Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ዩኑስ   አንቀጽ:
وَاِذَا تُتْلٰی عَلَیْهِمْ اٰیَاتُنَا بَیِّنٰتٍ ۙ— قَالَ الَّذِیْنَ لَا یَرْجُوْنَ لِقَآءَنَا ائْتِ بِقُرْاٰنٍ غَیْرِ هٰذَاۤ اَوْ بَدِّلْهُ ؕ— قُلْ مَا یَكُوْنُ لِیْۤ اَنْ اُبَدِّلَهٗ مِنْ تِلْقَآئِ نَفْسِیْ ۚ— اِنْ اَتَّبِعُ اِلَّا مَا یُوْحٰۤی اِلَیَّ ۚ— اِنِّیْۤ اَخَافُ اِنْ عَصَیْتُ رَبِّیْ عَذَابَ یَوْمٍ عَظِیْمٍ ۟
१५) र जब तिनीहरू सामु हाम्रा आयतहरू पढेर सुनाइन्छ, जुन बिल्कुल स्पष्ट छन् त जसलाई हामीसँग साक्षात्कारको विश्वास छैन, तिनीहरूले भन्दछन्ः कि यस बाहेक अरु कुनै कुरआन (बनाएर) ल्याउनुस् वा यसलाई परिवर्तित गरिहाल्नुस् । तपाई भनिदिनुस् कि मलाई आफ्नो तर्फबाट यसमा परिवर्तन गर्ने अधिकार छैन । म त, त्यही आदेशको पालना गर्दछु जुनकि मलाई वह्य (प्रकाशना) मार्फत पठाईन्छ । यदि म आफ्नो पालनकर्ताको आदेश उल्लंघन गर्दछु भने मलाई ठूलो दिनको सजायको भय छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ لَّوْ شَآءَ اللّٰهُ مَا تَلَوْتُهٗ عَلَیْكُمْ وَلَاۤ اَدْرٰىكُمْ بِهٖ ۖؗۗ— فَقَدْ لَبِثْتُ فِیْكُمْ عُمُرًا مِّنْ قَبْلِهٖ ؕ— اَفَلَا تَعْقِلُوْنَ ۟
१६) तपाई यो पनि भनिदिनुस् कि यदि अल्लाहले चाहेको भए, नत म यो (किताब) तिमीलाई पढेर सुनाउँथे र न उसैले तिमीलाई यस सम्बन्धमा अवगत गराउने थियो । यसभन्दा अगाडि म तिमीहरूको माँझमा जीवनको अधिकांश अवधि बिताइसकेको छु । के तिमीहरू यो कुरा बुझ्दैनौ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
فَمَنْ اَظْلَمُ مِمَّنِ افْتَرٰی عَلَی اللّٰهِ كَذِبًا اَوْ كَذَّبَ بِاٰیٰتِهٖ ؕ— اِنَّهٗ لَا یُفْلِحُ الْمُجْرِمُوْنَ ۟
१७) तसर्थ त्योभन्दा ठूलो अत्याचारी को हुनसक्छ, जसले अल्लाहको बारेमा झूठो भन्छ वा उसको आयतहरूलाई असत्य ठान्दछ । निःसन्देह यस्ता अपराधीहरू सफलता पाउने छैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ مَا لَا یَضُرُّهُمْ وَلَا یَنْفَعُهُمْ وَیَقُوْلُوْنَ هٰۤؤُلَآءِ شُفَعَآؤُنَا عِنْدَ اللّٰهِ ؕ— قُلْ اَتُنَبِّـُٔوْنَ اللّٰهَ بِمَا لَا یَعْلَمُ فِی السَّمٰوٰتِ وَلَا فِی الْاَرْضِ ؕ— سُبْحٰنَهٗ وَتَعٰلٰی عَمَّا یُشْرِكُوْنَ ۟
१८) र यी (मानिसहरू) अल्लाह बाहेक यस्ता कुराहरूको पूजा गर्दछन्, जसले तिनीहरूको न केही बिगार्न सक्तछन् र न सपार्न सक्तछन् र भन्दछन् कि यिनीहरूले अल्लाहको पासमा हाम्रो सिफारिश गर्नेछन् । तपाई भनिदिनुस् कि के तिमीले अल्लाहलाई यस्तो खबर भन्दछौ, जसको जानकारी उसलाई छैन र त्यसको अस्तित्व आकाशहरूमा र पृथ्वीमा छैन । ऊ पवित्र छ, र तिनीहरूको शिर्क (अल्लाहसँग अरुलाई दाँज्नु) भन्दा धेरै उच्च छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا كَانَ النَّاسُ اِلَّاۤ اُمَّةً وَّاحِدَةً فَاخْتَلَفُوْا ؕ— وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِنْ رَّبِّكَ لَقُضِیَ بَیْنَهُمْ فِیْمَا فِیْهِ یَخْتَلِفُوْنَ ۟
१९) र सबै मानिसहरू (अघि) एउटै समुदाय थिए । पछि विवादको सृजना भयो र यदि एउटा कुरो जुन तिम्रो पालनकर्ताबाट पहिला भइसकेको छ, नभएको भए, जुन कुरामा तिनीहरूले विवाद गरिराखेका छन्, त्यसमा तिनीहरूको अन्तिम निर्णय भइसक्ने थियो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیَقُوْلُوْنَ لَوْلَاۤ اُنْزِلَ عَلَیْهِ اٰیَةٌ مِّنْ رَّبِّهٖ ۚ— فَقُلْ اِنَّمَا الْغَیْبُ لِلّٰهِ فَانْتَظِرُوْا ۚ— اِنِّیْ مَعَكُمْ مِّنَ الْمُنْتَظِرِیْنَ ۟۠
२०) र यिनीहरूले भन्दछन् कि उनीहरूमाथि उसको पालनहारबाट कुनै निशानी किन आएन । भनिदिनुस् कि गैब (अदृश्य)को ज्ञान त मात्र अल्लाहलाई नै छ, अतः तिमीले प्रतीक्षा गर । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ዩኑስ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት