْفُرْ بِهٖ مِنَ الْاَحْزَابِ فَالنَّارُ مَوْعِدُهٗ ۚ— فَلَا تَكُ فِیْ مِرْیَةٍ مِّنْهُ ۗ— اِنَّهُ الْحَقُّ مِنْ رَّبِّكَ وَلٰكِنَّ اَكْثَرَ النَّاسِ لَا یُؤْمِنُوْنَ ۟
१७) के त्यो मानिस जसलाई आफ्नो पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाण प्राप्त छ र उसपछि अल्लाहको तर्फबाट आएको साक्षी (जिबरील) पनि छ र त्योभन्दा पहिला मूसाको किताब मार्गदर्शक र वरदान आइसकेको होस्, (के यस्तो व्यक्ति पथभ्रष्ट हुन सक्दछ ?) यिनीहरू नै त्यसमाथि ईमान राख्दछन् । र यिनी समुदायबाट जो यसको इन्कार गर्दछ, उसको अन्तिम बासस्थान (नर्कको) आगो हो । तसर्थ तिमीले यस (कुरआन) को सम्बन्धमा कुनै शंका नगर्नु, यो तिम्रो पालनकर्ताबाट आएको पूर्ण सत्य हो, तर अधिकांश मानिसहरूले ईमान ल्याउँदैनन् ।
Os Tafssir em língua árabe:
وَمَنْ اَظْلَمُ مِمَّنِ افْتَرٰی عَلَی اللّٰهِ كَذِبًا ؕ— اُولٰٓىِٕكَ یُعْرَضُوْنَ عَلٰی رَبِّهِمْ وَیَقُوْلُ الْاَشْهَادُ هٰۤؤُلَآءِ الَّذِیْنَ كَذَبُوْا عَلٰی رَبِّهِمْ ۚ— اَلَا لَعْنَةُ اللّٰهِ عَلَی الظّٰلِمِیْنَ ۟ۙ
१८) यसभन्दा बढी अत्याचारी को होला जसले अल्लाहबारे असत्यकुरा गर्दछ । यस्ता मानिसहरू अल्लाहको सामु प्रस्तुत गरिनेछन् र सबै साक्षीहरूले भन्नेछन् कि यिनै मानिस हुन् जसले आफ्नो पालनकर्ताबारे झूठा कुरा भनेका थिए, खबरदार (सावधान) अत्याचारीहरूमाथि अल्लाहको धिक्कार छ ।
Os Tafssir em língua árabe:
الَّذِیْنَ یَصُدُّوْنَ عَنْ سَبِیْلِ اللّٰهِ وَیَبْغُوْنَهَا عِوَجًا ؕ— وَهُمْ بِالْاٰخِرَةِ هُمْ كٰفِرُوْنَ ۟
१९) जुन मानिसहरू अल्लाहको मार्गबाट रोक्दछन् र त्यसमा वक्रता खोजिराख्छन् तिनीहरू नै परलोक (आखिरत) को इन्कार गर्दछन् ।
Os Tafssir em língua árabe:
اُولٰٓىِٕكَ لَمْ یَكُوْنُوْا مُعْجِزِیْنَ فِی الْاَرْضِ وَمَا كَانَ لَهُمْ مِّنْ دُوْنِ اللّٰهِ مِنْ اَوْلِیَآءَ ۘ— یُضٰعَفُ لَهُمُ الْعَذَابُ ؕ— مَا كَانُوْا یَسْتَطِیْعُوْنَ السَّمْعَ وَمَا كَانُوْا یُبْصِرُوْنَ ۟
२०) यिनीहरूले न धर्तीमा अल्लाहलाई हराउन सकछन् र नत अल्लाह बाहेक कोही तिनीहरूको समर्थक हुनेछ । तिनीहरूलाई दोब्बर सजाय दिइनेछ, किनकि यिनीहरूले सुन्न सक्दैनथे र नत देख्न सक्दथे ।
Os Tafssir em língua árabe:
اُولٰٓىِٕكَ الَّذِیْنَ خَسِرُوْۤا اَنْفُسَهُمْ وَضَلَّ عَنْهُمْ مَّا كَانُوْا یَفْتَرُوْنَ ۟
२१) यिनीहरू नै हुन् जसले कि आफूलाई हानिमा पारे, र यिनीहरूले मानी आएका सबै मनगढन्ते कुराहरू यिनीहरूबाट हरायो ।
Os Tafssir em língua árabe:
لَا جَرَمَ اَنَّهُمْ فِی الْاٰخِرَةِ هُمُ الْاَخْسَرُوْنَ ۟
२२) निःसन्देह यिनीहरू नै परलोकमा सबैभन्दा धेरै हानि भोग्नेछन् ।
Os Tafssir em língua árabe:
اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ وَاَخْبَتُوْۤا اِلٰی رَبِّهِمْ ۙ— اُولٰٓىِٕكَ اَصْحٰبُ الْجَنَّةِ ۚ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟
२३) जुन मानिसहरूले ईमान ल्याए र सत्कर्म गरे र आफ्नो पालनकर्ताको अगाडि क्षमायाचना गरे, यिनै स्वर्गमा जानेहरू हुन्, र सधैं त्यसमा रहनेछन् ।
Os Tafssir em língua árabe:
مَثَلُ الْفَرِیْقَیْنِ كَالْاَعْمٰی وَالْاَصَمِّ وَالْبَصِیْرِ وَالسَّمِیْعِ ؕ— هَلْ یَسْتَوِیٰنِ مَثَلًا ؕ— اَفَلَا تَذَكَّرُوْنَ ۟۠
२४) यी दुवै समुदाय (काफिर र मोमिन) को उदाहरण यस्तो छ, जस्तो एउटा अन्धा र बहिरा होस् र अर्को देख्ने सुन्ने, त के दुवैको अवस्था बराबर हुनसक्छ ? अनि तिमीले किन शिक्षा लिदैनौ ।
Os Tafssir em língua árabe:
وَلَقَدْ اَرْسَلْنَا نُوْحًا اِلٰی قَوْمِهٖۤ ؗ— اِنِّیْ لَكُمْ نَذِیْرٌ مُّبِیْنٌ ۟ۙ
२५) र हामीले ‘‘नूहलाई’’ उनको कौमतिर रसूल बनाएर पठायौं (उनले भने) कि मैले तिमीलाई खुल्लमखुल्ला सावधान गराउने आएको हूँ ।
Os Tafssir em língua árabe:
اَنْ لَّا تَعْبُدُوْۤا اِلَّا اللّٰهَ ؕ— اِنِّیْۤ اَخَافُ عَلَیْكُمْ عَذَابَ یَوْمٍ اَلِیْمٍ ۟
२६) कि तिमीहरू अल्लाह बाहेक कसैको पूजा नगर । मलाई तिम्रो बारेमा कष्टदायक सजाय हुने दिनको भय छ ।
Os Tafssir em língua árabe:
فَقَالَ الْمَلَاُ الَّذِیْنَ كَفَرُوْا مِنْ قَوْمِهٖ مَا نَرٰىكَ اِلَّا بَشَرًا مِّثْلَنَا وَمَا نَرٰىكَ اتَّبَعَكَ اِلَّا الَّذِیْنَ هُمْ اَرَاذِلُنَا بَادِیَ الرَّاْیِ ۚ— وَمَا نَرٰی لَكُمْ عَلَیْنَا مِنْ فَضْلٍۢ بَلْ نَظُنُّكُمْ كٰذِبِیْنَ ۟
२७) अनि उनको समुदायका काफिरहरूको नायकहरूले भन्न थालेः कि हामीले तिमीलाई आफू जस्तै एउटा मानिसको रूपमा देख्छौं र यो पनि देख्छौं कि तिम्रा अनुयायीहरू तल्लो श्रेणीका मानिसहरू बाहेक कोही छैन जसले नजानी बुझीकन तिम्रो अनुयायी भएका छन् । हामीले त हामीहरूभन्दा तिमीमा केही बढी विशेषता देखेका छैनौं बरु तिमीलाई हामीले झूठा ठान्दछौं ।
Os Tafssir em língua árabe:
قَالَ یٰقَوْمِ اَرَءَیْتُمْ اِنْ كُنْتُ عَلٰی بَیِّنَةٍ مِّنْ رَّبِّیْ وَاٰتٰىنِیْ رَحْمَةً مِّنْ عِنْدِهٖ فَعُمِّیَتْ عَلَیْكُمْ ؕ— اَنُلْزِمُكُمُوْهَا وَاَنْتُمْ لَهَا كٰرِهُوْنَ ۟
२८) नूहले भने कि हे मेरो सम्प्रदायका मानिसहरू, बताऊ यदि म आफ्नो पालनकर्ताबाट (स्पष्ट) प्रमाण राख्दछु र उसले मलाई आफ्नो तर्फबाट दया प्रदान गरेको छ, त्यो तिम्रो दृष्टिमा पर्दैन भने त के हामीले यसको निम्ति तिमीलाई बाध्य गरौं ? जबकि तिमी त्यसबाट अप्रसन्न छौ ।
Os Tafssir em língua árabe:
وَیٰقَوْمِ لَاۤ اَسْـَٔلُكُمْ عَلَیْهِ مَالًا ؕ— اِنْ اَجْرِیَ اِلَّا عَلَی اللّٰهِ وَمَاۤ اَنَا بِطَارِدِ الَّذِیْنَ اٰمَنُوْا ؕ— اِنَّهُمْ مُّلٰقُوْا رَبِّهِمْ وَلٰكِنِّیْۤ اَرٰىكُمْ قَوْمًا تَجْهَلُوْنَ ۟
२९) र हे मेरो समुदायहरू ! म यस (सन्देश) बापत तिमीसित धनसम्पत्ति माँग्दिनँ, मेरो पुरस्कार त केवल अल्लाहको जिम्मामा छ, र ईमानवाला मानिसहरूलाई म लखेटन सक्दिनँ, तिनीहरू आफ्नो पालनकर्तासित साक्षातकार प्राप्त गर्नेवाला छन्, तर म तिमीहरूलाई अज्ञानतापूर्ण कार्य गरिराखेको देख्दछु ।
Os Tafssir em língua árabe:
وَیٰقَوْمِ مَنْ یَّنْصُرُنِیْ مِنَ اللّٰهِ اِنْ طَرَدْتُّهُمْ ؕ— اَفَلَا تَذَكَّرُوْنَ ۟
३०) र हे मेरो कौमका मानिसहरू यदि मैले तिनीहरूलाई निकालिदिएँ भने अल्लाहबाट कसले मेरो मद्दत गर्न सक्दछ । के तिमी केही उपदेश ग्रहण गर्दैनौ ।
Os Tafssir em língua árabe:
وَلَاۤ اَقُوْلُ لَكُمْ عِنْدِیْ خَزَآىِٕنُ اللّٰهِ وَلَاۤ اَعْلَمُ الْغَیْبَ وَلَاۤ اَقُوْلُ اِنِّیْ مَلَكٌ وَّلَاۤ اَقُوْلُ لِلَّذِیْنَ تَزْدَرِیْۤ اَعْیُنُكُمْ لَنْ یُّؤْتِیَهُمُ اللّٰهُ خَیْرًا ؕ— اَللّٰهُ اَعْلَمُ بِمَا فِیْۤ اَنْفُسِهِمْ ۖۚ— اِنِّیْۤ اِذًا لَّمِنَ الظّٰلِمِیْنَ ۟
३१) म तिमीसित यो भन्दिनँ कि मसित अल्लाहको खजाना छ र नत यो कि म अदृश्य कुरो जान्दछु र नत यो भन्छु कि म फरिश्ता हूँ र न तिनीहरूको बारेमा केही भन्दछु, जसलाई तिमीले हेलाको दृष्टिले हेर्दैछौ, कि अल्लाहले तिनीहरूलाई राम्रो प्रतिफल दिनेछैन । जुन उनका हृदयमा छन्, त्यसलाई अल्लाह जान्दछ । यदि म यस्तो भन्छु भने निःसन्देह अत्याचारीहरूमध्येको हुनेछु ।
Os Tafssir em língua árabe:
قَالُوْا یٰنُوْحُ قَدْ جَادَلْتَنَا فَاَكْثَرْتَ جِدَالَنَا فَاْتِنَا بِمَا تَعِدُنَاۤ اِنْ كُنْتَ مِنَ الصّٰدِقِیْنَ ۟
३२) सम्प्रदाय वालाले भनेः कि हे नूह ! तिमीले हामीसँग धेरै विवाद गर्यौ यदि तिमी साँचो हौ भने जुन कुरोबाट हामीलाई तर्साइराखेका छौ त्यो हाम्रो अगाडि लिएर आऊ ।
Os Tafssir em língua árabe:
قَالَ اِنَّمَا یَاْتِیْكُمْ بِهِ اللّٰهُ اِنْ شَآءَ وَمَاۤ اَنْتُمْ بِمُعْجِزِیْنَ ۟
३३) नूह (अलैस्सिलाम) ले भने कि यसलाई त अल्लाहले चाहे भने मात्र ल्याउन सक्छ र तिमीले उसलाई कुनै प्रकारले विवश गर्न सक्दैनौ ।
Os Tafssir em língua árabe:
وَلَا یَنْفَعُكُمْ نُصْحِیْۤ اِنْ اَرَدْتُّ اَنْ اَنْصَحَ لَكُمْ اِنْ كَانَ اللّٰهُ یُرِیْدُ اَنْ یُّغْوِیَكُمْ ؕ— هُوَ رَبُّكُمْ ۫— وَاِلَیْهِ تُرْجَعُوْنَ ۟ؕ
३४) र यदि म चाहन्छु कि तिम्रो भलो गरूँ र अल्लाह यो चाहन्छ कि तिमीलाई मार्गविचलित गरोस् त मेरो शुभेक्षा तिमीलाई कुनै फाइदा पुर्याउन सक्दैन । उही नै तिम्रो पालनकर्ता हो र तिमीलाई उसैतिर फर्किजानु पर्नेछ ।
Os Tafssir em língua árabe:
اَمْ یَقُوْلُوْنَ افْتَرٰىهُ ؕ— قُلْ اِنِ افْتَرَیْتُهٗ فَعَلَیَّ اِجْرَامِیْ وَاَنَا بَرِیْٓءٌ مِّمَّا تُجْرِمُوْنَ ۟۠
३५) के यिनीहरूले भन्दछन्ः कि यसलाई पैगम्बर आफैले बनाइहालेको छ त भनिदिनुस्ः कि यदि मैले आफैले यसलाई बनाएको छु भने त्यसको अपराध ममाथि छ र जुन अपराध तिमीहरूले गर्दछौ त्यसको जिम्मेवारीबाट म मुक्त छु ।
Os Tafssir em língua árabe:
وَاُوْحِیَ اِلٰی نُوْحٍ اَنَّهٗ لَنْ یُّؤْمِنَ مِنْ قَوْمِكَ اِلَّا مَنْ قَدْ اٰمَنَ فَلَا تَبْتَىِٕسْ بِمَا كَانُوْا یَفْعَلُوْنَ ۟ۚ
३६) नूहमाथी प्रकाशना (वह्य) गराइयो कि तिम्रो कौममा जसले ईमान ल्याएका छन्, तिनीहरू बाहेक अरु कोही ईमान ल्याउने छैन, तसर्थ जुन काम यिनीहरूले गरिराखेका छन त्यसको कारणले दुःखी नहुनु ।
Os Tafssir em língua árabe:
وَاصْنَعِ الْفُلْكَ بِاَعْیُنِنَا وَوَحْیِنَا وَلَا تُخَاطِبْنِیْ فِی الَّذِیْنَ ظَلَمُوْا ۚ— اِنَّهُمْ مُّغْرَقُوْنَ ۟
३७) र एउटा डुङ्गा हाम्रो आँखा अगाडी हाम्रो आदेशानुसार निर्माण गर र जुन मानिसहरू अत्याचारी छन्, तिनीहरूको बारेमा हामीसित केही नभन्नु किनभने तिनीहरू अवश्य नै डुबाइने छन् ।
Os Tafssir em língua árabe:
وَیَصْنَعُ الْفُلْكَ ۫— وَكُلَّمَا مَرَّ عَلَیْهِ مَلَاٌ مِّنْ قَوْمِهٖ سَخِرُوْا مِنْهُ ؕ— قَالَ اِنْ تَسْخَرُوْا مِنَّا فَاِنَّا نَسْخَرُ مِنْكُمْ كَمَا تَسْخَرُوْنَ ۟ؕ
३८) तसर्थ नूहले डुङ्गा निर्माण गर्न शुरू गरिहाले । र जब उनको कौमका नाइकेहरू उनको छेउबाट जान्थे त उनको उपहास गर्दथे । उनी भन्थेः ‘‘कि यदि तिमीले हाम्रो उपहास गर्छौ भने, जुन रूपमा यो उपहास गर्दछौ त्यसतै कुनै समयमा हामीले पनि तिम्रो हाँसो गर्नेछौं ।’’
Os Tafssir em língua árabe:
فَسَوْفَ تَعْلَمُوْنَ ۙ— مَنْ یَّاْتِیْهِ عَذَابٌ یُّخْزِیْهِ وَیَحِلُّ عَلَیْهِ عَذَابٌ مُّقِیْمٌ ۟
३९) तिमीलाई शीघ्र थाहा हुनेछ, कि कसमाथि सजाय आउँछ जसले कि उसलाई अपमानित गर्नेछ, र उसमाथि सधैं सजाय भइराख्नेछ ?
Os Tafssir em língua árabe:
حَتّٰۤی اِذَا جَآءَ اَمْرُنَا وَفَارَ التَّنُّوْرُ ۙ— قُلْنَا احْمِلْ فِیْهَا مِنْ كُلٍّ زَوْجَیْنِ اثْنَیْنِ وَاَهْلَكَ اِلَّا مَنْ سَبَقَ عَلَیْهِ الْقَوْلُ وَمَنْ اٰمَنَ ؕ— وَمَاۤ اٰمَنَ مَعَهٗۤ اِلَّا قَلِیْلٌ ۟
४०) यहाँसम्म कि जब हाम्रो आदेश आइपुग्यो र मूल फुट्नलाग्यो हामीले भन्यौं त्यस डुङ्गामा हर किसिमको जान्दारका एक जोडा (नर र नारी) बसालिहाल, र आफ्नो घरका मान्छेहरूलाई पनि तिनीहरू बाहेक जसमाथि अल्लाहको आदेश पूर्ण भइसकेको छ र सबै ईमानवालाहरूलाई पनि, र उनीसँग ईमान ल्याउनेहरू निकै कम थिए ।
Os Tafssir em língua árabe:
وَقَالَ ارْكَبُوْا فِیْهَا بِسْمِ اللّٰهِ مَجْرٖىهَا وَمُرْسٰىهَا ؕ— اِنَّ رَبِّیْ لَغَفُوْرٌ رَّحِیْمٌ ۟
४१) नूहले भनेः ‘‘यस डुङ्गामा बसिहाल, अल्लाहको नामले यो हिंड्छ र रोकिन्छ । निःसन्देह मेरो पालनकर्ता ठूलो क्षमादाता, र दयालु छ ।’’
Os Tafssir em língua árabe:
وَهِیَ تَجْرِیْ بِهِمْ فِیْ مَوْجٍ كَالْجِبَالِ ۫— وَنَادٰی نُوْحُ ١بْنَهٗ وَكَانَ فِیْ مَعْزِلٍ یّٰبُنَیَّ ارْكَبْ مَّعَنَا وَلَا تَكُنْ مَّعَ الْكٰفِرِیْنَ ۟
४२) त्यस डुङ्गाले तिनीहरूलाई लिएर पहाड जस्ता अग्ला छाल वा तरुङ्गहरूमा हिंड्न थाल्यो । त्यसबेला नूहले आफ्नो छोरालाई, जो अलग एउटा छेउमा थियो, भनेः कि हे मेरो प्यारो छोरो ‘‘हाम्रो साथमा सवार भइहाल, र काफिरहरूमा शम्मिलित नहोऊ ।’’
Os Tafssir em língua árabe:
قَالَ سَاٰوِیْۤ اِلٰی جَبَلٍ یَّعْصِمُنِیْ مِنَ الْمَآءِ ؕ— قَالَ لَا عَاصِمَ الْیَوْمَ مِنْ اَمْرِ اللّٰهِ اِلَّا مَنْ رَّحِمَ ۚ— وَحَالَ بَیْنَهُمَا الْمَوْجُ فَكَانَ مِنَ الْمُغْرَقِیْنَ ۟
४३) उसले भन्योः ‘‘कि म कुनै पहाडमाथि चढीहाल्छु जसले मलाई पानीबाट बचाइहाल्छ !’’ उहाँले भनेकिः ‘‘आज अल्लाहको प्रकोपबाट कोही पनि बचाउनेवाला छैन, उसबाहेक जसमाथि अल्लाहको कृपा हुन्छ ।’’ यसैबीच दुवैको बीचमा त्यतिखेरै छाल आएर अवरोध बनिहाल्यो र त्यो पनि डुबिनेमध्येको भइहाल्यो ।
Os Tafssir em língua árabe:
وَقِیْلَ یٰۤاَرْضُ ابْلَعِیْ مَآءَكِ وَیٰسَمَآءُ اَقْلِعِیْ وَغِیْضَ الْمَآءُ وَقُضِیَ الْاَمْرُ وَاسْتَوَتْ عَلَی الْجُوْدِیِّ وَقِیْلَ بُعْدًا لِّلْقَوْمِ الظّٰلِمِیْنَ ۟
४४) आदेश दिइयोः ‘‘हे पृथ्वी आफ्नो पानी सोसिहाल र हे आकाश रोकिहाल,’’ अनि त्यतिखेरै पानी रोकियो र सबै काम समाप्त गरियो र डुङ्गा जूदि पहाडमा गई अडिहाल्यो र भनियोः ‘‘कि अन्यायीहरूमाथि तिरस्कार (लानत) होस् ।’’
Os Tafssir em língua árabe:
وَنَادٰی نُوْحٌ رَّبَّهٗ فَقَالَ رَبِّ اِنَّ ابْنِیْ مِنْ اَهْلِیْ وَاِنَّ وَعْدَكَ الْحَقُّ وَاَنْتَ اَحْكَمُ الْحٰكِمِیْنَ ۟
४५) नूहले आफ्नो पालनकर्तालाई पुकारे र भनेः ‘‘कि हे पालनकर्ता मेरो छोरा पनि मेरै परिवारमध्येको हो । निःसन्देह तिम्रो वचन पूर्ण सत्य छ र तिमी सबैभन्दा राम्रो हाकिम हौ ।’’
Os Tafssir em língua árabe:
قَالَ یٰنُوْحُ اِنَّهٗ لَیْسَ مِنْ اَهْلِكَ ۚ— اِنَّهٗ عَمَلٌ غَیْرُ صَالِحٍ ۗ— فَلَا تَسْـَٔلْنِ مَا لَیْسَ لَكَ بِهٖ عِلْمٌ ؕ— اِنِّیْۤ اَعِظُكَ اَنْ تَكُوْنَ مِنَ الْجٰهِلِیْنَ ۟
४६) अल्लाहले आदेश दियोः ‘‘कि हे नूह ! निःसन्देह ऊ तिम्रो परिवारबाट होइन, उसको काम पूर्णरूपले गलत छ, तिमीले कदापि त्यो वस्तु माँग्नु हुँदैन, जसको तिमीलाई पूर्ण ज्ञान छैन । म तिमीलाई उपदेश गर्दछु कि तिमी मूर्खहरूमध्येबाट नहोऊ ।’’
Os Tafssir em língua árabe:
قَالَ رَبِّ اِنِّیْۤ اَعُوْذُ بِكَ اَنْ اَسْـَٔلَكَ مَا لَیْسَ لِیْ بِهٖ عِلْمٌ ؕ— وَاِلَّا تَغْفِرْ لِیْ وَتَرْحَمْنِیْۤ اَكُنْ مِّنَ الْخٰسِرِیْنَ ۟
४७) नूहले भनेः मेरो पालनकर्ता ! म तिमीसँग शरण माँग्दछु ती कुराहरूको सम्बन्धमा प्रश्न गर्नेबारेमा जसको कि मलाई ज्ञान छैन । यदि तिमीले मलाई क्षमा गर्दैनौ र ममाथि दया गर्दैनौ भने, म ठूलो हानिमा पर्नेछु ।’’
Os Tafssir em língua árabe:
قِیْلَ یٰنُوْحُ اهْبِطْ بِسَلٰمٍ مِّنَّا وَبَرَكٰتٍ عَلَیْكَ وَعَلٰۤی اُمَمٍ مِّمَّنْ مَّعَكَ ؕ— وَاُمَمٌ سَنُمَتِّعُهُمْ ثُمَّ یَمَسُّهُمْ مِّنَّا عَذَابٌ اَلِیْمٌ ۟
४८) आदेश भयोः ‘‘कि नूह (डुङ्गाबाट) तल झरिहाल, हाम्रो तरफबाट शान्ति र तिमी र तिम्रो साथका अन्य साथीहरूमाथि अनुग्रह हुनेछ ! र अनेक यस्ता समुदाय हुनेछन् जसलाई हामीले (संसारका) आनन्दहरू प्रदान गर्नेछौं, तर तिनीहरूलाई हाम्रो तर्फबाट कष्टदायक सजाय पुग्नेछ ।
Os Tafssir em língua árabe:
تِلْكَ مِنْ اَنْۢبَآءِ الْغَیْبِ نُوْحِیْهَاۤ اِلَیْكَ ۚ— مَا كُنْتَ تَعْلَمُهَاۤ اَنْتَ وَلَا قَوْمُكَ مِنْ قَبْلِ هٰذَا ۛؕ— فَاصْبِرْ ۛؕ— اِنَّ الْعَاقِبَةَ لِلْمُتَّقِیْنَ ۟۠
४९) यी (समाचारहरू) अदृश्यका खबरहरू हुन् जुन कि हामीले तपाईतिर वह्यमार्फत पठाउँदछौ र तिनको जानकारी यसभन्दा अगाडि न तपाईलाई थियो नत तपाईको समुदायलाई । तसर्थ धैर्य गर्नु, किन भने अन्तिममा परिणाम अल्लाहसित डर्नेहरूको राम्रो हुन्छ ।
Os Tafssir em língua árabe:
وَاِلٰی عَادٍ اَخَاهُمْ هُوْدًا ؕ— قَالَ یٰقَوْمِ اعْبُدُوا اللّٰهَ مَا لَكُمْ مِّنْ اِلٰهٍ غَیْرُهٗ ؕ— اِنْ اَنْتُمْ اِلَّا مُفْتَرُوْنَ ۟
५०) र हामीले आद समुदायतिर तिनीहरूकै भाइ हूदलाई पठायौं । उनले भनेः कि हे मेरो समुदायका मानिसहरू ! अल्लाहकै उपासना गर, उसबाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन । तिमीहरू (ऊ सित अरुलाई दाँजेर) मात्र जालझेल गर्दैछौ ।’’
Os Tafssir em língua árabe:
یٰقَوْمِ لَاۤ اَسْـَٔلُكُمْ عَلَیْهِ اَجْرًا ؕ— اِنْ اَجْرِیَ اِلَّا عَلَی الَّذِیْ فَطَرَنِیْ ؕ— اَفَلَا تَعْقِلُوْنَ ۟
५१) हे मेरा कौमका मानिसहरू ! म यस (सन्देश) बापत तिमीसित कुनै पारिश्रमिक माँग्दिनँ । मेरो पुरस्कार त उसको जिम्मामा छ, जसले मलाई सृष्टि गरेको छ । अनि के तैपनि तिमीले यो कुरा बुझ्दैनौ ।
Os Tafssir em língua árabe:
وَیٰقَوْمِ اسْتَغْفِرُوْا رَبَّكُمْ ثُمَّ تُوْبُوْۤا اِلَیْهِ یُرْسِلِ السَّمَآءَ عَلَیْكُمْ مِّدْرَارًا وَّیَزِدْكُمْ قُوَّةً اِلٰی قُوَّتِكُمْ وَلَا تَتَوَلَّوْا مُجْرِمِیْنَ ۟
५२) हे मेरो समुदायका मानिसहरू तिमी आफ्नो पालनकर्तासित आफ्नो पापको लागि क्षमायाचना गर, अनि उसको अगाडि प्रायश्चित गर । जसबाट उसले तिमीमाथि आकाशबाट मुसलधारे पानी वर्षाउँने बादल पठाई तिम्रो शक्तिमा अझै शक्तिको बृद्धि गर्नेछ । र तिमी पाप गर्दै विमुख नहोऊ ।
Os Tafssir em língua árabe:
قَالُوْا یٰهُوْدُ مَا جِئْتَنَا بِبَیِّنَةٍ وَّمَا نَحْنُ بِتَارِكِیْۤ اٰلِهَتِنَا عَنْ قَوْلِكَ وَمَا نَحْنُ لَكَ بِمُؤْمِنِیْنَ ۟
५३) तिनीहरूले भनेः, ‘‘हे हूद ! तिमीले हाम्रो सामु कुनै स्पष्ट प्रमाण ल्याएनौ र हामीले (मात्र) तिम्रो भनाईको भरमा नत आफ्ना देवताहरूलाई छाड्ने छौं नत तिमीमाथि विश्वास गर्नेछौं ।’’
Os Tafssir em língua árabe:
اِنْ نَّقُوْلُ اِلَّا اعْتَرٰىكَ بَعْضُ اٰلِهَتِنَا بِسُوْٓءٍ ؕ— قَالَ اِنِّیْۤ اُشْهِدُ اللّٰهَ وَاشْهَدُوْۤا اَنِّیْ بَرِیْٓءٌ مِّمَّا تُشْرِكُوْنَ ۟ۙ
५४) अपितु हामीले त यो ठान्दछौं कि हाम्रो कुनै देवताले तिमीलाई नराम्रो असर पारिदिएको छ । उनले भनेः ‘‘कि म अल्लाहलाई साक्षी राखेर भन्दछु र तिमी पनि साक्षी बन’’ कि जसलाई तिमीले अल्लाहको साझेदारी ठहर्याउँछौ, मेरो तिनीहरूसँग कुनै सम्बन्ध छैन ।
Os Tafssir em língua árabe:
مِنْ دُوْنِهٖ فَكِیْدُوْنِیْ جَمِیْعًا ثُمَّ لَا تُنْظِرُوْنِ ۟
५५) अर्थात (जसको अल्लाह बाहेक पूजा गर्दछौ,) तिमी सबै मिलेर मेरो विरुद्धमा जे षड्यन्त्र गर्न चाहन्छौ गरिहाल, र यसमा मलाई कुनै अवकाश नदेऊ ।
Os Tafssir em língua árabe:
اِنِّیْ تَوَكَّلْتُ عَلَی اللّٰهِ رَبِّیْ وَرَبِّكُمْ ؕ— مَا مِنْ دَآبَّةٍ اِلَّا هُوَ اٰخِذٌ بِنَاصِیَتِهَا ؕ— اِنَّ رَبِّیْ عَلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟
५६) म अल्लाहमाथि, जो मेरो र तिम्रो सबैको पालनकर्ता हो, भरोसा गर्दछु । पृथ्वीमा रहेका सबै प्रणीहरूको टाउको उसैले थामेको छ । निःसन्देह मेरो पालनकर्ता सत्य बाटोमा छ ।
Os Tafssir em língua árabe:
فَاِنْ تَوَلَّوْا فَقَدْ اَبْلَغْتُكُمْ مَّاۤ اُرْسِلْتُ بِهٖۤ اِلَیْكُمْ ؕ— وَیَسْتَخْلِفُ رَبِّیْ قَوْمًا غَیْرَكُمْ ۚ— وَلَا تَضُرُّوْنَهٗ شَیْـًٔا ؕ— اِنَّ رَبِّیْ عَلٰی كُلِّ شَیْءٍ حَفِیْظٌ ۟
५७) यदि तिमी विमुख हुन्छौ भने जुन सन्देश मेरो हातबाट तिमीतिर पठाइएको छ, त्यो मैले तिमीलाई पुर्याइसकेको छु, र मेरो पालनकर्ताले तिम्रो ठाउँमा अरु मानिसहरूलाई ल्याई स्थापित गर्नेछ, र तिमीले अल्लाहको केही नोक्सानी गर्न सक्दैनौ । मेरो पालनकर्ता त प्रत्येक कुरामाथि संरक्षक छ ।
Os Tafssir em língua árabe:
وَلَمَّا جَآءَ اَمْرُنَا نَجَّیْنَا هُوْدًا وَّالَّذِیْنَ اٰمَنُوْا مَعَهٗ بِرَحْمَةٍ مِّنَّا ۚ— وَنَجَّیْنٰهُمْ مِّنْ عَذَابٍ غَلِیْظٍ ۟
५८) र जब हाम्रो आदेश आइपुग्यो, त हामीले ‘‘हूदलाई’’ र उनको मोमिन साथीहरूलाई आफ्नो कृपाले बचाइहाल्यौं, र तिनीहरूलाई गम्भीर सजायबाट मुक्त गर्यौं ।
Os Tafssir em língua árabe:
وَتِلْكَ عَادٌ جَحَدُوْا بِاٰیٰتِ رَبِّهِمْ وَعَصَوْا رُسُلَهٗ وَاتَّبَعُوْۤا اَمْرَ كُلِّ جَبَّارٍ عَنِیْدٍ ۟
५९) यो आदको समुदाय थियो, जसले अल्लाहका निशानीहरूलाई इन्कार गरे, र उसका रसूलहरूको आज्ञा उल्लंघन गरे, र प्रत्येक अहंकारी र अटेरीको भनाई माने ।
Os Tafssir em língua árabe:
وَاُتْبِعُوْا فِیْ هٰذِهِ الدُّنْیَا لَعْنَةً وَّیَوْمَ الْقِیٰمَةِ ؕ— اَلَاۤ اِنَّ عَادًا كَفَرُوْا رَبَّهُمْ ؕ— اَلَا بُعْدًا لِّعَادٍ قَوْمِ هُوْدٍ ۟۠
६०) र यस संसारमा पनि उनीहरू तिरस्कृत रहे र कियामतको दिनमा पनि तिनीहरूको साथमा तिरस्कार हुनेछ । हेरः ‘‘आद समुदायले’’ आफ्नो पालनकर्तासित कुफ्र गरे । सुनिराख हूदको जाति आदमाथि धिक्कार छ ।
Os Tafssir em língua árabe:
وَاِلٰی ثَمُوْدَ اَخَاهُمْ صٰلِحًا ۘ— قَالَ یٰقَوْمِ اعْبُدُوا اللّٰهَ مَا لَكُمْ مِّنْ اِلٰهٍ غَیْرُهٗ ؕ— هُوَ اَنْشَاَكُمْ مِّنَ الْاَرْضِ وَاسْتَعْمَرَكُمْ فِیْهَا فَاسْتَغْفِرُوْهُ ثُمَّ تُوْبُوْۤا اِلَیْهِ ؕ— اِنَّ رَبِّیْ قَرِیْبٌ مُّجِیْبٌ ۟
६१) र ‘‘समूद’’ को समुदायतिर तिनीहरूको भाइ ‘‘सालेहलाई’’ (पठायौं) त उनले भनेः ‘‘हे मेरो कौमका मानिसहरू ! तिमी अल्लाहकै पूजा गर उस बाहेक तिम्रो अरु कोही सत्य पूजनीय छैन, उसैले धर्तीबाट तिम्रो उत्पात गर्यो र त्यसैमा स्थापित गर्यो, तसर्थ ऊसित क्षमायाचना गर र उसको अगाडि प्रायश्चित गर । निःसन्देह मेरो पालनकर्ता नजिक पनि छ र (प्रार्थनालाई) स्वीकार गर्नेवाला (पनि) छ ।’’
Os Tafssir em língua árabe:
قَالُوْا یٰصٰلِحُ قَدْ كُنْتَ فِیْنَا مَرْجُوًّا قَبْلَ هٰذَاۤ اَتَنْهٰىنَاۤ اَنْ نَّعْبُدَ مَا یَعْبُدُ اٰبَآؤُنَا وَاِنَّنَا لَفِیْ شَكٍّ مِّمَّا تَدْعُوْنَاۤ اِلَیْهِ مُرِیْبٍ ۟
६२) तिनीहरूले भनेः हे ‘‘सालेह’’ ! यसभन्दा अगाडि हामीले तिमीबाट धेरै आशा गर्दथ्यौं । के तिमीले हामीलाई ती कुराहरूको पूजाबाट मनाही गर्दछौ, जुन हाम्रा पूर्वजहरूले गर्दै आएका हुन् ? र जुन कुरातिर तिमीले हामीलाई आह्वान गर्दछौ, यसमा हामीलाई गम्भीर शंका छ ।’’
Os Tafssir em língua árabe:
قَالَ یٰقَوْمِ اَرَءَیْتُمْ اِنْ كُنْتُ عَلٰی بَیِّنَةٍ مِّنْ رَّبِّیْ وَاٰتٰىنِیْ مِنْهُ رَحْمَةً فَمَنْ یَّنْصُرُنِیْ مِنَ اللّٰهِ اِنْ عَصَیْتُهٗ ۫— فَمَا تَزِیْدُوْنَنِیْ غَیْرَ تَخْسِیْرٍ ۟
६३) सालेहले भनेः ‘‘हे मेरो कौम ! यस कुरातिर विचार गर कि यदि मसँग आफ्नो पालनकर्ताको स्पष्ट प्रमाण छ र उसले मलाई आफ्नो तर्फबाट रहमत प्रदान गरेको छ, र फेरि मैले अल्लाहको आदेश उल्लंघन गरें भने उसको अगाडि कसले मेरो सहायता गर्नेछ ? तिमीले त मेरो हानिमा वृद्धि गरिरहेका छौ ।’’
Os Tafssir em língua árabe:
وَیٰقَوْمِ هٰذِهٖ نَاقَةُ اللّٰهِ لَكُمْ اٰیَةً فَذَرُوْهَا تَاْكُلْ فِیْۤ اَرْضِ اللّٰهِ وَلَا تَمَسُّوْهَا بِسُوْٓءٍ فَیَاْخُذَكُمْ عَذَابٌ قَرِیْبٌ ۟
६४) र हे मेरो समुदायका मानिसहरू ! यो अल्लाहको ऊँटनी तिम्रो निम्ति पठाइएको एउटा चमत्कार हो तसर्थ यसलाई छाडिदेऊ, ताकि अल्लाहको पृथ्वीमा चरोस् र त्यसलाई कुनै प्रकारको दुःख नदिनु, अन्यथा तिमीलाई शीघ्र नै सजाय आइसमात्ने छ ।
Os Tafssir em língua árabe:
فَعَقَرُوْهَا فَقَالَ تَمَتَّعُوْا فِیْ دَارِكُمْ ثَلٰثَةَ اَیَّامٍ ؕ— ذٰلِكَ وَعْدٌ غَیْرُ مَكْذُوْبٍ ۟
६५) तैपनि तिनीहरूले त्यसको घुँडाको नसा काटेर मारिहाले, अनि सालेहले भनेः ‘‘कि आफ्ना घरहरूमा तीन दिनसम्म आनन्द लिइहाल । (त्यसपछि तिम्रो अन्त हुनेछ) यो वचन असत्य होइन ।’’
Os Tafssir em língua árabe:
فَلَمَّا جَآءَ اَمْرُنَا نَجَّیْنَا صٰلِحًا وَّالَّذِیْنَ اٰمَنُوْا مَعَهٗ بِرَحْمَةٍ مِّنَّا وَمِنْ خِزْیِ یَوْمِىِٕذٍ ؕ— اِنَّ رَبَّكَ هُوَ الْقَوِیُّ الْعَزِیْزُ ۟
६६) फेरि जब हाम्रो आदेश आइहाल्यो तब हामीले सालेह र उनको साथमा ईमान ल्याएकाहरूलाई आफ्नो कृपाले बचाइहाल्यौं, र त्यस दिनको तिरस्कारबाट पनि । निःसन्देह तिम्रो पालनकर्ता एकदम बलियो र सर्वशक्तिमान छ ।
Os Tafssir em língua árabe:
وَاَخَذَ الَّذِیْنَ ظَلَمُوا الصَّیْحَةُ فَاَصْبَحُوْا فِیْ دِیَارِهِمْ جٰثِمِیْنَ ۟ۙ
६७) र अत्याचारीहरूलाई शक्तिशाली विस्फोटले समातिहाल्यो अनि तिनी आफ्नै घरहरूमा घोप्टो परिरहे ।
Os Tafssir em língua árabe:
كَاَنْ لَّمْ یَغْنَوْا فِیْهَا ؕ— اَلَاۤ اِنَّ ثَمُوْدَاۡ كَفَرُوْا رَبَّهُمْ ؕ— اَلَا بُعْدًا لِّثَمُوْدَ ۟۠
६८) यसरी जस्तो कि तिनीहरू कहिल्यै त्यसमा बसेकै थिएनन् । सुनिराखः ‘‘कि समूद समुदायले आफ्नो पालनकर्तालाई इन्कार गरे ।’’ सुनिराखः कि समूदजाति तिरस्कृत भए ।’’
Os Tafssir em língua árabe:
وَلَقَدْ جَآءَتْ رُسُلُنَاۤ اِبْرٰهِیْمَ بِالْبُشْرٰی قَالُوْا سَلٰمًا ؕ— قَالَ سَلٰمٌ فَمَا لَبِثَ اَنْ جَآءَ بِعِجْلٍ حَنِیْذٍ ۟
६९) र हाम्रा फरिश्ताहरू इब्राहीमको सामु शुभसन्देश लिएर पुगे र ‘‘सलाम’’ भने उनले पनि जवाफमा ‘‘सलाम’’ भने । र एकछिन पनि बित्न नपाउँदै इब्राहीमले एउटा पोलिएको बाछो ल्याए ।
Os Tafssir em língua árabe:
فَلَمَّا رَاٰۤ اَیْدِیَهُمْ لَا تَصِلُ اِلَیْهِ نَكِرَهُمْ وَاَوْجَسَ مِنْهُمْ خِیْفَةً ؕ— قَالُوْا لَا تَخَفْ اِنَّاۤ اُرْسِلْنَاۤ اِلٰی قَوْمِ لُوْطٍ ۟ؕ
७०) तर जब उनले देखे कि तिनीहरूका हात अगाडि बढिराखेका छैनन् त उनले तिनीहरूलाई अपरिचित ठानेर मनमा डरको अनुभव गर्न लागे । (स्वर्गदूतले) भने कि नडर्नुस्, हामी त ‘‘लूतको’’ कौमतिर पठाइएका हौं ।
Os Tafssir em língua árabe:
وَامْرَاَتُهٗ قَآىِٕمَةٌ فَضَحِكَتْ فَبَشَّرْنٰهَا بِاِسْحٰقَ ۙ— وَمِنْ وَّرَآءِ اِسْحٰقَ یَعْقُوْبَ ۟
७१) र उनको (इब्राहीमकी) श्रीमती (नजिकै) उभेकी थिइन् हाँस्न थालिन्, त हामीले तिनलाई इस्हाकको र इस्हाकपछि यअ्कूबको (जन्महुने) शुभसमाचार दियौं ।
Os Tafssir em língua árabe:
قَالَتْ یٰوَیْلَتٰۤی ءَاَلِدُ وَاَنَا عَجُوْزٌ وَّهٰذَا بَعْلِیْ شَیْخًا ؕ— اِنَّ هٰذَا لَشَیْءٌ عَجِیْبٌ ۟
७२) तिनले भनिन्ः मलाई अफसोचको कुरा छ ! के मैले बच्चा जन्म दिनेछु ? म त बृद्धा हूँ र यिनी मेरो पति पनि बृद्ध छन् । यो त साह्रै आश्चर्य लाग्दो कुरा हो ।
Os Tafssir em língua árabe:
قَالُوْۤا اَتَعْجَبِیْنَ مِنْ اَمْرِ اللّٰهِ رَحْمَتُ اللّٰهِ وَبَرَكٰتُهٗ عَلَیْكُمْ اَهْلَ الْبَیْتِ ؕ— اِنَّهٗ حَمِیْدٌ مَّجِیْدٌ ۟
७३) तिनीहरूले भनेः, ‘‘के तिमीलाई अल्लाहको इच्छामा आश्चर्य लाग्दछ ?’’ हे यस घरका मानिसहरू ! तिमीमाथि अल्लाहको कृपा र उसका वरदानहरू छन् । त्यो प्रशंसाको योग्य र गौरवपूर्ण छ ।
Os Tafssir em língua árabe:
فَلَمَّا ذَهَبَ عَنْ اِبْرٰهِیْمَ الرَّوْعُ وَجَآءَتْهُ الْبُشْرٰی یُجَادِلُنَا فِیْ قَوْمِ لُوْطٍ ۟ؕ
७४) जब इब्राहीमको हृदयबाट डर समाप्त भयो र उनलाई शुभसन्देश पनि प्राप्त भइहाल्यो त ‘‘लूतको’’ कौमको बारेमा हामीसित कुराकानी गर्नथाले ।
Os Tafssir em língua árabe:
اِنَّ اِبْرٰهِیْمَ لَحَلِیْمٌ اَوَّاهٌ مُّنِیْبٌ ۟
७५) निःसन्देह इब्राहीम निकै धैर्यधारी, दयावान र (अल्लाहतर्फ) अति झुक्नेवाला थिए ।
Os Tafssir em língua árabe:
یٰۤاِبْرٰهِیْمُ اَعْرِضْ عَنْ هٰذَا ۚ— اِنَّهٗ قَدْ جَآءَ اَمْرُ رَبِّكَ ۚ— وَاِنَّهُمْ اٰتِیْهِمْ عَذَابٌ غَیْرُ مَرْدُوْدٍ ۟
७६) हे इब्राहीम यस कुरामा नलाग । तिम्रो पालनकर्ताको आदेश आइपुगेको छ । र निःसन्देह तिनीहरूमाथि नहट्ने दण्ड आउनेछ ।
Os Tafssir em língua árabe:
وَلَمَّا جَآءَتْ رُسُلُنَا لُوْطًا سِیْٓءَ بِهِمْ وَضَاقَ بِهِمْ ذَرْعًا وَّقَالَ هٰذَا یَوْمٌ عَصِیْبٌ ۟
७७) जब हाम्रा फरिश्ताहरू (स्वर्गदूतहरू) ‘‘लूतको’’ छेउमा पुगे त उनी त्यसबाट धेरै दुःखी भए र मनैमनमा असजिलो मान्दै भन्न थाले कि आजको दिन बडो गाह्रो दिन छ ।
Os Tafssir em língua árabe:
وَجَآءَهٗ قَوْمُهٗ یُهْرَعُوْنَ اِلَیْهِ ؕ— وَمِنْ قَبْلُ كَانُوْا یَعْمَلُوْنَ السَّیِّاٰتِ ؕ— قَالَ یٰقَوْمِ هٰۤؤُلَآءِ بَنَاتِیْ هُنَّ اَطْهَرُ لَكُمْ فَاتَّقُوا اللّٰهَ وَلَا تُخْزُوْنِ فِیْ ضَیْفِیْ ؕ— اَلَیْسَ مِنْكُمْ رَجُلٌ رَّشِیْدٌ ۟
७८) र लूतको कौमका मानिसहरू उनीतर्फ दौडेर आए । र यिनीहरू अघिदेखिनै अश्लीलकर्म गर्ने गर्थे । लूतले भनेः ‘‘कि हे मेरो कौमका मानिसहरू यी मेरी छोरीहरू हुन् जो तिम्रा निम्ति पवित्र छिन्, तसर्थ अल्लाहसित डर र मेरा पाहुनाहरूको बारेमा मलाई अपमानित नगर । के तिमीहरूमध्ये कोही पनि भलो मान्छे छैन ?
Os Tafssir em língua árabe:
قَالُوْا لَقَدْ عَلِمْتَ مَا لَنَا فِیْ بَنَاتِكَ مِنْ حَقٍّ ۚ— وَاِنَّكَ لَتَعْلَمُ مَا نُرِیْدُ ۟
७९) तिनीहरूले भनेः, ‘‘तिमीलाई राम्ररी थाहा छ कि हामीलाई तिम्रो छोरीहरूको कुनै हक–अधिकार छैन, र जुन हाम्रो वास्तविक उद्देश्य छ त्यससित तिमी राम्ररी अवगत छौ ।’’
Os Tafssir em língua árabe:
قَالَ لَوْ اَنَّ لِیْ بِكُمْ قُوَّةً اَوْ اٰوِیْۤ اِلٰی رُكْنٍ شَدِیْدٍ ۟
८०) लूतले भनेः काश ! ममा तिमीसँग मुकाबिला गर्ने शक्ति भइदिए अथवा मैले कुनै बलियोको शरणमा भइदिएको भए (राम्रो हुने थियो) ।
Os Tafssir em língua árabe:
قَالُوْا یٰلُوْطُ اِنَّا رُسُلُ رَبِّكَ لَنْ یَّصِلُوْۤا اِلَیْكَ فَاَسْرِ بِاَهْلِكَ بِقِطْعٍ مِّنَ الَّیْلِ وَلَا یَلْتَفِتْ مِنْكُمْ اَحَدٌ اِلَّا امْرَاَتَكَ ؕ— اِنَّهٗ مُصِیْبُهَا مَاۤ اَصَابَهُمْ ؕ— اِنَّ مَوْعِدَهُمُ الصُّبْحُ ؕ— اَلَیْسَ الصُّبْحُ بِقَرِیْبٍ ۟
८१) अब फरिश्ताहरूले भनेः ‘‘हे लूत ! हामी तिम्रो पालनकर्ताले पठाएका फरिश्ताहरू हौं । यी मानिसहरू कहिल्यै पनि तिम्रो समीपमा पुग्न सक्ने छैनन्, तसर्थ रातको केही भाग बाँकी रहँदा तिम्रो स्वास्नी बाहेक, आफ्नो घरवालालाई लिएर बाहिर निस्किहाल, र तिमीमध्ये कुनै पनि व्यक्तिले, पछाडितिर नहेर्नु । किन भने यसलाई पनि त्यही आउनेवाला छ जो यी सबैसम्म पुग्नेछ । यिनको (अजाबको) निर्धारित समय प्रातः हो र के प्रातः नजिक छैन ?’’
Os Tafssir em língua árabe:
فَلَمَّا جَآءَ اَمْرُنَا جَعَلْنَا عَالِیَهَا سَافِلَهَا وَاَمْطَرْنَا عَلَیْهَا حِجَارَةً مِّنْ سِجِّیْلٍ ۙ۬— مَّنْضُوْدٍ ۟ۙ
८२) तसर्थ जब हाम्रो आदेश आयो, त हामीले त्यस बस्तीलाई, माथिको भाग तल गरिदियौ, र तिनीहरूमाथि पत्र–पत्र गरी ढुङ्गा बर्सायौं ।
Os Tafssir em língua árabe:
مُّسَوَّمَةً عِنْدَ رَبِّكَ ؕ— وَمَا هِیَ مِنَ الظّٰلِمِیْنَ بِبَعِیْدٍ ۟۠
८३) ती सबै ढुङ्गामाथि तिम्रो पालनकर्ताको तर्फबाट निशान लगाइएको थियो र त्यो (शहर मक्काको) अत्याचारीहरूबाट केही टाढा पनि छैन ।
Os Tafssir em língua árabe:
وَاِلٰی مَدْیَنَ اَخَاهُمْ شُعَیْبًا ؕ— قَالَ یٰقَوْمِ اعْبُدُوا اللّٰهَ مَا لَكُمْ مِّنْ اِلٰهٍ غَیْرُهٗ ؕ— وَلَا تَنْقُصُوا الْمِكْیَالَ وَالْمِیْزَانَ اِنِّیْۤ اَرٰىكُمْ بِخَیْرٍ وَّاِنِّیْۤ اَخَافُ عَلَیْكُمْ عَذَابَ یَوْمٍ مُّحِیْطٍ ۟
८४) र मदयनतिर उनको भाइ ‘‘शुऐबलाई’’ पठायौं, त उनले भनेः ‘‘हे मेरो समुदाय ! अल्लाहकै उपासना गर, उस बाहेक अरु कोही सत्य पूजनीय छैन । र नाप तौलमा पनि कमी नगर । मैले त तिमीलाई समृद्ध देख्दछु र मलाई तिम्रो बारेमा एउटा यस्तो दिनको सजायको भय छ जुन तिमीलाई आएर घेरिहाल्छ ।’’
Os Tafssir em língua árabe:
وَیٰقَوْمِ اَوْفُوا الْمِكْیَالَ وَالْمِیْزَانَ بِالْقِسْطِ وَلَا تَبْخَسُوا النَّاسَ اَشْیَآءَهُمْ وَلَا تَعْثَوْا فِی الْاَرْضِ مُفْسِدِیْنَ ۟
८५) र हे मेरो कौम ! नाप र तौल न्यायपूर्णरूपले गर्दैगर र मानिसहरूलाई तिनीहरूको कुराहरूमा कमी नगर र पृथ्वीमा उपद्रव र उत्पात नमचाऊ ।
Os Tafssir em língua árabe:
بَقِیَّتُ اللّٰهِ خَیْرٌ لَّكُمْ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۚ۬— وَمَاۤ اَنَا عَلَیْكُمْ بِحَفِیْظٍ ۟
८६) अल्लाहद्धारा हलाल भनिएको जे छ तिम्रो लागि धेरै राम्रो छ, यदि तिमी ईमानवाला हौ । र म तिमीमाथि संरक्षक होइन ।
Os Tafssir em língua árabe:
قَالُوْا یٰشُعَیْبُ اَصَلٰوتُكَ تَاْمُرُكَ اَنْ نَّتْرُكَ مَا یَعْبُدُ اٰبَآؤُنَاۤ اَوْ اَنْ نَّفْعَلَ فِیْۤ اَمْوَالِنَا مَا نَشٰٓؤُا ؕ— اِنَّكَ لَاَنْتَ الْحَلِیْمُ الرَّشِیْدُ ۟
८७) तिनीहरूले जवाफ दिए हे शुऐब ! ‘‘के तिम्रो नमाजले तिमीलाई यो आदेश दिन्छ कि जसलाई हाम्रा पूर्वजहरूले पूज्दै आएका छन्, हामीले तिनलाई छडिदिऔं, र आफ्नो सम्पत्तिबाट जुन काम हामी लिन चाहन्छौ त्यो गर्न पनि छडिदिऔं, । तिमी त साह्रै कोमल हृदयका र सत्यनिष्ठ मानिस हौ ।’’
Os Tafssir em língua árabe:
قَالَ یٰقَوْمِ اَرَءَیْتُمْ اِنْ كُنْتُ عَلٰی بَیِّنَةٍ مِّنْ رَّبِّیْ وَرَزَقَنِیْ مِنْهُ رِزْقًا حَسَنًا ؕ— وَمَاۤ اُرِیْدُ اَنْ اُخَالِفَكُمْ اِلٰی مَاۤ اَنْهٰىكُمْ عَنْهُ ؕ— اِنْ اُرِیْدُ اِلَّا الْاِصْلَاحَ مَا اسْتَطَعْتُ ؕ— وَمَا تَوْفِیْقِیْۤ اِلَّا بِاللّٰهِ ؕ— عَلَیْهِ تَوَكَّلْتُ وَاِلَیْهِ اُنِیْبُ ۟
८८) उनले भनेः ‘‘कि हे मेरो कौम ! हेर, त यदि मसँग आफ्नो पालनकर्ताबाट स्पष्ट प्रमाण प्राप्त छ भने, र उसले मलाई आफ्नो तर्फबाट पवित्र जीविका दिएको छ । र म चाहन्न कि जुन कुरोबाट तिमीलाई मनाही गर्छु स्वयम् मैले नै त्यो गर्न थालूँ । मत जहाँसम्म हुनसक्छ (तिम्रो) सुधार चाहन्छु । र मेरो क्षमता अल्लाहकै कृपाले छ, म उसैमाथि भरोसा राख्दछु र उसैतिर प्रवृत्त हुन्छु ।’’
Os Tafssir em língua árabe:
وَیٰقَوْمِ لَا یَجْرِمَنَّكُمْ شِقَاقِیْۤ اَنْ یُّصِیْبَكُمْ مِّثْلُ مَاۤ اَصَابَ قَوْمَ نُوْحٍ اَوْ قَوْمَ هُوْدٍ اَوْ قَوْمَ صٰلِحٍ ؕ— وَمَا قَوْمُ لُوْطٍ مِّنْكُمْ بِبَعِیْدٍ ۟
८९) र हे मेरो कौमका मानिसहरू ! कतै मेरो विरोध तिमीलाई त्यस्तो सजायको हकदार नबनाओस् जुन नूहको कौम वा हूदको कौम वा सालेहको कौमलाई भएको थियो । र लूतको कौम त तिमीबाट केही टाढा छैन ।
Os Tafssir em língua árabe:
وَاسْتَغْفِرُوْا رَبَّكُمْ ثُمَّ تُوْبُوْۤا اِلَیْهِ ؕ— اِنَّ رَبِّیْ رَحِیْمٌ وَّدُوْدٌ ۟
९०) तिमी आफ्नो पालनकर्तासित क्षमा माँग र उसको अगाडि प्रायश्चित गर । निश्चितरूपमा मेरो पालनकर्ता दयावान (र) माया गर्नेवाला छ ।
Os Tafssir em língua árabe:
قَالُوْا یٰشُعَیْبُ مَا نَفْقَهُ كَثِیْرًا مِّمَّا تَقُوْلُ وَاِنَّا لَنَرٰىكَ فِیْنَا ضَعِیْفًا ۚ— وَلَوْلَا رَهْطُكَ لَرَجَمْنٰكَ ؗ— وَمَاۤ اَنْتَ عَلَیْنَا بِعَزِیْزٍ ۟
९१) तिनीहरूले भनेः हे शुऐब ! तिम्रो धेरै जसो कुराहरू हामीले बुझ्दैनौं र हामीले देख्दछौं तिमी धेरै कमजोर पनि छौ, र यदि तिम्रो खानदानको ख्याल नभएको भए हामीले तिमीलाई ढुङ्गा हानेर नष्ट पारिदिन्थ्यौं, र तिमीलाई हामीविरुद्ध शक्ति पनि छैन ।
Os Tafssir em língua árabe:
قَالَ یٰقَوْمِ اَرَهْطِیْۤ اَعَزُّ عَلَیْكُمْ مِّنَ اللّٰهِ ؕ— وَاتَّخَذْتُمُوْهُ وَرَآءَكُمْ ظِهْرِیًّا ؕ— اِنَّ رَبِّیْ بِمَا تَعْمَلُوْنَ مُحِیْطٌ ۟
९२) उनले भनेः कि ‘‘हे मेरो कौमका मानिसहरू ! के मेरो दाजुभाइहरूको सम्मान तिम्रो लागि अल्लाहभन्दा धेरै छ, र यसकारण तिमीले उसलाई आफ्नो पछाडि राखेका छौ । निःसन्देह मेरो पालनकर्ताले त तिम्रो सम्पूर्ण क्रियाकलापलाई घेरेको छ ।’’
Os Tafssir em língua árabe:
وَیٰقَوْمِ اعْمَلُوْا عَلٰی مَكَانَتِكُمْ اِنِّیْ عَامِلٌ ؕ— سَوْفَ تَعْلَمُوْنَ ۙ— مَنْ یَّاْتِیْهِ عَذَابٌ یُّخْزِیْهِ وَمَنْ هُوَ كَاذِبٌ ؕ— وَارْتَقِبُوْۤا اِنِّیْ مَعَكُمْ رَقِیْبٌ ۟
९३) र हे मेरो कौमका मानिसहरू तिमी आफ्नो ठाउँमा काम गर्दै जाऊ, म (आफ्नो ठाउँमा) गर्दै जान्छु । तिमीलाई छिट्टै थाहा भइहाल्नेछ कि तिरस्कारपूर्ण सजाय कसमाथि आउँछ र झूठा को छ ? तिमी प्रतीक्षा गर, म पनि तिम्रो साथमा प्रतीक्षा गर्छु ।
Os Tafssir em língua árabe:
وَلَمَّا جَآءَ اَمْرُنَا نَجَّیْنَا شُعَیْبًا وَّالَّذِیْنَ اٰمَنُوْا مَعَهٗ بِرَحْمَةٍ مِّنَّا وَاَخَذَتِ الَّذِیْنَ ظَلَمُوا الصَّیْحَةُ فَاَصْبَحُوْا فِیْ دِیَارِهِمْ جٰثِمِیْنَ ۟ۙ
९४) र जब हाम्रो सजाय आईपुग्यो, त हामीले ‘‘शुऐबलाई’’ र ती मानिसहरू जसले उनको साथमा ईमान लाएका थिए, आफ्नो कृपाले बचाइहाल्यौं र जो अत्याचारी थिए तिनलाई प्रचन्ड विस्फोटनले आफ्नो चपेटामा लिइहाल्यो, जसलेगर्दा तिनीहरू आफ्नो घरमा लम्पसार परिहाले ।
Os Tafssir em língua árabe:
كَاَنْ لَّمْ یَغْنَوْا فِیْهَا ؕ— اَلَا بُعْدًا لِّمَدْیَنَ كَمَا بَعِدَتْ ثَمُوْدُ ۟۠
९५) यस्तो कि त्यसमा कहिल्यै बसेकै थिएनन् । जानिराखः कि ‘‘मदयन’’ माथि त्यस्तै तिरस्कार छ, जुन प्रकारको तिरस्कार ‘‘समूद’’ माथि थियो ।
Os Tafssir em língua árabe:
وَلَقَدْ اَرْسَلْنَا مُوْسٰی بِاٰیٰتِنَا وَسُلْطٰنٍ مُّبِیْنٍ ۟ۙ
९६) र निःसन्देह हामीले मूसालाई आफ्नो निशानीहरू र स्पष्ट प्रमाण दिएर पठाएका थियौं ।
Os Tafssir em língua árabe:
اِلٰی فِرْعَوْنَ وَمَلَاۡىِٕهٖ فَاتَّبَعُوْۤا اَمْرَ فِرْعَوْنَ ۚ— وَمَاۤ اَمْرُ فِرْعَوْنَ بِرَشِیْدٍ ۟
९७) फिरऔन र उसका नायकहरूतिर, तर तिनीहरूले फिरऔनकै आदेशलाई माने, र फिरऔनको कुनै आदेश ठीक थिएन ।
Os Tafssir em língua árabe:
یَقْدُمُ قَوْمَهٗ یَوْمَ الْقِیٰمَةِ فَاَوْرَدَهُمُ النَّارَ ؕ— وَبِئْسَ الْوِرْدُ الْمَوْرُوْدُ ۟
९८) उसले कियामतको दिन आफ्नो कौमको अघि–अघि हिंडेर तिनीहरूलाई नर्कमा लग्नेछ, र जुन ठाउँमा तिनीहरू लगिनेछन् त्यो अत्यन्तै नराम्रो छ ।
Os Tafssir em língua árabe:
وَاُتْبِعُوْا فِیْ هٰذِهٖ لَعْنَةً وَّیَوْمَ الْقِیٰمَةِ ؕ— بِئْسَ الرِّفْدُ الْمَرْفُوْدُ ۟
९९) यिनीहरूलाई त यस संसारमा पनि तिरस्कार छ, र कियामतको दिन पनि । उनलाई नराम्रो पुरस्कार प्राप्त हुनेछ ।
Os Tafssir em língua árabe:
ذٰلِكَ مِنْ اَنْۢبَآءِ الْقُرٰی نَقُصُّهٗ عَلَیْكَ مِنْهَا قَآىِٕمٌ وَّحَصِیْدٌ ۟
१००) यी (पुराना) बस्तीहरूका संक्षिप्त वर्णनहरू हुन्, जुन हामीले तिमीसित वर्णन गर्दछौं यीमध्ये केही बाँकी छन् र केही तहस–नहस भइहाले ।
Os Tafssir em língua árabe:
وَمَا ظَلَمْنٰهُمْ وَلٰكِنْ ظَلَمُوْۤا اَنْفُسَهُمْ فَمَاۤ اَغْنَتْ عَنْهُمْ اٰلِهَتُهُمُ الَّتِیْ یَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ مِنْ شَیْءٍ لَّمَّا جَآءَ اَمْرُ رَبِّكَ ؕ— وَمَا زَادُوْهُمْ غَیْرَ تَتْبِیْبٍ ۟
१०१) र हामीले तिनीहरूमाथि कुनै अत्याचार गरेका होइनौं बरु तिनीहरूले आफै आफूमाथि अत्याचार गरेका हुन्, जब तिम्रो पालनकर्ताको आदेश आइपुग्यो त जुन देवताहरूलाई तिनीहरूले अल्लाह बाहेक पुकार्दथे तिनीहरू उनीहरूको कुनै पनि काम आएनन् । अपितु उनीहरूको नोक्सानी नै बढाइदिए ।
Os Tafssir em língua árabe:
وَكَذٰلِكَ اَخْذُ رَبِّكَ اِذَاۤ اَخَذَ الْقُرٰی وَهِیَ ظَالِمَةٌ ؕ— اِنَّ اَخْذَهٗۤ اَلِیْمٌ شَدِیْدٌ ۟
१०२) तिम्रो पालनकर्ताले जब उल्लंघन गर्ने बस्तीहरूलाई समात्छ त उसको पकड यसै प्रकारको हुन्छ । निःसन्देह उसको पकड कष्टदायक (र) कठोर छ ।
Os Tafssir em língua árabe:
اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً لِّمَنْ خَافَ عَذَابَ الْاٰخِرَةِ ؕ— ذٰلِكَ یَوْمٌ مَّجْمُوْعٌ ۙ— لَّهُ النَّاسُ وَذٰلِكَ یَوْمٌ مَّشْهُوْدٌ ۟
१०३) निःसन्देह यसमा ती व्यक्तिहरूको निम्ति, जो कि आखिरतको दिन सजायसित डराउँछन् एउटा पाठ छ । यो त्यो दिन हुनेछ जसमा सबै मानिसहरू एकत्रित गरिनेछन् र यहि त्यो दिन हुनेछ जसमा सबै (हिसाब–किताबको लागि) उपस्थित गरिनेछन् ।
Os Tafssir em língua árabe:
وَمَا نُؤَخِّرُهٗۤ اِلَّا لِاَجَلٍ مَّعْدُوْدٍ ۟ؕ
१०४) र हामीले त्यसलाई ल्याउनुमा निर्धारित समयसम्म विलम्ब गरिराखेका छौ ।
Os Tafssir em língua árabe:
یَوْمَ یَاْتِ لَا تَكَلَّمُ نَفْسٌ اِلَّا بِاِذْنِهٖ ۚ— فَمِنْهُمْ شَقِیٌّ وَّسَعِیْدٌ ۟
१०५) जुन समय त्यो दिन आउनेछ, कुनै व्यक्ति अल्लाहको आदेशबिना बोल्न पनि सक्ने छैन । अनि तिनीहरूमा केही अभागी हुनेछन् र केही भाग्यवान ।
Os Tafssir em língua árabe:
فَاَمَّا الَّذِیْنَ شَقُوْا فَفِی النَّارِ لَهُمْ فِیْهَا زَفِیْرٌ وَّشَهِیْقٌ ۟ۙ
१०६) त जो अभागी हुनेछन् तिनीहरू नर्कमा हालिनेछन् त्यसमा उनीहरू विलाप गर्नेछन् र कराउन्छन् ।
Os Tafssir em língua árabe:
خٰلِدِیْنَ فِیْهَا مَا دَامَتِ السَّمٰوٰتُ وَالْاَرْضُ اِلَّا مَا شَآءَ رَبُّكَ ؕ— اِنَّ رَبَّكَ فَعَّالٌ لِّمَا یُرِیْدُ ۟
१०७) (र) जबसम्म आकाश र पृथ्वी छन् तिनीहरू सधैं त्यसमा रहनेछन् तर जति तिम्रो पालनकर्ताले चाहन्छ त्यति बाहेक । निःसन्देह तिम्रो पालनकर्ताले जे चाहन्छ त्यो गरिहाल्छ ।
Os Tafssir em língua árabe:
وَاَمَّا الَّذِیْنَ سُعِدُوْا فَفِی الْجَنَّةِ خٰلِدِیْنَ فِیْهَا مَا دَامَتِ السَّمٰوٰتُ وَالْاَرْضُ اِلَّا مَا شَآءَ رَبُّكَ ؕ— عَطَآءً غَیْرَ مَجْذُوْذٍ ۟
१०८) र जो वरदानप्राप्त हुनेछन्, तिनीहरू स्वर्गमा हुनेछन् जबसम्म आकाश र पृथ्वी छन् सधैं यसैमा रहनेछन्, तर जति तिम्रो पालनकर्ताको इच्छा हुन्छ । यो पुरस्कार हो जुनकि कहिल्यै समाप्त हुनेछैन ।
Os Tafssir em língua árabe:
فَلَا تَكُ فِیْ مِرْیَةٍ مِّمَّا یَعْبُدُ هٰۤؤُلَآءِ ؕ— مَا یَعْبُدُوْنَ اِلَّا كَمَا یَعْبُدُ اٰبَآؤُهُمْ مِّنْ قَبْلُ ؕ— وَاِنَّا لَمُوَفُّوْهُمْ نَصِیْبَهُمْ غَیْرَ مَنْقُوْصٍ ۟۠
१०९) यसर्थ तपाई यस्ता कुराहरूबाट कुनै शंकामा नपर्नुस् यी मानिसहरू जसको पूजा गर्दछन्, यिनीहरूले यसै प्रकारले पूजा गर्दछन्, जुन प्रकारले पहिला यिनका पूर्वजहरूले गर्दै आएका छन् । र हामी तिनीहरूलाई तिनीहरूको भाग पूर्णरूपले केही नघटाई नबढाई दिनेवाला छौं ।
Os Tafssir em língua árabe:
وَلَقَدْ اٰتَیْنَا مُوْسَی الْكِتٰبَ فَاخْتُلِفَ فِیْهِ ؕ— وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِنْ رَّبِّكَ لَقُضِیَ بَیْنَهُمْ ؕ— وَاِنَّهُمْ لَفِیْ شَكٍّ مِّنْهُ مُرِیْبٍ ۟
११०) र निःसन्देह हामीले मूसालाई किताब प्रदान गर्यौं, तब त्यसमा विवाद गरियो र यदि तिम्रो पालनकर्ताको तर्फबाट एउटा कुरा अघिनै नभइसकेको भए तिनीहरूको बीचमा नै निर्णय गरिहालिन्थ्यो र तिनीहरू त यसमा ठूलो शंकामा परेका छन् ।
Os Tafssir em língua árabe:
وَاِنَّ كُلًّا لَّمَّا لَیُوَفِّیَنَّهُمْ رَبُّكَ اَعْمَالَهُمْ ؕ— اِنَّهٗ بِمَا یَعْمَلُوْنَ خَبِیْرٌ ۟
१११) निःसन्देह प्रत्येकले जब उनको सामु जानेछ तब तपाईको पालनकर्ताले सबैलाई तिनीहरूको क्रियाकलापको पूरा–पूरा प्रतिफल दिनेछ । निःसन्देह जुन क्रियाकलाप यिनले गर्दछन् ऊ त्यसलाई जान्दछ ।
Os Tafssir em língua árabe:
فَاسْتَقِمْ كَمَاۤ اُمِرْتَ وَمَنْ تَابَ مَعَكَ وَلَا تَطْغَوْا ؕ— اِنَّهٗ بِمَا تَعْمَلُوْنَ بَصِیْرٌ ۟
११२) तसर्थ (हे पैगम्बर !) तपाईलाई जस्तो आदेश दिइएकोछ तपाई र तपाईको साथ प्रायश्चित गरिसकेका मानिसहरूले दृढ रहनु, र सीमाभन्दा अगाडि नजाऊ, उसले तिम्रा सारा क्रियाकलाप देखिराखेको छ ।
Os Tafssir em língua árabe:
وَلَا تَرْكَنُوْۤا اِلَی الَّذِیْنَ ظَلَمُوْا فَتَمَسَّكُمُ النَّارُ ۙ— وَمَا لَكُمْ مِّنْ دُوْنِ اللّٰهِ مِنْ اَوْلِیَآءَ ثُمَّ لَا تُنْصَرُوْنَ ۟
११३) हेर जो अत्याचारीहरू छन् उनीहरूतिर कदापि प्रवृत्त नहोऊ, नत्र नर्कको आगोले तिमीलाई पनि समातिहाल्छ, र अल्लाह बाहेक तिम्रो कोही संरक्षक छैन र कोहीबाट मद्दत प्राप्त हुनसक्ने छैन ।
Os Tafssir em língua árabe:
وَاَقِمِ الصَّلٰوةَ طَرَفَیِ النَّهَارِ وَزُلَفًا مِّنَ الَّیْلِ ؕ— اِنَّ الْحَسَنٰتِ یُذْهِبْنَ السَّیِّاٰتِ ؕ— ذٰلِكَ ذِكْرٰی لِلذّٰكِرِیْنَ ۟ۚ
११४) दिनको दुवै भागमा (प्रातः र सन्ध्या) नमाज पढ्ने गर, र रातीको केही बेलामा पनि । निःसन्देह सत्कर्महरूले कुकर्महरूलाई खतम पारिदिन्छन् । यो तिनीहरूको निम्ति पाठ हो जो पाठ स्वीकार गर्नेवाला छन् ।
Os Tafssir em língua árabe:
وَاصْبِرْ فَاِنَّ اللّٰهَ لَا یُضِیْعُ اَجْرَ الْمُحْسِنِیْنَ ۟
११५) तपाईले धैर्यधारण गरिराख्नुस् निश्चय नै अल्लाह सत्कर्मीहरूको प्रतिफल खेर फाल्दैन ।
Os Tafssir em língua árabe:
فَلَوْلَا كَانَ مِنَ الْقُرُوْنِ مِنْ قَبْلِكُمْ اُولُوْا بَقِیَّةٍ یَّنْهَوْنَ عَنِ الْفَسَادِ فِی الْاَرْضِ اِلَّا قَلِیْلًا مِّمَّنْ اَنْجَیْنَا مِنْهُمْ ۚ— وَاتَّبَعَ الَّذِیْنَ ظَلَمُوْا مَاۤ اُتْرِفُوْا فِیْهِ وَكَانُوْا مُجْرِمِیْنَ ۟
११६) तसर्थ जुन कौम तिमीभन्दा अघि बितिसकेका छन्, तिनीहरूमा यस्ता बुद्धिमानी किन भएनन्, जसले कि मुलुकमा उपद्रव हुनुबाट रोक्दथे, हो, केही (थिए), जसलाई हामीले तिनीहरूमध्येबाट बचायौं र जो अत्याचारी थिए, यिनै कुराको पछाडि लागिरहे, जसमा कि तिनीहरूलाई आनन्द र विलासिता दिइएको थियो, र तिनीहरू अपराधी थिए ।
Os Tafssir em língua árabe:
وَمَا كَانَ رَبُّكَ لِیُهْلِكَ الْقُرٰی بِظُلْمٍ وَّاَهْلُهَا مُصْلِحُوْنَ ۟
११७) र तिम्रो पालनकर्ता यस्तो छैन कि, कुनै बस्तीलाई अकारण नष्ट गरिहालोस्, जब कि त्यहाँका बासिन्दाहरू सुकर्ममा लागिरहुन् ।
Os Tafssir em língua árabe:
وَلَوْ شَآءَ رَبُّكَ لَجَعَلَ النَّاسَ اُمَّةً وَّاحِدَةً وَّلَا یَزَالُوْنَ مُخْتَلِفِیْنَ ۟ۙ
११८) यदि तिम्रो पालनकर्ताले चाहेको भए थुप्रै मानिसहरूलाई एउटै बाटोमा एउटै समूह बनाउने थियो तर तिनीहरूले सँधै विवाद गरिराख्ने नै छन् ।
Os Tafssir em língua árabe:
اِلَّا مَنْ رَّحِمَ رَبُّكَ ؕ— وَلِذٰلِكَ خَلَقَهُمْ ؕ— وَتَمَّتْ كَلِمَةُ رَبِّكَ لَاَمْلَـَٔنَّ جَهَنَّمَ مِنَ الْجِنَّةِ وَالنَّاسِ اَجْمَعِیْنَ ۟
११९) तर ती बाहेक जसमाथि तपाईको पालनकर्ताले कृपा गरोस् र यसैले उसले यिनीहरूलाई सृष्टि गरेको छ, र तिम्रो पालनकर्ताको यो वचन पूरा भइसकेको छ, कि म नर्कलाई जिन्न र मानिसहरूबाट भरिदिनेछु ।
Os Tafssir em língua árabe:
وَكُلًّا نَّقُصُّ عَلَیْكَ مِنْ اَنْۢبَآءِ الرُّسُلِ مَا نُثَبِّتُ بِهٖ فُؤَادَكَ ۚ— وَجَآءَكَ فِیْ هٰذِهِ الْحَقُّ وَمَوْعِظَةٌ وَّذِكْرٰی لِلْمُؤْمِنِیْنَ ۟
१२०) हे (मुहम्मद !) पैगम्बरहरूका ती सबै कुराहरू हामीले तपाई सामु तपाईको मनको शाँतिको लागि वर्णन गर्दछौं, तपाईसम्म यो सूरः (अंश) मा पनि सत्य पुगिसक्यो जुन मोमिनहरूको निम्ति उपदेश र पाठ हो ।
Os Tafssir em língua árabe:
وَقُلْ لِّلَّذِیْنَ لَا یُؤْمِنُوْنَ اعْمَلُوْا عَلٰی مَكَانَتِكُمْ ؕ— اِنَّا عٰمِلُوْنَ ۟ۙ
१२१) र जुन मानिसहरूले ईमान ल्याएका छैनन्, तिनीहरूलाई भनिदिनुस् कि तिमी आफ्नो ठाउँमा कर्म गर्दै जाऊ, हामी आफ्नो ठाउँमा गर्ने गर्दछौं ।
Os Tafssir em língua árabe:
وَانْتَظِرُوْا ۚ— اِنَّا مُنْتَظِرُوْنَ ۟
१२२) र तिमी पनि प्रतीक्षा गर, हामी पनि प्रतीक्षा गर्दछौं ।
Os Tafssir em língua árabe:
وَلِلّٰهِ غَیْبُ السَّمٰوٰتِ وَالْاَرْضِ وَاِلَیْهِ یُرْجَعُ الْاَمْرُ كُلُّهٗ فَاعْبُدْهُ وَتَوَكَّلْ عَلَیْهِ ؕ— وَمَا رَبُّكَ بِغَافِلٍ عَمَّا تَعْمَلُوْنَ ۟۠
१२३) आकाशहरू र पृथ्वीमा अदृश्य कुराहरूको ज्ञान अल्लाहलाई नै छ, र थुप्रै कुराहरू उसैतिर निर्णयको लागि फर्कन्छन् तसर्थ उसैको पूजा गर, र उसैमाथि भरोसा राख, र जे जति तिमीले गरिराखेका छौ तिम्रो पालनकर्ता त्यसबाट अनभिज्ञ छैन ।
Os Tafssir em língua árabe:
 
Tradução dos significados Surah: Suratu Hud
Índice de capítulos Número de página
 
Tradução dos significados do Nobre Qur’an. - Tradução para Nepali - Sociedade Ahl Al-Hadith - Índice de tradução

Tradução dos significados do Alcorão em nepalês pela Sociedade Central de Ahlul-Hadith no Nepal.

Fechar