Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ዩኑስ   አንቀጽ:
وَلَوْ اَنَّ لِكُلِّ نَفْسٍ ظَلَمَتْ مَا فِی الْاَرْضِ لَافْتَدَتْ بِهٖ ؕ— وَاَسَرُّوا النَّدَامَةَ لَمَّا رَاَوُا الْعَذَابَ ۚ— وَقُضِیَ بَیْنَهُمْ بِالْقِسْطِ وَهُمْ لَا یُظْلَمُوْنَ ۟
५४) र यदि हरेक (मुश्रिक) उल्लंघनकारीसित धर्तीका सम्पूर्ण कुराहरू छन् भने ती सबै कुरा आफू बच्नको लागि दिन तयार हुनेछ । र जब तिनीहरूले सजाय देख्दछन् त लज्जालाई लुकाउनेछन्, र तिनीहरूमा न्यायपूर्ण रूपले फैसला गरिनेछ, र तिनीहरूमाथि कुनै प्रकारको अत्याचार गरिनेछैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَلَاۤ اِنَّ لِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— اَلَاۤ اِنَّ وَعْدَ اللّٰهِ حَقٌّ وَّلٰكِنَّ اَكْثَرَهُمْ لَا یَعْلَمُوْنَ ۟
५५) सुनिराखः कि जे जति आकाशहरू र पृथ्वीमा छन्, सबै अल्लाहकै साम्राज्य हुन् । र यो पनि सुनिराख कि अल्लाहको वचन साँचो छ, तर तिनीहरूमध्ये धेरैजसोले बुझ्दैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
هُوَ یُحْیٖ وَیُمِیْتُ وَاِلَیْهِ تُرْجَعُوْنَ ۟
५६) उसैले जीवन दिन्छ, र उसैले प्राण निकाल्छ, र तिमीहरू सबै उसैतिर ल्याइनेछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا النَّاسُ قَدْ جَآءَتْكُمْ مَّوْعِظَةٌ مِّنْ رَّبِّكُمْ وَشِفَآءٌ لِّمَا فِی الصُّدُوْرِ ۙ۬— وَهُدًی وَّرَحْمَةٌ لِّلْمُؤْمِنِیْنَ ۟
५७) हे मानिसहरू ! तिम्रो पासमा पालनकर्ताको तर्फबाट उपदेश र हृदयका रोगहरूको निम्ति उपचार र मोमिनहरूको लागि मार्गदर्शन र दया आइपुगेको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ بِفَضْلِ اللّٰهِ وَبِرَحْمَتِهٖ فَبِذٰلِكَ فَلْیَفْرَحُوْا ؕ— هُوَ خَیْرٌ مِّمَّا یَجْمَعُوْنَ ۟
५८) तपाई भनिदिनुस्ः कि यो किताब अल्लाहको कृपा र उसैको दयालुताबाट प्रदान गरिएको छ तसर्थ यसबाट मानिसहरू प्रसन्न हुनुपर्छ । यो त्यसबाट धेरै राम्रो छ जुन तिनीहरूले सम्पत्तिको रूपमा थुपार्छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ اَرَءَیْتُمْ مَّاۤ اَنْزَلَ اللّٰهُ لَكُمْ مِّنْ رِّزْقٍ فَجَعَلْتُمْ مِّنْهُ حَرَامًا وَّحَلٰلًا ؕ— قُلْ آٰللّٰهُ اَذِنَ لَكُمْ اَمْ عَلَی اللّٰهِ تَفْتَرُوْنَ ۟
५९) तपाई भन्नुस् कि हेर, अल्लाहले तिम्रो निम्ति जुन जीविका प्रदान गरेको थियो, तिमीले तीमध्ये केहीलाई त्याज्य ठहरायौ र केहीलाई ग्रहणीय (हलाल), तिनीहरूसित सोध्नुस्, के अल्लाहले तिमीलाई यसको आदेश दिएको थियो वा तिमी अल्लाहमाथि झूठो दोष लगाइराखेका छौ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا ظَنُّ الَّذِیْنَ یَفْتَرُوْنَ عَلَی اللّٰهِ الْكَذِبَ یَوْمَ الْقِیٰمَةِ ؕ— اِنَّ اللّٰهَ لَذُوْ فَضْلٍ عَلَی النَّاسِ وَلٰكِنَّ اَكْثَرَهُمْ لَا یَشْكُرُوْنَ ۟۠
६०) र जुन मानिसहरूले अल्लाहमाथि झूठा आरोप लगाउँछन्, तिनीहरूले कियामतको दिनको बारेमा के विचार गर्दछन् ? निःसन्देह अल्लाह मानिसहरूमाथि दयावान छ, तर धेरैजसो आभार प्रकट गर्दैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا تَكُوْنُ فِیْ شَاْنٍ وَّمَا تَتْلُوْا مِنْهُ مِنْ قُرْاٰنٍ وَّلَا تَعْمَلُوْنَ مِنْ عَمَلٍ اِلَّا كُنَّا عَلَیْكُمْ شُهُوْدًا اِذْ تُفِیْضُوْنَ فِیْهِ ؕ— وَمَا یَعْزُبُ عَنْ رَّبِّكَ مِنْ مِّثْقَالِ ذَرَّةٍ فِی الْاَرْضِ وَلَا فِی السَّمَآءِ وَلَاۤ اَصْغَرَ مِنْ ذٰلِكَ وَلَاۤ اَكْبَرَ اِلَّا فِیْ كِتٰبٍ مُّبِیْنٍ ۟
६१) र तिमी जुनसुकै अवस्थामा हुन्छौ वा कुरआनबाट केही पाठ गर्छौ वा तिमीहरूले कुनै अन्य कामगर्दा जब त्यसमा संलग्न हुन्छौ, हामी त्यसको जानकारी राख्दछौ र तिम्रो पालनकर्ताबाट कुनै कुरा लेस मात्र पनि लुकेको छैन, न जमिनमा, न आकाशमा र न कुनै कुरा त्यसभन्दा सानो छ वा ठूलो तर यी सबै स्पष्ट किताबमा लेखिएको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ዩኑስ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት