Check out the new design

Tradução dos significados do Nobre Qur’an. - Tradução para Nepali - Sociedade Ahl Al-Hadith * - Índice de tradução


Tradução dos significados Surah: Ta-Ha   Versículo:
فَتَعٰلَی اللّٰهُ الْمَلِكُ الْحَقُّ ۚ— وَلَا تَعْجَلْ بِالْقُرْاٰنِ مِنْ قَبْلِ اَنْ یُّقْضٰۤی اِلَیْكَ وَحْیُهٗ ؗ— وَقُلْ رَّبِّ زِدْنِیْ عِلْمًا ۟
११४) अतः अल्लाह गोरवपूर्ण र सच्चा सम्राट हो । कुरआनको ‘‘वह्य’’ जुन तिमीतिर पठाइन्छ, त्यो पूरा हुनुभन्दा अगाडि कुरआनलाई पढ्नुको निम्ति हतार गर्ने नगर र भनः ‘‘मेरो पालनकर्ता, मलाई ज्ञानमा अभिवृद्धि प्रदान गरोस्’’ ।
Os Tafssir em língua árabe:
وَلَقَدْ عَهِدْنَاۤ اِلٰۤی اٰدَمَ مِنْ قَبْلُ فَنَسِیَ وَلَمْ نَجِدْ لَهٗ عَزْمًا ۟۠
११५) हामीले यसभन्दा पहिला आदमलाई एउटा निश्चित आदेश दिएका थियौं तर उसले बिर्सिहाल्यो र हामीले त्यसमा कुनै संतोष र दृढता देखेनौं ।
Os Tafssir em língua árabe:
وَاِذْ قُلْنَا لِلْمَلٰٓىِٕكَةِ اسْجُدُوْا لِاٰدَمَ فَسَجَدُوْۤا اِلَّاۤ اِبْلِیْسَ ؕ— اَبٰی ۟
११६) र जब हामीले फरिश्ताहरूलाई भन्यौं कि आदमलाई ढोग, तब इब्लीस बाहेक सबैले सज्दा गरे तर इब्लीसले सो गर्नुबाट पूरै इन्कार गर्यो ।
Os Tafssir em língua árabe:
فَقُلْنَا یٰۤاٰدَمُ اِنَّ هٰذَا عَدُوٌّ لَّكَ وَلِزَوْجِكَ فَلَا یُخْرِجَنَّكُمَا مِنَ الْجَنَّةِ فَتَشْقٰی ۟
११७) अनि हामीले भन्यौं कि हे आदम निश्चय नै यो तिमी र तिम्रो पत्नीको शत्रु हो । ध्यान गर यस्तो नहोस् कि यसले तिमी दुवैलाई जन्नतबाट (स्वर्गबाट) निष्कासित गराइदेओस् र तिमी कष्टमा परिहाल ।
Os Tafssir em língua árabe:
اِنَّ لَكَ اَلَّا تَجُوْعَ فِیْهَا وَلَا تَعْرٰی ۟ۙ
११८) यहाँ तिमीलाई यो आराम छ कि न तिमी भोको रहनेछौ न नाङ्गो रहनेछौ ।
Os Tafssir em língua árabe:
وَاَنَّكَ لَا تَظْمَؤُا فِیْهَا وَلَا تَضْحٰی ۟
११९) र यो पनि कि न तिमी यहाँ तिर्खाएको रहनेछौ नत गरमीको कष्ट भोग्नेछौ ।
Os Tafssir em língua árabe:
فَوَسْوَسَ اِلَیْهِ الشَّیْطٰنُ قَالَ یٰۤاٰدَمُ هَلْ اَدُلُّكَ عَلٰی شَجَرَةِ الْخُلْدِ وَمُلْكٍ لَّا یَبْلٰی ۟
१२०) त्यसपछि शैतानले उनलाई उक्सायो, भन्नथाल्योः (हे आदम)के मैले तिमीलाई शाश्वत जीवनको वृक्षको बारेमा भनूँ र यस्तो राज्यको सम्बन्धमा जो कहिल्यै पूरानो हुँदैन ?’’
Os Tafssir em língua árabe:
فَاَكَلَا مِنْهَا فَبَدَتْ لَهُمَا سَوْاٰتُهُمَا وَطَفِقَا یَخْصِفٰنِ عَلَیْهِمَا مِنْ وَّرَقِ الْجَنَّةِ ؗ— وَعَصٰۤی اٰدَمُ رَبَّهٗ فَغَوٰی ۪۟ۖ
१२१) अन्ततः ती दुवैले त्यस वृक्षबाट केही खाइहाले, जसको परिणामस्वरूप तिनीहरूका लुकाउने कुरा (गोप्य अंगहरू) तिनीहरूको अगाडि खुल्ला भइहाले र ती दुवैले आफना अंग जन्नतका (स्वर्गका) पातहरूले छोप्न थाले र आदमले आफ्नो पालनकर्ताको (आदेशको) उल्लघंन गरे अनि मार्गविचलित भइहाले ।
Os Tafssir em língua árabe:
ثُمَّ اجْتَبٰهُ رَبُّهٗ فَتَابَ عَلَیْهِ وَهَدٰی ۟
१२२) अनि उनको पालनकर्ताले उनलाई रोज्यो, र उनको प्रायश्चित स्वीकार गर्यो र उनको मार्गदर्शन, गर्यो ।
Os Tafssir em língua árabe:
قَالَ اهْبِطَا مِنْهَا جَمِیْعًا بَعْضُكُمْ لِبَعْضٍ عَدُوٌّ ۚ— فَاِمَّا یَاْتِیَنَّكُمْ مِّنِّیْ هُدًی ۙ۬— فَمَنِ اتَّبَعَ هُدَایَ فَلَا یَضِلُّ وَلَا یَشْقٰی ۟
१२३) आदेश भयो तिमी दुवै यहाँबाट तल झर । तिमी आपसमा एक अर्काको शत्रु हौ । अब जहिले पनि मेरो तर्फबाट मार्गदर्शन जानेछ तब जसले मेरो मार्गदर्शनको अनुपालन गर्दछ, ऊ नत पथभ्रष्ट हुनेछ र न कष्टमा पर्नेछ ।
Os Tafssir em língua árabe:
وَمَنْ اَعْرَضَ عَنْ ذِكْرِیْ فَاِنَّ لَهٗ مَعِیْشَةً ضَنْكًا وَّنَحْشُرُهٗ یَوْمَ الْقِیٰمَةِ اَعْمٰی ۟
१२४) र जसले मेरो स्मृतिबाट विमुख हुनेछ त्यसको जीवन कष्टमय हुनेछ र कियामतको दिन त्यसलाई हामीले अन्धा बनाएर उठाउने छौं ।
Os Tafssir em língua árabe:
قَالَ رَبِّ لِمَ حَشَرْتَنِیْۤ اَعْمٰی وَقَدْ كُنْتُ بَصِیْرًا ۟
१२५) उसले भन्नेछ किः मेरो पालनकर्ता तिमीले मलाई अन्धो पारेर किन उठायौ, जबकि म त आँखा देख्नेवाला थिएँ ?
Os Tafssir em língua árabe:
 
Tradução dos significados Surah: Ta-Ha
Índice de capítulos Número de página
 
Tradução dos significados do Nobre Qur’an. - Tradução para Nepali - Sociedade Ahl Al-Hadith - Índice de tradução

Emitido pela Sociedade Central de Ahlul-Hadith no Nepal.

Fechar