Check out the new design

Қуръони Карим маъноларининг таржимаси - Непалча таржима - Аҳлул ҳадис муассасаси * - Таржималар мундарижаси


Маънолар таржимаси Сура: Аҳзоб   Оят:
وَاِذْ اَخَذْنَا مِنَ النَّبِیّٖنَ مِیْثَاقَهُمْ وَمِنْكَ وَمِنْ نُّوْحٍ وَّاِبْرٰهِیْمَ وَمُوْسٰی وَعِیْسَی ابْنِ مَرْیَمَ ۪— وَاَخَذْنَا مِنْهُمْ مِّیْثَاقًا غَلِیْظًا ۟ۙ
७) (र यादगर) जब हामीले नबीहरूसित वचन लियौं, र विशेषगरी तपाईंसित र ‘‘नूह’’ र ‘‘इब्राहीम’’ र ‘‘मूसा’’ र मरियमको छोरा ‘‘ईसासित’’ पनि ! यी सबैसित हामीले दृढ वचन लिऔं ।
Арабча тафсирлар:
لِّیَسْـَٔلَ الصّٰدِقِیْنَ عَنْ صِدْقِهِمْ ۚ— وَاَعَدَّ لِلْكٰفِرِیْنَ عَذَابًا اَلِیْمًا ۟۠
८) ताकि अल्लाहले सत्य मानिसहरूसित उनीहरूको सत्यताबारे सोधोस् । र इन्कार गर्नेवालाहरूको निम्ति त उसले दुःखद यातना तयार गरेर राखेकै छ ।
Арабча тафсирлар:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اذْكُرُوْا نِعْمَةَ اللّٰهِ عَلَیْكُمْ اِذْ جَآءَتْكُمْ جُنُوْدٌ فَاَرْسَلْنَا عَلَیْهِمْ رِیْحًا وَّجُنُوْدًا لَّمْ تَرَوْهَا ؕ— وَكَانَ اللّٰهُ بِمَا تَعْمَلُوْنَ بَصِیْرًا ۟ۚ
९) हे मोमिनहरू (आस्थावानहरू) ! अल्लाहले जुन भलाई तिमीमाथि गर्यो, त्यसलाई स्मरण गर जबकि सेनाहरू तिमीमाथि आक्रमणको निम्ति (अहजाब युद्धमा) आए, तब हामीले उनीहरूमाथि एक तीव्र हावा पठाइदियौं र यस्ता सेनाहरू पनि, जसलाई तिमीले देख्न सक्दैनथियौ ! र जुन काम तिमीले गर्दछौ, अल्लाहले सबैथोक देखिराखेको छ ।
Арабча тафсирлар:
اِذْ جَآءُوْكُمْ مِّنْ فَوْقِكُمْ وَمِنْ اَسْفَلَ مِنْكُمْ وَاِذْ زَاغَتِ الْاَبْصَارُ وَبَلَغَتِ الْقُلُوْبُ الْحَنَاجِرَ وَتَظُنُّوْنَ بِاللّٰهِ الظُّنُوْنَا ۟ؕ
१०) (स्मरण गर) जब शत्रुहरू तिम्रोमाथितिरबाट र तिम्रो तलतिरबाट पनि तिमीमाथि आइलागे, र जब आँखाहरू एकटक भइहाले र हृदय कण्ठमा आइपुग्यो ! र तिमीले अल्लाहको बारेमा विभिन्न प्रकारका कल्पनाहरू गर्न थालेका थियौ ।
Арабча тафсирлар:
هُنَالِكَ ابْتُلِیَ الْمُؤْمِنُوْنَ وَزُلْزِلُوْا زِلْزَالًا شَدِیْدًا ۟
११) यहाँ ईमानवालाहरू परीक्षणमा परे र तिनीहरू पूरै हल्लाइए ।
Арабча тафсирлар:
وَاِذْ یَقُوْلُ الْمُنٰفِقُوْنَ وَالَّذِیْنَ فِیْ قُلُوْبِهِمْ مَّرَضٌ مَّا وَعَدَنَا اللّٰهُ وَرَسُوْلُهٗۤ اِلَّا غُرُوْرًا ۟
१२) र त्यसबखत जब कपटी र ती मानिसहरू जसका हृदयमा रोग छन् भन्न थाले कि ‘‘अल्लाह र उसको रसूलले हामीसित जुन वचन गरेका थिए त्यो त धोका मात्र थियो ।’’
Арабча тафсирлар:
وَاِذْ قَالَتْ طَّآىِٕفَةٌ مِّنْهُمْ یٰۤاَهْلَ یَثْرِبَ لَا مُقَامَ لَكُمْ فَارْجِعُوْا ۚ— وَیَسْتَاْذِنُ فَرِیْقٌ مِّنْهُمُ النَّبِیَّ یَقُوْلُوْنَ اِنَّ بُیُوْتَنَا عَوْرَةٌ ۛؕ— وَمَا هِیَ بِعَوْرَةٍ ۛۚ— اِنْ یُّرِیْدُوْنَ اِلَّا فِرَارًا ۟
१३) र उनीहरूमध्येबाटै एउटा समूहले भन्योः कि हे मदीनावालाहरू ! यहाँ तिम्रो निम्ति ठाउँ छैन, तसर्थ फर्किहाल, र उनको एउटा अर्को समूहले पैगम्बरसित यो भनेर जाने अनुमति माँग्न थाल्यो कि ‘‘हाम्रा घर असुरक्षित छन्’’ । यद्यपि तिनीहरू खुल्ला र असुरक्षित थिएनन्, तर उनीहरू त केवल भाग्न चाहन्थे ।
Арабча тафсирлар:
وَلَوْ دُخِلَتْ عَلَیْهِمْ مِّنْ اَقْطَارِهَا ثُمَّ سُىِٕلُوا الْفِتْنَةَ لَاٰتَوْهَا وَمَا تَلَبَّثُوْا بِهَاۤ اِلَّا یَسِیْرًا ۟
१४) र यदि मदीनाको चारैतिरबाट उनीहरूमाथि आक्रमण हुन्थ्यो, अनि त्यसबेला उनीहरूसित उपद्रवको निम्ति भनिएको भए उनीहरूले त्यस्तो गरिहाल्थे र केही बेर बाहेक लड्ने थिएनन् ।
Арабча тафсирлар:
وَلَقَدْ كَانُوْا عَاهَدُوا اللّٰهَ مِنْ قَبْلُ لَا یُوَلُّوْنَ الْاَدْبَارَ ؕ— وَكَانَ عَهْدُ اللّٰهِ مَسْـُٔوْلًا ۟
१५) यद्यपि यसभन्दा पहिला उनीहरूले अल्लाहलाई वचन दिइसकेका थिए कि उनीहरूले पिठ्युँ फर्काउने छैनन्, र अल्लाहसित, जुन वचन गरिन्छ, त्यसको अवश्य सोधपूछ हुनेछ ।
Арабча тафсирлар:
 
Маънолар таржимаси Сура: Аҳзоб
Суралар мундарижаси Бет рақами
 
Қуръони Карим маъноларининг таржимаси - Непалча таржима - Аҳлул ҳадис муассасаси - Таржималар мундарижаси

Непалдаги марказий аҳли ҳадис жамияти томонидан чиқарилган.

Ёпиш