Ibisobanuro bya qoran ntagatifu - Ibisobanuro byikinepali - ihuriro ryabantu ba hadith * - Ishakiro ry'ibisobanuro


Ibisobanuro by'amagambo Isura: Al Kah’fu (Ubuvumo)   Umurongo:

सूरतुल् कहफ

اَلْحَمْدُ لِلّٰهِ الَّذِیْۤ اَنْزَلَ عَلٰی عَبْدِهِ الْكِتٰبَ وَلَمْ یَجْعَلْ لَّهٗ عِوَجًا ۟ؕٚ
१) सबै प्रशंसाहरू अल्लाहका लागि नै छन्, जसले आफ्नो भक्त (मुहम्मद) माथि किताब उतार्यो र यसमा कुनै प्रकारको कमि बाँकी राखेको छैन ।
Ibisobanuro by'icyarabu:
قَیِّمًا لِّیُنْذِرَ بَاْسًا شَدِیْدًا مِّنْ لَّدُنْهُ وَیُبَشِّرَ الْمُؤْمِنِیْنَ الَّذِیْنَ یَعْمَلُوْنَ الصّٰلِحٰتِ اَنَّ لَهُمْ اَجْرًا حَسَنًا ۟ۙ
२) अपितु हर प्रकारले ठीकठाक राख्यो जसबाट आफनो गम्भीर सजायबाट सावधान गरोस् र मोमिनहरूलाई जो असल काम गर्दछन्, शुभसन्देश सुनाओस्, कि तिनीहरूको निम्ति राम्रो पुरस्कार (बहिश्त) छ ।
Ibisobanuro by'icyarabu:
مَّاكِثِیْنَ فِیْهِ اَبَدًا ۟ۙ
३) जसमा तिनीहरू सँधै बास गर्नेछन् ।
Ibisobanuro by'icyarabu:
وَّیُنْذِرَ الَّذِیْنَ قَالُوا اتَّخَذَ اللّٰهُ وَلَدًا ۟ۗ
४) र तिनीहरूलाई पनि डराओस् जसले भन्दछन् कि अल्लाहले सन्तान धारण गरेको छ ।
Ibisobanuro by'icyarabu:
مَا لَهُمْ بِهٖ مِنْ عِلْمٍ وَّلَا لِاٰبَآىِٕهِمْ ؕ— كَبُرَتْ كَلِمَةً تَخْرُجُ مِنْ اَفْوَاهِهِمْ ؕ— اِنْ یَّقُوْلُوْنَ اِلَّا كَذِبًا ۟
५) वास्तवमा तिनीहरूलाई यस कुराको नकेही ज्ञान छ र नत तिनका बाबुबाजेलाई नै थाहा थियो, यो साह्रै नराम्रो आरोप हो, जुन उनीहरूको मुखबाट निस्कन्छ र यिनीहरूले जे जति भन्दछन्, मात्र असत्य हो ।
Ibisobanuro by'icyarabu:
فَلَعَلَّكَ بَاخِعٌ نَّفْسَكَ عَلٰۤی اٰثَارِهِمْ اِنْ لَّمْ یُؤْمِنُوْا بِهٰذَا الْحَدِیْثِ اَسَفًا ۟
६) (हे पैगम्बर !) यदि यिनीहरूले यस सन्देशमाथि विश्वास गर्दैनन् भने के तपाई उनीहरूको पछाडि दुःखी भई शायद (कदाचित) आफूलाई समाप्त गरिहाल्ने छौ ?
Ibisobanuro by'icyarabu:
اِنَّا جَعَلْنَا مَا عَلَی الْاَرْضِ زِیْنَةً لَّهَا لِنَبْلُوَهُمْ اَیُّهُمْ اَحْسَنُ عَمَلًا ۟
७) जुन कुरो धर्तीमा छ, हामीले त्यसलाई धर्तीको निम्ति शोभाको कुरो बनाएका छौं, ताकि मानिसहरूको परीक्षा गर्न सकौं, कि तिनीहरूमध्ये को राम्रो कर्म गर्नेवाला छ ।
Ibisobanuro by'icyarabu:
وَاِنَّا لَجٰعِلُوْنَ مَا عَلَیْهَا صَعِیْدًا جُرُزًا ۟ؕ
८) र यसमाथि जो जति छ हामीले उनीलाई सफा गरी मैदान बनाउनेवाला छौं ।
Ibisobanuro by'icyarabu:
اَمْ حَسِبْتَ اَنَّ اَصْحٰبَ الْكَهْفِ وَالرَّقِیْمِ كَانُوْا مِنْ اٰیٰتِنَا عَجَبًا ۟
९) के तिमीले ठान्दछौ कि गुफा र शिलालेखहरू हाम्रा ठूला निशानीहरूमध्ये कुनै धेरै अनोठो निशानी थियो ? ।
Ibisobanuro by'icyarabu:
اِذْ اَوَی الْفِتْیَةُ اِلَی الْكَهْفِ فَقَالُوْا رَبَّنَاۤ اٰتِنَا مِنْ لَّدُنْكَ رَحْمَةً وَّهَیِّئْ لَنَا مِنْ اَمْرِنَا رَشَدًا ۟
१०) जब केही युवकहरूले गुफामा शरण लिए अनि प्रार्थना गर्नथालेः कि हे हाम्रो पालनकर्ता हामीमाथि आफ्नो तर्फबाट दया गर, र हाम्रो काममा हाम्रो लागि बाटो देखाइदेऊ ।
Ibisobanuro by'icyarabu:
فَضَرَبْنَا عَلٰۤی اٰذَانِهِمْ فِی الْكَهْفِ سِنِیْنَ عَدَدًا ۟ۙ
११) अनि हामीले गुफामा कैयौं वर्षसम्म तिनीहरूका कानमाथि आवरणहरूले (सुनाईबाट) बन्चित राख्यौं ।
Ibisobanuro by'icyarabu:
ثُمَّ بَعَثْنٰهُمْ لِنَعْلَمَ اَیُّ الْحِزْبَیْنِ اَحْصٰی لِمَا لَبِثُوْۤا اَمَدًا ۟۠
१२) अनि हामीले तिनीहरूलाई बिउँझायौं ताकि पत्ता लगाऔं जुन अवधिमा उनीहरू गुफामा रहे दुवै समूहहरूमध्ये त्यस अवधिबारे कसलाई राम्ररी थाहा छ ?
Ibisobanuro by'icyarabu:
نَحْنُ نَقُصُّ عَلَیْكَ نَبَاَهُمْ بِالْحَقِّ ؕ— اِنَّهُمْ فِتْیَةٌ اٰمَنُوْا بِرَبِّهِمْ وَزِدْنٰهُمْ هُدًی ۟ۗۖ
१३) हामीले तिनीहरूको सत्य घटनाको वर्णन तिमीहरू समक्ष गर्दछौं । यी गिन्तीका केही युवकहरूले आफ्नो पालनकर्तामाथि ईमान ल्याएका थिए र हामीले तिनीहरूको ईमानलाई सुदृढ गरेका थियौं ।
Ibisobanuro by'icyarabu:
وَّرَبَطْنَا عَلٰی قُلُوْبِهِمْ اِذْ قَامُوْا فَقَالُوْا رَبُّنَا رَبُّ السَّمٰوٰتِ وَالْاَرْضِ لَنْ نَّدْعُوَاۡ مِنْ دُوْنِهٖۤ اِلٰهًا لَّقَدْ قُلْنَاۤ اِذًا شَطَطًا ۟
१४) हामीले तिनीहरूको हृदयलाई बलियो बनायौं जब तिनीहरू उभिए र भन्न थालेः कि हाम्रो पालनकर्ता तिमी उही हौ जो आकाशहरू र धर्तीको स्वामी हौ, हामीले उस बाहेक अन्य कसैलाई पुकार्नु असंभव छ । यदि यस्तो गर्यौं भने हामीले धेरै गलत कुरा गर्यौं ।
Ibisobanuro by'icyarabu:
هٰۤؤُلَآءِ قَوْمُنَا اتَّخَذُوْا مِنْ دُوْنِهٖۤ اٰلِهَةً ؕ— لَوْلَا یَاْتُوْنَ عَلَیْهِمْ بِسُلْطٰنٍ بَیِّنٍ ؕ— فَمَنْ اَظْلَمُ مِمَّنِ افْتَرٰی عَلَی اللّٰهِ كَذِبًا ۟ؕ
१५) यो हो हाम्रो समुदाय जसले उस बाहेक अरुलाई पूजायोग्य बनाएका छन्, यिनीहरूले तिनीहरू पूजनीय भएको कुनै स्पष्ट प्रमाण किन पेश गर्दैनन्, त्यसभन्दा अत्याचारी को होला जो अल्लाहमाथि झूठो कुरा गर्दछ ?
Ibisobanuro by'icyarabu:
وَاِذِ اعْتَزَلْتُمُوْهُمْ وَمَا یَعْبُدُوْنَ اِلَّا اللّٰهَ فَاْوٗۤا اِلَی الْكَهْفِ یَنْشُرْ لَكُمْ رَبُّكُمْ مِّنْ رَّحْمَتِهٖ وَیُهَیِّئْ لَكُمْ مِّنْ اَمْرِكُمْ مِّرْفَقًا ۟
१६) जब तिमी यीनीहरूसँग र जसलाई यिनीहरूले अल्लाह बाहेक पूज्य मान्दछन्, तिनीहरूसँग कुनै सम्बन्ध राख्दैनौं भने आफू कुनै गुफामा गएर बस । तिम्रो पालनकर्ताले तिमीमाथि प्रशस्त दया गर्नेछ र तिम्रो लागि तिम्रो काममा सहुलियत उपलब्ध गर्नेछ ।
Ibisobanuro by'icyarabu:
وَتَرَی الشَّمْسَ اِذَا طَلَعَتْ تَّزٰوَرُ عَنْ كَهْفِهِمْ ذَاتَ الْیَمِیْنِ وَاِذَا غَرَبَتْ تَّقْرِضُهُمْ ذَاتَ الشِّمَالِ وَهُمْ فِیْ فَجْوَةٍ مِّنْهُ ؕ— ذٰلِكَ مِنْ اٰیٰتِ اللّٰهِ ؕ— مَنْ یَّهْدِ اللّٰهُ فَهُوَ الْمُهْتَدِ ۚ— وَمَنْ یُّضْلِلْ فَلَنْ تَجِدَ لَهٗ وَلِیًّا مُّرْشِدًا ۟۠
१७) तपाईले हेर्नुहुनेछ कि सूर्य उदाउने बेला तिनीहरूको गुफादेखि दाहिनेतिर झुकिन्छ, र जब अस्ताउँछ तब तिनीहरूबाट देब्रेतिर झुकिन्छ, र तिनीहरू यस गुफाको विस्तृत ठाउँमा थिए । यो अल्लाहका निशानीहरू मध्येको हो, जसलाई अल्लाहले मार्गनिर्देशन गर्यो, ऊ सही मार्गमा लाग्यो र जसलाई उसले विचलित गर्यो त उसको निम्ति तपाईले न कोही पथ प्रदर्शक र न कोही मित्र पाउने छौ ।
Ibisobanuro by'icyarabu:
وَتَحْسَبُهُمْ اَیْقَاظًا وَّهُمْ رُقُوْدٌ ۖۗ— وَّنُقَلِّبُهُمْ ذَاتَ الْیَمِیْنِ وَذَاتَ الشِّمَالِ ۖۗ— وَكَلْبُهُمْ بَاسِطٌ ذِرَاعَیْهِ بِالْوَصِیْدِ ؕ— لَوِ اطَّلَعْتَ عَلَیْهِمْ لَوَلَّیْتَ مِنْهُمْ فِرَارًا وَّلَمُلِئْتَ مِنْهُمْ رُعْبًا ۟
१८) तपाई ठान्नुहुन्छ कि तिनीहरू बिउँझिराखेका छन्, तर तिनीहरू निदाइराखेका हुन्थे स्वयम् हामीले तिनीहरूलाई दायाँ र बाँया कोल्टे फर्काउने गर्दथ्यौं र तिनीहरूको ‘‘कुकुर’’ पनि दैलोमा अगाडिको खुट्टा फैलाएर बसेको थियो यदि तपाईले तिनीहरूलाई चियाएर हेरेको भए पिठ्युँ फर्काएर भाग्नु पथ्र्यो र तिनीहरूको डरले तपाईमा भयको सृजना हुने थियो ।
Ibisobanuro by'icyarabu:
وَكَذٰلِكَ بَعَثْنٰهُمْ لِیَتَسَآءَلُوْا بَیْنَهُمْ ؕ— قَالَ قَآىِٕلٌ مِّنْهُمْ كَمْ لَبِثْتُمْ ؕ— قَالُوْا لَبِثْنَا یَوْمًا اَوْ بَعْضَ یَوْمٍ ؕ— قَالُوْا رَبُّكُمْ اَعْلَمُ بِمَا لَبِثْتُمْ ؕ— فَابْعَثُوْۤا اَحَدَكُمْ بِوَرِقِكُمْ هٰذِهٖۤ اِلَی الْمَدِیْنَةِ فَلْیَنْظُرْ اَیُّهَاۤ اَزْكٰی طَعَامًا فَلْیَاْتِكُمْ بِرِزْقٍ مِّنْهُ  وَلَا یُشْعِرَنَّ بِكُمْ اَحَدًا ۟
१९) र यस्तै प्रकारले हामीले तिनीहरूलाई ब्यूँझाएर उठायौं कि आपसमा एक अर्कासँग पूछताछ गरुन् । तिनीहरूमध्ये एउटाले भन्यो कि तिमी यहाँ कति बेरसम्म बस्यौ ? तिनीहरूले जवाफ दिए कि एकदिन वा यसभन्दा पनि कम, तिनीहरूले भने कि जुन अवधिसम्म तिमी यहाँ बस्यो त्यो तिम्रो पालनकर्तालाई नै राम्ररी थाहा छ । अब तिमीले आफूमध्ये कसैलाई यो चाँदीको रूपैयाँ दिएर शहर पठाऊ, उसले राम्रोसँग पत्ता लगाओस्, कि शहरमा पवित्र र राम्रो खाना कुन चाहिँ छ, अनि त्यसैमध्येबाट तिम्रो लागि खाना ल्याओस् र उसले धेरै सतर्क भएर आउने जाने गरोस् र तिम्रो खबर कसैलाई थाहा नहोस् ।
Ibisobanuro by'icyarabu:
اِنَّهُمْ اِنْ یَّظْهَرُوْا عَلَیْكُمْ یَرْجُمُوْكُمْ اَوْ یُعِیْدُوْكُمْ فِیْ مِلَّتِهِمْ وَلَنْ تُفْلِحُوْۤا اِذًا اَبَدًا ۟
२०) यदि यी काफिरहरू तिमीमाथि अधिपत्य पाउँछन् भने तिमीलाई ढुङ्गा हानि–हानि मारिहाल्नेछन् अथवा फेरि आफ्नो धर्ममा शम्मिलित गरिहाल्नेछन्, र त्यस अवस्थामा तिमी कहिल्यै पनि सफलता पाउनेछैनौ ।
Ibisobanuro by'icyarabu:
وَكَذٰلِكَ اَعْثَرْنَا عَلَیْهِمْ لِیَعْلَمُوْۤا اَنَّ وَعْدَ اللّٰهِ حَقٌّ وَّاَنَّ السَّاعَةَ لَا رَیْبَ فِیْهَا ۚۗ— اِذْ یَتَنَازَعُوْنَ بَیْنَهُمْ اَمْرَهُمْ فَقَالُوا ابْنُوْا عَلَیْهِمْ بُنْیَانًا ؕ— رَبُّهُمْ اَعْلَمُ بِهِمْ ؕ— قَالَ الَّذِیْنَ غَلَبُوْا عَلٰۤی اَمْرِهِمْ لَنَتَّخِذَنَّ عَلَیْهِمْ مَّسْجِدًا ۟
२१) यस्तै किसिमले हामीले मानिसहरूलाई तिनीहरूको हालबाट खबरदार गरेका छौं ताकि तिनीहरूले थाहा पाउन्, कि अल्लाहको वचन पूरै सत्य छ, र कियामतको दिनमा कुनै शंका छैन, त्यसबेला जब मानिसहरूले तिनको सम्बन्धमा आपसमा विवाद गरिरहेका थिए त केहीले भन्न थाले कि तिनीहरूको गुफामाथि एउटा भवन बनाइहाल । तिनीहरूको पालनकर्ता नै तिनीहरूको हाल राम्ररी जान्दछ । जुन मानिसहरूले तिनीहरूमाथि वर्चस्व पाए, भन्न थाले कि हामीले तिनीहरूको स्थानमाथि मस्जिदको निर्माण गर्नेछौं ।
Ibisobanuro by'icyarabu:
سَیَقُوْلُوْنَ ثَلٰثَةٌ رَّابِعُهُمْ كَلْبُهُمْ ۚ— وَیَقُوْلُوْنَ خَمْسَةٌ سَادِسُهُمْ كَلْبُهُمْ رَجْمًا بِالْغَیْبِ ۚ— وَیَقُوْلُوْنَ سَبْعَةٌ وَّثَامِنُهُمْ كَلْبُهُمْ ؕ— قُلْ رَّبِّیْۤ اَعْلَمُ بِعِدَّتِهِمْ مَّا یَعْلَمُهُمْ اِلَّا قَلِیْلٌ ۫۬— فَلَا تُمَارِ فِیْهِمْ اِلَّا مِرَآءً ظَاهِرًا ۪— وَّلَا تَسْتَفْتِ فِیْهِمْ مِّنْهُمْ اَحَدًا ۟۠
२२) केही मानिसहरूले अड्कलबाजि गर्नेछन् कि तिनीहरू तीन थिए र चौथो तिनीहरूको कुकुर थियो, र केहिले भन्नेछन् कि तिनीहरू पाँच थिए र छठाें उनको कुकुर थियो । गोप्य कुरामा यो अड्कलबाजी गर्दछन् । केहिले भन्ने छन् कि तिनीहरू सात थिए र आठौं उनको कुकुर थियो । तपाई भनिदिनुस् कि मेरो पालनकर्तालाई तिनीहरूको गन्ती राम्ररी थाहा छ । तिनीहरूलाई थोरैले मात्र जान्दछन्, तसर्थ तपाईले उनीहरूको सम्बन्धमा जुन स्पष्ट छ त्यो कुरोबाहेक अरु कुनैतर्क नगर्नुस् र तिनीहरूको सम्बन्धमा तिनीहरूमध्ये कसैसँग केही सोधपूछ नगर्नुस् ।
Ibisobanuro by'icyarabu:
وَلَا تَقُوْلَنَّ لِشَایْءٍ اِنِّیْ فَاعِلٌ ذٰلِكَ غَدًا ۟ۙ
२३) र कुनै कामको बारेमा यो कदापि नभन्नुः कि म यसलाई भोलि गरिदिनेछु ।
Ibisobanuro by'icyarabu:
اِلَّاۤ اَنْ یَّشَآءَ اللّٰهُ ؗ— وَاذْكُرْ رَّبَّكَ اِذَا نَسِیْتَ وَقُلْ عَسٰۤی اَنْ یَّهْدِیَنِ رَبِّیْ لِاَقْرَبَ مِنْ هٰذَا رَشَدًا ۟
२४) तर इन्शा अल्लाह भनेर मात्र, (यदि अल्लाहले चाह्यो भने गरिदिनेछु) । र जब अल्लाहको नाम लिन बिर्सन्छौ भने याद आएपछि नाम लिइहाल, र भन्दैगर कि आशा छ कि मेरो पालनकर्ताले मलाई यसभन्दा पनि बढी मार्गनिर्देशन गर्नेछ ।
Ibisobanuro by'icyarabu:
وَلَبِثُوْا فِیْ كَهْفِهِمْ ثَلٰثَ مِائَةٍ سِنِیْنَ وَازْدَادُوْا تِسْعًا ۟
२५) तिनीहरूले आफ्नो गुफामा तीनसय वर्ष रहे र त्यसमा नौ वर्ष बृद्धि गरे ।
Ibisobanuro by'icyarabu:
قُلِ اللّٰهُ اَعْلَمُ بِمَا لَبِثُوْا ۚ— لَهٗ غَیْبُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— اَبْصِرْ بِهٖ وَاَسْمِعْ ؕ— مَا لَهُمْ مِّنْ دُوْنِهٖ مِنْ وَّلِیٍّ ؗ— وَّلَا یُشْرِكُ فِیْ حُكْمِهٖۤ اَحَدًا ۟
२६) तपाई भनिदिनुस् कि जुन अवधिसम्म तिनीहरू बसे त्यसलाई अल्लाह राम्ररी जान्दछ । उसैलाई आकाशहरू र जमिनका अदृश्य कुराहरू थाहा छ । ऊ कति राम्रो देख्नेवाला र कति राम्रो सुन्नेवाला छ । अल्लाह बाहेक तिनीहरूको अन्य कोही मद्दत गर्नेवाला छैन, अल्लाह आफ्नो निर्देशनमा अन्य कसैलाई भागीदार बनाउँदैन ।
Ibisobanuro by'icyarabu:
وَاتْلُ مَاۤ اُوْحِیَ اِلَیْكَ مِنْ كِتَابِ رَبِّكَ ؕ— لَا مُبَدِّلَ لِكَلِمٰتِهٖ ۫ۚ— وَلَنْ تَجِدَ مِنْ دُوْنِهٖ مُلْتَحَدًا ۟
२७) तिमीहरूतर्फ जुन तिम्रो पालनकर्ताको किताब पठाइएको छ त्यसलाई पढ्ने गर, त्यसको कुरालाई कसैले परिवर्तन गर्न सक्दैन, र त्यस बाहेक तिमीले कदापि अरु केही शरण लिने ठाउँ पाउनेछैनौ ।
Ibisobanuro by'icyarabu:
وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِیْنَ یَدْعُوْنَ رَبَّهُمْ بِالْغَدٰوةِ وَالْعَشِیِّ یُرِیْدُوْنَ وَجْهَهٗ وَلَا تَعْدُ عَیْنٰكَ عَنْهُمْ ۚ— تُرِیْدُ زِیْنَةَ الْحَیٰوةِ الدُّنْیَا ۚ— وَلَا تُطِعْ مَنْ اَغْفَلْنَا قَلْبَهٗ عَنْ ذِكْرِنَا وَاتَّبَعَ هَوٰىهُ وَكَانَ اَمْرُهٗ فُرُطًا ۟
२८) र जुन मानिसहरूले विहान र साँझ आफ्नो पालनकर्तालाई पुकार्दछन् र उसैको प्रसन्नता चाहन्छन् तिनीहरूको साथमा आफूलाई राख्ने गर, खबरदार तिम्रा आँखाहरू तिनीहरूबाट अन्यत्र नजाउन्, ताकि संसारिक जीवनको वैभवको इच्छा गर्न थाल, र हेर जुन मानिसको हृदयलाई हामीले आफ्नो स्मरणबाट बेवास्ता गरिदिएका छौं, र त्यो आफ्नो इच्छाको पूर्तितिर लाग्छ, र त्यसको कामले सीमा नाघिसकेको छ, त्यसको भनाई नमान्नु ।
Ibisobanuro by'icyarabu:
وَقُلِ الْحَقُّ مِنْ رَّبِّكُمْ ۫— فَمَنْ شَآءَ فَلْیُؤْمِنْ وَّمَنْ شَآءَ فَلْیَكْفُرْ ۚ— اِنَّاۤ اَعْتَدْنَا لِلظّٰلِمِیْنَ نَارًا اَحَاطَ بِهِمْ سُرَادِقُهَا ؕ— وَاِنْ یَّسْتَغِیْثُوْا یُغَاثُوْا بِمَآءٍ كَالْمُهْلِ یَشْوِی الْوُجُوْهَ ؕ— بِئْسَ الشَّرَابُ ؕ— وَسَآءَتْ مُرْتَفَقًا ۟
२९) र घोषणा गर्नुस् कि यो कुरआन तिम्रो पालनकर्ताको तर्फबाट सम्पूर्ण सत्य छ, तसर्थ जसले चाहन्छ ईमान ल्याओस् र जो चाहन्छ काफिर रहोस् हामीले अत्याचारीहरूको निम्ति (नर्कको) त्यो आगो तयार गरेका छौं, जसको पर्खाल र ज्वालाहरूले त्यसलाई घेरिराख्ने छन् । र यदि तिनीहरूले मद्दतको याचना गर्नेछन् भने यस्तो पानीबाट मद्दत गरिनेछ जुन कि उम्लेको तेल जस्तै अति गरम हुनेछ, र जसले अनुहारलाई पोलिदिनेछ । त्यो अत्यन्त नराम्रो पानी र अत्यन्त नराम्रो बस्ने ठाउँ पनि हो ।
Ibisobanuro by'icyarabu:
اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ اِنَّا لَا نُضِیْعُ اَجْرَ مَنْ اَحْسَنَ عَمَلًا ۟ۚ
३०) निश्चितरूपले जसले ईमान ल्याए र असल कर्म पनि गरे, भने हामीले सत्कर्म गर्नेहरूको पुरस्कार खेर जान दिंदैनौं ।
Ibisobanuro by'icyarabu:
اُولٰٓىِٕكَ لَهُمْ جَنّٰتُ عَدْنٍ تَجْرِیْ مِنْ تَحْتِهِمُ الْاَنْهٰرُ یُحَلَّوْنَ فِیْهَا مِنْ اَسَاوِرَ مِنْ ذَهَبٍ وَّیَلْبَسُوْنَ ثِیَابًا خُضْرًا مِّنْ سُنْدُسٍ وَّاِسْتَبْرَقٍ مُّتَّكِـِٕیْنَ فِیْهَا عَلَی الْاَرَآىِٕكِ ؕ— نِعْمَ الثَّوَابُ ؕ— وَحَسُنَتْ مُرْتَفَقًا ۟۠
३१) यस्ता मानिसहरूको निम्ति सधैंं बास गर्नको लागि स्वर्गका बगैंचा छन्, जसमा तिनीहरूमुनि नहरहरू बगिरहने छन् । तिनीहरूलाई त्यहाँ सुनका कंगन पहिराइनेछ । र तिनीहरूले राम्रो रेशमका बाक्लो हरिया लुगा लगाउनेछन् । त्यहाँ आसनहरूमाथि तकिया लगाएर बस्नेछन् । आहा कति राम्रो पुरस्कार छ र कति राम्रो बासस्थान पनि ।
Ibisobanuro by'icyarabu:
وَاضْرِبْ لَهُمْ مَّثَلًا رَّجُلَیْنِ جَعَلْنَا لِاَحَدِهِمَا جَنَّتَیْنِ مِنْ اَعْنَابٍ وَّحَفَفْنٰهُمَا بِنَخْلٍ وَّجَعَلْنَا بَیْنَهُمَا زَرْعًا ۟ؕ
३२) र तिनीहरूलाई ती दुईजना मानिसहरूको कथा पनि सुनाइदिनुस्, जसमध्ये एउटालाई हामीले अंगूरका दुईटा बगैंचा प्रदान गरेका थियौं र तिनीहरूका चारैतिर हामीले खजूरका रुखहरूबाट घेरिराखेका थियौं, र दुवैको माझमा खेती लगाइराखेका थियौं ।
Ibisobanuro by'icyarabu:
كِلْتَا الْجَنَّتَیْنِ اٰتَتْ اُكُلَهَا وَلَمْ تَظْلِمْ مِّنْهُ شَیْـًٔا ۙ— وَّفَجَّرْنَا خِلٰلَهُمَا نَهَرًا ۟ۙ
३३) दुवै बगैंचाले (राम्रा) फल दिए र तिनको पैदावारमा कुनै प्रकारको कमी भएन, र दुवैको माझबाट हामीले एउटा नहर बगाएका थियौं ।
Ibisobanuro by'icyarabu:
وَّكَانَ لَهٗ ثَمَرٌ ۚ— فَقَالَ لِصَاحِبِهٖ وَهُوَ یُحَاوِرُهٗۤ اَنَا اَكْثَرُ مِنْكَ مَالًا وَّاَعَزُّ نَفَرًا ۟
३४) (भनाईको) तात्पर्य यो छ कि तिनीहरूको पासमा मेवाहरू थिए, अनि एकदिन जबकि उसले आफ्नो मित्रसँग कुरै कुरामा भन्न थाल्यो कि म तिमीभन्दा धेरै धनी छु, र मर्यादा र शक्तिको दृष्टिले पनि बढी छु ।
Ibisobanuro by'icyarabu:
وَدَخَلَ جَنَّتَهٗ وَهُوَ ظَالِمٌ لِّنَفْسِهٖ ۚ— قَالَ مَاۤ اَظُنُّ اَنْ تَبِیْدَ هٰذِهٖۤ اَبَدًا ۟ۙ
३५) र (घमण्डले) ऊ आफ्नो बगैँचामा गयो र आफनो हकमा अत्याचार गर्दै भन्न थाल्यो कि मलाई लाग्दैन, कि यो बगैंचा कहिले पनि नष्ट हुनेछ ।
Ibisobanuro by'icyarabu:
وَّمَاۤ اَظُنُّ السَّاعَةَ قَآىِٕمَةً ۙ— وَّلَىِٕنْ رُّدِدْتُّ اِلٰی رَبِّیْ لَاَجِدَنَّ خَیْرًا مِّنْهَا مُنْقَلَبًا ۟ۚ
३६) र न यो सम्झन्छुः कि कियामत हुनेछ, र यदि म आफ्नो पालनकर्तातिर फर्काइए पनि अवश्य राम्रो ठाउँ पाउनेछु ।
Ibisobanuro by'icyarabu:
قَالَ لَهٗ صَاحِبُهٗ وَهُوَ یُحَاوِرُهٗۤ اَكَفَرْتَ بِالَّذِیْ خَلَقَكَ مِنْ تُرَابٍ ثُمَّ مِنْ نُّطْفَةٍ ثُمَّ سَوّٰىكَ رَجُلًا ۟ؕ
३७) अनि उसको मित्रले उसँग कुराकानी गर्दै भन्यो कि के तिमीले उस अल्लाहसँग कुफ्र गर्दछौ, जसले तिमीलाई माटोले सृष्टि गर्यो अनि पानीको थोपाबाट, फेरि तिमीलाई पूरा मान्छे बनायो ।
Ibisobanuro by'icyarabu:
لٰكِنَّاۡ هُوَ اللّٰهُ رَبِّیْ وَلَاۤ اُشْرِكُ بِرَبِّیْۤ اَحَدًا ۟
३८) तर मेरो त यो आस्था छः कि उही अल्लाह नै मेरो पालनकर्ता हो र म आफ्नो पालनकर्तासँग अरु कसैलाई साझेदार ठहराउने छैन ।
Ibisobanuro by'icyarabu:
وَلَوْلَاۤ اِذْ دَخَلْتَ جَنَّتَكَ قُلْتَ مَا شَآءَ اللّٰهُ ۙ— لَا قُوَّةَ اِلَّا بِاللّٰهِ ۚ— اِنْ تَرَنِ اَنَا اَقَلَّ مِنْكَ مَالًا وَّوَلَدًا ۟ۚ
३९) जब तिमी आफ्नो बगैंचामा प्रवेश गर्यौ, त तिमीले किन भनेनौ कि अल्लाहले चाहेको हुनेवाला छ (अरु) कुनै शक्ति होइन, बरु अल्लाहको मद्दतबाट, यदि तिमीले मलाई सम्पत्ति र सन्तानमा आफूभन्दा कम देखिरहेका छौ ।
Ibisobanuro by'icyarabu:
فَعَسٰی رَبِّیْۤ اَنْ یُّؤْتِیَنِ خَیْرًا مِّنْ جَنَّتِكَ وَیُرْسِلَ عَلَیْهَا حُسْبَانًا مِّنَ السَّمَآءِ فَتُصْبِحَ صَعِیْدًا زَلَقًا ۟ۙ
४०) सम्भव छ कि मेरो पालनकर्ताले मलाई तिम्रो बगैंचाभन्दा राम्रो प्रदान गरोस् र तिम्रो बगैंचामाथि आकाशबाट प्रकोप पठाइदेओस्, अनि यो एउटा गैरआबाद मैदानको रूपमा परिणत भइहालोस् ।
Ibisobanuro by'icyarabu:
اَوْ یُصْبِحَ مَآؤُهَا غَوْرًا فَلَنْ تَسْتَطِیْعَ لَهٗ طَلَبًا ۟
४१) अथवा यसको पानी धेरै तल गइहालोस् र तिमीले त्यसलाई खोजेर ल्याउन नसक ।
Ibisobanuro by'icyarabu:
وَاُحِیْطَ بِثَمَرِهٖ فَاَصْبَحَ یُقَلِّبُ كَفَّیْهِ عَلٰی مَاۤ اَنْفَقَ فِیْهَا وَهِیَ خَاوِیَةٌ عَلٰی عُرُوْشِهَا وَیَقُوْلُ یٰلَیْتَنِیْ لَمْ اُشْرِكْ بِرَبِّیْۤ اَحَدًا ۟
४२) र यसका सबै फलहरूलाई (विनाशले) घेरिहाल्यो, र त्यसले जुन खर्च आफ्नो सम्पत्तिमाथि गरेको थियो, त्यसमा दुःख र अफशोचले हात मल्न थाल्यो र त्यो बगैचा त उलटपलट भइसकेको थियो र उसले भन्न थाल्यो कि काश मैले आफ्नो पालनकर्तासँग अरु कसैलाई साझेदार नठहराएको भए ।
Ibisobanuro by'icyarabu:
وَلَمْ تَكُنْ لَّهٗ فِئَةٌ یَّنْصُرُوْنَهٗ مِنْ دُوْنِ اللّٰهِ وَمَا كَانَ مُنْتَصِرًا ۟ؕ
४३) (तर) अल्लाह बाहेक कुनै समूह उसको सहायता गर्ने भएन र नउसले आफ्नो उद्धार आफै गर्न सक्यो ।
Ibisobanuro by'icyarabu:
هُنَالِكَ الْوَلَایَةُ لِلّٰهِ الْحَقِّ ؕ— هُوَ خَیْرٌ ثَوَابًا وَّخَیْرٌ عُقْبًا ۟۠
४४) यहाँबाट प्रमाणित भयो, कि अख्तियारी सबै अल्लाहकै हो, पुरस्कार दिने सबभन्दा ठूलो उही छ र सफलता दिने सबभन्दा ठूलो पनि उही हो ।
Ibisobanuro by'icyarabu:
وَاضْرِبْ لَهُمْ مَّثَلَ الْحَیٰوةِ الدُّنْیَا كَمَآءٍ اَنْزَلْنٰهُ مِنَ السَّمَآءِ فَاخْتَلَطَ بِهٖ نَبَاتُ الْاَرْضِ فَاَصْبَحَ هَشِیْمًا تَذْرُوْهُ الرِّیٰحُ ؕ— وَكَانَ اللّٰهُ عَلٰی كُلِّ شَیْءٍ مُّقْتَدِرًا ۟
४५) यिनीहरू समक्ष संसारको जिन्दगीको उदाहरण पनि वर्णन गर्नुस् (त्यो यस्तो छ) जस्तै पानी जसलाई हामी आकाशबाट वर्षायौं त यसबाट पृथ्वीको वनस्पति उम्रयो फेरि टुटफुट भएर घना भई परस्पर गुथिहाले तर त्यसलाई हावाले उडाइदिन्छ अल्लाह नै हरेक कुरोमाथि सामथ्र्यवान छ ।
Ibisobanuro by'icyarabu:
اَلْمَالُ وَالْبَنُوْنَ زِیْنَةُ الْحَیٰوةِ الدُّنْیَا ۚ— وَالْبٰقِیٰتُ الصّٰلِحٰتُ خَیْرٌ عِنْدَ رَبِّكَ ثَوَابًا وَّخَیْرٌ اَمَلًا ۟
४६) धन–सम्पति र सन्तान त सांसारिक जीवनको शोभा र मर्यादा हुन् र सत्कर्म जो बाँकी रहीरनेछन्, तिनीहरू पुण्यको दृष्टिले तिम्रो पालनकर्ताकहाँ धेरै राम्रो र आशाको दृष्टिले निकै उत्तम छन् ।
Ibisobanuro by'icyarabu:
وَیَوْمَ نُسَیِّرُ الْجِبَالَ وَتَرَی الْاَرْضَ بَارِزَةً ۙ— وَّحَشَرْنٰهُمْ فَلَمْ نُغَادِرْ مِنْهُمْ اَحَدًا ۟ۚ
४७) र जुन दिन हामीले पहाडहरूलाई चलाउनेछौं र तिमीले धर्तीलाई समथर फाँटको रूपमा देख्नेछौ, र ती सबै मानिसहरूलाई हामीले एकत्रित गर्नेछौं त तिनीहरूमध्ये एकजनालाई पनि बाँकी छाड्ने छैनौं ।
Ibisobanuro by'icyarabu:
وَعُرِضُوْا عَلٰی رَبِّكَ صَفًّا ؕ— لَقَدْ جِئْتُمُوْنَا كَمَا خَلَقْنٰكُمْ اَوَّلَ مَرَّةٍ ؗ— بَلْ زَعَمْتُمْ اَلَّنْ نَّجْعَلَ لَكُمْ مَّوْعِدًا ۟
४८) र सबै तिम्रो पालनकर्ताको अगाडि पंक्तिवद्ध रूपमा ल्याइनेछन्, निश्चितरूपले तिमीहरू हामी समक्ष उस्तै आयौ जुन प्रकारले हामीले तिमीलाई पहिलोपल्ट सृष्टि गरेका थियौं, तर तिमीले त भन्नठानेथ्यौ कि हामीले तिम्रो निम्ति (कियामतको) कुनै समय निर्धारित गर्नेछैनौं ।
Ibisobanuro by'icyarabu:
وَوُضِعَ الْكِتٰبُ فَتَرَی الْمُجْرِمِیْنَ مُشْفِقِیْنَ مِمَّا فِیْهِ وَیَقُوْلُوْنَ یٰوَیْلَتَنَا مَالِ هٰذَا الْكِتٰبِ لَا یُغَادِرُ صَغِیْرَةً وَّلَا كَبِیْرَةً اِلَّاۤ اَحْصٰىهَا ۚ— وَوَجَدُوْا مَا عَمِلُوْا حَاضِرًا ؕ— وَلَا یَظْلِمُ رَبُّكَ اَحَدًا ۟۠
४९) र कर्मपत्र माझमा राखिनेछ, तब तिमीले त्यसबाट पापीहरूलाई भयभीत भएको देख्नेछौ र तिनीहरूले भन्नेछन् कस्तो अफशोच यो कस्तो किताब हो कि न सानो कुरोलाई छोडे्छ न ठूलोलाई, र जो कर्म गरेका हुन्छन् सबैलाई त्यसमा पाउनेछन्, र तिम्रो पालनकर्ताले कसैमाथि अन्याय वा अत्याचार गर्नेछैन ।
Ibisobanuro by'icyarabu:
وَاِذْ قُلْنَا لِلْمَلٰٓىِٕكَةِ اسْجُدُوْا لِاٰدَمَ فَسَجَدُوْۤا اِلَّاۤ اِبْلِیْسَ ؕ— كَانَ مِنَ الْجِنِّ فَفَسَقَ عَنْ اَمْرِ رَبِّهٖ ؕ— اَفَتَتَّخِذُوْنَهٗ وَذُرِّیَّتَهٗۤ اَوْلِیَآءَ مِنْ دُوْنِیْ وَهُمْ لَكُمْ عَدُوٌّ ؕ— بِئْسَ لِلظّٰلِمِیْنَ بَدَلًا ۟
५०) र जब हामीले फरिश्ताहरूलाई आदेश गर्यौं कि आदमलाई ढोग, त सबैले ढोगे तर इब्लीसले ढोगेन । त्यो जिन्नहरूमध्येको थियो, र त्यसले आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गर्यो । के फेरि पनि तिमीले त्यसलाई र त्यसको सन्तानलाई म बाहेक मित्र बनाउँछौ, जबकि तिनीहरू तिम्रा शत्रु हुन् । यस्ता अत्याचारीहरूको निम्ति नराम्रो प्रतिफल छ ।
Ibisobanuro by'icyarabu:
مَاۤ اَشْهَدْتُّهُمْ خَلْقَ السَّمٰوٰتِ وَالْاَرْضِ وَلَا خَلْقَ اَنْفُسِهِمْ ۪— وَمَا كُنْتُ مُتَّخِذَ الْمُضِلِّیْنَ عَضُدًا ۟
५१) मैले उनीहरूलाई नत आकाशहरू र न पृथ्वीको सृष्टि गर्ने बेलामा बोलाएको थिएँ र न स्वयं तिनीहरूको सृष्टि गर्नेबेलामा, र म मार्गबाट विचलित गराउनेहरूलाई आफ्नो मद्दतगार बनाउँनेवाला पनि थिएन ।
Ibisobanuro by'icyarabu:
وَیَوْمَ یَقُوْلُ نَادُوْا شُرَكَآءِیَ الَّذِیْنَ زَعَمْتُمْ فَدَعَوْهُمْ فَلَمْ یَسْتَجِیْبُوْا لَهُمْ وَجَعَلْنَا بَیْنَهُمْ مَّوْبِقًا ۟
५२) र जुनदिन अल्लाहले आदेश गर्नेछ । कि (अब) तिम्रो विचारमा भएको मेरा साझेदारहरूलाई बोलाऊ, अनि तिनीहरूले उनलाई बोलाउने छन्, तर तिनीहरूमध्ये कसैले कुनै जवाफ दिनेछैन, र हामीले उनीहरूको बीचमा बर्बादीको माध्यम बनाइदिनेछौं ।
Ibisobanuro by'icyarabu:
وَرَاَ الْمُجْرِمُوْنَ النَّارَ فَظَنُّوْۤا اَنَّهُمْ مُّوَاقِعُوْهَا وَلَمْ یَجِدُوْا عَنْهَا مَصْرِفًا ۟۠
५३) र पापीहरूले नर्कलाई देखेर बुझिहाल्नेछन् कि तिनीहरू त्यसमा हालिनेवाला छन् तर त्यसबाट मुक्त हुने कुनै बाटो पाउने छैनन् ।
Ibisobanuro by'icyarabu:
وَلَقَدْ صَرَّفْنَا فِیْ هٰذَا الْقُرْاٰنِ لِلنَّاسِ مِنْ كُلِّ مَثَلٍ ؕ— وَكَانَ الْاِنْسَانُ اَكْثَرَ شَیْءٍ جَدَلًا ۟
५४) हामीले यस ‘‘कुरआनमा’’ मानिसहरूको लागि विभिन्न प्रकारका उदाहरणहरू वर्णन गरेका छौं, तर मानिस सबभन्दा बढी झगडालु छ ।
Ibisobanuro by'icyarabu:
وَمَا مَنَعَ النَّاسَ اَنْ یُّؤْمِنُوْۤا اِذْ جَآءَهُمُ الْهُدٰی وَیَسْتَغْفِرُوْا رَبَّهُمْ اِلَّاۤ اَنْ تَاْتِیَهُمْ سُنَّةُ الْاَوَّلِیْنَ اَوْ یَاْتِیَهُمُ الْعَذَابُ قُبُلًا ۟
५५) मानिसहरूसम्म मार्गदर्शन आइसकेपछि तिनीहरूलाई ईमान ल्याउनुबाट र आफ्नो पालनकर्ताबाट क्षमायाचना गर्नुबाट यस कुराले मात्र रोकेको थियो कि अघिका मानिसहरूको जस्तो कुराहरू उनको सामु पनि आओस् वा उनको अगाडि खुल्लारूपमा सजाय आइहालोस् ।
Ibisobanuro by'icyarabu:
وَمَا نُرْسِلُ الْمُرْسَلِیْنَ اِلَّا مُبَشِّرِیْنَ وَمُنْذِرِیْنَ ۚ— وَیُجَادِلُ الَّذِیْنَ كَفَرُوْا بِالْبَاطِلِ لِیُدْحِضُوْا بِهِ الْحَقَّ وَاتَّخَذُوْۤا اٰیٰتِیْ وَمَاۤ اُنْذِرُوْا هُزُوًا ۟
५६) हामीले त आफ्ना रसूलहरूलाई मात्र यसकारण पठाउँछौं, कि तिनीहरूले शुभसन्देश सुनाउन् र डराउन्, तर काफिरहरूले असत्यको सहारा लिई झगडा गर्दछन्, र चाहन्छन् कि त्यसबाट सत्यलाई डगमगाइदिउन्, तिनीहरूले मेरा आयतहरूलाई र जुन कुराले डराइन्छ त्यसलाई उपहास बनाइहालेका छन् ।
Ibisobanuro by'icyarabu:
وَمَنْ اَظْلَمُ مِمَّنْ ذُكِّرَ بِاٰیٰتِ رَبِّهٖ فَاَعْرَضَ عَنْهَا وَنَسِیَ مَا قَدَّمَتْ یَدٰهُ ؕ— اِنَّا جَعَلْنَا عَلٰی قُلُوْبِهِمْ اَكِنَّةً اَنْ یَّفْقَهُوْهُ وَفِیْۤ اٰذَانِهِمْ وَقْرًا ؕ— وَاِنْ تَدْعُهُمْ اِلَی الْهُدٰی فَلَنْ یَّهْتَدُوْۤا اِذًا اَبَدًا ۟
५७) त्यसभन्दा ठूलो अत्याचारीको छ, जसलाई उसको पालनकर्ताको कलाम (शब्दहरू) बाट उपदेश गरिन्छ, तैपनि त्यो विमुख भइरहोस्, र जुन कर्महरू उसले अगाडि पठाइसकेको छ, त्यसलाई बिर्सिदेओस् । निःसन्देह हामीले तिनीहरूको हृदयमाथि आवरण हालिदिएका छौं, ताकि यसलाई बुझ्न नसकुन् र कानहरूमा बोझ (पैदा गरिदिएका छौं कि सुन्न नसकुन्) र यद्यपि तपाईले उनीहरूलाई राम्रो बाटोतिर बोलाउँछौ तैपनि तिनी कहिल्यै सही बाटोमा आउने छैनन् ।
Ibisobanuro by'icyarabu:
وَرَبُّكَ الْغَفُوْرُ ذُو الرَّحْمَةِ ؕ— لَوْ یُؤَاخِذُهُمْ بِمَا كَسَبُوْا لَعَجَّلَ لَهُمُ الْعَذَابَ ؕ— بَلْ لَّهُمْ مَّوْعِدٌ لَّنْ یَّجِدُوْا مِنْ دُوْنِهٖ مَوْىِٕلًا ۟
५८) र तिम्रो पालनकर्ता ठूलो क्षमादाता र दयावान छ । यदि उसले उनीहरूको क्रियाकलापको लागि सजायको निम्ति तिनीहरूलाई समात्न थाल्ने हो भने तिनीहरूमाथि तुरुन्तै सजाय पठाउन सक्छ तर तिनीहरूको निम्ति एउटा समय (निर्धारित) छ जसबाट तिनीहरू कहिल्यै फुत्कन पाउनेछैनन् ।
Ibisobanuro by'icyarabu:
وَتِلْكَ الْقُرٰۤی اَهْلَكْنٰهُمْ لَمَّا ظَلَمُوْا وَجَعَلْنَا لِمَهْلِكِهِمْ مَّوْعِدًا ۟۠
५९) यी ती बस्तीहरू हुन्, जसलाई तिनीहरूको अत्याचारको कारण हामीले नष्ट गरिहाल्यौं, र तिनीहरूको विध्वसंको निम्ति पनि हामीले एउटा समय निश्चित गरेका थियौं ।
Ibisobanuro by'icyarabu:
وَاِذْ قَالَ مُوْسٰی لِفَتٰىهُ لَاۤ اَبْرَحُ حَتّٰۤی اَبْلُغَ مَجْمَعَ الْبَحْرَیْنِ اَوْ اَمْضِیَ حُقُبًا ۟
६०) जब मूसाले आफ्नो युवकसित भने कि म त दुई समुद्रको दोभानमा नपुगुञ्जेल हिंडि नै राख्नेछु, चाहे कैयौ वर्षसम्म किन चल्न नपरोस् ।
Ibisobanuro by'icyarabu:
فَلَمَّا بَلَغَا مَجْمَعَ بَیْنِهِمَا نَسِیَا حُوْتَهُمَا فَاتَّخَذَ سَبِیْلَهٗ فِی الْبَحْرِ سَرَبًا ۟
६१) जब उनी दुवै समुद्रको संगममा पुगे त त्यहाँ आफ्नो माछा बिर्सिहाले, जसले समुद्रमा सुरुँग जस्तो आफ्नो बाटो बनाइहाल्यो
Ibisobanuro by'icyarabu:
فَلَمَّا جَاوَزَا قَالَ لِفَتٰىهُ اٰتِنَا غَدَآءَنَا ؗ— لَقَدْ لَقِیْنَا مِنْ سَفَرِنَا هٰذَا نَصَبًا ۟
६२) जब यी दुवै त्यहाँबाट अगाडि बढे तब मूसाले आफ्नो युवकसित भने कि हाम्रो भोजन ल्याऊ, यस यात्राबाट हामीलाई बडो कष्ट उठाउनु परेको छ ।
Ibisobanuro by'icyarabu:
قَالَ اَرَءَیْتَ اِذْ اَوَیْنَاۤ اِلَی الصَّخْرَةِ فَاِنِّیْ نَسِیْتُ الْحُوْتَ ؗ— وَمَاۤ اَنْسٰىنِیْهُ اِلَّا الشَّیْطٰنُ اَنْ اَذْكُرَهٗ ۚ— وَاتَّخَذَ سَبِیْلَهٗ فِی الْبَحْرِ ۖۗ— عَجَبًا ۟
६३) उसले जवाफ दियो कि के तपाईले हेर्नुभएन ? जब हामी ढुङ्गामा अडेस लिई विश्राम गरिराखेका थियौं त्यहीं नै मैले माछा बिर्सिहालेको थिएँ । वास्तवमा मलाई (तपाईसित) त्यसको चर्चा गर्नुबाट शैतानले बिर्साइदियो । त्यसले अनौठो तरिकाले समुद्रमा आफ्नो बाटो बनाइहाल्यो ।
Ibisobanuro by'icyarabu:
قَالَ ذٰلِكَ مَا كُنَّا نَبْغِ ۖۗ— فَارْتَدَّا عَلٰۤی اٰثَارِهِمَا قَصَصًا ۟ۙ
६४) मूसाले भने यही थियो जसको तलाशमा हामी थियौं । यसर्थ त्यहींबाट आफ्नो खुट्टाका चिन्हहरू हेर्दै फर्किहाले ।
Ibisobanuro by'icyarabu:
فَوَجَدَا عَبْدًا مِّنْ عِبَادِنَاۤ اٰتَیْنٰهُ رَحْمَةً مِّنْ عِنْدِنَا وَعَلَّمْنٰهُ مِنْ لَّدُنَّا عِلْمًا ۟
६५) यसरी उनले हाम्रा भक्तहरूमध्ये एउटा भक्त भेट्टाए, जसलाई हामीले आफूकहाँबाट विशेष दया प्रदान गरेका थियौं र आफ्नो तर्फबाट उसलाई विशेष ज्ञान प्रदान गरेका थियौं ।
Ibisobanuro by'icyarabu:
قَالَ لَهٗ مُوْسٰی هَلْ اَتَّبِعُكَ عَلٰۤی اَنْ تُعَلِّمَنِ مِمَّا عُلِّمْتَ رُشْدًا ۟
६६) मूसाले उनीसित (खिज्रसित) भनेः कि जुन असल ज्ञान तपाईलाई सिकाइएको छ, यदि तपाईले त्यसबाट मलाई सिखाउनुहुन्छ भने म तपाईको सेवा गरिरहन्छु ।
Ibisobanuro by'icyarabu:
قَالَ اِنَّكَ لَنْ تَسْتَطِیْعَ مَعِیَ صَبْرًا ۟
६७) उनले (खिज्रले) भने कि तिमी मेरो साथमा रहेर कदापि धैर्य गर्न सक्दैनौ ।
Ibisobanuro by'icyarabu:
وَكَیْفَ تَصْبِرُ عَلٰی مَا لَمْ تُحِطْ بِهٖ خُبْرًا ۟
६८) र जुन कुराको तिमीलाई ज्ञान नै छैन, त्यसको हकमा धैर्य पनि कसरी गर्न सक्दछौ ।
Ibisobanuro by'icyarabu:
قَالَ سَتَجِدُنِیْۤ اِنْ شَآءَ اللّٰهُ صَابِرًا وَّلَاۤ اَعْصِیْ لَكَ اَمْرًا ۟
६९) मूसाले भने अल्लाहले चाह्यो भने, तपाईले मलाई धैर्यवान पाउनुहुनेछ र कुनै कुरामा मैले तपाईको आज्ञा उल्लघंन गर्नेछैन ।
Ibisobanuro by'icyarabu:
قَالَ فَاِنِ اتَّبَعْتَنِیْ فَلَا تَسْـَٔلْنِیْ عَنْ شَیْءٍ حَتّٰۤی اُحْدِثَ لَكَ مِنْهُ ذِكْرًا ۟۠
७०) उनले (खिज्रले) भनेः यदि तिमी मेरो साथमा रहनै चाहन्छौ भने शर्त यो छ कि, मसित कुनै कुराको बारेमा प्रश्न नसोध्नु जबसम्म कि मैले स्वयं त्यसको चर्चा तिमीसित नगरूँ ।
Ibisobanuro by'icyarabu:
فَانْطَلَقَا ۫— حَتّٰۤی اِذَا رَكِبَا فِی السَّفِیْنَةِ خَرَقَهَا ؕ— قَالَ اَخَرَقْتَهَا لِتُغْرِقَ اَهْلَهَا ۚ— لَقَدْ جِئْتَ شَیْـًٔا اِمْرًا ۟
७१) अनि दुवै हिँडे, जब एउटा डुङ्गामा सवार भए, तब उनले (खिज्रले) डुङ्गाको पटरी तोडिदिए (प्वाल पारिदिए) । मूसाले भनेः के तपाईले त्यसलाई यसकारणले तोड्नुभएको छ कि सवारहरूलाई डुबाइहाल्नुहोस् । यो त तपाईले बडो खतरनाक कुरा गर्नुभो ।
Ibisobanuro by'icyarabu:
قَالَ اَلَمْ اَقُلْ اِنَّكَ لَنْ تَسْتَطِیْعَ مَعِیَ صَبْرًا ۟
७२) उहाँले (खिज्रले) भने, के मैले पहिला नै तिमीलाई भनेको थिएन, कि तिमीले मेरो साथमा कदापि धैर्य धारण गर्न सक्दैनौ ।
Ibisobanuro by'icyarabu:
قَالَ لَا تُؤَاخِذْنِیْ بِمَا نَسِیْتُ وَلَا تُرْهِقْنِیْ مِنْ اَمْرِیْ عُسْرًا ۟
७३) मूसाले भने कि जुन त्रुटि मबाट भएको छ, त्यसबापत मलाई नसमात्नुहोस्, र मेरो कुरामा मलाई संकटमा नपार्नुहोस् ।
Ibisobanuro by'icyarabu:
فَانْطَلَقَا ۫— حَتّٰۤی اِذَا لَقِیَا غُلٰمًا فَقَتَلَهٗ ۙ— قَالَ اَقَتَلْتَ نَفْسًا زَكِیَّةً بِغَیْرِ نَفْسٍ ؕ— لَقَدْ جِئْتَ شَیْـًٔا نُّكْرًا ۟
७४) फेरि दुवै अगाडि बढे, अनि एउटा केटो भेट्टाए, तब (खिज्रले) उसलाई मारिदिनुभयो । मूसाले भने कि तपाईले एउटा निर्दोष मानिस किन मारिहाल्नुभो जब कि त्यसले कसैको ज्यान लिएको थिएन । तपाईले एकदमै नराम्रो काम गर्नुभयो ।
Ibisobanuro by'icyarabu:
قَالَ اَلَمْ اَقُلْ لَّكَ اِنَّكَ لَنْ تَسْتَطِیْعَ مَعِیَ صَبْرًا ۟
७५) उनले भने के मैले तिमीलाई भनेको थिएन कि तिमी मेरो साथमा रहेर धैर्य राख्नसक्दैनौ ?
Ibisobanuro by'icyarabu:
قَالَ اِنْ سَاَلْتُكَ عَنْ شَیْ بَعْدَهَا فَلَا تُصٰحِبْنِیْ ۚ— قَدْ بَلَغْتَ مِنْ لَّدُنِّیْ عُذْرًا ۟
७६) मूसाले भने कि यदि म यसपछि तपाईसित कुनै कुराबारे प्रश्न गरें भने तपाईले मलाई आफ्नो साथमा नराख्नुहोला, निश्चय नै तपाई मतिरबाट क्षमायाचनाको सीमासम्म पुगिसक्नुभो ।
Ibisobanuro by'icyarabu:
فَانْطَلَقَا ۫— حَتّٰۤی اِذَاۤ اَتَیَاۤ اَهْلَ قَرْیَةِ ١سْتَطْعَمَاۤ اَهْلَهَا فَاَبَوْا اَنْ یُّضَیِّفُوْهُمَا فَوَجَدَا فِیْهَا جِدَارًا یُّرِیْدُ اَنْ یَّنْقَضَّ فَاَقَامَهٗ ؕ— قَالَ لَوْ شِئْتَ لَتَّخَذْتَ عَلَیْهِ اَجْرًا ۟
७७) फेरि दुवै अगाडि हिंडे, अनि एक गाउँका मानिसहरूछेउ पुगी तिनीहरूसित खाना माँग्नु भयो तर तिनीहरूले उनीहरूको अतिथि सत्कार गर्नुबाट स्पष्टरूपमा इन्कार गरिदिए, अनि उनीहरूले त्यहाँ एउटा भित्तालाई देखे जुन ढल्न लागेको थियो, तब उनले त्यसलाई ठीक पारिदिए । (मूसाले) भने कि यदि तपाईले चाहेको भए तिनीहरूसँग त्यसको मजदूरी लिनसक्नु हुन्थ्यो ।
Ibisobanuro by'icyarabu:
قَالَ هٰذَا فِرَاقُ بَیْنِیْ وَبَیْنِكَ ۚ— سَاُنَبِّئُكَ بِتَاْوِیْلِ مَا لَمْ تَسْتَطِعْ عَّلَیْهِ صَبْرًا ۟
७८) उनले भने कि अब यो बिछोड हो तिम्रो र मेरो बीचमा, अब म तिमीलाई ती कुराहरूको वास्तविकता बताउँछु जसबारे तिमीले धैर्य गर्न सकेका थिएनौ ।
Ibisobanuro by'icyarabu:
اَمَّا السَّفِیْنَةُ فَكَانَتْ لِمَسٰكِیْنَ یَعْمَلُوْنَ فِی الْبَحْرِ فَاَرَدْتُّ اَنْ اَعِیْبَهَا وَكَانَ وَرَآءَهُمْ مَّلِكٌ یَّاْخُذُ كُلَّ سَفِیْنَةٍ غَصْبًا ۟
७९) त्यो जुन डुङ्गा थियो, त्यो (केही) गरिबहरूको(दरिद्रहरूको) थियो, जसले समुद्रमा डुङ्गा सञ्चालन गरी परिश्रमले जीविका चलाउँदथे, मैले त्यसमा केही तोडफोड गरें किन भने तिनीहरूको अगाडि एउटा राजा थियो जसले प्रत्येक (राम्रो) डुङ्गालाई जबरजस्ती आफ्नो अधीनमा पार्दथ्यो ।
Ibisobanuro by'icyarabu:
وَاَمَّا الْغُلٰمُ فَكَانَ اَبَوٰهُ مُؤْمِنَیْنِ فَخَشِیْنَاۤ اَنْ یُّرْهِقَهُمَا طُغْیَانًا وَّكُفْرًا ۟ۚ
८०) र त्यो जुन केटो थियो त्यसको आमा बाबु दुवै मोमिन थिए, हामीलाई डर लाग्यो कि त्यसले आफ्नो हठपूर्ण विद्रोह र कुफ्रबाट, उनीहरूलाई हैरान नपारोस् ।
Ibisobanuro by'icyarabu:
فَاَرَدْنَاۤ اَنْ یُّبْدِلَهُمَا رَبُّهُمَا خَیْرًا مِّنْهُ زَكٰوةً وَّاَقْرَبَ رُحْمًا ۟
८१) तसर्थ हामीले चाह्यौं कि उनीहरूलाई त्यसको सट्टामा उनीहरूको पालनकर्ताले त्योभन्दा पवित्र आचरणको र त्यसभन्दा बढी मायागर्ने छोरा प्रदान गरोस् ।
Ibisobanuro by'icyarabu:
وَاَمَّا الْجِدَارُ فَكَانَ لِغُلٰمَیْنِ یَتِیْمَیْنِ فِی الْمَدِیْنَةِ وَكَانَ تَحْتَهٗ كَنْزٌ لَّهُمَا وَكَانَ اَبُوْهُمَا صَالِحًا ۚ— فَاَرَادَ رَبُّكَ اَنْ یَّبْلُغَاۤ اَشُدَّهُمَا وَیَسْتَخْرِجَا كَنْزَهُمَا ۖۗ— رَحْمَةً مِّنْ رَّبِّكَ ۚ— وَمَا فَعَلْتُهٗ عَنْ اَمْرِیْ ؕ— ذٰلِكَ تَاْوِیْلُ مَا لَمْ تَسْطِعْ عَّلَیْهِ صَبْرًا ۟ؕ۠
८२) भित्ताको भेद यो हो कि यस शहरमा दुईवटा अनाथ बालकहरू छन् जसका खजाना यस भित्तामुनि गाडिएका छन्, र तिनीहरूको बाबु बडो असल मानिस थियो । तसर्थ तिम्रो पालनकर्ताको इच्छा थियो कि दुवै अनाथहरूले आफ्नो तन्नेरी अवस्थामा आएर आफ्नो यो सम्पत्ति तिम्रो पालनकर्ताको कृपा र दयाले झिकुन् । मैले आफ्नो स्वेच्छाले त्यो काम गरेको होइन । यो थियो यी घटनाहरूको वास्तविक तथ्य जसबारे तपाईले धैर्य गर्न सक्नुभएन ।
Ibisobanuro by'icyarabu:
وَیَسْـَٔلُوْنَكَ عَنْ ذِی الْقَرْنَیْنِ ؕ— قُلْ سَاَتْلُوْا عَلَیْكُمْ مِّنْهُ ذِكْرًا ۟ؕ
८३) तपाईसित यिनीहरूले ‘‘जुलकरनैनको’’ बारेमा सोधिराखेका छन् । तपाईले भनिदिनुस्ः कि मैले तिनको बारेमा अलिकति पढेर सुनाउँदछु ।
Ibisobanuro by'icyarabu:
اِنَّا مَكَّنَّا لَهٗ فِی الْاَرْضِ وَاٰتَیْنٰهُ مِنْ كُلِّ شَیْءٍ سَبَبًا ۟ۙ
८४) हामीले तिनलाई धरतीमा ठूलो शक्ति प्रदान गरेका थियौं र हामीले उनलाई हरेक सामग्रीको साधन दिएका थियौं ।
Ibisobanuro by'icyarabu:
فَاَتْبَعَ سَبَبًا ۟
८५) ऊ एउटा बाटोमा लाग्यो ।
Ibisobanuro by'icyarabu:
حَتّٰۤی اِذَا بَلَغَ مَغْرِبَ الشَّمْسِ وَجَدَهَا تَغْرُبُ فِیْ عَیْنٍ حَمِئَةٍ وَّوَجَدَ عِنْدَهَا قَوْمًا ؕ۬— قُلْنَا یٰذَا الْقَرْنَیْنِ اِمَّاۤ اَنْ تُعَذِّبَ وَاِمَّاۤ اَنْ تَتَّخِذَ فِیْهِمْ حُسْنًا ۟
८६) यहाँसम्म कि सूर्य अस्ताउने ठाउँमा पुग्यो र त्यसलाई एउटा धमिलो पानीको झरनाको मुहानमा अस्ताइराखेको पायो र त्यस झरनाको समीपमा मानिसहरूको एउटा समूह पनि फेला पार्यो । हामीले भन्यौं कि हे जुलकरनैन तिमीले चाहे तिनीहरूलाई कष्ट पुर्याऊ अथवा तिनीहरूसित राम्रो व्यवहार गर । (यी दुवै कुराहरूमा तिमी अधिकार प्राप्त छौ) ।
Ibisobanuro by'icyarabu:
قَالَ اَمَّا مَنْ ظَلَمَ فَسَوْفَ نُعَذِّبُهٗ ثُمَّ یُرَدُّ اِلٰی رَبِّهٖ فَیُعَذِّبُهٗ عَذَابًا نُّكْرًا ۟
८७) उनले भने कि जसले अत्याचार गर्दछ त्यसलाई त हामीले पनि सजाय दिनेछौं, अनि आफ्नो पालनकर्तातिर फर्काइने छ र जसले उसलाई कठोर सजाय दिनेछ ।
Ibisobanuro by'icyarabu:
وَاَمَّا مَنْ اٰمَنَ وَعَمِلَ صَالِحًا فَلَهٗ جَزَآءَ ١لْحُسْنٰی ۚ— وَسَنَقُوْلُ لَهٗ مِنْ اَمْرِنَا یُسْرًا ۟ؕ
८८) हो जसले ईमान ल्याए र असल कर्म गरे, त्यसको लागि धेरै राम्रो पुरस्कार छ र हामीले आफ्नो मामिलामा त्यसमाथि कुनै प्रकारको कठोरता गर्ने छैनौं, र हामी आफ्नो आदेशमा सहुलियत प्रदान गर्नेछौं ।
Ibisobanuro by'icyarabu:
ثُمَّ اَتْبَعَ سَبَبًا ۟
८९) अनि त्यो अर्कै बाटोतिर लाग्यो ।
Ibisobanuro by'icyarabu:
حَتّٰۤی اِذَا بَلَغَ مَطْلِعَ الشَّمْسِ وَجَدَهَا تَطْلُعُ عَلٰی قَوْمٍ لَّمْ نَجْعَلْ لَّهُمْ مِّنْ دُوْنِهَا سِتْرًا ۟ۙ
९०) अनि अन्ततः जब सूर्य उदाउने ठाउँमा पुग्यो, त देख्यो कि त्यो मानिसको यस्तो समूहमाथि उदाइराखेको छ, जसको लागि हामीले त्यसबाट अरु कुनै ओट बनाएका छैनौं ।
Ibisobanuro by'icyarabu:
كَذٰلِكَ ؕ— وَقَدْ اَحَطْنَا بِمَا لَدَیْهِ خُبْرًا ۟
९१) घटना यस्तै छ र जे जति उसको सम्बन्धमा छ, हामीलाई सबैको जानकारी छ ।
Ibisobanuro by'icyarabu:
ثُمَّ اَتْبَعَ سَبَبًا ۟
९२) अनि ऊ अर्कै यात्रातिर लाग्यो ।
Ibisobanuro by'icyarabu:
حَتّٰۤی اِذَا بَلَغَ بَیْنَ السَّدَّیْنِ وَجَدَ مِنْ دُوْنِهِمَا قَوْمًا ۙ— لَّا یَكَادُوْنَ یَفْقَهُوْنَ قَوْلًا ۟
९३) अनि दुईटा पर्खालहरूको बीचमा पुग्यो, त देख्यो कि त्यसको अर्कोपट्टि केही मानिसहरू छन् जसले केही कुरा बुझ्न सक्तैनन् ।
Ibisobanuro by'icyarabu:
قَالُوْا یٰذَا الْقَرْنَیْنِ اِنَّ یَاْجُوْجَ وَمَاْجُوْجَ مُفْسِدُوْنَ فِی الْاَرْضِ فَهَلْ نَجْعَلُ لَكَ خَرْجًا عَلٰۤی اَنْ تَجْعَلَ بَیْنَنَا وَبَیْنَهُمْ سَدًّا ۟
९४) तिनीहरूले भने हे जुल्करनैन । याजूज र माजूज यस पृथ्वीमा निकै उपद्रव गरिराखेका छन् । के हामीले तपाईको लागि केही खर्चको व्यवस्था मिलाइदिऔं, कि तपाईले हाम्रो र तिनीहरूको बीचमा एउटा पर्खाल बनाइदिनु हुन्छ ?
Ibisobanuro by'icyarabu:
قَالَ مَا مَكَّنِّیْ فِیْهِ رَبِّیْ خَیْرٌ فَاَعِیْنُوْنِیْ بِقُوَّةٍ اَجْعَلْ بَیْنَكُمْ وَبَیْنَهُمْ رَدْمًا ۟ۙ
९५) (जुलकरनैनले) भने कि मेरो पालनकर्ताले मलाई सामथ्र्यको रूपमा जे प्रदान गरेको छ, त्यही नै प्रशस्त छ, तिमीले मात्र आफ्नो शक्ति सामग्रीबाट मेरो मद्दत गर ताकि म तिमीहरू र उनीहरूको बीचमा एउटा बलियो पर्खाल खड़ा गरूँ ।
Ibisobanuro by'icyarabu:
اٰتُوْنِیْ زُبَرَ الْحَدِیْدِ ؕ— حَتّٰۤی اِذَا سَاوٰی بَیْنَ الصَّدَفَیْنِ قَالَ انْفُخُوْا ؕ— حَتّٰۤی اِذَا جَعَلَهٗ نَارًا ۙ— قَالَ اٰتُوْنِیْۤ اُفْرِغْ عَلَیْهِ قِطْرًا ۟ؕ
९६) तिमीले फलामको पाता ल्याइदेऊ । दुवै पहाडको बीचको ठाउँमा पर्खाल बनाइसकेपछि आदेश गरे कि आगोलाइ तीव्र पार, जसबाट ती फलामका पाताहरू पूर्णरूपले आगोको रूपमा परिणित भए, त्यसपछि भने कि मेरो पासमा ल्याऊ त्यसमाथि पग्लेको ताम्बा हालिदिऊँ ।
Ibisobanuro by'icyarabu:
فَمَا اسْطَاعُوْۤا اَنْ یَّظْهَرُوْهُ وَمَا اسْتَطَاعُوْا لَهٗ نَقْبًا ۟
९७) अनि त्यसपछि तिनीहरूमा न त्यस पर्खालमाथि चढ्ने क्षमता थियो नत त्यसमा कुनै प्रकारको प्वाल पार्न सक्दथे ।
Ibisobanuro by'icyarabu:
قَالَ هٰذَا رَحْمَةٌ مِّنْ رَّبِّیْ ۚ— فَاِذَا جَآءَ وَعْدُ رَبِّیْ جَعَلَهٗ دَكَّآءَ ۚ— وَكَانَ وَعْدُ رَبِّیْ حَقًّا ۟ؕ
९८) भने कि यो मेरो पालनकर्ताको कृपा हो । जब मेरो पालनकर्ताको वचन आउँछ तब त्यसले यसलाई ध्वस्त पारिदिने छ । र मेरो पालनकर्ताको वचन सत्य र यथार्थ छ ।
Ibisobanuro by'icyarabu:
وَتَرَكْنَا بَعْضَهُمْ یَوْمَىِٕذٍ یَّمُوْجُ فِیْ بَعْضٍ وَّنُفِخَ فِی الصُّوْرِ فَجَمَعْنٰهُمْ جَمْعًا ۟ۙ
९९) त्यस दिन हामीले तिनीहरूलाई एकआपसमा आक्रमण गर्न छाडी दिनेछौं र सूर (तुरही) फूँकिनेछ, अनि हामीले सबैलाई एकत्रित गरी एक ठाउँमा जम्मा गरिहाल्ने छौं ।
Ibisobanuro by'icyarabu:
وَّعَرَضْنَا جَهَنَّمَ یَوْمَىِٕذٍ لِّلْكٰفِرِیْنَ عَرْضَا ۟ۙ
१००) त्यस दिन हामीले नर्कलाई काफिरहरूको अगाडि ल्याइदिने छौं ।
Ibisobanuro by'icyarabu:
١لَّذِیْنَ كَانَتْ اَعْیُنُهُمْ فِیْ غِطَآءٍ عَنْ ذِكْرِیْ وَكَانُوْا لَا یَسْتَطِیْعُوْنَ سَمْعًا ۟۠
१०१) जसका आँखाहरू मेरो स्मरणबाट ओझलमा थिए, जो कि सुन्न पनि सक्तैनथे ।
Ibisobanuro by'icyarabu:
اَفَحَسِبَ الَّذِیْنَ كَفَرُوْۤا اَنْ یَّتَّخِذُوْا عِبَادِیْ مِنْ دُوْنِیْۤ اَوْلِیَآءَ ؕ— اِنَّاۤ اَعْتَدْنَا جَهَنَّمَ لِلْكٰفِرِیْنَ نُزُلًا ۟
१०२) के काफिरहरूले यो ठानिराखेका छन्? कि म बाहेक, तिनीहरूले मेरा भक्तहरूलाई आफ्नो समर्थक बनाइहाल्ने छन् ? (सुनिराख) हामीले त यी कुफ्फारहरूको आतिथ्यको निम्ति नर्कलाई तयार गरिसकेका छौं ।
Ibisobanuro by'icyarabu:
قُلْ هَلْ نُنَبِّئُكُمْ بِالْاَخْسَرِیْنَ اَعْمَالًا ۟ؕ
१०३) भनिदिनुस् किः म तिमीलाई बताइदिन्छु कि कर्महरूको दृष्टिले सबैभन्दा बढी घाटामा को छन् ?
Ibisobanuro by'icyarabu:
اَلَّذِیْنَ ضَلَّ سَعْیُهُمْ فِی الْحَیٰوةِ الدُّنْیَا وَهُمْ یَحْسَبُوْنَ اَنَّهُمْ یُحْسِنُوْنَ صُنْعًا ۟
१०४) तिनीहरू हुन् जसका सांसारिक जीवनका सम्पूर्ण प्रयासहरू खेर गइहाले र तिनीहरूले यो ठानिराखेछन् कि तिनीहरूले धेरै असल काम गरिराखेका छन् ।
Ibisobanuro by'icyarabu:
اُولٰٓىِٕكَ الَّذِیْنَ كَفَرُوْا بِاٰیٰتِ رَبِّهِمْ وَلِقَآىِٕهٖ فَحَبِطَتْ اَعْمَالُهُمْ فَلَا نُقِیْمُ لَهُمْ یَوْمَ الْقِیٰمَةِ وَزْنًا ۟
१०५) यी तिनै मानिसहरू हुन्, जसले कि आफ्नो पालनकर्ताका आयतहरू र उसको साक्षात्कारलाई इन्कार गरे, तसर्थ तिनीहरूका कर्महरू खेर गइहाले, अतः कियामतको दिन हामीले तिनीहरूलाई कुनै वजन दिने छैनौं ।
Ibisobanuro by'icyarabu:
ذٰلِكَ جَزَآؤُهُمْ جَهَنَّمُ بِمَا كَفَرُوْا وَاتَّخَذُوْۤا اٰیٰتِیْ وَرُسُلِیْ هُزُوًا ۟
१०६) त्यही नर्क तिनीहरूको प्रतिफल हो किनभने तिनीहरूले कुफ्र गरे र हाम्रा आयत र पैगम्बरहरूको उपहास गरे ।
Ibisobanuro by'icyarabu:
اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ كَانَتْ لَهُمْ جَنّٰتُ الْفِرْدَوْسِ نُزُلًا ۟ۙ
१०७) निःसन्देह जसले ईमान ल्याए र असल कर्महरू गरे निःसन्देह तिनीहरूको आतिथ्यसत्कार स्वर्गका बगैंचाहरूमा हुनेछ ।
Ibisobanuro by'icyarabu:
خٰلِدِیْنَ فِیْهَا لَا یَبْغُوْنَ عَنْهَا حِوَلًا ۟
१०८) तिनीहरू सधैं त्यसमा रहनेछन्, र उनीहरू त्यहाँबाट बासस्थान परिवर्तन गर्न कहिले पनि चाहने छैनन् ।
Ibisobanuro by'icyarabu:
قُلْ لَّوْ كَانَ الْبَحْرُ مِدَادًا لِّكَلِمٰتِ رَبِّیْ لَنَفِدَ الْبَحْرُ قَبْلَ اَنْ تَنْفَدَ كَلِمٰتُ رَبِّیْ وَلَوْ جِئْنَا بِمِثْلِهٖ مَدَدًا ۟
१०९) भनिदिनुस् कि यदि मेरो पालनकर्ताका कुराहरू लेख्नको निम्ति समुद्र मसी बनिहालोस् तै पनि मेरो पालनकर्ताका कुराहरू सिद्धिनुभन्दा अगाडि नै त्यो सुकिसक्ने छ, यद्यपि त्यो जस्तै अर्को समुद्र पनि हामीले त्यसको सहयोगमा किन नल्याऔं ।
Ibisobanuro by'icyarabu:
قُلْ اِنَّمَاۤ اَنَا بَشَرٌ مِّثْلُكُمْ یُوْحٰۤی اِلَیَّ اَنَّمَاۤ اِلٰهُكُمْ اِلٰهٌ وَّاحِدٌ ۚ— فَمَنْ كَانَ یَرْجُوْا لِقَآءَ رَبِّهٖ فَلْیَعْمَلْ عَمَلًا صَالِحًا وَّلَا یُشْرِكْ بِعِبَادَةِ رَبِّهٖۤ اَحَدًا ۟۠
११०) तपाई भनिदिनुस् कि म त तिमीहरू जस्तै एउटा मानिस हूँ तर हो, मतिर ‘‘वह्य’’ अवतरित गरिन्छ कि सबैको पूजा योग्य त्यही एउटै पूजनीय छ । अनि जुन मानिसले आफ्नो आराध्यसँग साक्षात्कारको आशा राख्दछ त्यसलाई आवश्यक छ कि असल कर्म गरोस् र आफ्नो पालनकर्ताको पूजामा अरु कसैलाई साझेदार नबनोओस्
Ibisobanuro by'icyarabu:
 
Ibisobanuro by'amagambo Isura: Al Kah’fu (Ubuvumo)
Urutonde rw'amasura numero y'urupapuro
 
Ibisobanuro bya qoran ntagatifu - Ibisobanuro byikinepali - ihuriro ryabantu ba hadith - Ishakiro ry'ibisobanuro

ibisobanuro bya Qoraan ntagatifu mururirmi rw'ikinepale byasobanuwe numuryango wiririwe ahlul hadith al markaziyat

Gufunga