Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: مۆمىنۇن   ئايەت:

मुमिनून

قَدْ اَفْلَحَ الْمُؤْمِنُوْنَ ۟ۙ
१) निःसन्देह ईमानवालाहरू सफल भइहाले ।
ئەرەپچە تەپسىرلەر:
الَّذِیْنَ هُمْ فِیْ صَلَاتِهِمْ خٰشِعُوْنَ ۟ۙ
२) जसले आफ्नो नमाजमा विनम्रता अपनाउँछन् ।
ئەرەپچە تەپسىرلەر:
وَالَّذِیْنَ هُمْ عَنِ اللَّغْوِ مُعْرِضُوْنَ ۟ۙ
३) र जो अनर्गल कुराहरूबाट पन्छिन्छन् ।
ئەرەپچە تەپسىرلەر:
وَالَّذِیْنَ هُمْ لِلزَّكٰوةِ فٰعِلُوْنَ ۟ۙ
४) र जो जकात दिन्छन् ।
ئەرەپچە تەپسىرلەر:
وَالَّذِیْنَ هُمْ لِفُرُوْجِهِمْ حٰفِظُوْنَ ۟ۙ
५) र जो आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्दछन् ।
ئەرەپچە تەپسىرلەر:
اِلَّا عَلٰۤی اَزْوَاجِهِمْ اَوْ مَا مَلَكَتْ اَیْمَانُهُمْ فَاِنَّهُمْ غَیْرُ مَلُوْمِیْنَ ۟ۚ
६) तर आफ्नो पत्नीहरू र आफ्नो अधीनस्थ दासी स्वास्नीहरूसँग सम्बन्ध राख्दा उनीहरू निन्दनीय छैनन् ।
ئەرەپچە تەپسىرلەر:
فَمَنِ ابْتَغٰی وَرَآءَ ذٰلِكَ فَاُولٰٓىِٕكَ هُمُ الْعٰدُوْنَ ۟ۚ
७) जो कोही यस बाहेक अरु केही चाहन्छन् त्यस्ता मानिसहरू सीमाको उल्लघंन गर्नेवाला हुनेछन् ।
ئەرەپچە تەپسىرلەر:
وَالَّذِیْنَ هُمْ لِاَمٰنٰتِهِمْ وَعَهْدِهِمْ رٰعُوْنَ ۟ۙ
८) र जसले आफ्ना अमानतहरू (नासो) र आफ्नो प्रतिज्ञाको रक्षा गर्दछन् ।
ئەرەپچە تەپسىرلەر:
وَالَّذِیْنَ هُمْ عَلٰی صَلَوٰتِهِمْ یُحَافِظُوْنَ ۟ۘ
९) र जसले आफ्नो नमाजहरूको रक्षा गर्दछन् ।
ئەرەپچە تەپسىرلەر:
اُولٰٓىِٕكَ هُمُ الْوٰرِثُوْنَ ۟ۙ
१०) यीनै (मानिसहरू) वारिस हुनेछन् ।
ئەرەپچە تەپسىرلەر:
الَّذِیْنَ یَرِثُوْنَ الْفِرْدَوْسَ ؕ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟
११) जसले स्वर्गको (फिर्दौसको) वारिस हुनेछन् । र त्यसमा सधैं रहनेछन् ।
ئەرەپچە تەپسىرلەر:
وَلَقَدْ خَلَقْنَا الْاِنْسَانَ مِنْ سُلٰلَةٍ مِّنْ طِیْنٍ ۟ۚ
१२) र निःसन्देह हामीले मानवलाई माटोको तत्वबाट सृष्टि गरेका हौं ।
ئەرەپچە تەپسىرلەر:
ثُمَّ جَعَلْنٰهُ نُطْفَةً فِیْ قَرَارٍ مَّكِیْنٍ ۪۟
१३) अनि उसलाई एउटा बलियो सुरक्षित ठाउँमा शुक्र बनाएर राख्यौं ।
ئەرەپچە تەپسىرلەر:
ثُمَّ خَلَقْنَا النُّطْفَةَ عَلَقَةً فَخَلَقْنَا الْعَلَقَةَ مُضْغَةً فَخَلَقْنَا الْمُضْغَةَ عِظٰمًا فَكَسَوْنَا الْعِظٰمَ لَحْمًا ۗ— ثُمَّ اَنْشَاْنٰهُ خَلْقًا اٰخَرَ ؕ— فَتَبٰرَكَ اللّٰهُ اَحْسَنُ الْخٰلِقِیْنَ ۟ؕ
१४) फेरि शुक्रको एउटा डल्लो बनायौं, फेरि डल्लोबाट भ्रुण बनायौं, अनि भ्रुणबाट हाडहरू बनायौं, अनि हाडहरूमाथि मासुको पत्र राख्यौं, अनि त्यसलाई नयाँ आकारमा बनाइदियौं तसर्थ अल्लाह साह्रै नै बर्कतवाला,(कल्याणकारी) सबभन्दा उत्तम स्रष्टा हो ।
ئەرەپچە تەپسىرلەر:
ثُمَّ اِنَّكُمْ بَعْدَ ذٰلِكَ لَمَیِّتُوْنَ ۟ؕ
१५) अनि यस पश्चात निश्चितरूपले तिमी सबै मर्छौ ।
ئەرەپچە تەپسىرلەر:
ثُمَّ اِنَّكُمْ یَوْمَ الْقِیٰمَةِ تُبْعَثُوْنَ ۟
१६) अनि कियामतको दिन तिमी निश्चय नै उठाइने छौ ।
ئەرەپچە تەپسىرلەر:
وَلَقَدْ خَلَقْنَا فَوْقَكُمْ سَبْعَ طَرَآىِٕقَ ۖۗ— وَمَا كُنَّا عَنِ الْخَلْقِ غٰفِلِیْنَ ۟
१७) हामीले तिमीमाथि सात आकाशहरू सृष्टि गरेका छौं र हामी प्राणीहरूबाट असावधान छैनौं ।
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: مۆمىنۇن
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش