Check out the new design

Ibisobanuro bya qoran ntagatifu - Ibisobanuro bya Qur'an Ntagatifu mu rurimi rw'ikinepali - Ishyirahamwe ry'abamenyi ba Hadith. * - Ishakiro ry'ibisobanuro


Ibisobanuro by'amagambo Isura: At Tawubat   Umurongo:
كَالَّذِیْنَ مِنْ قَبْلِكُمْ كَانُوْۤا اَشَدَّ مِنْكُمْ قُوَّةً وَّاَكْثَرَ اَمْوَالًا وَّاَوْلَادًا ؕ— فَاسْتَمْتَعُوْا بِخَلَاقِهِمْ فَاسْتَمْتَعْتُمْ بِخَلَاقِكُمْ كَمَا اسْتَمْتَعَ الَّذِیْنَ مِنْ قَبْلِكُمْ بِخَلَاقِهِمْ وَخُضْتُمْ كَالَّذِیْ خَاضُوْا ؕ— اُولٰٓىِٕكَ حَبِطَتْ اَعْمَالُهُمْ فِی الدُّنْیَا وَالْاٰخِرَةِ ۚ— وَاُولٰٓىِٕكَ هُمُ الْخٰسِرُوْنَ ۟
६९) उनीहरू जस्तै, जो तिमीभन्दा पहिला थिए, उनीहरू शक्तिमा तिमीभन्दा निकै शक्तिशाली र धनसम्पति र सन्तानहरूमा धेरै सम्पन्न थिए । अनि उनीहरूले आफ्नो भागको आनन्द लिन चाहे र तिमी पनि आफ्नो भागको स्वाद लिन चाहेको जुन प्रकारले तिमीभन्दा पहिलाका मानिसहरूले आफ्नो भागबाट लाभान्वित भएका थिए र जुन प्रकारले उनीहरू वादविवादमा परेका थिए, तिमी पनि उस्तै हाँसख्यालको वादविवादमा परिहाल्यौ । यी तिनै हुन् जसका कर्महरू दुनियाँ र आखिरतमा व्यर्थ भए, र तिनै घाटामा पर्नेवाला हुन् ।
Ibisobanuro by'icyarabu:
اَلَمْ یَاْتِهِمْ نَبَاُ الَّذِیْنَ مِنْ قَبْلِهِمْ قَوْمِ نُوْحٍ وَّعَادٍ وَّثَمُوْدَ ۙ۬— وَقَوْمِ اِبْرٰهِیْمَ وَاَصْحٰبِ مَدْیَنَ وَالْمُؤْتَفِكٰتِ ؕ— اَتَتْهُمْ رُسُلُهُمْ بِالْبَیِّنٰتِ ۚ— فَمَا كَانَ اللّٰهُ لِیَظْلِمَهُمْ وَلٰكِنْ كَانُوْۤا اَنْفُسَهُمْ یَظْلِمُوْنَ ۟
७०) के उनीहरूलाई ती मानिसहरूको बृत्तान्त पुगेन, जो उनीभन्दा पहिला गुज्रिसकेका छन्— नूह, आद र समूदका कौमहरू, र इब्राहीमको कौमका र मदियनवालाको र ती उल्टो बस्तीहरूका बासिन्दाको उनका रसूलहरू उनीहरूको पासमा खुल्ला निशानीहरू लिएर आएका थिए, अनि अल्लाह यस्तो थिएन कि उनीहरूमाथि अत्याचार गरोस् परन्तु उनीहरू स्वयंले आफूमाथि अत्याचार गरिराखेका थिए ।
Ibisobanuro by'icyarabu:
وَالْمُؤْمِنُوْنَ وَالْمُؤْمِنٰتُ بَعْضُهُمْ اَوْلِیَآءُ بَعْضٍ ۘ— یَاْمُرُوْنَ بِالْمَعْرُوْفِ وَیَنْهَوْنَ عَنِ الْمُنْكَرِ وَیُقِیْمُوْنَ الصَّلٰوةَ وَیُؤْتُوْنَ الزَّكٰوةَ وَیُطِیْعُوْنَ اللّٰهَ وَرَسُوْلَهٗ ؕ— اُولٰٓىِٕكَ سَیَرْحَمُهُمُ اللّٰهُ ؕ— اِنَّ اللّٰهَ عَزِیْزٌ حَكِیْمٌ ۟
७१) मोमिन पुरुष, स्त्रीहरू परस्पर एकअर्काका सहायक र मित्र हुन् उनीहरूले राम्रो कुरा गर्न भन्दछन् र नराम्रो कुराबाट रोक्दछन् । नियमित नमाज पढदछन्, जकात दिन्छन्, अल्लाह र उसको रसूलको आज्ञापालन गर्दछन् । यी तिनै मानिस हुन्, जसमाथि शीघ्र नै अल्लाहले दया गर्नेछ । निःसन्देह अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ ।
Ibisobanuro by'icyarabu:
وَعَدَ اللّٰهُ الْمُؤْمِنِیْنَ وَالْمُؤْمِنٰتِ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا وَمَسٰكِنَ طَیِّبَةً فِیْ جَنّٰتِ عَدْنٍ ؕ— وَرِضْوَانٌ مِّنَ اللّٰهِ اَكْبَرُ ؕ— ذٰلِكَ هُوَ الْفَوْزُ الْعَظِیْمُ ۟۠
७२) अल्लाहले यी मोमिन् (आस्थावान) पुरुषहरू र मोमिन् स्त्रीहरूसित स्वर्गको वचन दिएको छ जसमुनि नहरहरू बगिराखेका हुनेछन्, जसमा उनीहरू सधैं बास गर्नेछन् र पवित्र निवास गृहहरूको पनि (वादा) छ, जुन समाप्त नहुनेवाला (सधैं रही रहनेवाला) जन्नतमा छन् र अल्लाहको प्रसन्नता सबभन्दा ठूलो कुरा हो, यही नै सबभन्दा ठूलो सफलता हो ।
Ibisobanuro by'icyarabu:
 
Ibisobanuro by'amagambo Isura: At Tawubat
Urutonde rw'amasura numero y'urupapuro
 
Ibisobanuro bya qoran ntagatifu - Ibisobanuro bya Qur'an Ntagatifu mu rurimi rw'ikinepali - Ishyirahamwe ry'abamenyi ba Hadith. - Ishakiro ry'ibisobanuro

Ibyasohowe n'umuryango Central Society of Ahlul-Hadith mu gihugu cya Nepali.

Gufunga