Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል አሕዛብ   አንቀጽ:

अहजाब

یٰۤاَیُّهَا النَّبِیُّ اتَّقِ اللّٰهَ وَلَا تُطِعِ الْكٰفِرِیْنَ وَالْمُنٰفِقِیْنَ ؕ— اِنَّ اللّٰهَ كَانَ عَلِیْمًا حَكِیْمًا ۟ۙ
१) हे पैगम्बर । अल्लाहसित डराइराख्नुस् र काफिर र मुनाफिकहरूको (कपटीहरूको) भनाईमा नलाग्नुस् । निःसंदेह अल्लाह ठूलो सर्वज्ञाता र तत्वदर्शी छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّاتَّبِعْ مَا یُوْحٰۤی اِلَیْكَ مِنْ رَّبِّكَ ؕ— اِنَّ اللّٰهَ كَانَ بِمَا تَعْمَلُوْنَ خَبِیْرًا ۟ۙ
२) र त्यस कुराको अनुशरण गर्नु जुन तपाईंको पालनकर्ताको तर्फबाट तपाईंलाई वह्य गरिन्छ । निःसन्देह अल्लाह तपाईंको सबै कर्महरूसित अवगत छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّتَوَكَّلْ عَلَی اللّٰهِ ؕ— وَكَفٰی بِاللّٰهِ وَكِیْلًا ۟
३) र तपाईंले अल्लाहमाथि नै भरोसा गर्नुस् । ऊ भरोसाको निम्ति पर्याप्त छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
مَا جَعَلَ اللّٰهُ لِرَجُلٍ مِّنْ قَلْبَیْنِ فِیْ جَوْفِهٖ ۚ— وَمَا جَعَلَ اَزْوَاجَكُمُ الّٰٓـِٔیْ تُظٰهِرُوْنَ مِنْهُنَّ اُمَّهٰتِكُمْ ۚ— وَمَا جَعَلَ اَدْعِیَآءَكُمْ اَبْنَآءَكُمْ ؕ— ذٰلِكُمْ قَوْلُكُمْ بِاَفْوَاهِكُمْ ؕ— وَاللّٰهُ یَقُوْلُ الْحَقَّ وَهُوَ یَهْدِی السَّبِیْلَ ۟
४) अल्लाहले कुनै व्यक्तिको छातीभित्र दुई मुटु बनाएको छैन र उसले तिम्रा पत्नीहरूलाई जसलाई तिमीले आमा भनिहाल्छौ, तिम्रो साँच्चै आमा बनाएन, र उसले तिमीले मुखले भनेको छोराहरूलाई वास्तविक छोराहरू बनाएन । यी तिम्रा मुखका कुराहरू हुन्, किन्तु अल्लाहले साँचो कुरा भन्दछ र उसैले सोझो मार्ग देखाउँछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اُدْعُوْهُمْ لِاٰبَآىِٕهِمْ هُوَ اَقْسَطُ عِنْدَ اللّٰهِ ۚ— فَاِنْ لَّمْ تَعْلَمُوْۤا اٰبَآءَهُمْ فَاِخْوَانُكُمْ فِی الدِّیْنِ وَمَوَالِیْكُمْ ؕ— وَلَیْسَ عَلَیْكُمْ جُنَاحٌ فِیْمَاۤ اَخْطَاْتُمْ بِهٖ وَلٰكِنْ مَّا تَعَمَّدَتْ قُلُوْبُكُمْ ؕ— وَكَانَ اللّٰهُ غَفُوْرًا رَّحِیْمًا ۟
५) उनीहरूलाई (धर्मपुत्रलाई) उनीहरूको वास्तविक पिताहरूको नामबाट जोडेर पुकार । अल्लाहकहाँ यही पूरा न्यायसँगत कुरा हो । र यदि तिमीलाई उनीहरूको वास्तविक पिताको ज्ञान छैन भने धर्ममा उनीहरू तिम्रा धर्मभाइ र मित्र पनि हुन् । यस प्रसंगमा तिमीबाट कुनै भूल वा गल्ती भएको हुन्छ भने त्यसमा तिमीमाथि कुनै पाप छैन, किन्तु जसको संकल्प तिम्रो हृदयले गरिहाल्यो, त्यसको पाप लाग्दछ । र अल्लाह अत्यन्त क्षमाशील दयावान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَلنَّبِیُّ اَوْلٰی بِالْمُؤْمِنِیْنَ مِنْ اَنْفُسِهِمْ وَاَزْوَاجُهٗۤ اُمَّهٰتُهُمْ ؕ— وَاُولُوا الْاَرْحَامِ بَعْضُهُمْ اَوْلٰی بِبَعْضٍ فِیْ كِتٰبِ اللّٰهِ مِنَ الْمُؤْمِنِیْنَ وَالْمُهٰجِرِیْنَ اِلَّاۤ اَنْ تَفْعَلُوْۤا اِلٰۤی اَوْلِیٰٓىِٕكُمْ مَّعْرُوْفًا ؕ— كَانَ ذٰلِكَ فِی الْكِتٰبِ مَسْطُوْرًا ۟
६) नबीको हक मोमिनमाथि स्वयं उनीहरूको आफ्नो (प्राणहरू) भन्दा बढी छ र नबीका पत्नीहरू उनीहरूकी (मोमिनहरूकी) आमा हुन् ! र अल्लाहको विधान अनुसार, सामान्य मोमिन् र मोहाजिरहरूको अपेक्षा (नबीका) नातेदारहरू आपसमा एक–अर्कासित धेरै हकदार छन् । यो अर्कै कुरा हो कि तिमीलाई आफ्ना साथीहरूसँग राम्रो व्यवहार गर्नुको अनुमति प्राप्त छ । यो आदेश अल्लाहको किताबमा लेखिएको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል አሕዛብ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት