Tradução dos significados do Nobre Qur’an. - Tradução para Nepali - Sociedade Ahl Al-Hadith * - Índice de tradução


Tradução dos significados Surah: Suratu Al-Qassas   Versículo:

सूरतुल् कसस

طٰسٓمّٓ ۟
१) ता–सीन–मीम ।
Os Tafssir em língua árabe:
تِلْكَ اٰیٰتُ الْكِتٰبِ الْمُبِیْنِ ۟
२) यी स्पष्ट किताबका आयतहरू हुन् ।
Os Tafssir em língua árabe:
نَتْلُوْا عَلَیْكَ مِنْ نَّبَاِ مُوْسٰی وَفِرْعَوْنَ بِالْحَقِّ لِقَوْمٍ یُّؤْمِنُوْنَ ۟
३) (हे मुहम्मद !) हामीले तपाई समक्ष मूसा र फिरऔनका सत्य घटनाहरू मोमिनहरूको लागि वर्णन गर्दछौं ।
Os Tafssir em língua árabe:
اِنَّ فِرْعَوْنَ عَلَا فِی الْاَرْضِ وَجَعَلَ اَهْلَهَا شِیَعًا یَّسْتَضْعِفُ طَآىِٕفَةً مِّنْهُمْ یُذَبِّحُ اَبْنَآءَهُمْ وَیَسْتَحْیٖ نِسَآءَهُمْ ؕ— اِنَّهٗ كَانَ مِنَ الْمُفْسِدِیْنَ ۟
४) निःसन्देह फिरऔनले धरतीमा अट्टेरिपना गर्दै आएको थियो र त्यहाँका मानिसहरूलाई अनेक समूहमा विभाजन गरी एउटा समूहलाई कमजोर पारिसकेको थियो । त्यसले उनीहरूका छोराहरूलाई मारिदिन्थ्यो र उनीहरूका छोरीहरूलाई जीवित रहन दिन्थ्यो निश्चय नै त्यो उपद्रव गर्नेहरूमध्येको थियो ।
Os Tafssir em língua árabe:
وَنُرِیْدُ اَنْ نَّمُنَّ عَلَی الَّذِیْنَ اسْتُضْعِفُوْا فِی الْاَرْضِ وَنَجْعَلَهُمْ اَىِٕمَّةً وَّنَجْعَلَهُمُ الْوٰرِثِیْنَ ۟ۙ
५) र हामीले चाहयौं कि तिनीहरूमाथि उपकार गरौं, जसलाई धरतीमा अति कमजोर गरिएको थियो र उनीहरूलाई नै (धरतीको) नायक र उत्तराधिकारी बनाऔं ।
Os Tafssir em língua árabe:
وَنُمَكِّنَ لَهُمْ فِی الْاَرْضِ وَنُرِیَ فِرْعَوْنَ وَهَامٰنَ وَجُنُوْدَهُمَا مِنْهُمْ مَّا كَانُوْا یَحْذَرُوْنَ ۟
६) र यो पनि कि हामीले धरतीमा उनीहरूलाई सत्ताधिकार प्रदान गरौं र उनीहरूबाट फिरऔन र हामान र उनीहरूको सेनाहरूलाई ती कुरा देखाऔं, जसबाट उनीहरू डराइरहेका छन् ।
Os Tafssir em língua árabe:
وَاَوْحَیْنَاۤ اِلٰۤی اُمِّ مُوْسٰۤی اَنْ اَرْضِعِیْهِ ۚ— فَاِذَا خِفْتِ عَلَیْهِ فَاَلْقِیْهِ فِی الْیَمِّ وَلَا تَخَافِیْ وَلَا تَحْزَنِیْ ۚ— اِنَّا رَآدُّوْهُ اِلَیْكِ وَجَاعِلُوْهُ مِنَ الْمُرْسَلِیْنَ ۟
७) हामीले ‘‘मूसा’’ (अलैहिस्सलाम) की आमालाई संकेत गर्यौं कि उसलाई दूध खुवाउँदै गर अनि यदि तिमीलाई उसको विषयमा कुनै भय हुन्छ भने उसलाई नदीमा हालिदिनु र तिमीले कुनै भय नमान्नु न त चिन्ता गर्नु । हामीले उसलाई तिम्रो पासमा फर्काइदिनेछौं र उसलाई पैैगम्बर बनाउनेवाला छौं ।
Os Tafssir em língua árabe:
فَالْتَقَطَهٗۤ اٰلُ فِرْعَوْنَ لِیَكُوْنَ لَهُمْ عَدُوًّا وَّحَزَنًا ؕ— اِنَّ فِرْعَوْنَ وَهَامٰنَ وَجُنُوْدَهُمَا كَانُوْا خٰطِـِٕیْنَ ۟
८) अन्ततः फिरऔनका मानिसहरूले त्यस बच्चालाई उठाइहाले, र परिणाम स्वरूप त्यो उनीहरूको शत्रु र उनीहरूको निम्ति दुःखको कारण बन्यो । निश्चय फिरऔन र हामान र उनीहरूका सेना गम्भीर अपराधी नै थिए ।
Os Tafssir em língua árabe:
وَقَالَتِ امْرَاَتُ فِرْعَوْنَ قُرَّتُ عَیْنٍ لِّیْ وَلَكَ ؕ— لَا تَقْتُلُوْهُ ۖۗ— عَسٰۤی اَنْ یَّنْفَعَنَاۤ اَوْ نَتَّخِذَهٗ وَلَدًا وَّهُمْ لَا یَشْعُرُوْنَ ۟
९) र फिरऔनकी श्रीमतीले भनीः कि यो मेरो र तिम्रो दुवैको आँखाको शीतलता हो, यसको हत्या नगर्नु, धेरै सम्भव छ कि यसले हामीलाई फाइदा पुर्याउँछ, अथवा हामीले यसलाई आफ्नो छोरा बनाइहालौं, र उनीहरू अनभिज्ञ नै थिए ।
Os Tafssir em língua árabe:
وَاَصْبَحَ فُؤَادُ اُمِّ مُوْسٰی فٰرِغًا ؕ— اِنْ كَادَتْ لَتُبْدِیْ بِهٖ لَوْلَاۤ اَنْ رَّبَطْنَا عَلٰی قَلْبِهَا لِتَكُوْنَ مِنَ الْمُؤْمِنِیْنَ ۟
१०) र मूसाकी आमाको हृदय बेचैन भइहाल्यो । यदि हामीले उसको हृदयलाई शान्त्वना प्रदान नगरिदिएको भए तिनले सम्भवतः यस घटनालाई प्रकट गरिदिन्थिइन् । उद्देश्य यो थियो कि उनी मोमिन्हरूमध्येबाट रहुन् ।
Os Tafssir em língua árabe:
وَقَالَتْ لِاُخْتِهٖ قُصِّیْهِ ؗ— فَبَصُرَتْ بِهٖ عَنْ جُنُبٍ وَّهُمْ لَا یَشْعُرُوْنَ ۟ۙ
११) मूसाको आमाले उसकी (मूसाकी) बहिनीसित भनिन् कि तिमी उसको पछि–पछि लाग । अतः तिनले उनलाई टाढैबाट हेरिराखिन् र फिरऔनको मानिसहरूलाई यसको जानकारी नै भएन ।
Os Tafssir em língua árabe:
وَحَرَّمْنَا عَلَیْهِ الْمَرَاضِعَ مِنْ قَبْلُ فَقَالَتْ هَلْ اَدُلُّكُمْ عَلٰۤی اَهْلِ بَیْتٍ یَّكْفُلُوْنَهٗ لَكُمْ وَهُمْ لَهٗ نٰصِحُوْنَ ۟
१२) हामीले उनीहरू पुग्नुभन्दा अघि नै उसको निम्ति धाइआमाको दूध हराम (वर्जित) गरिदिएका थियौं अतः तिनले भनिन् कि के तिमीलाई यस्तो घरको ठेगाना बताउँ जसले कि तिम्रो निम्ति यस बालकको पालनपोषण गर्न सकोस् र यसको शुभचिन्तक पनि होस् ।
Os Tafssir em língua árabe:
فَرَدَدْنٰهُ اِلٰۤی اُمِّهٖ كَیْ تَقَرَّ عَیْنُهَا وَلَا تَحْزَنَ وَلِتَعْلَمَ اَنَّ وَعْدَ اللّٰهِ حَقٌّ وَّلٰكِنَّ اَكْثَرَهُمْ لَا یَعْلَمُوْنَ ۟۠
१३) यसप्रकार हामीले उनलाई उनकी आमातिर फर्काएर ल्यायौं, ताकि तिनका आँखाहरू शीतल होउन् र तिनी शोकाकुल नहोउन् र ताकि तिनले जानिहालुन् कि अल्लाहको वाचा सत्य छ, तर उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।
Os Tafssir em língua árabe:
وَلَمَّا بَلَغَ اَشُدَّهٗ وَاسْتَوٰۤی اٰتَیْنٰهُ حُكْمًا وَّعِلْمًا ؕ— وَكَذٰلِكَ نَجْزِی الْمُحْسِنِیْنَ ۟
१४) र जब मूसा तन्नेरी भए र पूर्णरूपले व्यस्कता प्राप्त गरिसके, तब हामीले उनलाई निर्णयशक्ति र ज्ञान प्रदान गर्यौं । सुकर्म गर्नेहरूलाई हामीले यस्तै प्रकारले पुरस्कृत गर्दछौं ।
Os Tafssir em língua árabe:
وَدَخَلَ الْمَدِیْنَةَ عَلٰی حِیْنِ غَفْلَةٍ مِّنْ اَهْلِهَا فَوَجَدَ فِیْهَا رَجُلَیْنِ یَقْتَتِلٰنِ ؗ— هٰذَا مِنْ شِیْعَتِهٖ وَهٰذَا مِنْ عَدُوِّهٖ ۚ— فَاسْتَغَاثَهُ الَّذِیْ مِنْ شِیْعَتِهٖ عَلَی الَّذِیْ مِنْ عَدُوِّهٖ ۙ— فَوَكَزَهٗ مُوْسٰی فَقَضٰی عَلَیْهِ ؗ— قَالَ هٰذَا مِنْ عَمَلِ الشَّیْطٰنِ ؕ— اِنَّهٗ عَدُوٌّ مُّضِلٌّ مُّبِیْنٌ ۟
१५) र मूसा नगरमा यस्तो बेला प्रवेश गरे जबकि त्यहाँका मानसिहरू सचेत थिएनन् । त्यहाँ उनले देखे कि दुईजना मानिसहरू झगडा गरिरहेका थिए । एउटा त मूसाको जतिमध्येको थियो र अर्काे उनको दुश्मनमध्येको थियो । जुन व्यक्ति उनको जातिको थियो, त्यसले अर्काे व्यक्तिको मुकाबिलामा, जो मूसाको शत्रुमध्ये थियो, सहायता माँग्यो, तब उनले (मूसाले) उसलाई मुड्कीले प्रहार गरे र उसलाई मारिहाले । ‘‘मुसा’’ भन्नथालेः कि यो शैतानको कारवाही हो । निश्चय नै शैतान त स्पष्ट शत्रु र पथभ्रष्ट गर्नेवाला छ ।
Os Tafssir em língua árabe:
قَالَ رَبِّ اِنِّیْ ظَلَمْتُ نَفْسِیْ فَاغْفِرْ لِیْ فَغَفَرَ لَهٗ ؕ— اِنَّهٗ هُوَ الْغَفُوْرُ الرَّحِیْمُ ۟
१६) उनले प्रार्थना गरे कि हे पालनकर्ता ! मैले स्वयं आफूमाथि अत्याचार गरें, अतः तिमीले मलाई क्षमा गरिदेऊ । तसर्थ अल्लाहले क्षमा गरिदियो । निश्चय नै अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
Os Tafssir em língua árabe:
قَالَ رَبِّ بِمَاۤ اَنْعَمْتَ عَلَیَّ فَلَنْ اَكُوْنَ ظَهِیْرًا لِّلْمُجْرِمِیْنَ ۟
१७) उनले भन्न थालेः कि हे मेरो स्वामी जसरी तिमीले ममाथि अनुकम्पा गरेका छौ, म कहिल्यै पनि कुनै अपराधीको सहायता गर्नेछैन ।
Os Tafssir em língua árabe:
فَاَصْبَحَ فِی الْمَدِیْنَةِ خَآىِٕفًا یَّتَرَقَّبُ فَاِذَا الَّذِی اسْتَنْصَرَهٗ بِالْاَمْسِ یَسْتَصْرِخُهٗ ؕ— قَالَ لَهٗ مُوْسٰۤی اِنَّكَ لَغَوِیٌّ مُّبِیْنٌ ۟
१८) अनि भोलिपल्ट बिहानै शहरमा डराउँदै खबर लिन प्रवेश गरे, एक्कासी हेर्नु भयो कि त्यही व्यक्ति जसले उनीसित सहायता चाहेको थियो, उनलाई पुकारिराखेको छ । मूसाले ऊसित भने कि तिमी त प्रत्यक्षरूपले मार्गविचलित छौ ।
Os Tafssir em língua árabe:
فَلَمَّاۤ اَنْ اَرَادَ اَنْ یَّبْطِشَ بِالَّذِیْ هُوَ عَدُوٌّ لَّهُمَا ۙ— قَالَ یٰمُوْسٰۤی اَتُرِیْدُ اَنْ تَقْتُلَنِیْ كَمَا قَتَلْتَ نَفْسًا بِالْاَمْسِ ۗ— اِنْ تُرِیْدُ اِلَّاۤ اَنْ تَكُوْنَ جَبَّارًا فِی الْاَرْضِ وَمَا تُرِیْدُ اَنْ تَكُوْنَ مِنَ الْمُصْلِحِیْنَ ۟
१९) फेरि जब मूसाले इच्छा गरे, कि त्यो व्यक्तिलाई, जुन कि उनी दुवैको शत्रु थियो, समातिहालुन्, तब त्यसले भन्न थाल्यो कि जुनप्रकारले हिजो तिमीले एउटा व्यक्तिलाई मारिहालेका थियौ, त्यसैप्रकार मलाई पनि मार्न चाहन्छौ । धरतीमा क्रूर अत्याचारी हुन चाहन्छौ र तिमी यो चाहँदैनौ कि सुधार गर्नेवाला बन ।
Os Tafssir em língua árabe:
وَجَآءَ رَجُلٌ مِّنْ اَقْصَا الْمَدِیْنَةِ یَسْعٰی ؗ— قَالَ یٰمُوْسٰۤی اِنَّ الْمَلَاَ یَاْتَمِرُوْنَ بِكَ لِیَقْتُلُوْكَ فَاخْرُجْ اِنِّیْ لَكَ مِنَ النّٰصِحِیْنَ ۟
२०) (त्यसपश्चात) एउटा मानिस नगरको पल्लो छेउबाट दगुर्दै आयो र भन्यो कि हे मूसा नगरका प्रमुखहरू तिम्रो हत्याको विषयमा परामर्श गरिराखेका छन् । अतः तिमी छिटै भागिहाल, म तिम्रो हितैषी हूँ ।
Os Tafssir em língua árabe:
فَخَرَجَ مِنْهَا خَآىِٕفًا یَّتَرَقَّبُ ؗ— قَالَ رَبِّ نَجِّنِیْ مِنَ الْقَوْمِ الظّٰلِمِیْنَ ۟۠
२१) अनि मूसा त्यहाँबाट डराइ–डराइ निस्किहाले र प्रार्थना गर्नथालेः कि हे मेरो पालनहार ! मलाई अत्याचारीहरूबाट छुटकरा प्रदान गर ।
Os Tafssir em língua árabe:
وَلَمَّا تَوَجَّهَ تِلْقَآءَ مَدْیَنَ قَالَ عَسٰی رَبِّیْۤ اَنْ یَّهْدِیَنِیْ سَوَآءَ السَّبِیْلِ ۟
२२) र जब ‘‘मदयनतिर’’ ध्यान दिए तब भन्नथालेः कि आशा छ कि मेरो पालनकर्ताले मलाई सोझो बाटो देखाउनेछ ।
Os Tafssir em língua árabe:
وَلَمَّا وَرَدَ مَآءَ مَدْیَنَ وَجَدَ عَلَیْهِ اُمَّةً مِّنَ النَّاسِ یَسْقُوْنَ ؗ۬— وَوَجَدَ مِنْ دُوْنِهِمُ امْرَاَتَیْنِ تَذُوْدٰنِ ۚ— قَالَ مَا خَطْبُكُمَا ؕ— قَالَتَا لَا نَسْقِیْ حَتّٰی یُصْدِرَ الرِّعَآءُ ٚ— وَاَبُوْنَا شَیْخٌ كَبِیْرٌ ۟
२३) जब ‘‘मदयनको’’ पानी भएको ठाउँमा पुगे त देखे, कि त्यहाँ मानिसहरू एकत्रित भएका छन् र (चौपायाहरूलाई) पानी खुवाइराखेका छन् ? र उनीहरूबाट पर एकातिर दुईवटा स्त्रीहरू आफ्नो चौपायाहरूलाई रोकेर उभेका छिन् । ‘‘मूसाले’’ सोधे तिम्रो के समस्या छ ? उनीहरूले भनिन् कि, हामी त्यसबेलासम्म पानी खुवाउन सक्दैनौं, जबसम्म यी गोठालाहरू आफ्नो जनावरहरू लग्दैनन् र हाम्रो बाबु धेरै उमेरको निकै वृद्ध छन् ।
Os Tafssir em língua árabe:
فَسَقٰی لَهُمَا ثُمَّ تَوَلّٰۤی اِلَی الظِّلِّ فَقَالَ رَبِّ اِنِّیْ لِمَاۤ اَنْزَلْتَ اِلَیَّ مِنْ خَیْرٍ فَقِیْرٌ ۟
२४) तब ‘‘मूसाले’’ स्वयम् उनीहरूको लागि पानी खुवाइदिए, अनि छायाँतिर गइहाले र भन्नथालेः कि हे पालनकर्ता ! तिमीले मेरो लागि जे जति कृपा प्रदान गर्दछौ मलाई त्यसको आवश्यकता छ ।
Os Tafssir em língua árabe:
فَجَآءَتْهُ اِحْدٰىهُمَا تَمْشِیْ عَلَی اسْتِحْیَآءٍ ؗ— قَالَتْ اِنَّ اَبِیْ یَدْعُوْكَ لِیَجْزِیَكَ اَجْرَ مَا سَقَیْتَ لَنَا ؕ— فَلَمَّا جَآءَهٗ وَقَصَّ عَلَیْهِ الْقَصَصَ ۙ— قَالَ لَا تَخَفْ ۫— نَجَوْتَ مِنَ الْقَوْمِ الظّٰلِمِیْنَ ۟
२५) यतिकैमा ती दुवैमध्ये एउटी स्त्री लाज मान्दै ‘‘मूसाको’’ पासमा आई (र) भन्नथाली कि तपाईलाई मेरो पिताले बोलाउनुहुन्छ ताकि तपाईले जुन हाम्रो चौपायाहरूलाई पानी खुवाउनु भएको छ, त्यसको पारिश्रमिक देउन् । जब उनी उनको पासमा आए र उनीसित (आफ्नो) बृतान्त बर्णन गरे, त उनले भने, कि कुनै भय नमान । तिमी अत्याचारीहरूबाट छुटकारा पाइसकेका छौ ।
Os Tafssir em língua árabe:
قَالَتْ اِحْدٰىهُمَا یٰۤاَبَتِ اسْتَاْجِرْهُ ؗ— اِنَّ خَیْرَ مَنِ اسْتَاْجَرْتَ الْقَوِیُّ الْاَمِیْنُ ۟
२६) यी दुवैमध्ये एउटी स्त्रीले भनीः कि बुबा ! यिनलाई नोकरको रूपमा राखिहाल्नुस् । किन भने जसलाई तपाईं नोकरको रूपमा राख्नुहुुन्छ, राम्रो त्यही हो जो बलवान् र विश्वसनीय होस् ।
Os Tafssir em língua árabe:
قَالَ اِنِّیْۤ اُرِیْدُ اَنْ اُنْكِحَكَ اِحْدَی ابْنَتَیَّ هٰتَیْنِ عَلٰۤی اَنْ تَاْجُرَنِیْ ثَمٰنِیَ حِجَجٍ ۚ— فَاِنْ اَتْمَمْتَ عَشْرًا فَمِنْ عِنْدِكَ ۚ— وَمَاۤ اُرِیْدُ اَنْ اَشُقَّ عَلَیْكَ ؕ— سَتَجِدُنِیْۤ اِنْ شَآءَ اللّٰهُ مِنَ الصّٰلِحِیْنَ ۟
२७) बृद्ध पुरुषले (मूसासित) भन्योः कि म चाहन्छु आफ्ना यी दुई छोरीहरूमध्ये एउटीसित तपाईको विहे गरिदेऊँ, यस शर्तमा कि तपाई आठ बर्षसम्म मेरो यहाँ कामकाज गर्नुस् र यदि दशसालसम्म काम पूरा गर्नुहुन्छ भने त्यो तपाईको तर्फबाट मलाई हो, म तपाईलाई धेरै कष्टमा पार्न चाहन्न, अल्लाहको इच्छा भए मलाई तपाई असल मानिसहरूमध्येको पाउनुहुनेछ ।
Os Tafssir em língua árabe:
قَالَ ذٰلِكَ بَیْنِیْ وَبَیْنَكَ ؕ— اَیَّمَا الْاَجَلَیْنِ قَضَیْتُ فَلَا عُدْوَانَ عَلَیَّ ؕ— وَاللّٰهُ عَلٰی مَا نَقُوْلُ وَكِیْلٌ ۟۠
२८) मूसाले भने कि त्यसो भए यो कुरा मेरो र तपाईंको बीचमा निश्चित भइहाल्यो । मैले जुन पनि अवधि पूरा गरेमा, ममाथि कुनै अन्याय नहोस् । र हामीले जुन सम्झौता गर्दैछौं, अल्लाह त्यसको साक्षी छ र उही सबैको योजनाकार हो ।
Os Tafssir em língua árabe:
فَلَمَّا قَضٰی مُوْسَی الْاَجَلَ وَسَارَ بِاَهْلِهٖۤ اٰنَسَ مِنْ جَانِبِ الطُّوْرِ نَارًا ۚ— قَالَ لِاَهْلِهِ امْكُثُوْۤا اِنِّیْۤ اٰنَسْتُ نَارًا لَّعَلِّیْۤ اٰتِیْكُمْ مِّنْهَا بِخَبَرٍ اَوْ جَذْوَةٍ مِّنَ النَّارِ لَعَلَّكُمْ تَصْطَلُوْنَ ۟
२९) अनि जब ‘‘मूसाले’’ आफ्नो अवधि पूरा गरे र आफ्नो घरवालालाई लिएर हिंडे त तूर पर्वततिरबाट आगो देखियो, अनि आफ्नो पत्नीसित भने कि तिमी पर्ख मैले आगो देखेको छु, शायद म त्यहाँबाट केही खबर लिएर आऊँ वा आगोको डल्लो लिएर आऊँ ताकि तिमी आगो ताप्नसक ।
Os Tafssir em língua árabe:
فَلَمَّاۤ اَتٰىهَا نُوْدِیَ مِنْ شَاطِئِ الْوَادِ الْاَیْمَنِ فِی الْبُقْعَةِ الْمُبٰرَكَةِ مِنَ الشَّجَرَةِ اَنْ یّٰمُوْسٰۤی اِنِّیْۤ اَنَا اللّٰهُ رَبُّ الْعٰلَمِیْنَ ۟ۙ
३०) अनि जब त्यहाँ पुगे, त यस शुभ मैदानको दायाँ किनारको एउटा वृक्षबाट आवाज आयोः कि हे मूसा ! म नै अल्लाह हूँ, सम्पूर्ण जगतको पालनकर्ता ।
Os Tafssir em língua árabe:
وَاَنْ اَلْقِ عَصَاكَ ؕ— فَلَمَّا رَاٰهَا تَهْتَزُّ كَاَنَّهَا جَآنٌّ وَّلّٰی مُدْبِرًا وَّلَمْ یُعَقِّبْ ؕ— یٰمُوْسٰۤی اَقْبِلْ وَلَا تَخَفْ ۫— اِنَّكَ مِنَ الْاٰمِنِیْنَ ۟
३१) र (यो पनि अवाज आयो कि) आफ्नो लट्ठी फ्याँकिहाल जब देखेकि त्यो चलिराखेको छ, मानौं सर्प होस् तब पिठ्युँ फर्काई हिंडिदिए र पछि फर्केर पनि हेरेनन् । (हामीले भन्यौं कि) हे ‘‘मूसा’’ अगाडि़ आऊ र भय नगर निःसन्देह तिमी अमनमा छौ ।
Os Tafssir em língua árabe:
اُسْلُكْ یَدَكَ فِیْ جَیْبِكَ تَخْرُجْ بَیْضَآءَ مِنْ غَیْرِ سُوْٓءٍ ؗ— وَّاضْمُمْ اِلَیْكَ جَنَاحَكَ مِنَ الرَّهْبِ فَذٰنِكَ بُرْهَانٰنِ مِنْ رَّبِّكَ اِلٰی فِرْعَوْنَ وَمَلَاۡىِٕهٖ ؕ— اِنَّهُمْ كَانُوْا قَوْمًا فٰسِقِیْنَ ۟
३२) र (यो पनि कि) आफ्नो हात बगलमा लग अनि बिना कुनै रोग चम्किलो रूपमा निस्कन्छ । र भयको बेला आफ्नो हातलाई आफूतिर खुम्च्याउनु । यी दुई निशानीहरू तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो लागि हुन् । ‘‘फिरऔन’’ र उसका दरबारियाहरूको पासमा जाऊ । निश्चय नै उनीहरू धेरै अवज्ञाकारी मानिसहरू हुन् ।
Os Tafssir em língua árabe:
قَالَ رَبِّ اِنِّیْ قَتَلْتُ مِنْهُمْ نَفْسًا فَاَخَافُ اَنْ یَّقْتُلُوْنِ ۟
३३) मूसाले भनेः हे पालनकर्ता ! उनीहरूको एउटा व्यक्तिको मैले हत्या गरिदिएको थिएँ, तसर्थ मलाई डर लाग्दछ कि उनीहरूले पनि मलाई मारिदिने छन् ।
Os Tafssir em língua árabe:
وَاَخِیْ هٰرُوْنُ هُوَ اَفْصَحُ مِنِّیْ لِسَانًا فَاَرْسِلْهُ مَعِیَ رِدْاً یُّصَدِّقُنِیْۤ ؗ— اِنِّیْۤ اَخَافُ اَنْ یُّكَذِّبُوْنِ ۟
३४) र ‘‘हारून’’ मेरो भाइको भाषा मभन्दा धेरै स्पष्ट छ । तसर्थ उसलाई पनि मेरो साथमा मेरो मद्दत गर्न पठाइदेऊ ताकि त्यसले मलाई सच्चा मानोस् । मलाई भय छ कि उनीहरूले मलाई असत्य भन्नेछन् ।
Os Tafssir em língua árabe:
قَالَ سَنَشُدُّ عَضُدَكَ بِاَخِیْكَ وَنَجْعَلُ لَكُمَا سُلْطٰنًا فَلَا یَصِلُوْنَ اِلَیْكُمَا ۚۛ— بِاٰیٰتِنَا ۚۛ— اَنْتُمَا وَمَنِ اتَّبَعَكُمَا الْغٰلِبُوْنَ ۟
३५) (अल्लाहले) भन्योः हामीले तिम्रो भाइको साथै तिम्रो हातलाई बलियो पार्नेछौं र तिमी दुवैलाई शक्ति प्रदान गर्नेछौं, हाम्रो निशनीहरूको कारणले उनीहरू तिमीसम्म पुग्न सक्ने छैनन् । तिमी र तिम्रा अनुयायीहरू नै अधिपत्य पाउनेछौ ।
Os Tafssir em língua árabe:
فَلَمَّا جَآءَهُمْ مُّوْسٰی بِاٰیٰتِنَا بَیِّنٰتٍ قَالُوْا مَا هٰذَاۤ اِلَّا سِحْرٌ مُّفْتَرًی وَّمَا سَمِعْنَا بِهٰذَا فِیْۤ اٰبَآىِٕنَا الْاَوَّلِیْنَ ۟
३६) यसरी जब ‘‘मूसा’’ उनको पासमा हाम्रा स्पष्ट निशानीहरू लिएर गए, तब उनीहरू भन्नथाले कि यो त बनावटी जादू हो, र यी (कुराहरू) हामीले आफ्नो बाबुबाजेको समयमा पनि कहिल्यै सुनेनौं ।
Os Tafssir em língua árabe:
وَقَالَ مُوْسٰی رَبِّیْۤ اَعْلَمُ بِمَنْ جَآءَ بِالْهُدٰی مِنْ عِنْدِهٖ وَمَنْ تَكُوْنُ لَهٗ عَاقِبَةُ الدَّارِ ؕ— اِنَّهٗ لَا یُفْلِحُ الظّٰلِمُوْنَ ۟
३७) मूसाले भने कि मेरो पालनहारले त्यस व्यक्तिलाई राम्ररी जान्दछ जसले उसकहाँबाट मार्गदर्शन लिएर आएको छ र जसको लागि अन्तिम दिन राम्रो परिणाम हुनेछ । निश्चय नै अत्याचारीहरूको भलो हुनेछैन ।
Os Tafssir em língua árabe:
وَقَالَ فِرْعَوْنُ یٰۤاَیُّهَا الْمَلَاُ مَا عَلِمْتُ لَكُمْ مِّنْ اِلٰهٍ غَیْرِیْ ۚ— فَاَوْقِدْ لِیْ یٰهَامٰنُ عَلَی الطِّیْنِ فَاجْعَلْ لِّیْ صَرْحًا لَّعَلِّیْۤ اَطَّلِعُ اِلٰۤی اِلٰهِ مُوْسٰی ۙ— وَاِنِّیْ لَاَظُنُّهٗ مِنَ الْكٰذِبِیْنَ ۟
३८) फिरऔनले भन्यो हे दरबारीयाहरू ! म त तिम्रो लागि आफू बाहेक कसैलाई रब (पालनकर्ता) जान्दिन, तसर्थ हे हामान ! मेरो निम्ति माटोलाई आगोबाट पोलेर त्यसबाट एउटा महल बनाऊ, ताकि म (त्यसबाट) मूसाको पालनकर्तातिर हेर्न सकूँ र म त यसलाई असत्य नै ठान्दैछु ।
Os Tafssir em língua árabe:
وَاسْتَكْبَرَ هُوَ وَجُنُوْدُهٗ فِی الْاَرْضِ بِغَیْرِ الْحَقِّ وَظَنُّوْۤا اَنَّهُمْ اِلَیْنَا لَا یُرْجَعُوْنَ ۟
३९) उसले र उसको सेनाहरूले धरतीमा अनावश्यक घमण्ड गरे, र ठाने कि उनीहरूलाई हामीतिर फर्कनु छैन ।
Os Tafssir em língua árabe:
فَاَخَذْنٰهُ وَجُنُوْدَهٗ فَنَبَذْنٰهُمْ فِی الْیَمِّ ۚ— فَانْظُرْ كَیْفَ كَانَ عَاقِبَةُ الظّٰلِمِیْنَ ۟
४०) अन्ततः हामीले उसलाई र उसको सेनाहरूलाई समातिहाल्यौं र उनीहरूलाई गहिरो पानीमा फ्याँकिदियौं । अब हेरिहाल कि अत्याचारीहरूको कस्तो परिणाम भयो ।
Os Tafssir em língua árabe:
وَجَعَلْنٰهُمْ اَىِٕمَّةً یَّدْعُوْنَ اِلَی النَّارِ ۚ— وَیَوْمَ الْقِیٰمَةِ لَا یُنْصَرُوْنَ ۟
४१) र हामीले उनीहरूलाई आगोतिर आह्वान गर्ने अगुवा बनाइदियौं र कियामतको दिन उनीहरूलाई कुनै सहायता प्राप्त हुनेछैन ।
Os Tafssir em língua árabe:
وَاَتْبَعْنٰهُمْ فِیْ هٰذِهِ الدُّنْیَا لَعْنَةً ۚ— وَیَوْمَ الْقِیٰمَةِ هُمْ مِّنَ الْمَقْبُوْحِیْنَ ۟۠
४२) र हामीले यस संसारमा पनि उनको पछाडि़ एउटा अभिशाप लगाइदियौँ र कियामतको दिन पनि उनी तिरस्कृत हुनेछन् ।
Os Tafssir em língua árabe:
وَلَقَدْ اٰتَیْنَا مُوْسَی الْكِتٰبَ مِنْ بَعْدِ مَاۤ اَهْلَكْنَا الْقُرُوْنَ الْاُوْلٰی بَصَآىِٕرَ لِلنَّاسِ وَهُدًی وَّرَحْمَةً لَّعَلَّهُمْ یَتَذَكَّرُوْنَ ۟
४३) र पहिलाका जातिहरूलाई नष्ट गरिसकेपछि हामीले ‘‘मूसालाई’’ यस्तो किताब (तौरेत) प्रदान गर्यौं, जुन मानिसहरूको निम्ति मार्गदर्शन र दयास्वरूप भएर आएको थियो । ताकि तिनीहरूले शिक्षा प्राप्त गरुन् ।
Os Tafssir em língua árabe:
وَمَا كُنْتَ بِجَانِبِ الْغَرْبِیِّ اِذْ قَضَیْنَاۤ اِلٰی مُوْسَی الْاَمْرَ وَمَا كُنْتَ مِنَ الشّٰهِدِیْنَ ۟ۙ
४४) र जब हामीले ‘‘मूसातिर’’ (धर्मका) आदेश पठायौँ, तब तिमी (हे मुहम्मद) पश्चिमतिर थिएनौँ र नत तिमी देख्नेहरूमध्येका थियौ ।
Os Tafssir em língua árabe:
وَلٰكِنَّاۤ اَنْشَاْنَا قُرُوْنًا فَتَطَاوَلَ عَلَیْهِمُ الْعُمُرُ ۚ— وَمَا كُنْتَ ثَاوِیًا فِیْۤ اَهْلِ مَدْیَنَ تَتْلُوْا عَلَیْهِمْ اٰیٰتِنَا ۙ— وَلٰكِنَّا كُنَّا مُرْسِلِیْنَ ۟
४५) तर हामीले (मूसापछि) कैयन् समूदायहरूको सृष्टि गर्यौं र उनीमाथि धेरै समय बित्यो । र न तिमी ‘‘मदयनवालाहरू’’ मध्येबाट थियौ कि तिनीहरूको समक्ष हाम्रो आयतहरू पढेर सुनाऔ । अपितु हामीले नै त पैगम्बरहरू पठाउनेवाला हौं ।
Os Tafssir em língua árabe:
وَمَا كُنْتَ بِجَانِبِ الطُّوْرِ اِذْ نَادَیْنَا وَلٰكِنْ رَّحْمَةً مِّنْ رَّبِّكَ لِتُنْذِرَ قَوْمًا مَّاۤ اَتٰىهُمْ مِّنْ نَّذِیْرٍ مِّنْ قَبْلِكَ لَعَلَّهُمْ یَتَذَكَّرُوْنَ ۟
४६) र नत तिमी तूरपर्वतको पासमा उपस्थित थियौ, जब हामीले आवाज दियौं । किन्तु यो तिम्रो पालनहारको तर्फबाट एउटा दयालुता हो, ताकि तिमीले त्यस्ता मानिसहरूलाई सचेत गरिहाल, जसको पासमा तिमीभन्दा अगाडि़को कोही सचेत गर्नेवाला आएन, आश्चर्य छैन कि उनीहरूले उपदेश प्राप्त गरुन् ।
Os Tafssir em língua árabe:
وَلَوْلَاۤ اَنْ تُصِیْبَهُمْ مُّصِیْبَةٌ بِمَا قَدَّمَتْ اَیْدِیْهِمْ فَیَقُوْلُوْا رَبَّنَا لَوْلَاۤ اَرْسَلْتَ اِلَیْنَا رَسُوْلًا فَنَتَّبِعَ اٰیٰتِكَ وَنَكُوْنَ مِنَ الْمُؤْمِنِیْنَ ۟
४७) यदि उनीहरूले आफ्नै हातबाट आफ्नो अगाडीका कर्मलाई पठाएको कारण कुनै विपत्तिमा पर्ने कुरा नभएको भए उनीहरूले भन्ने थिए कि, हे पालनकर्ता ! तिमीले हामीतिर कुनै पैगम्बर किन पठाएनौ ? ताकि हामी तिम्रा आयतहरूको अनुशरण गथ्र्यौं र ईमानवालामध्ये हुन्थ्यौँ ।
Os Tafssir em língua árabe:
فَلَمَّا جَآءَهُمُ الْحَقُّ مِنْ عِنْدِنَا قَالُوْا لَوْلَاۤ اُوْتِیَ مِثْلَ مَاۤ اُوْتِیَ مُوْسٰی ؕ— اَوَلَمْ یَكْفُرُوْا بِمَاۤ اُوْتِیَ مُوْسٰی مِنْ قَبْلُ ۚ— قَالُوْا سِحْرٰنِ تَظَاهَرَا ۫— وَقَالُوْۤا اِنَّا بِكُلٍّ كٰفِرُوْنَ ۟
४८) अनि जब उनीहरूको पासमा हामीकहाँबाट सत्य आइपुग्यो त उनीहरू भन्न थालेः कि जुन कुरो मूसालाई प्राप्त भएको थियो, त्यस्तो किन प्राप्त भएन ? त के जुन अघि मूसालाई दिइएको थियो, उनीहरूले त्यसमा कुफ्र गरेनन् ? स्पष्ट भनेका थिए कि यी दुवै जादूगर हुन् जुन एक अर्काको सहायता गर्दछन् र हामी त यिनीलाई इन्कार गर्दछौँ ।
Os Tafssir em língua árabe:
قُلْ فَاْتُوْا بِكِتٰبٍ مِّنْ عِنْدِ اللّٰهِ هُوَ اَهْدٰی مِنْهُمَاۤ اَتَّبِعْهُ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
४९) भनिदिनुस्ः कि यदि तिमी साँचो हौ भने तिमीले पनि अल्लाहको तर्फबाट कुनै यस्तो किताब ल्याऊ, जुन यी दुवैभन्दा बढी मार्गदर्शन गर्नेवाला होस्, ताकि म पनि उसैको अनुयायी बनूँ ।
Os Tafssir em língua árabe:
فَاِنْ لَّمْ یَسْتَجِیْبُوْا لَكَ فَاعْلَمْ اَنَّمَا یَتَّبِعُوْنَ اَهْوَآءَهُمْ ؕ— وَمَنْ اَضَلُّ مِمَّنِ اتَّبَعَ هَوٰىهُ بِغَیْرِ هُدًی مِّنَ اللّٰهِ ؕ— اِنَّ اللّٰهَ لَا یَهْدِی الْقَوْمَ الظّٰلِمِیْنَ ۟۠
५०) अनि यदि यिनीहरूले तिम्रो कुरा स्वीकार गर्दैनन् भने तिमीले यो विश्वास गर कि यिनीहरू मात्र आफ्ना इच्छाहरूको अनुशरण गर्दैछन् र उसभन्दा धेरै मार्गविचलित को हुन्सक्छ ? जसले अल्लाहको मार्गदर्शन छोडेर आफ्नो इच्छाको पछि हिंडेको छ । निःसन्देह अल्लाहले अत्याचारीहरूलाई मार्गदर्शन गर्दैन ।
Os Tafssir em língua árabe:
وَلَقَدْ وَصَّلْنَا لَهُمُ الْقَوْلَ لَعَلَّهُمْ یَتَذَكَّرُوْنَ ۟ؕ
५१) र हामीले एकपछि अर्काे निरन्तररूपले उनीहरूको मार्गदर्शनको लागि आफ्ना कुराहरू (वाणी) पठाउँदै गरेका हौं, ताकि शिक्षा हासिल गरुन् ।
Os Tafssir em língua árabe:
اَلَّذِیْنَ اٰتَیْنٰهُمُ الْكِتٰبَ مِنْ قَبْلِهٖ هُمْ بِهٖ یُؤْمِنُوْنَ ۟
५२) जुन मानिसहरूलाई हामीले यसभन्दा अगाडि़ किताब प्रदान गरेका थियौं, उनीहरूले त यसमाथि पनि विश्वास गर्दछन् ।
Os Tafssir em língua árabe:
وَاِذَا یُتْلٰی عَلَیْهِمْ قَالُوْۤا اٰمَنَّا بِهٖۤ اِنَّهُ الْحَقُّ مِنْ رَّبِّنَاۤ اِنَّا كُنَّا مِنْ قَبْلِهٖ مُسْلِمِیْنَ ۟
५३) र जब यसका आयतहरू उनीहरूलाई पढेर सुनाइन्छ तब भन्दछन्ः कि हामीले यसमा आस्था राख्दछौं । निश्चय नै यो सत्य छ, हाम्रो पालनकर्ताको तर्फबाट हो । हामी त यसभन्दा अगाडि़देखि नै आज्ञाकारी हौं ।
Os Tafssir em língua árabe:
اُولٰٓىِٕكَ یُؤْتَوْنَ اَجْرَهُمْ مَّرَّتَیْنِ بِمَا صَبَرُوْا وَیَدْرَءُوْنَ بِالْحَسَنَةِ السَّیِّئَةَ وَمِمَّا رَزَقْنٰهُمْ یُنْفِقُوْنَ ۟
५४) यी मानिसलाई यिनीहरूले गरेको संयमको दुईगुणा प्रतिफल दिइनेछ । किनभने यिनीहरूले असल कर्मबाट नराम्रो कुरालाई हटाउँदै गर्दछन् र जुन हामीले उनीहरूलाई दिएका छौं, त्यसबाट दान गर्ने गर्दछन् ।
Os Tafssir em língua árabe:
وَاِذَا سَمِعُوا اللَّغْوَ اَعْرَضُوْا عَنْهُ وَقَالُوْا لَنَاۤ اَعْمَالُنَا وَلَكُمْ اَعْمَالُكُمْ ؗ— سَلٰمٌ عَلَیْكُمْ ؗ— لَا نَبْتَغِی الْجٰهِلِیْنَ ۟
५५) र जब उनीहरूले व्यर्थको कुरा सुन्दछन् तब त्यसबाट अलग भइहाल्छन् र भन्दछन् कि हाम्रो निम्ति हाम्रा कर्महरू छन् र तिम्रा निम्ति तिम्रा कर्महरू छन् । तिमीलाई सलाम (शान्ति) होस्, हामीले अज्ञानहरूसंग विवाद गर्न चाहँदैनौं ।
Os Tafssir em língua árabe:
اِنَّكَ لَا تَهْدِیْ مَنْ اَحْبَبْتَ وَلٰكِنَّ اللّٰهَ یَهْدِیْ مَنْ یَّشَآءُ ۚ— وَهُوَ اَعْلَمُ بِالْمُهْتَدِیْنَ ۟
५६) (हे मुहम्मद !) तपाई आफूले चाहेको व्यक्तिलाई मार्गदर्शन गर्न सक्दैनौ तर अल्लाहले जसलाई चाहन्छ, मार्गदर्शन गर्दछ, र उसले मार्गदर्शन पाउनेहरूलाई राम्ररी जान्दछ ।
Os Tafssir em língua árabe:
وَقَالُوْۤا اِنْ نَّتَّبِعِ الْهُدٰی مَعَكَ نُتَخَطَّفْ مِنْ اَرْضِنَا ؕ— اَوَلَمْ نُمَكِّنْ لَّهُمْ حَرَمًا اٰمِنًا یُّجْبٰۤی اِلَیْهِ ثَمَرٰتُ كُلِّ شَیْءٍ رِّزْقًا مِّنْ لَّدُنَّا وَلٰكِنَّ اَكْثَرَهُمْ لَا یَعْلَمُوْنَ ۟
५७) उनीहरूले भन्दछन्ः कि यदि हामी तपाईको साथमा यस मार्गदर्शनको अनुशरण गर्दछौं भने आफ्नो भू–भागबाट अपहरित गरिहालिनेछौं । के खतराहरूबाट सुरक्षित शन्तिपूर्ण हरम (मक्का) मा हामीले उनीहरूलाई शरण दिएनौं, जहाँ हरेक प्रकारको जीविका पुर्याइन्छ र यो जीविका हाम्रो तर्फबाट हो, तर उनीहरूमध्ये धेरैले बुझ्दैनन् ।
Os Tafssir em língua árabe:
وَكَمْ اَهْلَكْنَا مِنْ قَرْیَةٍ بَطِرَتْ مَعِیْشَتَهَا ۚ— فَتِلْكَ مَسٰكِنُهُمْ لَمْ تُسْكَنْ مِّنْ بَعْدِهِمْ اِلَّا قَلِیْلًا ؕ— وَكُنَّا نَحْنُ الْوٰرِثِیْنَ ۟
५८) र हामीले धेरै त्यस्ता बस्तीहरूलाई नष्ट गरिहाल्यौं, जसले आफ्नो मौज मस्तीमा घमण्ड गर्न लागेका थिए । यी तिनीहरूका बस्ने घर हुन् जो उनी पश्चात् अति थोरै आबाद हुनसके र अन्ततः हामी नै हौं सबैको स्वामी ।
Os Tafssir em língua árabe:
وَمَا كَانَ رَبُّكَ مُهْلِكَ الْقُرٰی حَتّٰی یَبْعَثَ فِیْۤ اُمِّهَا رَسُوْلًا یَّتْلُوْا عَلَیْهِمْ اٰیٰتِنَا ۚ— وَمَا كُنَّا مُهْلِكِی الْقُرٰۤی اِلَّا وَاَهْلُهَا ظٰلِمُوْنَ ۟
५९) र तपाईको पालनकर्ताले कुनै बस्तीलाई नष्ट गर्दैन जबसम्मकि उनको कुनै ठूलो बस्तीमा कुनै संदेष्टा नपठाइहालोस्, जसले उनीहरूलाई हाम्रा आयतहरू पढेर सुनाओस् र हामीले बस्तीहरूलाई त्यसै बेला नष्ट गर्दछौं, जबकि त्यहाँका बासिन्दाहरू अत्याचारी नै भइहालुन् ।
Os Tafssir em língua árabe:
وَمَاۤ اُوْتِیْتُمْ مِّنْ شَیْءٍ فَمَتَاعُ الْحَیٰوةِ الدُّنْیَا وَزِیْنَتُهَا ۚ— وَمَا عِنْدَ اللّٰهِ خَیْرٌ وَّاَبْقٰی ؕ— اَفَلَا تَعْقِلُوْنَ ۟۠
६०) र तिमीलाई जे जति प्रदान गरिएको छ त्यो त सांसारिक जीवनको सामग्री र त्यसको शोभा मात्र हो । र जे जति अल्लाहको पासमा छ त्यो उत्तम र दीर्घकालसम्म रहनेवाला छ । के तिमीले बुझ्दैनौ ?
Os Tafssir em língua árabe:
اَفَمَنْ وَّعَدْنٰهُ وَعْدًا حَسَنًا فَهُوَ لَاقِیْهِ كَمَنْ مَّتَّعْنٰهُ مَتَاعَ الْحَیٰوةِ الدُّنْیَا ثُمَّ هُوَ یَوْمَ الْقِیٰمَةِ مِنَ الْمُحْضَرِیْنَ ۟
६१) के त्यो व्यक्ति जोसँग हामीले राम्रो वाचा गरेका छौं र त्यसलाई उसले प्राप्त पनि गर्नेवाला छ, त्यस मानिस सरह हुनसक्छ जसलाई हामीले मात्र सांसारिक जीवनका सामग्री प्रदान गरेका छौं ? अनि त्यो कियामतको दिन (समातिएर) पेश गरिनेछ ।
Os Tafssir em língua árabe:
وَیَوْمَ یُنَادِیْهِمْ فَیَقُوْلُ اَیْنَ شُرَكَآءِیَ الَّذِیْنَ كُنْتُمْ تَزْعُمُوْنَ ۟
६२) र जुन दिन अल्लाहले उनीहरूलाई बोलाएर सोध्नेछ, कि तिमीहरू आफूले ठानेको मेरा साझेदारहरू कहाँ छन् ?
Os Tafssir em língua árabe:
قَالَ الَّذِیْنَ حَقَّ عَلَیْهِمُ الْقَوْلُ رَبَّنَا هٰۤؤُلَآءِ الَّذِیْنَ اَغْوَیْنَا ۚ— اَغْوَیْنٰهُمْ كَمَا غَوَیْنَا ۚ— تَبَرَّاْنَاۤ اِلَیْكَ ؗ— مَا كَانُوْۤا اِیَّانَا یَعْبُدُوْنَ ۟
६३) जुन मानिसहरूमाथि आदेश प्रमाणित भइसकेको हुनेछ, उनीहरूले जवाफ दिने छन्ः कि हे हाम्रो पालनकर्ता ! यी तीनै हुन्, जसलाई हामीले मार्गविचलित गरेका थियौं । हामी त्यस्तै उनीहरूलाई पथविचलित गरेका थिएँ जसरी हामी आफै पथभ्रष्ट थियौं । हामीले तिम्रो सम्मुख आफ्नो कुरा स्पष्ट गरिदियौं, कि यिनीहरूसित हाम्रो कुनै सम्बन्ध छैन र यिनीहरूले हामीलाई पूजा गर्दैनथे ।
Os Tafssir em língua árabe:
وَقِیْلَ ادْعُوْا شُرَكَآءَكُمْ فَدَعَوْهُمْ فَلَمْ یَسْتَجِیْبُوْا لَهُمْ وَرَاَوُا الْعَذَابَ ۚ— لَوْ اَنَّهُمْ كَانُوْا یَهْتَدُوْنَ ۟
६४) र भनिनेछः कि आफ्ना साझेदारहरूलाई बोलाऊ, उनीहरूले तिनीहरूलाई बोलाउनेछन् तर तिनीहरूले उनीहरूको कुनै उत्तर दिने छैनन् र सबै सजाय देख्नेछन्, यिनीहरूले मार्गदर्शन प्राप्त भएको भए कति राम्रो हुने थियो ।
Os Tafssir em língua árabe:
وَیَوْمَ یُنَادِیْهِمْ فَیَقُوْلُ مَاذَاۤ اَجَبْتُمُ الْمُرْسَلِیْنَ ۟
६५) र जुन दिन उनीहरूलाई बोलाएर सोध्नेछः कि तिमीहरूले पैगम्बरहरूलाई के जवाफ दियौ ?
Os Tafssir em língua árabe:
فَعَمِیَتْ عَلَیْهِمُ الْاَنْۢبَآءُ یَوْمَىِٕذٍ فَهُمْ لَا یَتَسَآءَلُوْنَ ۟
६६) त्यस दिन उनीहरूले कुनै तर्क गर्नसक्ने छैनन्, अनि उनीहरू आपसमा पनि सोधपूछ गर्ने छैनन् ।
Os Tafssir em língua árabe:
فَاَمَّا مَنْ تَابَ وَاٰمَنَ وَعَمِلَ صَالِحًا فَعَسٰۤی اَنْ یَّكُوْنَ مِنَ الْمُفْلِحِیْنَ ۟
६७) हो, जसले तौबा गरिहाल्यो र ईमान ल्यायो र असल कर्म गर्यो त निश्चित छ कि त्यो मुक्ति पाउनेहरूमध्येको हुनेछ ।
Os Tafssir em língua árabe:
وَرَبُّكَ یَخْلُقُ مَا یَشَآءُ وَیَخْتَارُ ؕ— مَا كَانَ لَهُمُ الْخِیَرَةُ ؕ— سُبْحٰنَ اللّٰهِ وَتَعٰلٰی عَمَّا یُشْرِكُوْنَ ۟
६८) र तपाईको पालनकर्ताले जे चाहन्छ, सृष्टि गर्दछ र जसलाई चाहन्छ रोज्दछ । उनीहरूमध्ये कसैलाई कुनै अधिकार प्राप्त छैन । अल्लाहकै लागि पवित्रता छ, ऊ ती सबैभन्दा महान र उच्च छ, जसलाई उनीहरूले साझेदार मान्दछन् ।
Os Tafssir em língua árabe:
وَرَبُّكَ یَعْلَمُ مَا تُكِنُّ صُدُوْرُهُمْ وَمَا یُعْلِنُوْنَ ۟
६९) तपाईको पालनकर्ताले त्यो सबै जान्दछ, जुन उनीहरूको मनमा लुकेका हुन्छन् र जे जति उनीहरूले बाहिर व्यक्त गर्दछन्
Os Tafssir em língua árabe:
وَهُوَ اللّٰهُ لَاۤ اِلٰهَ اِلَّا هُوَ ؕ— لَهُ الْحَمْدُ فِی الْاُوْلٰی وَالْاٰخِرَةِ ؗ— وَلَهُ الْحُكْمُ وَاِلَیْهِ تُرْجَعُوْنَ ۟
७०) उही अल्लाह हो, उसबाहेक कोही पूजा योग्य छैन । यस संसार र परलोकमा सम्पूर्ण प्रशंसा उसैको लागि छ । र उही सर्वाधिपति हो र उसैतिर तिमीहरू फर्केर जानेछौ ।
Os Tafssir em língua árabe:
قُلْ اَرَءَیْتُمْ اِنْ جَعَلَ اللّٰهُ عَلَیْكُمُ الَّیْلَ سَرْمَدًا اِلٰی یَوْمِ الْقِیٰمَةِ مَنْ اِلٰهٌ غَیْرُ اللّٰهِ یَاْتِیْكُمْ بِضِیَآءٍ ؕ— اَفَلَا تَسْمَعُوْنَ ۟
७१) भन्नुस्ः कि तिमीले विचार त गर कि यदि अल्लाहले कियामतको दिनसम्म सधैंको लागि तिमीलाई अँध्यारो गरिदियो भने अल्लाह बाहेक अर्को कोही पूजनीय छ, जसले तिमीलाई दिनको प्रकाश ल्याइदिनेछ, के तिमी सुन्दैनौ ?
Os Tafssir em língua árabe:
قُلْ اَرَءَیْتُمْ اِنْ جَعَلَ اللّٰهُ عَلَیْكُمُ النَّهَارَ سَرْمَدًا اِلٰی یَوْمِ الْقِیٰمَةِ مَنْ اِلٰهٌ غَیْرُ اللّٰهِ یَاْتِیْكُمْ بِلَیْلٍ تَسْكُنُوْنَ فِیْهِ ؕ— اَفَلَا تُبْصِرُوْنَ ۟
७२) भन्नुस्ः कि के तिमीले विचार गर्यौ ? यदि अल्लाहले कियामतको दिनसम्म सधैंको निम्ति तिम्रो लागि दिन गरिदिएको भए के अल्लाह बाहेक अर्को कोही पूजनीय छ जसले तिम्रो निम्ति रात ल्याइदेओस्, जसमा तिमीले विश्राम प्राप्त गर्दछौ ? के तिमी देख्दैनौं ?
Os Tafssir em língua árabe:
وَمِنْ رَّحْمَتِهٖ جَعَلَ لَكُمُ الَّیْلَ وَالنَّهَارَ لِتَسْكُنُوْا فِیْهِ وَلِتَبْتَغُوْا مِنْ فَضْلِهٖ وَلَعَلَّكُمْ تَشْكُرُوْنَ ۟
७३) उसैले त आफ्नो दयालुताले तिम्रो निम्ति रात र दिन बनायो, ताकि तिमीले रातमा विश्राम प्राप्त गर र दिनमा उसले दिएको रोजी (जीविका) खोज, ताकि तिमीले कृतज्ञता व्यक्त गर ।
Os Tafssir em língua árabe:
وَیَوْمَ یُنَادِیْهِمْ فَیَقُوْلُ اَیْنَ شُرَكَآءِیَ الَّذِیْنَ كُنْتُمْ تَزْعُمُوْنَ ۟
७४) र जुन दिन उसले तिनीहरूलाई बोलाएर सोध्नेछः कि मेरो ती साझेदारहरू, जसको बारेमा तिमीले दावी गथ्र्यौ, कहाँ छन् ?
Os Tafssir em língua árabe:
وَنَزَعْنَا مِنْ كُلِّ اُمَّةٍ شَهِیْدًا فَقُلْنَا هَاتُوْا بُرْهَانَكُمْ فَعَلِمُوْۤا اَنَّ الْحَقَّ لِلّٰهِ وَضَلَّ عَنْهُمْ مَّا كَانُوْا یَفْتَرُوْنَ ۟۠
७५) र हामीले प्रत्येक समुदायहरूबाट एउटा साक्षी निकाल्नेछौं र भन्नेछौं कि आफ्नो प्रमाण प्रस्तुत गर त्यतिखेर उनीहरूले थाहा पाइहाल्नेछन् कि सत्य कुरा अल्लाहकै लागि हो र जे जति उनीहरूले झूठो कुरा रच्दथे, ती सबै उनीहरूबाट हराइहाल्नेछ ।’’
Os Tafssir em língua árabe:
اِنَّ قَارُوْنَ كَانَ مِنْ قَوْمِ مُوْسٰی فَبَغٰی عَلَیْهِمْ ۪— وَاٰتَیْنٰهُ مِنَ الْكُنُوْزِ مَاۤ اِنَّ مَفَاتِحَهٗ لَتَنُوْٓاُ بِالْعُصْبَةِ اُولِی الْقُوَّةِ ۗ— اِذْ قَالَ لَهٗ قَوْمُهٗ لَا تَفْرَحْ اِنَّ اللّٰهَ لَا یُحِبُّ الْفَرِحِیْنَ ۟
७६) निश्चय नै ‘‘कारून’’ मुसाको कौममध्येको थियो, तर उसले उनको विरुद्ध अत्याचार गर्न थालेको थियो । र हामीले उसलाई यति खजाना दिएका थियौं कि त्यसको साँचोहरू अनेक बलशालीहरूका लागि पनि उचाल्न गाह्रो थियो । एकचोटी जब उससित उसको समूहका मानिसले भने कि उन्मत नहोऊ किनभने अल्लाहले उन्मादीहरूलाई रुचाउँदैनन् ।
Os Tafssir em língua árabe:
وَابْتَغِ فِیْمَاۤ اٰتٰىكَ اللّٰهُ الدَّارَ الْاٰخِرَةَ وَلَا تَنْسَ نَصِیْبَكَ مِنَ الدُّنْیَا وَاَحْسِنْ كَمَاۤ اَحْسَنَ اللّٰهُ اِلَیْكَ وَلَا تَبْغِ الْفَسَادَ فِی الْاَرْضِ ؕ— اِنَّ اللّٰهَ لَا یُحِبُّ الْمُفْسِدِیْنَ ۟
७७) र जुन (सम्पत्ति) तिमीलाई अल्लाहले प्रदान गरेको छ, त्यसबाट आखिरतको घरको निर्माण गर र संसारिक भाग पनि नबिर्स, र जस्तो कि अल्लाहले तिमीलाई भलो गरेको छ तिमी पनि राम्रो व्यवहार गर र धरतीमा उपद्रव नचाह किनभने अल्लाह उपद्रवीहरूलाई मनपराउँदैन ।
Os Tafssir em língua árabe:
قَالَ اِنَّمَاۤ اُوْتِیْتُهٗ عَلٰی عِلْمٍ عِنْدِیْ ؕ— اَوَلَمْ یَعْلَمْ اَنَّ اللّٰهَ قَدْ اَهْلَكَ مِنْ قَبْلِهٖ مِنَ الْقُرُوْنِ مَنْ هُوَ اَشَدُّ مِنْهُ قُوَّةً وَّاَكْثَرُ جَمْعًا ؕ— وَلَا یُسْـَٔلُ عَنْ ذُنُوْبِهِمُ الْمُجْرِمُوْنَ ۟
७८) उसले भन्योः मलाई त यी सबै मेरो आफ्नो व्यक्तिगत ज्ञानको कारण प्राप्त भएको छ । के उसलाई थाहा छैन, कि अल्लाहले उसभन्दा अगाडि कैयन् बस्तीहरूलाई नष्ट गरिसकेको छ, जो शक्तिमा उसभन्दा बढी र उसभन्दा अधिक धन सम्पतिवाला थिए ? र अपराधीहरूसित त उनको अपराधहरूको बारेमा यस्तो बेला सोधपूछ गरिदैन ।
Os Tafssir em língua árabe:
فَخَرَجَ عَلٰی قَوْمِهٖ فِیْ زِیْنَتِهٖ ؕ— قَالَ الَّذِیْنَ یُرِیْدُوْنَ الْحَیٰوةَ الدُّنْیَا یٰلَیْتَ لَنَا مِثْلَ مَاۤ اُوْتِیَ قَارُوْنُ ۙ— اِنَّهٗ لَذُوْ حَظٍّ عَظِیْمٍ ۟
७९) अनि कारून आफ्नो कौमको अगाडि पूरै सजधजको साथ निस्क्यो, त सांसारिक जीवन रुचाउनेहरूले भन्नथालेः कि ‘‘कारूनले’’ पाएको जस्तो हामीले पनि पाएको भए राम्रो हुने थियो, यो त बडो भाग्यमानी रहेछ ।
Os Tafssir em língua árabe:
وَقَالَ الَّذِیْنَ اُوْتُوا الْعِلْمَ وَیْلَكُمْ ثَوَابُ اللّٰهِ خَیْرٌ لِّمَنْ اٰمَنَ وَعَمِلَ صَالِحًا ۚ— وَلَا یُلَقّٰىهَاۤ اِلَّا الصّٰبِرُوْنَ ۟
८०) तर ज्ञानीहरूले तिनीहरूलाई सम्झाउनथाले कि असल मानिसहरूको निम्ति, जसले ईमान ल्याए र असल कर्म गरे अल्लाहकहाँ जुन प्रतिफल छ, त्यो नै राम्रो छ । यो कुरा धैर्यवान्हरूको हृदयमा मात्र स्थापित हुने गर्दछ ।
Os Tafssir em língua árabe:
فَخَسَفْنَا بِهٖ وَبِدَارِهِ الْاَرْضَ ۫— فَمَا كَانَ لَهٗ مِنْ فِئَةٍ یَّنْصُرُوْنَهٗ مِنْ دُوْنِ اللّٰهِ ؗۗ— وَمَا كَانَ مِنَ الْمُنْتَصِرِیْنَ ۟
८१) अन्ततः हामीले उसको महलसंगै उसलाई धरतीमा धँसाइदियौं अनि अल्लाह बाहेक कुनै समुदाय उसको मद्दतको लागि तयार हुन सकेन र नत उसले आफ्नो रक्षा आफै गर्न सक्यो ।
Os Tafssir em língua árabe:
وَاَصْبَحَ الَّذِیْنَ تَمَنَّوْا مَكَانَهٗ بِالْاَمْسِ یَقُوْلُوْنَ وَیْكَاَنَّ اللّٰهَ یَبْسُطُ الرِّزْقَ لِمَنْ یَّشَآءُ مِنْ عِبَادِهٖ وَیَقْدِرُ ۚ— لَوْلَاۤ اَنْ مَّنَّ اللّٰهُ عَلَیْنَا لَخَسَفَ بِنَا ؕ— وَیْكَاَنَّهٗ لَا یُفْلِحُ الْكٰفِرُوْنَ ۟۠
८२) र जुन मानिसहरूले, हिजो उसको स्थान पाउने कामना गरिराखेका थिए, आज भन्न थाले कि के तिमीलाई थाहा छैन, कि अल्लाहले नै आफ्नो भक्तहरूमध्ये जसलाई जीविका प्रशस्त दिन चाहन्छ दिन्छ र जसलाई चाहन्छ सीमित गरिदिन्छ । यदि अल्लाहले हामीमाथि उपकार नगरेको भए त हामीलाई पनि धँसाइदिने थियो । के तिमीलाई थाहा छैन, कि कृतध्नहरू कहिल्यै सफल हुँदैनन् ।
Os Tafssir em língua árabe:
تِلْكَ الدَّارُ الْاٰخِرَةُ نَجْعَلُهَا لِلَّذِیْنَ لَا یُرِیْدُوْنَ عُلُوًّا فِی الْاَرْضِ وَلَا فَسَادًا ؕ— وَالْعَاقِبَةُ لِلْمُتَّقِیْنَ ۟
८३) त्यो आखिरतको राम्रो घर हामीले ती मानिसहरूको निम्ति तयार गरेका छौं, जसले धरतीमा आफूलाई ठूलो देखाउने काम तथा उपद्रव र घमण्ड गर्दैनन् संयमीहरूको लागि अत्यन्त राम्रो परिणाम छ ।
Os Tafssir em língua árabe:
مَنْ جَآءَ بِالْحَسَنَةِ فَلَهٗ خَیْرٌ مِّنْهَا ۚ— وَمَنْ جَآءَ بِالسَّیِّئَةِ فَلَا یُجْزَی الَّذِیْنَ عَمِلُوا السَّیِّاٰتِ اِلَّا مَا كَانُوْا یَعْمَلُوْنَ ۟
८४) जुन मानिसले सत्कर्म लिएर आउँनेछ त्यसले त्यसभन्दा उत्तम प्राप्त गर्नेछ र जसले कुकर्म लिएर आउँनेछ त दुष्कर्म गर्नेहरूलाई त त्यसैको बदला प्राप्त हुनेछ, जुन तिनीहरूले गर्नेगर्दथे ।
Os Tafssir em língua árabe:
اِنَّ الَّذِیْ فَرَضَ عَلَیْكَ الْقُرْاٰنَ لَرَآدُّكَ اِلٰی مَعَادٍ ؕ— قُلْ رَّبِّیْۤ اَعْلَمُ مَنْ جَآءَ بِالْهُدٰی وَمَنْ هُوَ فِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟
८५) (हे पैगम्बर सल्लल्लाहो अलैहे वसल्लम !) जुन अल्लाहले तपाईमाथि ‘‘कुरआन’’ अवतरित गरेको छ, उसले तपाईलाई पुनः पहिलेको स्थानतिर फर्काउनेवाला छ । भनिदिनुस् कि मेरो पालनकर्ताले त्यसलाई पनि राम्ररी जान्दछ, जसले मार्गदर्शन प्राप्त गरेको छ र उसलाई पनि जो स्पष्टरूपले मार्गविचलित छ ।
Os Tafssir em língua árabe:
وَمَا كُنْتَ تَرْجُوْۤا اَنْ یُّلْقٰۤی اِلَیْكَ الْكِتٰبُ اِلَّا رَحْمَةً مِّنْ رَّبِّكَ فَلَا تَكُوْنَنَّ ظَهِیْرًا لِّلْكٰفِرِیْنَ ۟ؗ
८६) तपाईले त कहिले सोच्नु भएको थिएन, कि तपाईतिर किताब अवतरित गरिनेछ । तर यो तपाईको पालनकर्ताको दयालुताको कारण अवतरित भयो, अतः तपाईले कहिले पनि इन्कार गर्नेहरूको पृष्ठपोषक नबन्नु ।
Os Tafssir em língua árabe:
وَلَا یَصُدُّنَّكَ عَنْ اٰیٰتِ اللّٰهِ بَعْدَ اِذْ اُنْزِلَتْ اِلَیْكَ وَادْعُ اِلٰی رَبِّكَ وَلَا تَكُوْنَنَّ مِنَ الْمُشْرِكِیْنَ ۟ۚ
८७) हेरिराख्नुस् यी काफिरले अल्लाहको आयतबाट तपाईलाई रोकिनदेऊन्, यस पश्चात जबकि यो तपाईमाथि अवतरित भइसकेको छ । र आफ्नो पालनकर्तातिर बोलाउदै गर्नुस् र बहुदेववादीहरूमा कहिल्यै शम्मिलित नहुनु ।
Os Tafssir em língua árabe:
وَلَا تَدْعُ مَعَ اللّٰهِ اِلٰهًا اٰخَرَ ۘ— لَاۤ اِلٰهَ اِلَّا هُوَ ۫— كُلُّ شَیْءٍ هَالِكٌ اِلَّا وَجْهَهٗ ؕ— لَهُ الْحُكْمُ وَاِلَیْهِ تُرْجَعُوْنَ ۟۠
८८) र अल्लाहसँग कुनै अरु पुज्यलाई नपुकार्नु, उसबाहेक कोही सत्य पुज्य छैन । उसको अनुहार बाहेक हरेक कुरा नाशवान् छ । आदेशको अधिकार उसैलाई छ र उसैतिर तिमी सबैलाई फर्केर जानुछ ।
Os Tafssir em língua árabe:
 
Tradução dos significados Surah: Suratu Al-Qassas
Índice de capítulos Número de página
 
Tradução dos significados do Nobre Qur’an. - Tradução para Nepali - Sociedade Ahl Al-Hadith - Índice de tradução

Tradução dos significados do Alcorão em nepalês pela Sociedade Central de Ahlul-Hadith no Nepal.

Fechar