Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: അൻആം   ആയത്ത്:
ذٰلِكَ اَنْ لَّمْ یَكُنْ رَّبُّكَ مُهْلِكَ الْقُرٰی بِظُلْمٍ وَّاَهْلُهَا غٰفِلُوْنَ ۟
१३१) (हे मुहम्मद !) यो यस कारणले हो कि तपाईको पालनकर्ताले कुनै बस्तीका बासिन्दाहरूलाई उनीहरूको कुफ्रको कारण यस अवस्थामा समाप्त गर्दैन कि त्यहाँका बासिन्दाहरू सत्यदेखि अपरिचित होउन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَلِكُلٍّ دَرَجٰتٌ مِّمَّا عَمِلُوْا ؕ— وَمَا رَبُّكَ بِغَافِلٍ عَمَّا یَعْمَلُوْنَ ۟
१३२) र कर्मलाई दृष्टिगत गरी सबै व्यक्तिका दर्जाहरू निर्धारित छन् र जुन कर्म यिनीहरूले गर्दछन्, अल्लाह त्यसबाट अनभिज्ञ छैन ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَرَبُّكَ الْغَنِیُّ ذُو الرَّحْمَةِ ؕ— اِنْ یَّشَاْ یُذْهِبْكُمْ وَیَسْتَخْلِفْ مِنْ بَعْدِكُمْ مَّا یَشَآءُ كَمَاۤ اَنْشَاَكُمْ مِّنْ ذُرِّیَّةِ قَوْمٍ اٰخَرِیْنَ ۟ؕ
१३३) र तपाईको प्रतिपालक धेरै सम्पन्न र दयावान छ, उसले चाहेको खण्डमा तिमी सबैलाई (दुनियाँबाट) समाप्त गर्न सक्छ र तिम्रो ठाउँमा जसलाई चाहन्छ उपस्थित गर्न सक्छ, जस्तो कि तिमीलाई उसले अरु मानिसहरूको वंशबाट सृष्टि गरेको छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
اِنَّ مَا تُوْعَدُوْنَ لَاٰتٍ ۙ— وَّمَاۤ اَنْتُمْ بِمُعْجِزِیْنَ ۟
१३४) कुनै सन्देह छैन कि जुन वचन तिमीलाई दिइन्छ त्यो पूरा हुनेवाला छ र तिमीमा त्यसलाई रोक्ने सामथ्र्य छैन ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قُلْ یٰقَوْمِ اعْمَلُوْا عَلٰی مَكَانَتِكُمْ اِنِّیْ عَامِلٌ ۚ— فَسَوْفَ تَعْلَمُوْنَ ۙ— مَنْ تَكُوْنُ لَهٗ عَاقِبَةُ الدَّارِ ؕ— اِنَّهٗ لَا یُفْلِحُ الظّٰلِمُوْنَ ۟
१३५) (हे नबी) भनिदिनुस् कि मानिसहरू हो तिमीहरू आफ्नो ठाउँमा कर्म गर्दै जानु र म आफ्नो ठाउँमा कर्म गर्दै रहन्छु । चाडै नै तिमीले प्रतिफल थाहा पाउनेछौ कि आखिरतमा (वहिश्तमा) कसको घर हुनेछ । निःसन्देह यो सत्य छ कि अत्याचारीहरूलाई कहिलै सफलता प्राप्त हुनेछैन ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَجَعَلُوْا لِلّٰهِ مِمَّا ذَرَاَ مِنَ الْحَرْثِ وَالْاَنْعَامِ نَصِیْبًا فَقَالُوْا هٰذَا لِلّٰهِ بِزَعْمِهِمْ وَهٰذَا لِشُرَكَآىِٕنَا ۚ— فَمَا كَانَ لِشُرَكَآىِٕهِمْ فَلَا یَصِلُ اِلَی اللّٰهِ ۚ— وَمَا كَانَ لِلّٰهِ فَهُوَ یَصِلُ اِلٰی شُرَكَآىِٕهِمْ ؕ— سَآءَ مَا یَحْكُمُوْنَ ۟
१३६) र अल्लाहले जुन कृषि र चौपाया सृष्टि गरेको छ यिनीहरूले त्यसमध्येबाट अल्लाहको लागि एक भाग निर्धारित गरेका छन् र आफ्नो विचारले भन्दछन् कि यो भाग अल्लाहको र यो हाम्रो साझेदारहरूको हो (मूर्तिहरूको), तसर्थ जुन (भाग) तिनीहरूको साझेदारको हुन्छ, त्यो अल्लाहतिर पुग्दैन र जुन (भाग) अल्लाहको हुन्छ त्यो तिनका साझेदारहरूतिर पुगीहाल्छ । कति नराम्रो निर्णय यिनीहरूले गर्दछन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَكَذٰلِكَ زَیَّنَ لِكَثِیْرٍ مِّنَ الْمُشْرِكِیْنَ قَتْلَ اَوْلَادِهِمْ شُرَكَآؤُهُمْ لِیُرْدُوْهُمْ وَلِیَلْبِسُوْا عَلَیْهِمْ دِیْنَهُمْ ؕ— وَلَوْ شَآءَ اللّٰهُ مَا فَعَلُوْهُ فَذَرْهُمْ وَمَا یَفْتَرُوْنَ ۟
१३७) यसै प्रकारले धेरै जसो बहुदेववादीहरूको विचारमा तिनका साझेदारहरूले आफ्नो सन्तानहरूलाई मारिदिने कुरा सुहाँउदो बनाइदिएका छन् । ताकि तिनीहरूलाई नष्ट पारिदेऊन् र तिनको लागि तिनको धर्मलाई संदिग्ध गरिदेउन् । र यदि अल्लाहले चाहेको भए तिनीहरू यस्तो गर्न सक्दैनथे । तसर्थ तिनीहरूलाई र तिनीहरूको मिथ्याकुरालाई जस्ताको त्यस्तै छाडिदिनुस् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: അൻആം
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക