Check out the new design

قرآن کریم کے معانی کا ترجمہ - نیپالی ترجمہ - جمعیت اہل حدیث * - ترجمے کی لسٹ


معانی کا ترجمہ سورت: بقرہ   آیت:
وَاِذْ یَرْفَعُ اِبْرٰهٖمُ الْقَوَاعِدَ مِنَ الْبَیْتِ وَاِسْمٰعِیْلُ ؕ— رَبَّنَا تَقَبَّلْ مِنَّا ؕ— اِنَّكَ اَنْتَ السَّمِیْعُ الْعَلِیْمُ ۟
१२७) इब्राहीम र इस्माईल कअ्बाको जग र पर्खाल उठाउँदै जानुहुन्थ्यो र प्रार्थना गर्दै जानुहुन्थ्यो कि हे पालनहार ! हामीबाट यो सेवा स्वीकार गर । निःसन्देह तिमी नै सबै सुन्ने र जान्नेवाला हौ ।
عربی تفاسیر:
رَبَّنَا وَاجْعَلْنَا مُسْلِمَیْنِ لَكَ وَمِنْ ذُرِّیَّتِنَاۤ اُمَّةً مُّسْلِمَةً لَّكَ ۪— وَاَرِنَا مَنَاسِكَنَا وَتُبْ عَلَیْنَا ۚ— اِنَّكَ اَنْتَ التَّوَّابُ الرَّحِیْمُ ۟
१२८) हे हाम्रो पालनहार ! हामीलाई आफ्नो आज्ञापालक बनाइराख र हाम्रा सन्ततिमध्येबाट एउटा समूहलाई पनि आफ्नो ताबेअ्दार (अनुयायी) बनाइराख र हामीलाई आफ्नो पूजा गर्ने तरिका सिकाउ र हाम्रो तौबा स्वीकार गर । निःसन्देह तिमी क्षमा दिने दयावान र कृपालु हौ ।
عربی تفاسیر:
رَبَّنَا وَابْعَثْ فِیْهِمْ رَسُوْلًا مِّنْهُمْ یَتْلُوْا عَلَیْهِمْ اٰیٰتِكَ وَیُعَلِّمُهُمُ الْكِتٰبَ وَالْحِكْمَةَ وَیُزَكِّیْهِمْ ؕ— اِنَّكَ اَنْتَ الْعَزِیْزُ الْحَكِیْمُ ۟۠
१२९) हे हाम्रो पालनहार ! यिनीहरूको निम्ति यिनैमध्येबाट पैगम्बर पठाउनु जसले उनीहरूलाई तिम्रा आयतहरू पढेर सुनाओस्, र यिनलाई किताब र कौशल सिकाउँदै गरोस् र यिनीहरूका (हृदयलाई) पवित्र गर्दैगरोस् । निःसन्देह तिमी अपार शक्तिशाली र अति तत्वदर्शी हौ ।
عربی تفاسیر:
وَمَنْ یَّرْغَبُ عَنْ مِّلَّةِ اِبْرٰهٖمَ اِلَّا مَنْ سَفِهَ نَفْسَهٗ ؕ— وَلَقَدِ اصْطَفَیْنٰهُ فِی الدُّنْیَا ۚ— وَاِنَّهٗ فِی الْاٰخِرَةِ لَمِنَ الصّٰلِحِیْنَ ۟
१३०) बुद्धिहीन बाहेक इब्राहीमको धर्मबाट कोही विमुख हुनसक्दैन ? र हामीले उनलाई संसारमा पनि रोज्यौं र आखिरतमा पनि उनी सत्कर्म गर्नेहरूमा हुनेछन् ।
عربی تفاسیر:
اِذْ قَالَ لَهٗ رَبُّهٗۤ اَسْلِمْ ۙ— قَالَ اَسْلَمْتُ لِرَبِّ الْعٰلَمِیْنَ ۟
१३१) जब उनीसित उनको पालनकर्ताले भन्यो कि आज्ञाकारी बन, तब उनले भने कि म सारा संसारको पालनकर्ता अगाडि नतमस्तक हुन्छु ।
عربی تفاسیر:
وَوَصّٰی بِهَاۤ اِبْرٰهٖمُ بَنِیْهِ وَیَعْقُوْبُ ؕ— یٰبَنِیَّ اِنَّ اللّٰهَ اصْطَفٰی لَكُمُ الدِّیْنَ فَلَا تَمُوْتُنَّ اِلَّا وَاَنْتُمْ مُّسْلِمُوْنَ ۟ؕ
१३२) इब्राहीम र यअ्कूबले आफ्नो सन्ततिहरूलाई यस्तै उपदेश दिए, कि हाम्रा सन्ततिहरू हो ! अल्लाहले तिम्रो निम्ति यही धर्म रोजेको हो । तसर्थ मर्नु त मुसलमान भएर नै मर्नु ।
عربی تفاسیر:
اَمْ كُنْتُمْ شُهَدَآءَ اِذْ حَضَرَ یَعْقُوْبَ الْمَوْتُ ۙ— اِذْ قَالَ لِبَنِیْهِ مَا تَعْبُدُوْنَ مِنْ بَعْدِیْ ؕ— قَالُوْا نَعْبُدُ اِلٰهَكَ وَاِلٰهَ اٰبَآىِٕكَ اِبْرٰهٖمَ وَاِسْمٰعِیْلَ وَاِسْحٰقَ اِلٰهًا وَّاحِدًا ۖۚ— وَّنَحْنُ لَهٗ مُسْلِمُوْنَ ۟
१३३) के यअ्कूब परलोक हुने बेला तिमी त्यहाँ उपस्थित थियौ ? जब उनले आफ्ना सन्तानहरूसित सोधे कि मपछि तिमीहरू कसको भक्ति गर्नेछौं, तब तिनीहरूले भने कि तपाईको पालनहार, र तपार्ईको पुर्खा, इब्राहीम र इस्माईल र इस्हाकको पलनहारको भक्ति गर्नेछौं, जो एउटै छ र हामी उसैको आज्ञाकारी रहने छौं ।
عربی تفاسیر:
تِلْكَ اُمَّةٌ قَدْ خَلَتْ ۚ— لَهَا مَا كَسَبَتْ وَلَكُمْ مَّا كَسَبْتُمْ ۚ— وَلَا تُسْـَٔلُوْنَ عَمَّا كَانُوْا یَعْمَلُوْنَ ۟
१३४) यो पुस्ता बितिसक्यो, तिनीहरू आफ्ना कर्मका भागी छन् र तिमी आफ्ना कर्मका, र जुन कर्म उनले गरे त्यसको सोधपूछ तिमीसित हुने छैन ।
عربی تفاسیر:
 
معانی کا ترجمہ سورت: بقرہ
سورتوں کی لسٹ صفحہ نمبر
 
قرآن کریم کے معانی کا ترجمہ - نیپالی ترجمہ - جمعیت اہل حدیث - ترجمے کی لسٹ

نیپال کی مرکزی جمعیت اہل حدیث کی جانب سے شائع ہوا ہے۔

بند کریں