Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-አንዓም   አንቀጽ:
ذٰلِكَ اَنْ لَّمْ یَكُنْ رَّبُّكَ مُهْلِكَ الْقُرٰی بِظُلْمٍ وَّاَهْلُهَا غٰفِلُوْنَ ۟
१३१) (हे मुहम्मद !) यो यस कारणले हो कि तपाईको पालनकर्ताले कुनै बस्तीका बासिन्दाहरूलाई उनीहरूको कुफ्रको कारण यस अवस्थामा समाप्त गर्दैन कि त्यहाँका बासिन्दाहरू सत्यदेखि अपरिचित होउन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلِكُلٍّ دَرَجٰتٌ مِّمَّا عَمِلُوْا ؕ— وَمَا رَبُّكَ بِغَافِلٍ عَمَّا یَعْمَلُوْنَ ۟
१३२) र कर्मलाई दृष्टिगत गरी सबै व्यक्तिका दर्जाहरू निर्धारित छन् र जुन कर्म यिनीहरूले गर्दछन्, अल्लाह त्यसबाट अनभिज्ञ छैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَرَبُّكَ الْغَنِیُّ ذُو الرَّحْمَةِ ؕ— اِنْ یَّشَاْ یُذْهِبْكُمْ وَیَسْتَخْلِفْ مِنْ بَعْدِكُمْ مَّا یَشَآءُ كَمَاۤ اَنْشَاَكُمْ مِّنْ ذُرِّیَّةِ قَوْمٍ اٰخَرِیْنَ ۟ؕ
१३३) र तपाईको प्रतिपालक धेरै सम्पन्न र दयावान छ, उसले चाहेको खण्डमा तिमी सबैलाई (दुनियाँबाट) समाप्त गर्न सक्छ र तिम्रो ठाउँमा जसलाई चाहन्छ उपस्थित गर्न सक्छ, जस्तो कि तिमीलाई उसले अरु मानिसहरूको वंशबाट सृष्टि गरेको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ مَا تُوْعَدُوْنَ لَاٰتٍ ۙ— وَّمَاۤ اَنْتُمْ بِمُعْجِزِیْنَ ۟
१३४) कुनै सन्देह छैन कि जुन वचन तिमीलाई दिइन्छ त्यो पूरा हुनेवाला छ र तिमीमा त्यसलाई रोक्ने सामथ्र्य छैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ یٰقَوْمِ اعْمَلُوْا عَلٰی مَكَانَتِكُمْ اِنِّیْ عَامِلٌ ۚ— فَسَوْفَ تَعْلَمُوْنَ ۙ— مَنْ تَكُوْنُ لَهٗ عَاقِبَةُ الدَّارِ ؕ— اِنَّهٗ لَا یُفْلِحُ الظّٰلِمُوْنَ ۟
१३५) (हे नबी) भनिदिनुस् कि मानिसहरू हो तिमीहरू आफ्नो ठाउँमा कर्म गर्दै जानु र म आफ्नो ठाउँमा कर्म गर्दै रहन्छु । चाडै नै तिमीले प्रतिफल थाहा पाउनेछौ कि आखिरतमा (वहिश्तमा) कसको घर हुनेछ । निःसन्देह यो सत्य छ कि अत्याचारीहरूलाई कहिलै सफलता प्राप्त हुनेछैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَجَعَلُوْا لِلّٰهِ مِمَّا ذَرَاَ مِنَ الْحَرْثِ وَالْاَنْعَامِ نَصِیْبًا فَقَالُوْا هٰذَا لِلّٰهِ بِزَعْمِهِمْ وَهٰذَا لِشُرَكَآىِٕنَا ۚ— فَمَا كَانَ لِشُرَكَآىِٕهِمْ فَلَا یَصِلُ اِلَی اللّٰهِ ۚ— وَمَا كَانَ لِلّٰهِ فَهُوَ یَصِلُ اِلٰی شُرَكَآىِٕهِمْ ؕ— سَآءَ مَا یَحْكُمُوْنَ ۟
१३६) र अल्लाहले जुन कृषि र चौपाया सृष्टि गरेको छ यिनीहरूले त्यसमध्येबाट अल्लाहको लागि एक भाग निर्धारित गरेका छन् र आफ्नो विचारले भन्दछन् कि यो भाग अल्लाहको र यो हाम्रो साझेदारहरूको हो (मूर्तिहरूको), तसर्थ जुन (भाग) तिनीहरूको साझेदारको हुन्छ, त्यो अल्लाहतिर पुग्दैन र जुन (भाग) अल्लाहको हुन्छ त्यो तिनका साझेदारहरूतिर पुगीहाल्छ । कति नराम्रो निर्णय यिनीहरूले गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَكَذٰلِكَ زَیَّنَ لِكَثِیْرٍ مِّنَ الْمُشْرِكِیْنَ قَتْلَ اَوْلَادِهِمْ شُرَكَآؤُهُمْ لِیُرْدُوْهُمْ وَلِیَلْبِسُوْا عَلَیْهِمْ دِیْنَهُمْ ؕ— وَلَوْ شَآءَ اللّٰهُ مَا فَعَلُوْهُ فَذَرْهُمْ وَمَا یَفْتَرُوْنَ ۟
१३७) यसै प्रकारले धेरै जसो बहुदेववादीहरूको विचारमा तिनका साझेदारहरूले आफ्नो सन्तानहरूलाई मारिदिने कुरा सुहाँउदो बनाइदिएका छन् । ताकि तिनीहरूलाई नष्ट पारिदेऊन् र तिनको लागि तिनको धर्मलाई संदिग्ध गरिदेउन् । र यदि अल्लाहले चाहेको भए तिनीहरू यस्तो गर्न सक्दैनथे । तसर्थ तिनीहरूलाई र तिनीहरूको मिथ्याकुरालाई जस्ताको त्यस्तै छाडिदिनुस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-አንዓም
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት