Check out the new design

قرآن کریم کے معانی کا ترجمہ - نیپالی ترجمہ - جمعیت اہل حدیث * - ترجمے کی لسٹ


معانی کا ترجمہ سورت: فُصّلت   آیت:
وَقَالُوْا لِجُلُوْدِهِمْ لِمَ شَهِدْتُّمْ عَلَیْنَا ؕ— قَالُوْۤا اَنْطَقَنَا اللّٰهُ الَّذِیْۤ اَنْطَقَ كُلَّ شَیْءٍ وَّهُوَ خَلَقَكُمْ اَوَّلَ مَرَّةٍ وَّاِلَیْهِ تُرْجَعُوْنَ ۟
२१) उनीहरूले आफ्ना छालाहरू (अङ्ग) सित भन्नेछन्ः कि तिमिले हाम्रो विरोधमा गवाही किन दियौ ! त तिनीहरूले जवाफ दिनेछन् कि ‘‘जुन अल्लाहले प्रत्येक कुरालाई वाक्यशक्ति प्रदान गरेको छ उसैले हामीलाई पनि बोल्ने शक्ति प्रदान गरेको छ ।’’ र उसैले तिमीलाई पहिलोपटक सृष्टि गरेको थियो र तिमीलाई उसैतर्फ फर्केर जानु पर्नेछ ।
عربی تفاسیر:
وَمَا كُنْتُمْ تَسْتَتِرُوْنَ اَنْ یَّشْهَدَ عَلَیْكُمْ سَمْعُكُمْ وَلَاۤ اَبْصَارُكُمْ وَلَا جُلُوْدُكُمْ وَلٰكِنْ ظَنَنْتُمْ اَنَّ اللّٰهَ لَا یَعْلَمُ كَثِیْرًا مِّمَّا تَعْمَلُوْنَ ۟
२२) र तिमीले यस भयले (आफ्ना नराम्रो कामहरू) लुकाउँदैन्थ्यो कि तिम्रा कान र छालाहरू तिम्रो विरुद्ध गवाही दिनेछन्, बरु तिमीले यो भन्न ठान्थ्यौ कि अल्लाहलाई तिम्रा धेरै जसो क्रियाकलापबारे थाहा छैन ।
عربی تفاسیر:
وَذٰلِكُمْ ظَنُّكُمُ الَّذِیْ ظَنَنْتُمْ بِرَبِّكُمْ اَرْدٰىكُمْ فَاَصْبَحْتُمْ مِّنَ الْخٰسِرِیْنَ ۟
२३) र यसै अनुमानले, जुन तिमीले आफ्नो पालनकर्ताको बारेमा गर्दथ्यौ, तिमीलाई नष्ट गरिदियो, र अन्ततः तिमी घाटामा पर्नेहरूमध्येका भइहाल्यौ ।
عربی تفاسیر:
فَاِنْ یَّصْبِرُوْا فَالنَّارُ مَثْوًی لَّهُمْ ؕ— وَاِنْ یَّسْتَعْتِبُوْا فَمَا هُمْ مِّنَ الْمُعْتَبِیْنَ ۟
२४) अब यदि यिनीहरूले संतोष गर्दछन् तैपनि उनीहरूको बास नर्क नै छ र यदि प्रायश्चित गर्नेछन् भने पनि (उनको) प्रायश्चित स्वीकार गरिने छैन ।
عربی تفاسیر:
وَقَیَّضْنَا لَهُمْ قُرَنَآءَ فَزَیَّنُوْا لَهُمْ مَّا بَیْنَ اَیْدِیْهِمْ وَمَا خَلْفَهُمْ وَحَقَّ عَلَیْهِمُ الْقَوْلُ فِیْۤ اُمَمٍ قَدْ خَلَتْ مِنْ قَبْلِهِمْ مِّنَ الْجِنِّ وَالْاِنْسِ ۚ— اِنَّهُمْ كَانُوْا خٰسِرِیْنَ ۟۠
२५) र हामीले (शैतानहरूलाई) उनीहरूका सहभागी नियुक्त गरिदिएका थियौं । अनि उनीहरूले उनीहरूको अगाडि र उनीहरूको पछाडि जे–जति थियो, त्यसलाई आकर्षक बनाइदिएका थिए । अन्ततः उनीहरूमाथि पनि उनीहरूभन्दा पहिला जिन्न र मनुष्यहरूका ती समूहको साथ भए जस्तै अल्लाहको वचन सत्य प्रमाणित भयो । निश्चय नै उनीहरू घाटा बिहोर्नेवाला भए ।
عربی تفاسیر:
وَقَالَ الَّذِیْنَ كَفَرُوْا لَا تَسْمَعُوْا لِهٰذَا الْقُرْاٰنِ وَالْغَوْا فِیْهِ لَعَلَّكُمْ تَغْلِبُوْنَ ۟
२६) र काफिरहरूले भने कि यस कुरआनलाई सुन्दै नसुन्नु र (यो पढिने समय) होहल्ला गरिहाल, शायद (त्यसबाट तिमी) प्रभावी रहौ ।
عربی تفاسیر:
فَلَنُذِیْقَنَّ الَّذِیْنَ كَفَرُوْا عَذَابًا شَدِیْدًا وَّلَنَجْزِیَنَّهُمْ اَسْوَاَ الَّذِیْ كَانُوْا یَعْمَلُوْنَ ۟
२७) तसर्थ निश्चितरूपले हामीले पनि काफिरहरूलाई ठूलो यातनाको स्वाद चखाउनेछौं र तिनीहरूका नराम्रा कर्मको उनीहरूलाई अवश्य सजाय दिनेछौं ।
عربی تفاسیر:
ذٰلِكَ جَزَآءُ اَعْدَآءِ اللّٰهِ النَّارُ ۚ— لَهُمْ فِیْهَا دَارُ الْخُلْدِ ؕ— جَزَآءً بِمَا كَانُوْا بِاٰیٰتِنَا یَجْحَدُوْنَ ۟
२८) अल्लाहका शत्रुहरूको लागि सजाय यही नर्कको आगो हो । जसमा उनीहरूको निम्ति सधैंको घर छ, यो हाम्रा आयतहरू इन्कार गर्नुको बदला हो ।
عربی تفاسیر:
وَقَالَ الَّذِیْنَ كَفَرُوْا رَبَّنَاۤ اَرِنَا الَّذَیْنِ اَضَلّٰنَا مِنَ الْجِنِّ وَالْاِنْسِ نَجْعَلْهُمَا تَحْتَ اَقْدَامِنَا لِیَكُوْنَا مِنَ الْاَسْفَلِیْنَ ۟
२९) र काफिरहरूले भन्नेछन्ः हे हाम्रो पालनकर्ता ! हामीलाई ती जिन्न र मानिसहरूलाई देखाऊ जसले हामीलाई मार्गविचलित गरेका थिए, (ताकि) हामीले उनीहरूलाई आफ्नो खुट्टामुनि हालौं ताकि उनीहरू नर्कमा सबभन्दा तल घोर यातनामा रहुन् ।’’
عربی تفاسیر:
 
معانی کا ترجمہ سورت: فُصّلت
سورتوں کی لسٹ صفحہ نمبر
 
قرآن کریم کے معانی کا ترجمہ - نیپالی ترجمہ - جمعیت اہل حدیث - ترجمے کی لسٹ

نیپال کی مرکزی جمعیت اہل حدیث کی جانب سے شائع ہوا ہے۔

بند کریں